गाेकुल थाेकर
जय भोलि
पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानिस अनेक थरी सपना तुन्दै भोलिको निम्ति निदाउँछ, तर भोलिपल्ट ब्यूँझँदा उसको भोलि आज बनेको हुन्छ, फरि ऊ अर्को भोलिको निम्ति दगुर्छ । मानिस जतिजति दिनका पत्र पल्टाउँछ, उतिउति उसको भोलि सर्दैसर्दै पर जान्छ र आखिर भोलिलाई नभेट्दै मानिस मर्छ । त्यसैले भोलि साँच्ची एउटाफुर्सदमा
भुँईचालो डायरी
काठमाडौको धुलो, धुँवा र कोलाहल । मान्छेले बनाएका कंक्रीटको जंगल । उराठ लाग्दो दिनचर्या । कहिले कही यसो घुम्न जाने कि ? दाजुभाइले सल्लाह गर्यौ । काभ्रेपलान्चोकको कोसी पारी जाने । डेस्टिनेसन फिक्स भो । आइतबार पनि अफिस विदा लिएर शनिबारको दिन बिहानै ‘हामीले गीद्दै गीद्धको सहर’ छाड्यो । अरनिको राजमार्गको धुलिखेल, बनेपा र पाँचखाल हुँदै दोलालघाट । त्यस पछिको हाम्रो यात्रा कच्ची मोटर बाटो हुँदै कात्तिके देउराली सम्म पुग्नु थियो । दोलालघाटमा पुग्दा करिव साँढे नौ बजेको हुदो हो । त्यहाँबाट एक स्टेप पर डुम्रेमा भन्ने ठाउँमा पुग्यो ।फुर्सदमा
नेपाल जाने तयारीमा रहेका एक युवाले गरे आत्महत्या : नेपाली दुतावासलाई मतलब छैन
रोजगारीको लागि इपिएस मार्फत कोरिया आएका एक नेपालीले झुन्डिएर आत्महत्या गरेका छन् । ह्वासाङ फारान नजिकैको कम्पनीमा काम गर्ने २६ बर्षिय मौसम शर्मा पौडेलले आत्महत्या गरेका हुन् । कोरियाको चार बर्ष १० महिनाको समयावधी सकिनु ४ महिना पहिलेनै मे १० मा नेपाल फर्कने तयारीमा थिए । के कारण उनले आत्महत्या गरे यसको पुरा जानकारी नभएको सँगै कम्पनीमा काम गर्ने साथीहरुले बताएका छन् । मंगलवार राती करिब एकाएक कोठाबाट बाहिरिएका पौडेल निक्कै समयसम्म पनि नफर्किए पछि साथीभाइ मिलेर खोजेका थिए । तर धेरै प्रयास गर्दा पनि उनी फेला परेनन् । त्यसफुर्सदमा
रेल चढेर किम रसियातर्फ लागे, भोलि शिखर वार्ता
उत्तर कोरियाका नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उत्तर कोरियाका सरकारी सञ्चार माध्यमले जनाए अनुसार उनी निजी रेल चढेर त्यसतर्फ प्रस्थान गरेका हुन् । उनको यो पुटिनसँग पहिलो औपचारिक वार्ता हुन लागेको हो । रुसी राष्ट्रपतिको कार्यालयले दुवै शीर्षस्थ नेताबीच बिहीबार भ्लादिभोस्तक शहरमा वार्ता हुने जनाएकोछ । उनीहरुबीच कोरियन प्रायदीपमा आणविक समस्याका बारेमा छलफल हुने बताइएको छ ।किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गएको फेब्रुअरीमा भियतनाममा भएको वार्ता असफल भएको थियो । त्यसैले किमले रसियाको सहयोग खोजेका हुन् ।
दोश्रो बुद्ध जयन्ति फुटसल कपको टाइसिट सार्बजनिक
तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानले अप्रिल २८ मा आयोजना गर्न गइरहेको दोश्रो बुद्ध जयन्ति फुटसल कपको टाइसिट सार्बजनिक गरिएको छ। 걍남 양산 평산동 웅상 체육공원 픗살장 मा २८ टिम सहभागी हुने उक्त प्रतियोगिताको टाइसिट गत आइतबार फेसबुक लाइब मार्फत सार्बजनिक गरिएको हो । प्रतियोगितामा बिजेता टिमले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद २० लाख वन र उपविजेता टिमले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद १० लाख वन प्राप्त गर्नेछ। प्रतियोगितालाई अनुशासित,निष्पक्ष र विवादरहित दंगले सम्पन गर्नको लागि खेलाडीहरुले पालन गर्नु पर्ने नियमहरु पनि सार्बजनिक गरिएको छ। नियमहरु १)यस खेल फुटसलको नियम अनुसार खेलाइनेछ।फुर्सदमा
नेपाल भ्रमण वर्ष २०२० प्रचारका लागि आयाेजना गरिएकाे हाईकिङ कार्यक्रम सम्पन्न
भिजिट नेपाल २०२० लाई प्रर्वद्र्धन गर्न कोरियाको दोबोङसान आइतबार हाइकिङ भएको छ । मनाङ परिवार दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा बिभिन्न संघसंस्थाका डेढ सय भन्दा बढि नेपालीको सहभागीता रहेकाे थियाे । गैर आवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनए आइसीसी प्रतिनिधि प्रकाश धमला, नेपाली जन सम्पर्क समितिकी सभापति आस्था मल्ल, वुमन फर वुमनकी अध्यक्ष पद्मा श्रेष्ठ, फोनिज कोरियाका उपाध्यक्ष लेसन गुरुङ, सउल नेपाल गुम्बा व्यवस्थापन समितिका अध्यक्ष दुधवहादुर लामा लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित भएका थिए । हाइकिङबाट सहाभागी सबै खुसी थिएफुर्सदमा
सउल नेपाल गुम्बा दक्षिण कोरियाले मे १२ बुद्ध जयन्ती मनाउने, नेपालबाट अाएका लामा गुरूहरूबाट प्रवचन हुने
सउल नेपाल गुम्बा दक्षिण कोरियाले “२५६३ औं बुद्ध जयन्ती” मे १२ तारिख आईतबार मनाउने भएको छ । सउल नेपाल गुम्बामै हुने कार्यक्रममा नेपालबाट अाएका धर्मगुरूहरूले प्रवचन दिनेछन् । कार्यक्रमका लागि नेपालबाट महाराजगंज निङमा कलेजका आचर्य लोपेन, शिछेन निङमा महायान बौध्द विहार गुम्वाको प्रमुख लामा धर्मगुरु अचार्य पेमा छिरीङ लामा र ह्योल्मो गुम्वा बौध्द तिनचुलीको प्रमुख लामा छेवाङ नोर्बुबाट बाैद्ध धर्म सम्बन्धी प्रवचन हुने सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिए । यस कार्यक्रममा कोरियामा रहेका विभिन्न नेपाली सघं-सस्थाका प्रतिनीधि, बुद्धिजिवी, व्यवसायी, बिद्यार्थी, पत्रकार, खेलाडी, राजनीतिज्ञ, विश्लेषक लगायतफुर्सदमा
नेपाली शैलीमा बनेको देउवङसा गुम्बा
नेपालमा हुँदा बैसाख १ अर्थात नयाँ बर्ष मनाउने हजार तरिका छन् । विदेशमा भएका नेपाली पनि नयाँ बर्षमा सके सम्म रमाइलो गर्छन् । नेपाली नयाँ बर्षको उपलक्ष्यमा दक्षिण कोरियामा रहेका नेपालीहरु पनि घुम्न निस्किए । कोरियाको उत्तरीभागमा रहेको रमाइलो देउवङ्सा गुम्बा घुमे । नेपाली शैलीमा बनेको गुम्बामा पुग्दा नेपालकै झल्को आउँछ । गुम्बामा नेपाली भिक्षु पनि छन् । दक्षिण कोरियाको सउलबाट झन्डै २ सय ५० किलोमिटर टाढा रहेको गुम्बामा टेम्पल स्टेको पनि छ । नेपालीे गाउँ घरमा चलेको होम स्टे झै हो दक्षिण कोरियाको टेम्पल स्टे । यस पटकको कुलफुर्सदमा
किराँत थाक्थुङ चुम्लुङ दक्षिण कोरियाले मे ५ मा स्थापना दिवस मनाउने
किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो १९ औ स्थापना दिवस मनाउने भएको छ । मे ५ मा हुने कार्यक्रम सउलको एमटियु हलमा हुने छ । ‘हाम्रो संस्था सन् २००० मा स्थापना भएको हाे । याे बर्ष १९ भयो । दक्षिण कोरियाको पुरानो जातिय संस्थामा हामी पनि पर्छो । त्यसैले यो दिन हाम्रो लागि विषेश हुनेछ ।’ याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष सुन्दरदीप आङदेम्बेले भने । ‘हामी विदेशमै भए पनि हाम्रो कलासंस्कृति र संस्कारलाई बचाउने प्रयासको रुपमा बिभिन्न कार्यक्रम गरि रहेका छौ । यो स्थापना दिवस यसैको एक भाग हो ।’फुर्सदमा
बृहत सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा
पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको बृहत सांगीतिक कार्यक्रमको तयारी पूरा भएको छ । समाजले अप्रिल २१ अाइतबार द भ्वाइस अफ नेपालका विजेता सिडि विजय अधिकारी, गायिका श्रेयसी चेम्जोङ र डट डान्सर अनिशा न्यौपानेको साथमा नयाँ वर्ष मनाउन लागेको हो। बृहत सांगीतिक कार्यक्रमको आयोजना गर्ने भनिएको पहिलेको हल कारणबस उपलब्ध हुन नसकेकोले उक्त कार्यक्रम सउल छोङ्गाक स्थित जोगेसा गुम्बाको हलमा गर्न लागिएको संयोजक बिनोद बुढाथोकीले दिएका छन्। कार्यक्रम हल जान १ नं. ट्रेन लाईनको छोङ्गाक स्टेशनकाे २ नं. गेटबाट सिधै अगाडि ३ मिनेट हिडेर पुगिनेछ। पहिलो पटक कलाकारफुर्सदमा