गाेकुल थाेकर
बुसानमा किराँत समुदायको ठूलो चाड उधौली मनाइयो
प्रकृति र पितृलाइ सम्झदै मनाइने किराँत समुदायको प्रमुख चाड उधौली आईतबार दक्षिण कोरियाको बुसानमा मनाइएको छ । किराँत समुदायले मंसिर पुर्णिमा उधौली र वैशाख पुर्णीमामा उभौली मनाउने गर्दछन् । उधौली र उभौलीमा चार किराँत समुदायले आफ्नै शैलीमा पुजाआजा गरी मनाउछन् । किराँत राई यायोख्खा बुसान शाखाले आयोजना गरेको कार्यक्रममा नेपालबाट आएका गायिका द्धय मेनुका राई र तयाहाङमा राईले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थिती रहेको थियो ।
नागार्जुन गुम्बाले मनायाे २५६३ अाैं बुद्ध जयन्ती
दक्षिण काेरियामा रहेका पुरानाे गुम्बा नागार्जुन गुम्बाले २५६३ अाैं बुद्ध जयन्ती मनाएकाे छ । अाइतबार भएकाे कार्यक्रममा नेपालीहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे । बिहान १० बजे देखि सुरू भएकाे पुजापाठ झन्डै तीन घन्टा चलेकाे थियाे । त्यस पछि अाैपचारिक कार्यक्रम भएकाे थियाे जसलाइ नागार्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा, एनअारएन काेरियाकी अध्यक्ष लक्ष्मी गुरूङ, नेपाल अादिवासी जनजाति महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पा, नेपाल तामाङ संघका अध्यक्ष मेघप्रसाद वाइवा लगाएतले सम्बाेधन गरेका थिए । गुम्बाले हरेक बर्ष बुद्ध जयन्ती मनाउदै आएको छ ।
नेपालबाट आएको विशेषज्ञले सिकाए डिप्रेसन कम गर्ने तरिका
दक्षिण कोरियामा डिप्रेसनका कारणले समस्या भोग्ने धेरै छन् । यस्ता समस्यालाई समाधान कसरी गर्ने भन्ने बारेमा आइतबार सउलमा एउटा कार्यक्रम सम्पन्न भयो । नेपालबाट आएका चक्र थेरपी विशेषज्ञ महेन्द्र कुमार श्रेष्ठले बिभिन्न ठाउँबाट आएका सहभागीका समस्या सुने । सरसल्लाह दिए । दिउँसो १२ बजेबाट भएको कार्यक्रममा ५० जना भन्दा बढि सहभागी भए । यो कार्यक्रमको संयाजन गर्ने काम गैर आवासीय नेपाली संघ एसिया प्यासेफिक महिला संयोजक जुनु गुरुङले गरिकी थिइन् । ‘कोरियामा मानसिक समस्या भोग्ने धेरै छन् । त्यसैले बेला बेलामा यस्तो खालको कार्यक्रमहरु गरि रहन्छौ । यो पनि त्यस्तैफुर्सदमा
लिबियाको युद्धग्रस्त क्षेत्रमा नेपाली, १५ जनाको उद्धार, ४ अझै बाँकी
युद्धग्रस्त लिबियामा फसेका १५ जना नेपालीलाई उद्धार गरेको छ भने ४ जना उद्धारको पर्खाईमा रहेको छ । उद्धार गरिएका नेपालीहरुलाई अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)को क्याम्पमा राखिएको लिबिया हेर्ने इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई युद्धग्रस्त क्षेत्रबाट सकुशल उद्धार गरी आईएमओको त्रिपोलीस्थित क्याम्पमा ल्याएर राखिएको हो । संयुक्त राष्ट्रसंघका अनुसार झन्डै ३ हजार आप्रवासी नागरिक लिवियाको द्वन्द्वमा फसेका छन्। यसअघि गत मे ७ गते आईओएमको सहयोगमा लिबियाबाट ७ जना नेपालीको उद्धार गरी नेपाल पठाइएको थियो। जसमा अनुष लामा, किरण खड्का, सिरज रायमाझी, शुभप्रसाद पराजुली, रवि गुरुङ, प्रेमसिल थारु र प्रेमलालफुर्सदमा
छोरीचेलीहरुको सम्मानमा भएको रिं च्हमी कैं कार्यक्रम २०१९ सम्पन्न
तमूस्यो छोरीचेलीहरुको सम्मान सहित तमू धीं दक्षिण कोरियाले च्हमी कैं (चेलिबेटी भोज) कार्यक्रम २०१९ सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रम सउलमा भएको थियो भने केन्द्रीय अध्यक्ष जीत गुरुङले सभापतित्व ग्रहण गरेका थिए । आफ्नो हक र अधिकारको लागि सम्पूर्ण तमू(गुरुङ)हरु एक होऔं । मौलिक संस्कार, संस्कृति र पराम्पराको संरक्षण र संबर्द्वन गरौ । भन्ने नारा सहित तमूहरुको मौलिक चाड मध्येको एक बैशाख पुर्णिमा अर्थात् बुद्द जयन्तीको अबसर पारेर आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक भिम गुरुङ रहेका थिए । बिशेष अतिथिहरुमा एन.आर.ए.एसिया प्यासिफिक महिला उपसंयोजक जुनु गुरुङ र संस्थाका भू.पु.सचिवफुर्सदमा
दक्षिण कोरियामा बुद्ध जयन्तीको अबसरमा भएको ‘लोटस ल्यान्टर्न फेस्टिवल’
नेपालमा बुद्ध जन्मेको भनेर नथाक्ने हामी नेपाली बुद्ध जयन्तीलाई फेसबुकमै सिमित राख्छौ । न त बुद्धका ज्ञानका कुरा गर्छौ न त बुद्ध जयन्ती नै राम्रोसँग मनाउँछौ । तर दक्षिण कोरियाको तरिका अलि फरक छ । धेरै कोरियन बुद्ध धर्म मान्दैनन् तर पनि बर्षेनी बुद्धजयन्ती भब्यताका साथ मनाइन्छ । सउलको जोगेशा गुम्बामा देशै भरिका कोरियन जम्मा हुन्छन् । विश्व भरिबाट लाखौ मानिसहरु भेला हुन्छन् । राजधानी सउलको मुख्य मुख्य सहर परिक्रमा गर्दै विश्व शान्तिको कामना गरिन्छ । लोटस ल्यान्टर्न फेस्टिवलका रुपमा चर्चित यो कार्यक्रम मे ५ मा भएको थियो । विश्वकाफुर्सदमा
उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी, खाद्यान्नको संकट हुनसक्ने
उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ । समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ । यस देशको अवस्थाको बारेमा हामीले गम्भीर चासो लिएका छौँ– विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले जानकारी दिएका छन् । त्यहाँ खाद्यान्नको संकट हुनसक्ने उनीहरुले जनाएका छन् । उत्तर कोरियाले विगतमा गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि कडा खालका आर्थिक लगायतका नाकाबन्दीहरु लगाइएको छ । अर्कातर्फ यहाँफुर्सदमा
छाङवन विदेशी परामर्श केन्द्रले मे १९ मा अन्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम गर्ने
इपिएस मार्फत कोरिया आएका विभिन्न देशका सहभागितामा हुने “2019 Gyeongnam Together Day” यस पटक मे १९ आइताबार हुने भएको छ । छाङवान विदेशी परामर्श केन्द्रको आयोजनामा हुने कार्यक्रममा नेपाल लगायत इपिएस मार्फत कोरियामा रहेका सबै देश सहभागि हुनेछन् । आइतबार बिहान ११ बजे सुरु भएर दिउँसो ४ बजे सम्म संचालन हुने कार्यक्रममा विभिन्न देशको खानाको परिकार, संस्कृतिक प्रदर्शनी, कोरियाको के पप र ट्यालेन्ट शो, चिट्ठा कार्यक्रम र फ्रिमा स्वास्थ्य परिक्षण पनि हुनेछ । ‘फरक फरक देशको कला संस्कृति एकै ठाउँमा हेर्न पाइन्छ । हाम्रो देश नेपालको पनि कार्यक्रम छ ।फुर्सदमा
नार्गजुन गुम्बाले मे १९ मा बुद्ध जयन्ती मनाउने
दक्षिण कोरियाको पुरानो नेपाली गुम्बा नार्गजुन गुम्बाले २५६३ औं बुद्ध जयन्ती मे १९ तारिख आइतबार मनाउने भएको छ । गुम्बाले जनाए अनुसार बुद्ध जयन्तीमा विषेश पूजापाठ र बौद्ध प्रवचन हुनेछ । विहान १० बजेबाट हुने कार्यक्रम दक्षिण कोरियामा भएका नेपालीहरु सहभागी हुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले अनुरोध गरेका छन् । ‘बुद्ध जयन्तीको अबसरमा हुने पुजापाठ र धार्मिक प्रवचन शान्ति कामना गर्दै गरिने सदकार्य हो । त्यसैले यो पुनित कार्यमा सहभागी भैदिन दक्षिण कोरियामा रहेका सबैलाई अनुरोध गर्छु ।’ उनले भने । नार्गजुन गुम्बाले नियमित रुपमा बुद्ध जयन्ति मनाउँदै आइफुर्सदमा
चीनका राष्ट्रपतिले भने–आफ्नो सभ्यता मात्रै उचो भन्नु मूर्खता
चीनका राष्ट्रपति सी जिनफिङले कुनैपनि सभ्यता वा जात अरु भन्दा उचो भएको विश्वास गर्नु मूर्खतापूर्ण हुने बताएका छन् । उनले सबैको उत्तिकै महत्व हुने प्रसंगमा सो कुरा बताएका हुन् । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएअनुसार केहीबेर अघि चीनको राजधानी बेइजिङमा ‘कन्फेरेन्स अन डायलग अफ एशियन सिभिलाइजेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपतिले त्यस खालको धारणा राखेका हुन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले एशियाका मानिसहरु डरबाट मुक्त, आपसी भलाइ र संयुक्त रुपमा शान्तिको स्थापना गर्न चाहन्छन् भन्दै त्यो सुन भन्दा पनि महत्वपूर्ण रहेको समेत बताए । सिभिलाइजेसन (सभ्यता) कुनैपनि देशफुर्सदमा