Dudha Lama

 

नेपाली साहित्यकी नक्षेत्रः बिना थिङ तामाङ ‘सुनगाभा’

साहित्यकार: कवि तथा कथाकार ‘बिना थिङ तामाङ’ नेपाली साहित्य र सामाजिक क्षेत्रमा परिचित नाम हो । साहित्यमा एक दशकबढी समय बिताएकी उनी पेशाले जयभद्रकाली आधारभुत बिद्यालयको उप-प्राध्यापक तथा शिक्षिका हुन् । उनलाइ साहित्यिक माहोलमा बिना थिङ ‘सुनगाभा’ उपनामले पनि सम्बोधन गरेको पाइन्छ । संयोगले एकदुइ पटकमात्र सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमा संवाद भएको हामी इतर साहित्य समाज दक्षिण कोरियाद्वारा आयोजित इतर साहित्यिक कविता प्रतियोगिता-२०२० मा नेपालदेखि प्रमुख अथितिको रुपमा सहभागी भएको बेलामा उनीसंग प्रत्यक्ष अविस्मरणीय साक्षात्कार गरि केहि कविता सुन्ने सैभाग्य मिलेको थियो । उनको साहित्यिक कृति पढ्दा र सुन्दा चरमफुर्सदमा


सुर्य रुम्बाको ‘प्रेमको रंग’ सार्वजानिक (भिडियो)

फोनिज संवाददाता, दक्षिण कोरिया ।  नेपाली गीतसंगीतमा एक दशकभन्दा बढी समय बिताइसकेका गायक, संगीतकार तथा एरेन्जर सुर्य रुम्बाको सांगीतिक कोसेली ‘प्रेमको रंग’ बोलको गीत सार्वजानिक भएको छ । शनिबार जुम माध्यम (भर्चुअल मार्फत) बाट कार्यक्रम गरेर गीतको भिडियो सार्वजानिक गरेको हो । ललितकला क्याम्पसबाट २०६५ मा संगीत स्नातकसम्मको अध्ययन गरेका गायक रूम्बाले वि.सं. २०६६ मा ‘नाम’ र वि.सं. २०७२ ‘लक’ गरेर दुइटा गीति एल्बमसमेत सार्वजनिक गरिसकेका छन् । गायक रूम्बाले नेपाली चलचित्र ‘संसार आफ्नै’को ‘फूलै फूल छ यहाँ’ र ‘हिरो नं.१’को ‘के गर्नु मंगले’ गीतमा समेत आफ्नो स्वर, शब्द रफुर्सदमा


कोरियामा विदेशीलक्षित ड्राइभिङ लाइसेन्स तयारी कक्षाको आवेदन खुल्ला

दक्षिण कोरिया । विदेशी चालकलक्षित सवारी चालक इजाजतपत्र (लाइसेन्स)को सुसो पुलिस स्टेशनले तयारी कक्षा सञ्चालन जून महिनामा गर्ने भएको छ । विदेशी इच्छुक जोकोहिले यथाशीघ्र जुन २१ तारिख आइतबारभित्र व्यक्तिगत विवरण नाम, ठेगना र सम्पर्क नम्बर आवेदनपश्चात सहभागि हुन सकिने सुसो पुलिस स्टेशन इनिस्पेकटर 강혜숙 (घाङ ह्ये सुग) ले जानकारी दिए । पुलिस स्टेशनले प्रत्येक ६/६ महिनामा कक्षा सञ्चालन गर्दै आइरहेकोमा यस पटक जूम भर्च्युलमाध्यमबाट जून २७ र जुलाइ ४ तारिखमा निशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । पछिल्लो समय कोरियामा बिना लाइसेन्सका चालकको कारणले सवारी दुर्घटनामा बढेपछि कोरियनफुर्सदमा


कोरियामा सउल नेपाल गुम्बा र नेपाल बौद्ध परिवारले २५६५ औं बुद्ध जयन्ती मनाए

दक्षिण कोरिया । नेपाली बौद्धधार्मिक दुइ संस्था सउल नेपाल गुम्बा र नेपाल बौद्ध परिवार दक्षिण कोरियाले २५६५ औं बुद्ध जयन्ती मे २३ तारिखका दिन छुट्टाछुटै बिशेष पूजापाठ तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएको छ । नेपालको लुम्बिनीमा बैशाख शुल्कपक्ष सप्तमीमा जन्मनुभएका महामानव गौतम बुद्ध वैशाख पूर्णिमाका दिन अमृतमय बोधीज्ञान प्राप्त गरी बुद्ध भएको तिथिलाइ बौद्धधर्मलाम्बीहरूले बुद्ध जन्म जयन्ती विशेष विविध कार्यक्रमहरू मनाउने गरिन्छ । आज २५६५ औं बुद्ध जयन्ती बिशेष पूजापाठ र शुभकामना आदानप्रदान कार्यक्रम सउल नेपाल गुम्बाले गाङ्नाम् स्थित गुम्बामा सम्पन्न भएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जेफुर्सदमा


सउल नेपाल गुम्बाले २५६५ औं बुद्धजयान्ती मे २३ मा मनाउने

दक्षिण कोरिया । सउल नेपाल गुम्बा दक्षिण कोरियाले २५६५ औं बुद्धजयान्ती कार्यक्रम मे २३ तारिख आईतवारका दिन मनाउने भएको छ । नेपालको लुम्बिनीमा जन्मनुभएका महामानव गौतम बुद्धको जन्म बैशाख शुल्कपक्ष सप्तमीका दिन भएर २९ वर्षको उमेरमा गृह त्यागी ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाका दिन अमृतमय बोधीज्ञान प्राप्त गरी बुद्ध भएको मानिन्छ । उक्त विशेष दिनलाइ बौद्धधर्मलाम्बीहरूले बुद्ध जन्म जयान्ती विशेष विविध कार्यक्रम गरि मनाउदैं आएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । गौतम बुद्ध ८० वर्षको उमेरमा वैशाख पूर्णिमा कै दिन महांपरी निर्वाण हुनुभएको पावन तिथिलाईफुर्सदमा


कोरियामा आत्महत्या  गरेका संखुवासभाका युवाको  परिवारद्वारा  अन्त्येष्ठी

रोजगारीको  सिलसिलामा ईपीएस मार्फत  कोरियाआएका  संखुवासभा  जिल्लाको  सभापोखरी गाउपालिका पुर्णहाङ लिम्बूको गत आइतबार परिवार द्वारा  अन्त्येष्ठी गरिएको  छ। लगभग डेढ बर्ष  अघि  कोरिया  आएका  उनले   जनवरी २५ तारिखमा आत्महत्या गरेका थिए   । कोरियाको योङ्गिन स्थित एक कम्पनीमा कार्यरत  लिम्बू  आत्महत्या  गर्नुअघिका दिनहरुमा  पनि  सामान्य  अवस्थामा  रहेको  र कुनै पनि असामान्य  ब्यबहार  नदेखिएकोले किन आत्महत्या  गरे भन्ने  नखुलेको  सँगै  काम गर्ने  संखुवासभा  सम्पर्क  परिवार  दक्षिण  कोरियाका अध्यक्ष  श्याम कुमार श्रेष्ठले बताए । कोरियन प्रहरीको अनुसन्धान  र सिसिटिभी  फुटेजको आधारमा आत्महत्या  पुष्टि  भएपछि  परिवारको ईच्छा अनुसार शवलाई  नेपाली  दुतावास र समाजसेवीहरुको पहलमा फुर्सदमा


ताप्लेजुङ सम्पर्क समितीको तेस्रो अधिवेशन सम्पन्न

ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको आईतबार तेस्रो अधिवेशन भएको छ । अधिवेशबाट अध्यक्षमा सागर माङमु सर्वसम्मत चुनिएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्ष-शंकर राई, उपाध्यक्षहरुमा दिर्ज काङभा लिम्बु, शान्तिला पालुङ्वा, बिजु माबो,  जय खड्का निर्वाचित भयका छन् । महासचिव-बिनोद साउदेन्, सचिव-देवेन्द्र काङ्भा,सह-सचिब-सृर्जु ईघिगो, कोषाध्यक्ष मनिता तामाङ,सह कोषाध्यक्ष-राम राई रहेका छन् । त्स्तै सदस्यमा मनिल बाँनिया, कबिराज ताम्लिङ, बिशाल थोप्रा, मन कुमार लिम्बु, प्रसंना खालिङ् ,प्रकाश गुरुङ , गंगाराम काङभ र तेज गुरुङ रहेका छन् ।


नेपाल तामाङ संघ दक्षिण कोरियाको दशौं अधिवेशन फेब्रुअरी १२ मा हुने

नेपाल तामाङ संघ दक्षिण कोरियाको दशौं अधिवेशन फेब्रुअरी १२ शुक्रबार सलनालको दोस्रो दिन हुने भएको छ । संघको आइतबार बसेको बैठकले सो कुराको निर्णय गरिएको हो । विश्वब्यापी कोभिड–१९ को असरले गर्दा गत मे महिनामा गर्नुपर्ने अधिवेशन ढिलै भएपनि निर्धारित मितिमा कोरियामा रहेका बिभिन्न पेशा र क्षेत्रमा आबद्ध सबै तामाङहरुलाई अधिवेशनमा सहभागी हुन नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाले आह्वान गरेका छन् । संघका अध्यक्ष वाइबाको नेतृत्वमा ५१ सदस्यीय अधिवेशन तयारी समिति र संघको महासचिब गोकुल थोकर, सचिबहरू अमिर योन्जन, दुध बहादुर लामासहितको तीन सदस्यीय अधिवेशन प्रचारप्रसार समितिफुर्सदमा


सउल नेपाल गुम्बाले चौथो वार्षिकोत्सब मनायो

दक्षिण कोरिया । थेग्छेन छ्योइलिङ (सउल नेपाल गुम्बा) दक्षिण कोरियाले आफ्नो चौथो वार्षिकोत्वस आज आइतबार विशेष धार्मिक पूजापाठ गरि मनाएको छ । दक्षिण कोरियाको प्रसिध्द शहर गाङनाममा अवस्थित गुम्बा मै पूजा कार्यक्रम गरि वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरिएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले फोनिज कोरियालाइ बताउनुभयो । सन् २०१७ जनवरी ८ तारिखका दिन दक्षिण कोरियाका लागि नेपाली राजदुतवास निवर्तमान उपनियोग प्रमुख किरण शाक्यले उद्घाटन गरेका थिए । उक्त दिनको अवसर पारेर गुम्बाले प्रत्येक वर्ष विविध साँस्कृतिक कार्यक्रमहरू आयोजना गरेर वार्षिकोत्सब मनाउथ्यो । यो वर्षभने  विश्वव्यपी संक्रमण कोभिड १९फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...