Bimal Singh Lama

 

कोरियामा २९औँ विश्व आदिवासी दिवस अगष्ट २० मा मनाउने

नेपाल आदिवासी जनजाती महासंघ(नेफिन) दक्षिण कोरियाले २९औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । आगामि अगष्ट २० तारिख सौलमा आदिवासी दिवस मनाउन लागेको महासंघले जनाएको छ । “रैथाने ज्ञान, सीप, कला, साहित्य एवं मौलिक खाद्य परम्पराहरुलाई संरक्षण प्रबर्द्धन र बिकास गर्दै, पहिचान र अधिकार प्राप्तिको सांस्कृतिक आन्दोलनमा एकाकार बनौं” भन्ने मुल नाराका साथमा नेपाल आदिवासी जनजाति महासंघ द.कोरियाको मुल आयोजनामा विश्व आदिवासी दिवस मनाउन लागेको हो । उक्त कार्यक्रम नेफिन बुसान शाखा र जेजु शाखाका साथमा कोरियामा रहेका आदिवासी जनजातिका विषयमा क्रियाशील संघ-संस्थाहरुको सह-आयोजनामा हुन लागेको हो । नेपाली रैथानेफुर्सदमा


बुद्धी गुरुङले जिते एनआरएनए कोरियाको अध्यक्ष, पार्वती मोक्तान वरिष्ठ उपाध्यक्षमा

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको निर्वाचन सम्पन्न भएको छ । आइतवार अनलाईन मार्फत भएको मतदानमा अध्यक्षमा बुद्धि गुरुङले जीतेका छन् । आइतबार वेलुकी सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा दुई प्रतिद्वन्द्वीहरुलाई हराउँदै बुद्धी गुरुङ निर्वाचित भएका हुन् । गुरुङले १५२१ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी विपिनकुमार गुरुङले १२५७ र सञ्जीव कुमार राईले ९८८ मत ल्याएका थिए । जम्मा ३७६८ मत खसेका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तानले २२१८ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी परि गुरुङले १५४६ मत प्राप्त गरेकी छन्फुर्सदमा


आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो । यस सँगै निवर्तमान राष्ट्रपती मुन जे इनले सन् २०२० सम्ममा नै न्युनतम पारिश्रमिक प्रति घण्टा १० हजार वोन पुर्याउने भनेर गरेको प्रतिबद्धता ४ बर्ष पछिपनि पुरा नहुने भएको छ । हाल न्यूनतम पारिश्रमिक निर्धारण समितिमा ८ श्रमिक सदस्य (९ सदस्य मध्येफुर्सदमा


अनुभव र परिपक्कता नै मेरो उम्मेदवारीको मुख्य कारण हो – बुद्धि गुरुङ

सन् १९९० ताका नेपालबाट दक्षिण कोरिया आउन अहिलेको जस्तो गाह्रो थिएन । नेपालबाट प्लेन चढेर कोरियाको एयरपोर्ट आइपुगेपछि एराइभल भिसा पाइन्थ्यो । त्यसैले पासपोर्ट बोक्यो टिकट काट्यो लाग्यो कोरिया । हो त्यस्तै समय अर्थात सन् १९९१ मा कास्कीबाट २२ बर्षको उमेरमै कोरिया आएका हुन बुद्धि गुरुङ । सुरुका वर्षहरूमा मजदुरी गरे । साहुको काम कति गर्ने भन्ने सोचले उनले आफैले सन् १९९९ मा राजधानी सउलको दोङ्देमुनमा नेपाली पसल खोले । व्यापार व्यवसाय फैलाउन दिन रात लागे । अहिले नेपाली व्यवसायीहरुको बाग्लो बसोबास रहेको दोङदेमुनमा व्यवसायको सुरुवात आफैले गरेको दाबी छफुर्सदमा


एनआरएनए कोरियाको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, कस्को के एजेन्डा ?

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद् (एनआरएनए) दक्षिण कोरियाको नवौं अधिवेशन यही जुलाई २३ तारिखमा हुदैछ । यस सँगै वर्तमान आठौँ कार्यसमितिको कार्यकाल पनि समाप्त हुनेछ । त्यसैले जुलाई ३० तारिखका दिन नवौं कार्यसमिति (२०२३–२०२५)को निर्वाचन हुनेछ । काेरियामा रहेका ४ हजार ८ सय ७६ जनाले सदस्यता लिएका छन् । यसै सन्दर्भमा एनआरएनए दक्षिण कोरियाको नवौं कार्यसमितिको अध्यक्ष पदका लागि तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । अध्यक्ष पदका लागि विपिन गुरुङ, बुद्धि गुरुङ र सञ्जिव कुमार राइले अाफ्नाे उम्मेरदवारी घोषणा गरेका छन् । अध्यक्षका प्रत्यासी विपिन गुरुङ रफुर्सदमा


कोरिया आइपुगेको ५ महिनामै घातक रोगको सिकार भईन् निरूता महत, सहयोगका लागि अपिल

नेपालमा अहिले लहर नै चलेको छ १२ कक्षा वा स्नातक पास गरे पछि आफ्नो पारिवारिक स्थिति अनुसार कुनै देशमा गएर सुन्दर भविष्य बनाउने कल्पना गर्न थालने । यो सबै नेपाली युवाहरुको रहर मात्रा नभएर धेरै चाहिँ बाध्यता नै हो । त्यस्तै मध्येकी एक हो २१ बर्षिय निरूता महत ।  करिब पाँच महिना अगाडि केही रहर र केही विवशता बोकेर २१ बर्ष कै कलिलो उमेरमा सात समुन्द्र पारी दक्षिण कोरिया आईपुगेकी हुन उनी । तर तिनै निरूता अहिले चोन्नाम नेशनल हस्पिटलको शैयामा आफ्नो जीवनकै लागी संघर्ष गर्दैछिन् ।   एक महिनाफुर्सदमा


एनआरएनए कोरियाको प्रमाणित सदस्यहरु ४१ सय भन्दा बढी, आज राती १० बजे सम्मा दाबी बिरोध गर्न सकिने

नवौँ राष्ट्रिय महाधिवेशन समिती द. कोरियाले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय पररषद दक्षिण कोरियाको सम्पूर्ण सदस्यहरुको विवरण सार्वजनिक  गरेको छ । मिति २०२३/०६/१६ मा आठौं कार्य समिती मार्फत निर्बाचन समितिलाई उपलब्ध भएको जानकारी अनुसार आईतवार सुचना मार्फत उक्त विवरण सार्वजनिक गरेको हो ।   जारी सुचन अनुसार एनाअरएनए दक्षिण कोरियाको २०२३-२०२५ को लागि प्रमाणित सदस्यहरु ४ हजार १ सय ७६ जना भएको छ । यसमा आज २०२३/०६/१९ : २२:०० बजे सम्ममा आफ्नो दाबी बिरोध गर्न सकिने जनाएको छ । दाबी बिरोधा इमेल : [email protected] मार्फत गर्न सकिने छ ।फुर्सदमा


एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएका दुई नेपालीको मृत्यु भएको छ । गत शनिबार पर्वतका विनोद जिसीको हृदयघातका कारण मृत्यु भएको थियो । उनी बिहान मर्निङवाक गर्दै गर्दा एक्कासी बेहोस भएर लडेपछि उपचारका क्रममा मृत्यु भएको थियो । उनी तीन वर्षअघि कोरिया आएर राजधानी सोल नजिकैको ख्याङ्गीदोको वाईजम्बुमा काम गर्दै आएका थिए । त्यस्तै शुक्रबार झापाका अनान राईको सुतेको अवस्थामा मृत्यु भएको छ । राजधानी सोलदेखि ३ सय किलो मिटर दक्षिण पूर्वी क्षेत्र छुङछन नाम्दोको बंगुर फार्ममा राई बिहीबार बेलुकासम्म काम गरिरहेका थिए । शुक्रबार बिहान सबै काममाफुर्सदमा


सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित

सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न भएको छ । आईतवार ख्याङ्नाममा भएको उक्त अधिवेशन बाट अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित भएको हो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति केन्द्रका वरिष्ठ उपाध्यक्ष सन्जिव राई तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ लगायत विभिन्न क्षेत्रीय तथा जातीय संघ संस्थाहरुको अतिथिमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम समाजका अध्यक्ष देव सागरको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालक समाजका महासचिव दिपक रिमाल गरेको हो । साथै उक्त अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका अध्यक्ष लक्ष्मण राणाले आगामी दिनमा योफुर्सदमा


मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने

मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने मगर समुदायको मौलिक चाड भुम्या पूजा यही १७ र १८ तारिखमा हुने भएको छ । नेपाल मगर संघ दक्षिण कोरिया किम्हे/बुसान शाखाको व्यवस्थापनमा ख्याङनामको मिर्याङसीमा भुम्या पूजा हुने किम्हे/बुसान शाखाले जनाएको छ । “भाषा, धर्म र संस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाइराख्ने हाम्रो मौलिकता “भन्ने मूल नाराका साथ नेपाल मगर संघ दक्षिण कोरिया किम्हे/बुसान शाखाको व्यवस्थापनमा केन्द्रीय समिति, थेगु शाखा,गजेदो शाखा साथै अठार मगरात खाम भाषी सम्पर्क मंच दक्षिण कोरियाको संयुक्त आयोजनामा भुम्या पूजा आयोजना गर्न लागिएको जनाएको छ ।फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...