Bomjan Gurung

 

कोरिया किम्हेमा सलनालकाे २३ तारिक पूल प्रतियोगिता हुने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया बुसान शाखाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर किम्हे लुम्बिनी रेष्टुरेन्टकाे हलमा यही जनवरी २३ तारिक पूल प्रतियोगिता आयोजना गर्ने भएको छ । “स्वास्थ्य र मनाेरञ्जनकाे लागि खेल” भन्ने मुल नाराका साथ नेपालमा रहेकाे डा. महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रको (NATIONAL INNOVATION CENTER) सहयोगार्थ उक्त पूल प्रतियोगिता आयाेजना गर्ने भएको हो । प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः तेह्र लाख, सात लाख र तीन लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन्फुर्सदमा


चितवन सम्पर्क समितिले सलनालमा आयोजना गर्ने सांगीतिक कार्यक्रमको पोष्टर सार्वजनिक जनवरी ०१ मा गर्ने

कोरिया स्थित क्षेत्रीय संस्था चितवन सम्पर्क समितिले कोरियन नयाँ वर्ष सलनाल २०२३ को अवसर पारेर चितवन सांगीतिक धमाका ४ म्यूजिकल नाईटको पोष्टर सार्वजानिक तथा पत्रकार सम्मेलन हुने भएको छ । सलनाललाई लक्षित गर्दै आयोजना गरिने सो कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीमा आयोजक संस्था जुटिरहेको सोही संस्थाका अध्यक्ष राजकुमार स्याङ्तनले बताए । बागमती प्रदेश एकता समाज दक्षिण कोरिया अन्तर्गत रहेका दश जिल्लाहरुको पूर्ण साथ, समर्थन र निर्णयात्मक अनुमोदन गरिएकोले कार्यक्रम सफल र थप उत्साहजनक सोही प्रदेश अध्यक्ष रबि प्रताप घिसिङले बताए । अभिभावकत्व प्रदान गर्ने उद्धेश्यले सन् २०१८फुर्सदमा


कोरियाको तीन सहरहरुमा एकै दिन तमू ल्होसार मनाउने

कोरिया स्थित जातीय संस्था तमू धींले एकै दिन प्रमुख तीन सहरहरुमा आफ्नो मौलिक पर्व तथा नयाँ वर्ष तमू ल्होसार आउँदो जनवरी १ तारिक मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै कोरियाको सउल स्काई पार्क होटल, थेगुको मेइल गार्डेन र बुसानको जिकेएस हलमा दिउँसो १२ बजेदेखि शुरु हुने गरी एकैपटक ल्होसार मनाउने भएको हो । तमू धीं दक्षिण कोरिया केन्द्रद्धारा आयोजित सउल दोङ्देमुनमा अवस्थित स्काई पार्क होटलमा मनाइने ल्होसारमा नेपालबाट आमन्त्रित कलाकार उषा गुरुङको प्रस्तुति रहने संस्थाकाफुर्सदमा


कोरियामा “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” मनाइने

कोरियामा बर्षेनी मनाउदै आइरहेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम ” आउँदो जनवरी २२ मा मनाइने भएकाे छ । नेपाल मगर संघ गणतन्त्र कोरियाले आफ्नो शाखाहरु बुसान/किम्हे शाखा र थेगु शाखा DSME मगर समाज गजेदोसँगको संयुक्त आयोजनामा सउलस्थित (성동 차차차 스텐드 빠 나이트 서울 특별시 중구 흥인동 15 번지) मा सो कार्यक्रम मनाउने भएकाे हाे । स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित नेपालबाट आमन्त्रित कलाकार सीता थापा मगरको प्रस्तुतिले कार्यक्रम भव्य हुने आयोजकले जनाएको छ । कोरोना कहरकाे कारण करिव तीन वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न असमर्थ रहेको र अहिलेको जनजीवन सामान्यफुर्सदमा


स्याङ्जा परिवार दक्षिण कोरिया बुसान/किम्हे शाखाको चौथो अधिवेशन जनवरी १५ मा हुने

“स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन” भन्ने मूल नारालाई अनुशरण गर्दै गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया बुसान/किम्हे शाखाको चौथो अधिवेशन यही आउँदो जनवरी १५ तारिक किम्हे स्थित कोरिया माइग्रेन्ट हाउसमा हुने भएको छ । तेश्रो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको सो संस्थाका अध्यक्ष कमल अर्यालले जानकारी दिए । स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सन् १९९७फुर्सदमा


कोरियन नयाँ वर्ष सलनालमा र्‍यापर दोङको सांगीतिक धमाका रहने

पछिल्लो समय अति चर्चामा आएको महेश तामाङ उर्फ र्‍यापर दोङको साथमा कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर विशेष सांगीतिक प्रस्तुति नेपकोर नाईट पार्टी २०२३ हुने भएको छ । कोरियाको राजधानी सउलमा आउँदो जनवरी २२ तारिक नेपकोर ईन्टरटेन्मेन्ट ग्रुपद्धारा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न असमर्थ रहेको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा र्‍यापफुर्सदमा


आमन्त्रित कलाकार उषा गुरुङको प्रस्तुतिसँगै कोरियामा तमू ल्होसार भव्यताका साथ मनाउने

दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्धेश्य सहित तमू धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि तमू ल्होसार मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गरी ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो । सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार २०२३ जनवरी ०१फुर्सदमा


कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित तमू ल्होसार मनाउने

कोरिया स्थित तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार आउँदो जनवरी १ तारिक मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै बुसान सहरको जिकेएस सुविधा सम्पन्न हलमा दिउँसो एक बजेदेखि शुरु हुने गरी सो ल्होसार मनाउने भएको हो । सो ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा अध्यक्ष कर्ण गुरुङले जानकारी दिए । समय सापेक्षित विभिन्न कार्यक्रम गर्दैफुर्सदमा


कोरियाको थेगुमा मनाईने तमू ल्होसारमा दि भ्वाइस अफ नेपाल ४ की प्रतियोगी पवित्र गुरुङ आउने

कोरियाको दक्षिणी भेग थेगु सहरमा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार आउँदो जनवरी १ तारिक मनाउने भएको छ । तमू धीं दक्षिण कोरिया थेगु शाखाको आयोजनामा हिमालय टेलिभिजन प्रशारण भईरहेको दि भ्वाइस अफ नेपाल सिजन ४ नकआउट राउण्ड सम्मको यात्रा तय गरेकी कलाकार पवित्र गुरुङको साथमा थेगु स्थित Maeil Garden (대구 광역시 중구 계산동 2가 71 본지 매일 신문사 11 층) हलमा सो ल्होसार मनाउने भएको हो । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गरी यसफुर्सदमा


स्याङ्जा परिवार किम्हे/बुसान शाखाको बनभोज कार्यक्रम सम्पन्न, साईकल यात्रीहरु भए सम्मानित

कोरियाको स्याङ्जा परिवार किम्हे/बुसान शाखाले अक्टोबर २९ र ३० तारिक दुई दिने रमाईलो वनभोज कार्यक्रम सम्पन्न गरेको छ । किम्हे बुसान आसपासको स्याङ्जालीहरुको आपसी सद्भाव अभिवृद्धि गर्ने उद्धेश्यले शुभ दिपावलीको अवसरमा पारेर आपसी परिचयात्मक कार्यक्रम सहित गजेदो सहर नजिकै (부산 강서구 가덕 해안로 590)मा संस्थाले उक्त बनभोज कार्यक्रम आयोजना गरेको हो । सोही अवसरका विच काेरियामा रहेका नेपाली साईकल टोली The Himalyan Cycle Team का गाेल्ड मेडलिष्ट साईकल यात्रीहरुहरुलाई सम्मान गरेको छ । प्रवासी जीवन र व्यस्त समयकाे बाबजुद पनि नेपालमा रहेकाे संसारको “सर्वोच्च शिखर सगरमाथा”लाई प्रवर्द्धन गरिरहेका साईकल यात्रीहरुफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...