Bomjan Gurung

 

वन्जु मुन्माक मैत्री समाजले अप्रिल १६ मा बृहत बैठक गर्दै कार्यसमिति स्वरुप परिमार्जन गर्ने

कोरियाको दक्षिणी पूर्वी भेग अन्तर्गतको ख्वङ्वन्दो क्षेत्रको वन्जु र मुन्माक लगायतका ठाउँमा रहेका नेपालीहरुको समेट्दै स्थापना भएको वन्जु मुन्माक मैत्री समाजले यही अप्रिल १६ तारिक बृहत् बैठक गर्ने भएको छ । संस्थालाई थप चलायमान र पुनर्ताजगी दिने अभिप्रायले सो बैठक आयोजना गरिएको र समाजको कार्यसमितिमा केही फेरबदल गरी आगामी कार्ययोजना तय गरिने समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । कोरियामा रहेका नेपालीहरुलाई पर्ने हरेक समस्या र दुःखको बेला बन्धुत्व र मानवीय संवेदनालाई मध्यनजर गर्दै विशुद्ध सामाजिक सेवाको अवधारणा सहित गत वर्षको अप्रिल १६ मा विष्णु खत्री अध्यक्ष रहने गरी १६फुर्सदमा


छङ्ऊप नेपाली एकता समाजले विविध कार्यक्रम सहित नयाँ वर्ष २०८० मनाउने

“सामाजिक परोपकार सँगसँगै खेलकूद पनि” भन्ने उद्घोष सहित छङ्ऊप नेपाली एकता समाजले यही आउँदो अप्रिल १६ तारिक नयाँ नेपाली वर्ष वि.सं. २०८० को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको छङ्ऊप स्थित 신태인 축구장-4 मा समाजले Jeongeup Nepalese Football Club को सह आयोजना रहने गरी भलिबल तथा फूटबल प्रतियोगिता समेत आयोजना गर्दै नयाँ वर्ष थप रोचक र उत्साहजनक रुपमा मनाउने तयारी गरेको हो । विशेष गरेर कोरियाको दक्षिणी भेग छल्लाफोक्दो र छल्लानाम्दो क्षेत्र रहेका नेपालीहरुलाई समेट्दै विविध खेलकूद सहित नयाँ वर्ष मनाउने तयारी भएको समाजका अध्यक्षफुर्सदमा


कोरियामा “आठौं रेसुङ्गा भलिबल कप २०२३” अप्रिल ३० मा हुने

कोरिया स्थित गुल्मी सम्पर्क समितिले आउँदो अप्रिल ३० मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता आठौं रेसुङ्गा भलिबल कप २०२३ आयोजना गर्ने भएको छ । संस्थाले यो सिजनकै पहिलो प्रतियोगिताको शुरुवात गर्दै सो प्रतियोगिता आयोजना गर्न लागेको हो । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान” भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान (성북 국민 체육관 서울 성북구 화랑로 13 길 144) मा आयोजना गरिएको संस्थाका अध्यक्ष गणेश पौडेलले बताएफुर्सदमा


मिर्‍याङ्ग नेपाली समाजको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन अप्रिल १६ मा हुने

मिर्‍याङ्गमा कार्यरत नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग नेपाली समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा आठौ अधिवेशन यही आउँदो अप्रिल १६ तारिक आइतबार हुने भएको छ । अधिवेशन मिर्‍याङ्ग स्थित रोटरी क्लबको हलमा दिउँसो १२ बजे देखि सुरु हुनेछ । “सबै जातजाति विचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माण हाम्रो प्रतिबद्धता ” भन्ने नाराको साथ ७ बर्ष अगाडि स्थापना भएको हो । संस्थाले स्थापना कालदेखी नै दक्षिण कोरिया र नेपालमा अप्ठ्यारोमा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई साथ र सहयोग गर्नुको साथै मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । दक्षिण कोरियामा यसफुर्सदमा


छक्का पञ्जा ४ को कोरिया (जिन्छन शो) अप्रिल ०२ मा हुने

पछिल्लो समयमा रिलिज भएको नेपाली चलचित्रप्रेमी दर्शकहरुको रोजाईमा परेको अत्याधिक सफल नेपाली कथानक चलचित्र छक्का पञ्जा ४ अप्रिल ०२ तारिक ख्वाङ्ग्वेन् पूल क्लबको आयोजनामा कोरियाको जिन्छन मेघा बक्समा प्रदर्शन हुने भएको छ । जिन्छनको बस टर्मिनलसँगै रहेको मेघाबक्स हल सम्भवत: कोरियामा नेपाली चलचित्र प्रदर्शन गर्ने हलहरु मध्ये सबैभन्दा सुविधा सम्पन्न अत्याधुनिक हल भएको आयोजकको दावी छ । नेपाली जनसमुदाय विचको आपसी सद्भावको निरन्तरता साथै नेपाली चलचित्रलाई प्रोत्साहन दिने उद्धेश्यले चलचित्र प्रदर्शनको तयारीमा चलचित्र प्रदर्शन व्यवस्थापक तेज गुरुङले बताए । उक्त चलचित्रको शो दिनको ०२:०० बजे गरिने र चलचित्र हेर्नको टिकटफुर्सदमा


नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्रा राना

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन मार्च १९ आईतबार सम्पन्न भएको छ । सउलको दोङ्म्योकाे नमस्ते रेष्टुरेन्टको हलमा भएको उक्त अधिवेशनबाट चन्द्रा रानाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा चन्द्रा राना (गुल्मी), वरिष्ठ उपाध्यक्ष अमित राना (स्याङ्जा), उपाध्यक्ष श्रवण श्रेष्ठ (पर्वत), महासचिव लेसन गुरुङ (स्याङ्जा), सचिव गजेन्द्र कार्की (धनकुटा), कोषाध्यक्ष केदार गौतम (बागलुङ), सहकोषाध्यक्ष सरोज जिसी (बागलुङ), सदस्यहरुमा रोमन बानियाँ (म्याग्दी), मुकेश बिक (गोरखा), समीर कार्की (कास्की) र विशाल गुरुङ (कास्की) सर्वसम्मत चयन भएका हुन् । नेपालको राष्ट्रिय खेल भलिबल खेल विकासफुर्सदमा


तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशनबाट गितासिंह गुरुङ नेतृत्वको कार्यसमिति चयन

गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा १९ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट गितासिंह गुरुङ (बिक्रम) गुरुङ अध्यक्ष रहने गरि ३३ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो । संस्थाका शाखा अध्यक्ष कर्ण गुरुङको सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्ष गितासिंह गुरुङ (बिक्रम)को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव सन्तोष गुरुङले प्रगति विवरण र कोषाध्यक्ष जीवन गुरुङले आर्थिकफुर्सदमा


नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन मार्च १९ मा हुने

नेपालको राष्ट्रिय खेल भलिबल खेल विकास र प्रवर्द्धनका लागि कोरियामा सन् २०१७ स्थापित नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन यही मार्च १९ मा हुने भएको छ । सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा सो अधिवेशन हुने भएको हो । “विकास, अनुशासन र गतिशीलता, स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता” भन्ने नारा सहित स्थापना कालदेखि आफ्नो मातहतमा रहने गरी कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताको बाँडफाँड र सञ्चालनमा अभिभावकत्व प्रदान गरिरहेको यस संघले सोही दिनमा सन् २०२३ सिजनभरीकै लागि प्रतियोगी बाँडफाँडको तयारी गरिरहेको संघका अध्यक्ष भजिन्द्र क्षेत्रीलेफुर्सदमा


नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने

कोरिया स्थित गौरवमय जातीय संस्था नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले यही मार्च १२ तारिक किम्हे सहरको जिकेएस हलमा चौथो अधिवेशन गर्ने भएको छ । संस्थाले आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको सो संस्थाका अध्यक्ष धनराज तामाङले जानकारी दिए । विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तामाङ जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा टेवा पुर्याउँदै आइरहेको संस्थाले विगत चार वर्षदेखि विभिन्न समस्यामा बस्ने नानाआ ङा (दिदीबहिनी ) हरुलाई मध्यनजर गरि नाना आङा धिम अर्थात् दिदीबहिनी आवास गृह समेत संचालन गर्दै आईरहेको छ । उक्त चौथो अधिवेशनलाई सभ्य र भब्यफुर्सदमा


किम्हेमा तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशन मार्च १९ मा हुने

गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन यही मार्च १९ तारिकमा हुने भएको छ । संस्थाले आफ्नो दोश्रो कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै गरेकोले विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने भएकोले किम्हे सहरको (경상남도 김해시 가락로 37 번길 5) हलमा सो अधिवेशन गर्ने तयारी गरेको हो । सन् १९९९ मा स्थापना भएको तमू धीं दक्षिण कोरियाको दोश्रो शाखाको रुपमा सन् २०१८ मा स्थापित यस संस्थाले विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण रफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...