Bimal Singh Lama
कोरियामा आत्महत्या नौ प्रतिशतले बढ्यो
दक्षिण कोरियामा आत्माहत्य गरेर मृत्यु हुनेको संख्या करिब नौ प्रतिशतले बढेको छ । स्थानीय आत्महत्या रोकथाम एजेन्सीका अनुसार वर्षको पहिलो आधामा वार्षिक रूपमा नौ प्रतिशतले बढेको हो । आईतवार सार्वजनिक तथ्याङ्क अनुसार अल्पसंख्यक मानिसहरूले महामारीबाट सामान्य अवस्थामा फर्कने प्रयासमा बढी कष्ट भोगिरहेको कारणले यस्तो अवस्था सृजना भएको हो । कोरियामा जनवरी र जुन बीचमा कुल ६,९३६ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा ६,३७५ आत्महत्या भएको थियो । गत वर्षको तुलनामा यो ८.८ प्रतिशतले बढी हो । मुख्यतया कोभिड-१९ महामारी पछि आर्थिक कठिनाइका कारणले आत्महत्याको दर बढेको कोरियाफुर्सदमा
“आगो टेक्छ योद्धा” कोरियमा सार्वजनिक हुने
विनेश राई ‘मिन्जाई’ को गजल सङ्ग्रह ‘आगो टेक्छ योद्धा’ कोरियामा सार्वजनिक हुने भएको छ । छुसकको दोस्रो दिन सेप्टेम्बर २९ गते सउल दोङदेमुनमा हुने भएको हो । नेपाल आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ दक्षिण कोरियाको आयोजनामा हुने कार्यक्रममा उक्त कृति माथि परिचर्चा पनि हुने बताएको छ । परिचर्चा कार्यक्रममा टिप्पणीको लागि कवि स्पन्दन दिपक खनाल, ह्यारी बोण्ड र शकुन आँशु रहने छ । सहजकर्ता कवि दिलीप बान्तावाले गर्ने लेखक संघका महासचिव अमिर योञ्जनले बताएका हुन् । आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ दक्षिण कोरियाले विगतको बर्सहरूमा मातृभाषा काव्य यात्रा, पुस्तक प्रकाशन,फुर्सदमा
पर्वत समाजको अध्यक्षमा दिपक केसी निर्वाचित
पर्वत समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । आईतवार सौल स्थित नेपाल थाई रेष्टुरेन्टमा भएको अधिवेशनबाट दीपक केसी अध्यक्षमा निर्वाचित भएको हो । केसीको नेतृत्वमा सर्वसम्मतिले २१ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिमल खत्री तथा उपाध्यक्षहरुमा जीबन पौडेल र सरोज गुरूङ रहेका छन् । महिला उपाध्यक्षमा सृजना तिवार महासचिवमा कमला के सी, सचिवम आशिष गुरूङ र मनोज भुषाल रहेका छन् । त्यस्तै कोषाध्यक्ष मेघनाथ पौडेल र सह कोषाध्यक्ष मिलन पुर्जा रहेका छन् । सदस्यहरुमा, बिमल क्षेत्री, कमल भुषाल, प्रकाश बिक, अनिल पौडेल, जीबनफुर्सदमा
छुसकको पहिलो दिन काभ्रे सम्पर्क समितिको सातौं अधिवेशन हुने
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा अधिवेशन गर्ने भएको छ । राजधानी सौल स्थित यति रेस्टुरेन्ट एण्ड बारमा समितिको सातौं अधिवेशन हुन लागेको अध्यक्ष प्रकाश योञ्जनले जानकारी दिएका हुन । अधिवेशन बाट आगामी कार्यकालका लागि नयाँ कार्यसमितिको निर्वाचन समेत हुने जनाएको छ । कोरियामा काभ्रेलीहरूको क्षेत्रीय संस्था काभ्रे सम्पर्क समिति, दक्षिण कोरिया (KCC,KOREA) को आसन्न सातौं अधिवेशनमा कोरियामा रहेका सम्पूर्णलाई सहभागि हुन अध्यक्ष योञ्जनले अनुरोध गरेका छन् । “अधिवेशनमा उपस्थित भाई सफल पारिदिनुहुन कोरियामा विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियावासी काभ्रेली दाजुभाइ तथा दिदिबहिनीहरु, सल्लाहकार,फुर्सदमा
नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो : अ रोड टु भिलेज’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ । बुसानले वेबसाइटमार्फत यो फिल्म ‘विन्डो अफ एसिया’ विधामा छानिएको उल्लेख गरेको छ । नेपाली समयानुसार बिहीबार राति क्यानडाको टोरन्टो फेस्टिभलमा विश्व प्रिमियर हुने तयारीमा रहेको यो फिल्मले अर्को उपलब्धि हासिल गरेको हो । सुब्बा निर्देशित ‘गुडबाई काठमाण्डु’ पनि सन् २०१७ मा बुसानमा प्रिमियर भएको थियो । बुसानले फिल्मको प्रदर्शन मिति भने उल्लेख गरेको छैन । यद्यपि, सातदेखि १३ अक्टोबरभित्र फिल्मको एसिया प्रिमियर हुने जनाएको छ । बुसानमा कलाकार, निर्माताफुर्सदमा
गर्मी सम्बन्धी गम्भीर रोग तीन गुणा बढे राजधानी सियोलमा
सियोलमा गर्मी सम्बन्धी रोगहरू तीन गुणा बढेका छन् । स्वास्थ्य अधीकारीका अनुसार यस गर्मीमा गम्भीर गर्मी सम्बन्धी रोगहरूको संख्या अघिल्लो बर्षको तुलनामा तीन गुणा वृद्धि भएको देखेको हो । सियोल मेट्रोपोलिटन फायर एण्ड डिजास्टर म्यानेजमेन्ट हेडक्वार्टरका अनुसार मे १५ र अगस्ट ३१ बीचमा ९११ आपतकालीन कलहरू मार्फत कुल १५८ केसहरू रिपोर्ट गरिएको थियो। यो वर्षको तथ्याङ्क गत वर्ष रेकर्ड गरिएका ५० केसभन्दा झण्डै तीन गुणा बढी हो। ती बिरामीहरू मध्ये, १०४ गर्मी थकान, त्यसपछि २४ गर्मी स्ट्रोक र १५ मा गर्मी सिंकोप को घटनाहरु को निदान गरिएको थियो। अन्यफुर्सदमा
दक्षिण कोरियामा ‘भस्मे डन’(पशुपति प्रसाद २), शोको लागि बुकिङ खुल्ला
चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २) दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ ! अभिनेता विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का अभिनित नेपाली कथानक चलचित्र “भष्मे डन”(पशुपति प्रसाद २ )को ट्रिजर र “दुई चुल्ठी बाटन”अफिसियल गीत सार्वजनिक सँगै दक्षिण कोरिया शोको लागि बुकिङ खुल्ला गरिएको हो । “नमस्ते(फ्याफुल्ला)नेपाल-कोरिया डिजिटल प्रा.लि” ले अफिसियल राईट्स लिएको “भष्मे डन”(पशुपति प्रसाद २)नेपालीहरुको चार्ड दशैँको अवसर पारेर प्रदर्शन गर्न लागेको हो। साथै कोरियमा पनि त्यहि समयमा प्रदर्शन हुन लागेको जनाएको छ । कोरियामा अफिसियल राईट्स लिएको कम्पनीले गत चार दिन अगाडी मात्र “COMING SOON INफुर्सदमा
कोरियमा कोभिड-१९ परीक्षणको शुल्क लाग्ने
दक्षिण कोरियामा नि:शुल्क कोभिड-१९ परीक्षण समाप्त भएको छ । कोभिड-१९ लाई पनि मौसमी फ्लूको रूपमा वर्गीकरण गर्दै बिहिबार बाट सर्वसाधारणका लागि शुल्क लाग्ने स्वास्थ्य अधिकारीले जनाएको हो । स्वास्थ्य अधिकारीका अनुसार कोरोनाभाइरस परीक्षणहरू अझै उपलब्ध हुनेछन्, तर अब सबैका लागि निःशुल्क हुने छैन । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले कोभिड-१९ लाई क्लास २ बाट क्लास ४ घोषणा गरेको छ । यस संगै करिव ३ बर्ष सम्मा कोभिड-१९ लाई महमारीको रुपमा लिएर सबैलाई निःशुल्क परीक्षण र चिकित्सा सुविधामा दिदै आएको छुटमाको अन्त्य भएको छ । यद्यपि स्वास्थ्य जटिलताहरूको उच्च जोखिममाफुर्सदमा
कोरियामा सर्वाधिक ठुलो धनराशिको फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ४० लाख वन
दक्षिण कोरियामा सर्वाधिक धनराशिको ‘तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता २०२३’ सेप्टेम्बर ३० मा हुने भएको छ । ख्याङगीदोको दोङ्दुजेन(Dongducheon) सिटी फुटबल स्टेडियममा हुने उक्त फुटबल प्रतियोगितामा बिजेताले ४० लाख वोन अर्थान कारीव नेपाली ४ लाख रुपैयाँ प्राप्त गर्ने छ । धरान फुटबल क्लबले आयोजना गर्न लागेको यस् फुटबल प्रतियोगिता कोरियामा नेपालीहरुले सञ्चालन गरेको अहिले सम्मकै सर्वाधिक धनराशीको हो । प्रतियोगिताको उपविजेताले २० लाख वोन प्राप्त गर्ने छ । साथै विजेता तथा उपविजेताहरुलाई ट्रफि, मेडल र प्रमाम पत्र सहित सम्मान गरिने आयोजक कमिटिका संयोजक मदन राईले फोनिज कोरियालाई जानकारी दिएका हुन्फुर्सदमा
दक्षिण कोरियामा वृत्तचित्र “आग्रे” प्रदर्शन हुने
नेपाल मगर संघ, गणतन्त्र कोरियाद्वारा वृत्तचित्र “आग्रे” अर्थात The Iron Digger प्रदर्शन गरिने भएको छ । साथै “इतिहासको तुनामा आग्रे“ बिषयमा विमर्श समेत हुनेछ । आगामी सेप्टेम्बर १० मा दक्षिण कोरियाको सुवन सहरको 팔달구행궁로88번지 मा वृत्तचित्रको प्रदर्शन तथा विमर्श कार्यक्रम हुने मगर संघले जनाएको छ । मगर कम्युनिटी मिनि अफिसियल लाइब्रेरी द. कोरिया तथा विश्व मगर कम्युनिटी इ-लाइब्रेरी स्थापनार्थ वृत्तचित्रको प्रदर्शन गर्न लागेको संघको अध्यक्ष तुला घरतीमगरले फोनिज कोरियालाई जानकारी दिएका हुन् । “प्रदर्शन बाट प्राप्त रकम मगर कम्युनिटी मिनि अफिसियल लाइब्रेरी द. कोरिया तथा विश्व मगर कम्युनिटी इ-लाइब्रेरीफुर्सदमा