गाेकुल थाेकर
नुवाकोट समाजले औद्योगीक दुर्घटनामा परेर उपचार गराइ रहेका अर्जुनलाई सहयोग गर्यो
कोरिया अाएकाे दुई महिनामै औधोगिक दुर्घटनामा परि एउटा खुट्टा गुमाएर लामो समयदेखि अस्पतालमा उपचाररत नुवाकोट मेघाङ गाउँ पालिका निबासी अर्जुन तामाङलाइ नुवाकाेट समाज दक्षिण काेरियाले सहयाेग गरेकाे छ । विहीबार अर्जुन बस्ने याेङसानमा नै पुगेर समाजले सहयाेग गरेकाे हाे । ‘हाम्राे याे सहयाेग अभियानमा जोडिनु भएका विभिन्न संघसंस्था तथा समाजसेवी अनि मानबप्रेमि मनहरुमा अग्रणी संस्था नुवाकोट समाज साउथ कोरियाद्वारा हार्दिक आभार र धन्यबाद भन्न चाहान्छु ।’ नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष राज दोङ तामाङले भने । ‘हाम्रो संस्था नुवाकोट समाज दक्षिण कोरियाले बिगत १ महिना अघिदेखि अर्जुन तामाङ कृत्रिम खुट्टाफुर्सदमा
कोरियामा १७ महिने वालक र उनका बाबुआमालाई १० दिन पछि पुनः कोरोना भाइरसको संक्रमण
दक्षिण कोरियामा १७ महिनाको वालक र उनका बाबुआमा कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्केको १० दिन पछि पुनः संक्रमित भएको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोगथाम केन्द्र(केसीडिसी)ले जनाएको छ । मंगलबार आइतबार १ सय २५ जना कोरोना भाइरसबाट संक्रमित भएका थिए । यो संगै झन्डै दुई हप्तासम्म सय भन्दा कम संक्रमित कायम रहेको कोरियामा विरामीको संख्या बढेको छ । मंगलबार बेलुकीसम्म ९ हजार ७ सय ८६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ५ हजार ४ सय ८ जना स्वस्थ्य भएर घर फर्किका छन् । १ सय ६२ जनाकोफुर्सदमा
कोरोना परीक्षण किट किन्न कोरियामा १४ करोड २६ लाख वन संकलन
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले नोबल कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने २ हजार थान किट नेपाल पठाउने भएको छ । संघको अगुवाइमा दक्षिण कोरियामा रहेका नेपालीले संकलन १४ कराेड २६ लाख ३७ हजार ७ सय ७९ वन भएको छ । बुधबारबाट सुरु भएको ‘एक व्यक्ति, एक किट’अभियानमा शनिबारसम्म दक्षिण कोरियामा रहेका ४ हजार ५ सय ६७ जनाले उक्त रकम संकलन गरेका हुन् । ‘हामीले कोरोना परीक्षण किट उत्पादन गरिरहेको कम्पनीसँग सम्झौता गरेका छौं । प्रति किट झन्डै दुई हजार रुपैयाँमा २ हजार थान किट किन्न लागेका हौं । नेपालमाफुर्सदमा
‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’
आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी अन्योलमा परेका छन् । ‘नेपाल जाँदै छु, आफन्त साथीभाइ भेट्दै छु भनेर उत्साहित थिएँ, कम्पनीमा पनि सबै हिसाब–किताब भइसकेको छ,’ उनले भने, ‘परदेशले थलिएको ज्यानमा सास आउँछ भन्नेथ्यो । एकाएक सरकारले आउन नदिने निर्णय गर्यो भन्ने सुनें । अब के–कस्तो हुने हो ?’ बिहान साढे ५फुर्सदमा
रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर
रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा दायर गरेका हुन् । मंगोलीयन, भियतनाम, म्यानमार, उज्वेकस्थानका ५ जना ईपिएस कामदारले मुद्दा दायर गरेका हुन् । उनीहरुको मुद्दालाई कोरियाली मानव अधिकार संस्था र वकिलहरुको समुहले अदालतमा बहस गर्ने छन् । कोरियाको संबिधानको ब्याख्या गर्ने अधिकार संबैधानिक अदालतलाई रहेको छ । अहिले रोजगार अनुमति प्रणाली अन्तरगत कोरियामा आएका कामदारले स्वइच्छाले कम्पनी (कार्यस्थल) परिवर्तनफुर्सदमा
काेरिया लगायत सबै युराेपेली देशहरूबाट नेपाल अाउन प्रतिवन्ध
नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन कडा कदमहरू चालेको छ। दक्षिणा काेरिया लगायत युराेपेली देशहरूबाट मार्च २० देखि अप्रिल १५ सम्म कुनै पनि यात्रु नेपाल जान सक्ने छैनन् । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाइ मार्गबाट नेपाल आउने लगभग सबै यात्रुलाई प्रतिबन्ध लगाएको छ। ‘युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू,इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरीफुर्सदमा
दक्षिण कोरियामा रहेका ६० जना विदेशी कोरोनाबाट संक्रमित
दक्षिण कोरियामा रहेका ६० जना विदेशीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको देखाएको छ । सोमबार कोरियाली रोग नियन्त्रण तथा रोकथाम विभाग केसीडीसीले यो तथ्यांक सार्वजानिक गरेको हो । संक्रमित मध्ये चीनियाँ नागरिक ३८ जना छन् भने अमेरिकी नागरिक ७ जना रहेका छन् । त्यस्तै भियतनाम, मंगोलिया, थाईल्यान्ड, अस्टे«लिया र अर्जेन्टिनाका दुई दुई जना संक्रमित छन् । त्यस्तै जापान, इन्डिोनेसिया, मलेसिया, उज्बेकस्थान र पोल्यान्डका एक एक जना संक्रमित भेटिएका छन् । संक्रमित मध्ये ६ जना चीनिया, फ्रान्स र पोल्यान्डका नागरिकलाई दक्षिण कोरिया प्रवेश गर्नु पहिले नै एयरपोर्टमै संक्रमण देखिएको केसीडीसीलेफुर्सदमा
हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै
कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर एलियन कार्ड(परिचय पत्र) बनाउने समयमा अध्यागमनले खिचेको फोटोको आधारमा धेरै नेपालीलाई पक्राउ गरेको गैह्र आवासिय नेपाली संघ दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले बताईन । ‘जाँच दिने समयको फोटोसँग अहिलेको फोटो फरक पर्दा पक्राउ परेका छन् । अहिले पाँच जना अरुको परिक्षा दिनेहरुलाई थप अनुसन्धान गर्न नियन्त्रणमैफुर्सदमा
काेरियामा काेराेनाकाे संक्रमण, ६ काे मृत्यु : ६ सय २ संक्रमित
दक्षिण कोरियामा पछिल्लो समय तिब्ररुपमा बृद्धी भएको कोरोना भाइरस संक्रमितको संख्या ६०२ पुगेको छ । जस्मध्ये पछिल्लो सूचना अनुसार ६ जनाको मृत्यु भएको छ । कोरियाको विभिन्न शहरमा संक्रमित भेटिएको छ । सबैभन्दा बढि थेगुमा ३२६ पुगेको छ । दोस्रो धेरै प्रभावित हुने ख्यागंसांग बुक्दोमा १६९ जनामा देखिएको छ । त्यसैगरी सउलमा २४ जना, ख्यांगी दो मा २४ जना, ख्यागंसाग नाम्दोमा १४ जना, बुसानमा ११ जना, ख्वागंजुमा ९ जना, खावान्दोमा ५ जना, थेजनमा ३ जना, झल्ला बुक्दोमा ३ जना, छुंगछङ बुक्दोमा ३ जना, जेजु दोमा ३ जना, झल्ला नाम्दोमा २फुर्सदमा
कोरोनाभाइरस: दक्षिण कोरियामा सङ्क्रमण बढ्दा रोकथाम गर्ने उपाय तीव्र
दक्षिण कोरियाले घातक नयाँ कोरोनाभाइरसको सङ्क्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ। त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिएको छ। प्रधानमन्त्री चुङ स्ये-क्यूनले अहिले देशमा सङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन्। दक्षिणी सहरहरू थेगु र चेओङ्डोलाई “विशेष हेरचाह क्षेत्र” घोषणा गरिएको छ। थेगुका सडकहरू अहिले प्राय: सुनसान छन्। परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ। दक्षिण कोरियाको स्थिति के छ? एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूलेफुर्सदमा