गाेकुल थाेकर
रेडियो गोर्खाली दक्षिण काेरियाकाे अध्यक्षमा बालकृष्ण वान्तवा राई चयन
अनलाइन रेडियो गोर्खालीको अध्यक्षमा बालकृष्ण बान्तवा राई निर्बाचित भएका छन् । अाइतबार सउलकाे दाेङदेमुनमा भएकाे तेस्रो अधिबेशनबाट उनी निर्बिरोध चयन भएका हुन् । अधिवेशनबाट रेडियाे ब्यबस्थापकमा हाङ् चेम्जोङ, बरिष्ठ उपाध्यक्षमा पुष्पकमल, उपाध्यक्षहरूमा बिमन लिम्बु र शकुन राई चयन भएका छन् । त्यसैगरी सचिवमा पूर्ण जिन्दगी, कोषाध्यक्षमा मनिजंग राई, सल्लाकार जुनु गुरुङ मनोनयन भएका छन् । सदस्यहरूमा शुभद्रा पालुङ्ग, डोल्मा हेल्मो, मनमाया राई,सरोज चेम्जोङ रहेका छन् । अन्य सदस्यहरू पछि चयन गरिने संस्थापक अध्यक्ष बिपी याम्फुले बताए । अधिवेशनमा निर्वतमान अध्यक्ष रेखे गुरूङले रेडियाेमा अाफुले काम गर्दाका अनुभबहरू बताएका थिए ।फुर्सदमा
चट्याङ लागेर घाइते भएका मनकुमारलाई कोरियाबाट अार्थिक सहयोग
चट्याङ लागेर घाइते भएका पाँचथर फाल्गुनन्द ३ का मनकुमार तामाङलाई पौवा सारताप सरोकार मञ्च दक्षिण कोरियाले ४३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। गत हप्ता फाल्गुनद गाउँपालिकाका वडा सदस्य पदम ध्वज तामाङ र अन्य समाजसेवीहरुको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो। निजको अहिले झापा विर्तामोड स्थित मनमोहन मेडिकल कलेजमा उपचार भइरहेको सरोकार मञ्चका अध्यक्ष भक्त बल तामाङले जानकारी दिए । सोही घटनामा चट्याङकै कारण जीतबहादुर तामाङको छोरा भगेन्द्र तामाङको मृत्यु भएको थियो भने अर्का छोरा मनकुमार तामाङ घाइते भएका थिए।
दक्षिण काेरियामा हृदयघातबाट एक नेपालीकाे मृत्यू
रोजगारिको लागि दक्षिण कोरिया आएका एक नेपालीको हृदयघातबाट शनिबार मृत्यु भएको छ। उदयपुर जिल्ला, पुरानो गाईघाटका ३८ बर्षिय भुपाल राईको मृत्यु भएको हो । राई ८ बर्ष अगाडि कोरियाको ह्वासाङ सिमा रहेकाे मोटर पार्टस बनाउने कम्पनीमा कार्यरत भएको मृतकका भिनाजु दिनेश राईले बताए। मृतक राई पहिलो ४ बर्ष १० महिनाको कार्यकाल सकेर पुन सोही कम्पनिमा कमिटेड वर्करका रुपमा आएक थिए । शनिबार बेलुकाको खाना खाए लगतै राई बेहोस भई ढलेका कम्पनिमा संगै काम गर्ने दिल तामाङले बताए। ‘बेहोस भएपछि हामिले ट्याक्सि बोलायाै, गम्भीर अवस्था देखेपछि ट्याक्सि चालक ले ११९ माफुर्सदमा
माम अर्थात हजुरआमा
सधै यस्तो हुँदैन । जब शब्दहरु खोज्छु मन अमिलो हुन्छ । सम्झना झन ताजा हुन्छ । चित्त दुख्छ । आँखा त्यस्सै रसाउँछ । लेखिनु पर्ने शब्दहरु त्यस्सै कता हराउँछ हराउँछ । घरि के सम्झन्छु घरि के ? कुनै जमना थियो । गाउँमा गाडी जाँदैनथ्यो । अहिले पनि पानी झरी परेको बेलामा जाँदैन । काठमाडौ जिरी सडकमा पर्ने मुडे हाम्रो लागि नजिकको बजार हो । यो बजार पुग्न झन्डै २५ किलो मिटर हिड्न पर्छ । यति बाटो छिचोल्न अलि हिड्न सक्नेलाई आधा दिन लाग्छ । अलि ठीकै हिड्नेलाई दिन भरिकै बाटोफुर्सदमा
कोमल वलीले माफी मागे, भन्छिन् “म पनि अनलर्निङको प्रक्रियामा छु”
लोक गयिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले सार्वजनिक रुपमा माफी मागेकी छन् । टेलिभिजनको एक कार्यक्रममा बोलेको कुरा प्रति दलित समुदाय लगायत सरोकारवालाबाट चौतर्फी आलोचना भएपछि वलीले विज्ञप्ति मार्फत माफी मागेको हो । विज्ञप्तिमा भनेको छ “कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । त्यो मैले प्रयोग गरेको उखानका शब्दका कारण कसैलाई चोट पुगेको भए क्षमा याचना गर्छु ।” हामीले यसअघि पढ्दै आएका, सुन्दै आएका र भन्दै आएका कतिपय प्रसङ्ग अब परिवर्तन गर्नु पर्ने भएको छ र यो प्रक्रिया भनेको अनलर्निङ अर्थात् पुन:सिकाइको प्रक्रिय होफुर्सदमा
खादालाई बिबादमा ल्याएकोमा आदिबासी जनजाति महासंघ, दक्षिण कोरियाको बिरोध
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले बौद्ध धर्मालम्बीले शुभकार्यमा प्रयोग गर्ने खादाको बारेमा नेकपाका नेता खगराज अधिकारीले भ्रमक र कपोलकल्पित तथ्य प्रस्तुत गरेकोमा बिरोध जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै महासंघले नेपाली समाजमा जन्म, मृत्यु, बिवाह र विविध शुभकार्यहरुमा फूलमाला झै सर्वमान्य र सर्वस्वीकार्य खादालाई बिभिन्न बाहनामा बिबादमा ल्याउनु दुखद भएको जनाएको छ । ‘बौद्ध दर्शनमा आधारित खादा फूलमालाको रुपमा प्रयोग गर्न मिल्ने, हलुका, सस्तो सर्व सुलभ र सादादेखि बिभिन्न रंगमा पाईने, एक भन्दा बढि प्रयोग गर्न मिल्ने पवित्र बस्त्र भएकोले सम्पूर्ण धर्मावलम्बी र समुदायहरुले स्वतस्फुर्त र ब्यापकफुर्सदमा
कोमल वलीको बोलीमा दलित समुदायको आपत्ति
लोक गायीका तथा नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्य कोमल वलीले एक टेलिभिजन कार्यक्रममा बोलेको शब्द प्रति सशक्त दलित एकता समाज दक्षिण कोरियाले आपत्ति जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीका लागि नेकपा र सरकारको ध्यानाकर्षण समेत गरेको छ । कान्तिपुर एच.डी टि.भी. बाट प्रसारण हुने टक शो कार्यक्रम “इट्स माइ शो”मा कोमल ओलि ले “मरेपछि डुँमै राजा” भन्ने शब्द प्रयोग गरेकोमा आपत्ति जनाउँदै विज्ञप्ति निकालिएको हो । विज्ञप्तिमा लेखिएको छ “अन्तर्वार्तामा ‘मरेपछि डुँमै राजा’ भन्ने अति तुच्छ, असहिष्णु र सामाजिक सद्भाव विपरीत एवं नेपालमा रहेकाफुर्सदमा
कारण यस्तो रहेछ पुरुष भन्दा महिला बढी बच्नुको !
विभिन्न तथ्याङ्कहरुले यसअघि नै महिलाहरु पुरुष भन्दा लामो समय बाँच्ने देखाइसकेको छ । अमेरिकामा मात्र औसतमा पुरुषहरु ७६ वर्षसम्म बाँच्छन् भने अर्कोतर्फ महिलाहरुको आयु चाहिँ ८१ वर्ष रहेको हालैको सीडीसी डाटाले जनाएको छ । यति मात्र नभएर महिलाहरुले पुरुषको तुलनामा जिउने अतिरिक्त वर्ष, स्वस्थ समेत हुने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठनको हेल इन्डेक्सले महिला र पुरुषहरु कुनै पनि ठूलो रोग वा दुर्घटनाबिना कति समय बाँच्छन् भन्ने तथ्याङ्क निकाल्ने गरेको छ जसमा अमेरिकी पुरुषहरुले कुल ६७ वर्ष स्वस्थ अवस्थामा जिउने र महिलाहरुले भने जीवनभरमा ७० वर्ष स्वस्थ रुपमा बिताउनेफुर्सदमा