Bomjan Gurung

 

प्रथम लाफा भलिबल कपको उपाधि बाग्लुङलाई, थेसो बने उपविजेता

अनिल लामिछाने मगर, थेगु कोरिया नेपाल मगर संघ द.कोरिया थेगु शाखा द्वारा आयोजित प्रथम लाफा भलिबल कप २०२२ सम्पन्न भएको छ । “स्वास्थ्य र मनोरञ्जनको लागि खेल, परदेशमा नेपालीहरूको मेल” भन्ने मुल नाराका साथ यस नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखा द्वारा समाज घर ब्यवस्थापन तथा आकस्मिक राहत कोष स्थापनार्थ प्रथम लाफा भलिबल कप आयोजना सम्पन गरेको हो । कार्यक्रमको सभापति चिरन थापा मगर, प्रमुख अतिथि नेपाल मगर संघ द. कोरिया केन्द्रका अध्यक्ष टेक पुन मगर, बिशिष्ट अतिथि नरेश थापा मगर (संरक्षक मगर संघ थेगु शाखा), अतिथिहरुमा धन सलामीफुर्सदमा


प्रेमगीत ३ को कोरिया (जिन्छन शो) अक्टोबर ०९ मा हुने

विश्वभर एकैपटक रिलिज भएको हिन्दी भाषमा समेत डबिङ भई नेपाली चलचित्र ईतिहासमै नौलो आयाम थप्न सफल बहुप्रतिक्षित नेपाली कथानक चलचित्र प्रेमगीत ३ यही अक्टोबर ०९ तारिक ख्वाङ्ग्वेन् पूल क्लबको आयोजनामा कोरियास्थित जिन्छन मेघा बक्समा प्रदर्शन हुने भएको छ । जिन्छनको बस टर्मिनलसँगै रहेको मेघाबक्स हल सम्भवत: कोरियामा नेपाली चलचित्र प्रदर्शन गर्ने हलहरु मध्ये सबैभन्दा सुविधा सम्पन्न अत्याधुनिक हल भएको आयोजकको दावी छ । कोरोना कहरबाट कोरियाको जनजीवन सामान्य बन्दै गएको अहिलेको स्थितिमा नेपाली जनसमुदाय विचको आपसी सद्भावको निरन्तरता साथै नेपाली चलचित्रलाई प्रोत्साहन दिने उद्धेश्यले चलचित्र प्रदर्शनको तयारीमा चलचित्र प्रदर्शन व्यवस्थापकफुर्सदमा


विजयादशमीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

अनेसासको आयोजनामा गत आईतबार दशैं विशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रवासी स्रष्टाहरूले दशैं विशेष रचनाका साथै आफ्ना मौलिक रचनाहरू वाचन गरेका थिए । दशैं विशेष रचना वाचन कार्यक्रममा सर्वज्ञ वाग्ले, पदम विश्वकर्मा, राजेन्द्र श्रेष्ठ, बिमला ढुंगाना, तीर्थ अधिकारी, निजानन्द मल्ल, तारा अधिकारी, सरिता अर्याल, शकुन्तला ज्ञावली, तीर्थ पाण्डे, लालगोपाल सुबेदी, प्रमोद सारंग, राजन महर्जन लगायतले दशैं विशेष रचना वाचन तथा शुभकामना व्यक्त गरेका थिए । वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा सम्पन्न सो कार्यक्रम महासचिव विमला ढुङ्गाना (निरौला)ले सञ्चालन गरेकी थिईन् ।


कोरियामा निधन भएका ईन्द्र गुरुङको श्रद्धाञ्जली सभा अक्टोबर ०२ मा गरिने

लमजुङ जिल्ला बेसीशहर नगरपालिका वडा नं. ९ बिम्दा स्थायी घर भई कोरियामा कार्यरत स्व. ईन्द्र गुरुङको सम्झनामा आउँदो अक्टोबर ०२ मा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिने भएको छ । तमू धीं दक्षिण कोरिया र लमजुङ परिवार दक्षिण कोरियाको संयुक्त आयोजनामा दिवंगत आत्माको चीर शान्तिको कामना एवं शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने उद्धेश्यले उक्त सभाको आयोजना गरिएको हो । कोरियाको राजधानी सउलदेखि करिब २ सय किमीको दुरीमा रहेको छुङनाम सिटिको छङयाङ गाउँको पिबोङम्यन भन्ने स्थानमा रहेको एक बुंगर फार्ममा कार्यरत रहेका गुरुङको सेप्टेम्बर १६ तारिख राती कार्यस्थल दुर्घटनामा परि निधनफुर्सदमा


निर्माणाधीन बालगृह भवनलाई कोरियाबाट स्याङ्जा परिवारको सहयोग

कोरियामा क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार किम्हे/बुसान शाखाले आफ्नो गृह जिल्लाको बालगृह भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । स्याङ्जा स्थित फेदिखोला गाउँपालिका वडा नं. १ मा अमोर सेवा नेपाल द्वारा सञ्चालित निर्माणाधीन जिल्लाकै एकमात्र बालगृह भवनलाई सहयोग स्वरुप १ लाख २५ हजार रुपैंया प्रदान गरेको हो । गत अगष्ट १४ मा कोरियाको किम्हेमा जिल्लाको एकमात्र बालगृह भवन सहयोगार्थ सुपरहिट नेपाली कथानक चलचित्र “ए मेरो हजुर ४” को प्रदर्शन गरेर उक्त सहयोग रकम जुटाएको र कार्यक्रमको उद्धेश्य अनुरुप नै सहयोग हस्तान्तरण गरिएको आयोजक संस्थाका अध्यक्ष कमल अर्यालले जानकारी दिएफुर्सदमा


स्याङ्जा परिवारले अक्टोबर ०८ मा दशैं मनाउने

प्रवासमा रहेर पनि नेपाली परम्परा, संस्कार, संस्कृतिको सम्मान गर्दै जगेर्ना गर्ने उद्वेश्यका साथ कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा स्याङ्जा परिवार दक्षिण कोरियाले २०७९ सालको विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विगतमा जस्तै संस्थाको गतिविधिलाई निरन्तरता दिदै यो पटक पनि यस कार्यक्रम आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष विजय थापाले बताए । दशैंको धार्मिक परम्परा अनुसार अग्रज तथा मान्यजनबाट टिका-जमरा ग्रहण गर्ने र आशीर्वाद लिने प्रचलनलाई कायम राख्दै यो महत्वपूर्ण अवसर प्राप्त गर्न सकिने साथै विविध साँस्कृतिक प्रस्तुतिको साथमा नेपाली स्वादिष्ट भोजनको व्यवस्था गरिने संस्थाकाफुर्सदमा


अनेसास कविता महोत्सव भव्य रुपले सम्पन्न

राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा अनेसासद्वारा आयोजना गरिएको कविता महोत्सव- २०२२ का लागि प्राप्त ३१८ कविता मध्ये ६७ जना सर्जकको कविता वाचन गरेका थिए । महोत्सवमा प्रथम अजित उत्सव, दोस्रो राधिका कल्पित र तेस्रो प्रज्वल अधिकारी, कोमलप्रसाद भट्ट र पवन विक्रम परियार विजयी भएका छन् । २४ सेप्टेम्वर शनिवार अमेरिकी पूर्वीय समयानुसार विहानको ९ बजे अर्थात् २४ असोज, शनिवार साँझ जुमका माध्यममा सम्म्पन्न भएको सो कार्यक्रममा सहभागी प्रतियोगीले कविता वाचन गरेका थिए । महोत्सवको प्रमुख निर्णायकमा वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार गोविन्द गिरी प्रेरणा, चर्चित कवि/निबन्धकार भीष्म उप्रेती तथा महिलाफुर्सदमा


नारायण बने प्रथम पूल प्रतियोगिताको च्याम्पियन

कोरिया स्थित नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङनादो बुसान शाखाद्वारा आयोजित लुम्बिनी रेष्टुरेन्टमा सम्पन्न प्रथम पूल प्रतियोगिताको उपाधी ख्वाङ्ग्वेन पूल क्लबका नारायण घर्ती मगर (म्याग्दी)ले चुमेका छन् । उक्त प्रतियोगितामा अन्तिम प्रतिद्धन्दी जिवन सिङ्जाली मगर (गोरखा)लाई फाईनलमा ३-० सोझो सेटको स्थितिमा नारायणले ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १३ लाख कोरियन वोनले पुरस्कृत भएका हुन् । सो प्रतियोगितामा दोश्रो र तेश्रो स्थान हासिल गर्न सफल जिवन सिङ्जाली मगर (गोरखा) र पासाङ शेर्पा (सोलुखुम्बु) ले ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ७ लाख र ३ लाख कोरियन वोन प्राप्त गरेफुर्सदमा


कोरियाको छाङ्वनमा “प्रथम ग्रीन नेपाल एफसी कप” फूटसल टुर्नामेण्ट आउँदो अक्टोबर ३० मा हुने

कोरियाको दक्षिणी भेग छाङ्वन क्षेत्रमा रहेको नेपालीहरुको फूटबल क्लब ग्रीन नेपाल एफसीले आउँदो अक्टोबर ३० मा “प्रथम ग्रीन नेपाल एफसी कप” फूटसल टुर्नामेण्टको आयोजना गर्ने भएको छ । स्वास्थ्य अनि मनोरञ्जनको लागी फुटसल भन्ने नारासँगै छाङ्वनको खेलमैदानमा हुने सो उक्त टुर्नामेण्ट फुटसल खेलप्रतिको आकर्षणलाई ध्यानमा राख्दै सम्भवत: यो सिजनकै अन्तिम प्रतियोगिता रहेको सो ग्रीन नेपाल एफसीका संयोजक हेमन्त गुरुङले बताए । टुर्नामेण्ट विजेता र उपविजेता टिमले क्रमशः ३० लाख र १५ लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र र उपविजेता टिमले १५ लाख प्रमाण पत्र प्राप्त गर्नेछन्फुर्सदमा


छङ्ऊप नेपाली एकता समाजले अक्टोबर ०८ मा दशैं मनाउने

प्रवासमा रहेर पनि नेपाली परम्परा, संस्कार, संस्कृतिको सम्मान र जगेर्ना गर्ने उद्वेश्यका साथ कोरियाको छङ्ऊप स्थित 정읍시 2 공단 CU 3 अगाडिको पार्कमा छङ्ऊप नेपाली एकता दक्षिण कोरियाले २०७९ सालको बडा दशैंको पावन अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । समाजले आफ्नो गतिविधिलाई चलायमान गराउँदै विविध साँस्कृतिक कार्यक्रम सहित दशैं मनाउने तयारी गरेको हो । कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत पर्ने थेईन, जुल्फो, गोछन, खाम्गुक र सिन्थेइन लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै यस वर्षको दशैं कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष राम थापा मगरले बताए ।फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...