गाेकुल थाेकर

 

मनाङ परिवारले भिजिट नेपाल प्रर्बद्धन गर्न हाइकिङ गर्ने

भिजिट नेपाल २०२० लाई प्रर्वद्र्धन गर्न कोरियाको दोबोङसानमा अप्रिल २१ आइतबार हाइकिङ हुने भएको छ । सो कार्यक्रम मनाङ परिवार दक्षिण कोरियाले आयोजना गर्न लागेको हो । ‘हामीले सउल छेउछाउमा हुने सबै भन्दा ब्यस्त र राम्रो हाइकिङ स्पट छानेका छौ ।’ मनाङ परिवारका अध्यक्ष जेवी लामाले भने । ‘धेरै कोरियन भेट हुने भएकोले नेपालको बारेमा भन्न र बुझाउन सकिन्छ भन्ने हामीले ठानेका छौ । यसमा सउल वरिपरि हुने साथीहरुको सहभागिता जनाइ दिन आग्रह गर्छु ।’ उनले थपे । कार्यक्रम बिहान ९ बजेबाट सुरु हुनेछ । झन्डै ३ घन्टा लाग्ने हाइकिङमाफुर्सदमा


तामाङ समाज ख्यङसाङनाम्दो बुसानअध्यक्ष ब्लोनलाई बिदाई

तामाङ समाज ख्यङसाङनाम्दो/बुसान दक्षिण कोरियाका अध्यक्ष विश्वास ब्लोनको सम्मान तथा विदाई कार्यक्रम आईतबार सम्पन्न भएको छ। अध्यक्ष ब्लोन कोरियाको १० वर्ष बसाई पुरा गरि नेपाल फर्किने भए पछि संस्थाकाे जिम्मेवारी बरिष्ठ उपाध्यक्ष सुजित घिसिङले सम्माल्ने भएका छन् । कार्यक्रममा संस्थाका पदाधिकारीहरु लगायत सल्लहाकारले ब्लाेनकाे सफल कार्यकालको प्रशांसा गर्दै सम्मान पत्र र मायाको चिनो प्रदान गरेर विदाई गरेका थिए । कार्यक्रममा अध्यक्ष ब्लोनले भावी नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्थालाई सामाजिक कार्यमा थप उचाईमा पुर्याउनु हुनेछ भन्ने आशा व्यक्त गरेका थिए । साथै तामाङ समाज ख्यङसाङनाम्दो/बुसानका उपाध्यक्ष तथा खेलकुदफुर्सदमा


विश्वका हजुरबुबा-आमा भन्दा नातिनातिनाको संख्या कम

नेपालीहरुले बेलाबेलामा भन्ने गरिन्छ- ‘मुलुक वृद्धाश्राम बन्दैछ’ । यसको अर्को अर्थ युवा पुस्ताको तुलनामा वृद्धवृद्धाहरुको अधिक संख्या हुनु भन्‍ने पनि हुन्छ । संयुक्त राष्ट्र संघको एक तथ्यांकका अनुसार इतिहासमा पहिलो पटक विश्‍वमा बालबालिकाको तुलनामा वृद्धवृद्धाहरुको संख्या अधिक रहेको पाइएको हो । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको संख्याभन्दा ६५ वर्षभन्दा माथिमा वृद्धवृद्धाहरुको संख्याभन्दा निकै बढी भएको उक्त तथ्यांकले देखाएको छ । अहिले विश्वमा ६५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाहरुको संख्या करिब ७० करोड ५० रहेको छ भने पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या करिब ६८ करोड रहेको छ । उमेर समूहको अन्तरफुर्सदमा


यो सिजनको पहिलो फुटबल प्रतियोगिता चौथो मर्स्याङ्दी च्याम्पियनसिप मे ५ मा हुने

लमजुङ एफ.सी. दक्षिण कोरिया द्वारा आयोजित पत्रकार सम्मेलन आज सौल दोङ्देमुनमा सम्पन्न भएको छ।एफ.सी.का संयोजक जित गुरुङको सभापतित्वमा ,एन आरएन एसिया प्यासिफिक महिला उप-संयोजक जुनु गुरुङ को बिशेष अतिथ्यता रहेको सम्मेलनमा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रञ्जन राज कुंवर ,फोनिज कोरियाका उपाध्यक्ष लेसन गुरुङ ,नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष सन्तोष कुमार राई,नेवा:पुच दक्षिण कोरियाका अध्यक्ष पुरु जोशीको अतिथ्यता रहेको थियो । नेपाल फुटबल महासंघ दक्षिण कोरियाको मातहतमा रहेर लमजुङ एफ.सी.दक्षिण कोरियाको आयोजनामा कोरियाको छनानमा रहेकाे छुक्कुजाङमा आगामी मे ५ आईतबार चौथो मर्स्याङ्दी फुटबल च्याम्पियनसिप हुने भएको छ। प्रवासमाफुर्सदमा


नयाँ बर्ष

नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर छानामाथि वैशाख हिँडिरहेछ भारी अल्छी पाइला सारेर भित्ता-घडीको लङगूर हल्लिरहेछ उसको पदचापले ट्वाक……ट्वाक……..ट्वाक……..ट्वाक निस्तेज भई आकाश पल्टेको छ न्यास्रो अनुहार पारेर बेमौसमको बर्षात बेला-कुबेलाको वादलको गडयाङ-गुडुङ आकाशलाई पखाला लागेको छ विष्णुमतीको फोहर हैजे पानी पिएर ट्वाँ सहनाइको बेसुरा ध्वनिबाट निस्किरहेका छन् हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु मध्यान्ह दिन चर्को घाम सारा रुखहरुले आफ्नो आङ कन्याइरहेका छन् फेरि एकचोटि नयाँ वर्षआएको छ फेरि एकचोटि भित्ताको नयाँ क्यालेण्डरमा आफ्नो जीवनको भिसा झुण्डयाउनु छ फेरि एकचोटि सँगी साथीहरुको सूचि बनाउनु छ फेरिफुर्सदमा


कोरियामा फेरी अर्को नेपालीको मृत्यु

रोजगारीको सिलसिलामा ८ बर्ष पहिले दक्षिण कोरिया आएका काठमाडौका ध्रुब भण्डारीको विहीबार मृत्यू भएको हो । ४७ बर्षिय भण्डारीको हृदयघातका कारण मृत्यू भएकाे अस्पतालले जनाएकाे छ । ६ तारिख कम्पनी बेहोस भएको पाए पछि छनानकाे थान्कुक युनिभर्सिटी अस्पतालमा भर्ना गरिएकाे थियाे । इपिएस मार्फत काेरिया अाएका उनी ३ वर्षदेखि बिना भिषा काम गर्दै आएका थिए । उनको मृत्युको बारेमा नेपाली राजदुताबास र परिवारलाइ जानकारी गराईसकिएको छ । मृतक भण्डारीको श्रीमती र ४ जना छोराछोरी रहेको बुझिएको छ ।


मैनसफूल

ए मैनसफूल ! परको देशमा एक भान्सामा थकित औंलाहरु साग केलाउदै केलाईरहेछन, तिम्रो याद । तिमीलाई बर्षोबर्ष देख्न नपाएर तिर्खाएका नयनहरु कहिले हो कुन्नी ? सागसँगै पखालिन्छन । यो कन्कृट शहरमा समयको खुबै अनिकाल छ अक्सर – चुलोलाई समय छैन । अघिल्लो साझ निस्तो भात र राम्यन पाक्यो, जिब्रोले बेस्सरी तिम्रो सम्झना गरायो, सम्झेरै पनि- सम्झिएको अनुभुति दिलाउन कहाँ पाइरहनु र यो सहरमा त चुपचाप चुपचाप सम्झिनुपर्छ ! चुपचाप चुपचाप बाच्नुपर्छ ! यात्रामा भेटिन्छन्, तिमी जस्तैः आमाहरु बाटो तिर बस तिर रेल तिर … त्यतै तिर तिमीलाई खोज्ने गर्छु, मफुर्सदमा


चन्द्रमामा पनि दुर्घटना !

पहिलो पटक निजी क्षेत्रबाट चन्द्रमामा पठाइएको इजरायली स्पेसक्राफ्ट दुर्घटनामा परेको छ । यसको मुख्य इन्जिन फेल भएका कारण बेरेसिट नामको सो स्पेसक्राफ्ट दुर्घटनामा परेको हो ।  सो स्पेसक्राफ्ट चन्द्रमाको सतहमा नै दुर्घटनामा परेको हो ।  सो मिसनको उदेश्य तस्विर लिने र त्यहाँको अवस्थाको बारेमा परीक्षण गर्ने रहेको थियो । स्थानीय समयअनुसार हिजो बेलुका सो सम्बन्धी जानकारी दिइएको हो । इजरायल चन्द्रमामा  स्पेसक्राफ्ट पठाउने चौथो मुलुक हुने अपेक्षा गरिएको थियो ।  यसअघि सरकारी तहबाट सोभियत संघ, अमेरिका र चीनले मात्रै चन्द्रमामा आफ्नो स्पेसक्राफ्टको सफल अवतरण गराएका थिए ।  तेल अभिभबाट त्यसकोफुर्सदमा


साकुरा अर्थात ‘벚꽃’ फूल फेस्टिवल

कोरियामा यो मौसममा ढुंगा पनि फुल्छ रे । कतै साकुरा भनेर चर्चित नेपालीले पयौं फुलेको छ कतै अन्य फूल । जाडो र सुख्खा मौसमबाट वाक्क लाग्ने समय सकिएर अहिले जता घुमे पनि रमाइलो छ । फूल फुलेका छन् । हरियाली छाउँदै छ । प्राकृतिक रुपमा निक्कै रमाइलो हुदैछ कोरिया । यस पटक गोकुल थोकर र सिमा लामा पनि सउलको ‘벚꽃 축제’ फूल फूलेको ठाउँ घुमेका छन् । रमाइलो गरेका छन् । भिडियोको लागि


रास्कोट अस्पतालको लागि कोरियाबाट ४० लाख सहयोग

कालिकोटको रास्कोटमा निर्माधिण स्मार्ट रास्कोट अस्पतालको लागि कोरियामा रहेका नेपालीले ४० लाख भन्दा बढी आर्थिक सहयोग उठाएका छन् । सिधाकुरा जनतासँगका प्रस्तोता रबि लामिछानेको संयोजकमा निर्माण भइरहेको अस्पतालको लागि कोरियामा विभिन्न क्षेत्रकबाट संकलन गरिएकाे ३ करोड ८५ लाख ४८ हजार २ सय ७५ कोरियन वन (लगभग ४० लाख नेपाली रुपैयाँ) नेपाल पठाउने तयारी गरेको छ । आइतबार सउलमा रास्कोट अस्पताल सहयोग अभियान तथा स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियानले एक कार्यक्रम तथा भेटघाट गरी साे कुराकाे जानकारी दिएकाे हाे । कार्यक्रममा अभियानका संयोजक यम श्रेष्ठले तीन महिना चलेको संकलन अभियानले यतिकोफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...