Bimal Singh Lama
काभ्रे सम्पर्क समितिको अधिवेशन सम्पन्न, अध्यक्षमा सुमन चौलागाई
काभ्रे सम्पर्क समितिको सातौं अधिवेशन सम्पन्न भएको छ । विहिबार सौल साङ्सु स्थित यती रेस्टुरेन्ट एण्ड बारमा भएको अधिवेशनबाट सुमन चौलागाई अध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएका छन् । अध्यक्ष प्रकाश योञ्जनको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली राजादुतावासको प्रतिनिधित्व गर्दै तृतीय सचिव संगम खत्रीको उपस्थिती रहेका थिए । विशिष्ट अतिथीहरुमा एन. आर. एन. ए. दक्षिण कोरियाका माहासचिव केशव थापा, एम टि यू का अध्यक्ष उदय राई तथा एन सि सि कोरियाको प्रतिनिधीको उपस्थित रहेको थियो । त्यसैगरी विशेष अतिथीको रुपमा बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्ष बिपीफुर्सदमा
क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
नेपाल हिमालयको काखमा अवस्थित सुन्दर देश हो । यो देश मनोरम दृष्य र जीवन्त संस्कृतिको लागि सुप्रसिद्ध छ । यति हुँदाहुँदै पनि नेपालीहरुमा लुकेको धेरै समस्या र बेथाहरु छन् । यस मध्ये एउटा जटिल र गम्भिर समस्या हो “क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्य” । एक अध्ययनले क्यान्सर बिरामीहरूमा आत्महत्याबाट मृत्यु हुने दर सामान्य जनसंख्याको तुलनामा ८५ प्रतिशतले बढी रहेको देखाएको छ । यसै कुरालाई मध्यनजर गर्दै विगत लामो समयदखी क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यलाई सहयोग गर्ने प्रयासमा छु म र मेरो धैर्य क्यान्सर फाउन्डेसन ।अनेकौ व्यवधानलाई तोड्दै यसै क्षेत्रको परिवर्तनको उत्प्रेरक बन्नेफुर्सदमा
नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
नेपाल गोरखा परिवार दक्षिण कोरिया को १२ औं अधिवेशनबाट अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित भएको छ । अधिवेशन सौल स्थित दोङदेमुनमा रहेको निक नेपाल ट्राभलस्को सभाहलमा आइतवार भएको हो । निर्वाचित नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष देवी गौतम रहेको छ । उपाध्यक्षहरुमा अनिल भट्टराई र मिलन श्रेष्ठ तथा महिला उपाध्यक्षमा मिता गुरुङ रहेका छन् । त्यसैगरी महासचिवमा अशोक खड्का, सचिवहरुमा राजन बोहोरा र सुवास बगाले छन् । कोषाध्यक्षमा भोजराज खनाल, सह-कोषाध्यक्षमा सहदेव वानियाँ, विध्यार्थी संयोजकमा तारानाथ लामिछाने, महिला संयोजमा कुसुम देवकोटा रहेका छन् । सदस्यहरुमा कृष्ण कुमार श्रेष्ठ, कमल कोईराला, पिताम्बर पाण्डे,फुर्सदमा
नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
नुवाकोट समाज दक्षिण कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने भएको छ । सौलको दोङ्देमुन स्थित नेपाली थाई रेस्टुरेन्टमा समाजको नवौं अधिवेशन तथा १० औँ वार्षिक साधारण सभा हुन लागेको हो । कार्यक्रममा संस्थाको नयाँ कार्यसमिती बनाउने र संस्थाको कार्य प्रगति विवरणका साथै आगामि कार्ययोजना बारे छलफल हुने समाजले जनको छ । सम्पुर्ण पुर्वपदाधिकारी सल्लाहकार र कोरियाबासी नुवाकोटेहरुलाई उपस्थितको लागि समितिले अनुरोध गरेको छ । सन् २०१४ मा स्थापना भएको समाजले स्थापना कालदेखि नै कोरिया र नेपालमा आवश्यकता अनुसार विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । कार्यक्रम मिती : 15 अक्टोबरफुर्सदमा
घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले शनिवारदेखि ‘गोतोजि छोर्तोजि’ (बुझौँ र जागौँ) अन्तरक्रिया शृङ्खला गर्ने भएको छ । अनलाइन जुम ‘भर्चुअल’ माध्यमबाट सेप्टेम्बर २३ देखि सुरु गर्न लागेको पहिलो शृङ्खलामा अनुसन्धानकर्ता तथा लेखक खोजराज गोले अतिथीको रुपमा रहेको छ । कार्यक्रमको पहिलो शृङ्खलामा अध्यता खोजराज गोलेसंग तामाङ समुदायको संस्कार सम्बन्धी अन्तर्कृया हुने जनाएको छ । संस्कार सम्बन्धी पनि विशेष गरी विवाह संस्कृति अन्तर्गतका कुटुम्बा, साईनो, चारदामको महत्त्व, ताम्बा र डम्फुरेको भूमिका, चेलीलाई दिने पेवा र तामाङ विवाह संस्कृतिको विकृतिहरू लगायतका अन्य विषयहरुमा छलफल र विमर्श हुने जनाएको हो । कार्यक्रमफुर्सदमा
सेप्टेम्बर २८ मा रामेछाप सम्पर्क समिति कोरियाको अधिवेशन हुने
सेप्टेम्बर २८ मा रामेछाप सम्पर्क समिति कोरियाको चौथो अधिवेशन हुने भएको छ । सौल स्थित नमस्ते रेष्टुरेन्टमा अधिवेशन हुने समितिले जनाएको हो । गत बर्ष नै गर्नुपर्ने अधिवेशन विभिन्न कारणले गर्दा एक बर्ष ढिलो गर्न लागेको हो । छुसकको पहिलो दिन हुन लागेको अधिवेशनमा नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीकोशिलशिलामा दक्षिण कोरियामा आएका रामेछाप बासिहरुलाई उपस्थितका लागि समितिले अपिल गरेको छ । “प्रवासमा रहेका रामेछापीहरु एक हौ, जिल्लाको बिकासमा टेवा पुर्याऔ” भन्ने मूल नाराका साथ रामेछाप सम्पर्क समितिको स्थापना २०१६ मा भएको हो । स्थापना काल देखिनै संस्थाले कोरिया तथाफुर्सदमा
कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?
कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस कार्यालय ग्वार्खोद्वारा प्रकाशित सूचना अनुसार CBT पास भएका परीक्षार्थिहरुको UBT भाषा परीक्षावाट रोष्टर निर्माण भई रोष्टर अवधी वाँकी रहेको उम्मेदवारले UBT को रोष्टर रद्द गराई CBT को रोष्टर अगाडी बढाउन पनि सकिने छ । यसकोलागि मितिफुर्सदमा
राजधानी सौलमा पर्यावरणमैत्री ट्रान्जिट पास ‘क्लाइमेट कार्ड’ सुरु हुने
कोरियाको राजधानी सौलमा सन् २०२४ बाट असीमित ट्रान्जिट पास ‘क्लाइमेट कार्ड’ सुरु हुने भएको छ । पर्यावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्दै जीवनयापनमा बढ्दो लागतसँग जुधिरहेका बासिन्दाहरूलाई आर्थिक राहत प्रदान गर्ने लक्ष्य सहित यस्तो काड प्रयोगमा ल्याउन लागेको सौल महानगरले सोमबार जनाएको हो । “क्लाइमेट कार्ड” नाम दिइएको यातायात पास मार्फत सियोलका सबै सबवे मार्गहरूमा आवतजावत गर्न सकिनेछ । लाइनहरू 1 देखि 9 सम्म, साथै Gyeongui-Jungang लाइन, Bundang Line, Gyeongchun Line, Ui-Sinseol Light Rapid Transit ( LRT) र सिलिम लाइन सबैमा यसले प्रवेश पाउन सकिनेछ । यद्यपि, फरक आधारभूत भाडाकाफुर्सदमा
शेर्पा संघ कोरियाको महाधिवेशन सेप्टेम्बर ३० मा हुने
शेर्पा संघ दक्षिण कोरियाको पाँचौ महाधिवेशन सेप्टेम्बर ३० तारिखमा हुने भएको छ । महाधिवेशन सउल जिहेङ स्थित नागार्जुन गुम्बामा हुनेछ । सिप्टेम्बर ३ मा सस्थाको सल्लाहकार तथा कार्यसमितिको अनलाईन बैठकद्वारा सो निर्णय भएको अध्यक्ष थुतुङ गेल्जी शेर्पाले बताएका हुन् । कोरियन पर्व छुसकको समय पारेर गर्न लाएको उक्त अधिवेशनबाट नयाँ कार्यसमितीको निर्वाचन हुनेछ । साथै संघको बिधान संशोधन पनि हुने अध्यक्ष शेर्पाले बताए । विधान संशोधन गर्न पाँच सदस्यीय विधान संशोधन समिति गठन भएको जनाएको छ । समितिले मस्यौदा तयार गरी महाधिवेशनमा प्रस्तुत गर्ने छ । शेर्पा संघले कोरियामा रहेका सम्पूर्णफुर्सदमा
फोनिज कोरियाद्वारा आधारभूत पत्रकारिता तालिम सम्पन्न
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दक्षिण कोरिया (फोनिज कोरिया) द्वारा १ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ । सेप्टेम्बर ९ तारिख शनिबार जूम मार्फत तलिम सञ्चालन भएको थियो । तालिममा फोनिज कोरिया र कोरियामा रहेका जातिय संस्थाहरुमा आबद्ध पत्रकारितामा रुचि राख्ने करिब ३० जनाको सहभागिता रहेका थिए । तालिममा बाला राईले पत्रकारिताका आधारभूत सिद्धान्तको बिषयमा प्रशिक्षण दिएकी थिइन्। राई फोनिज कोरिया डट नेटका प्रधान सम्पादक हुन् । पत्रकारितामा स्नातक गरेकि राई नेपालमा हुँदा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा एक दशक पत्रकारिता गरेकि छिन् । त्यस्तै मञ्जु गुरुङले ‘परदेशमा पत्रकारिताका अनुभव’फुर्सदमा