गाेकुल थाेकर
अफगानी महिलाहरूको सन्देश– हामीलाई नबेच्नू
अठार वर्षको अन्तरालमा अफगानीस्तानको स्थितिमा पहिलेभन्दा धेरै सुधार आइसकेपनि देशभरबाट जम्मा भएका सात सयभन्दा बढी महिलाहरुले एकीकृत रुपमा तालिबानसँग वार्ता गरिरहेका पुरुषहरुलाई स्पष्ट सन्देश पठाउनुलाई दुलर्भ दृश्य मानिएको छ । उनीहरु भन्छन्, “हामी शान्ति चाहन्छौँ तर हाम्रो अधिकारको मूल्यमा होइन ।” यसरी गरिएको काबुलमा आयोजित सम्मेलनमा महिलाहरुको उल्लेखनीय उपस्थितिले अफगानिस्तानको फरक रुप प्रस्तुत गरेको हो । जहाँ उनीहरुले शान्ति सम्झौतामा संलग्न समूहसमक्ष आफूहरुलाई तालिबानलाई नबेच्न भनी आग्रह गरेका हुन् । हाल अमेरिकी कूटनीतिज्ञहरु कतारको दोहामा तालिबानसँग शान्ति स्थापनाबारे छलफल गरिरहेका छन् जसमा अफगानी सरकार भने संलग्न छैन । यस्तोमा लामोफुर्सदमा
अल बिदा रबिन्द्र अधिकारी… !
कास्की जिल्ला तत्कालिन भरतपोखरी गाविसमा बुबा इन्द्र प्रसाद र मुमा लक्ष्मी अधिकारीको कोख बाट जेष्ठ सुपुत्रको रुपमा २०२६ बैशाख २२ गते जन्मिएका नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी सहित अरु ६ जना चढेको हेलिकप्टर ताप्लेजुंगमा हराइरहेको र शकुसलताको कामना गरी पोष्ट गरिएका स्टाटसहरु देख्दा झस्याङ भए । लगत्तै फेरि सामाजिक सन्जालका पोष्टहरु हार्दिक श्रदान्जली र समबेदनामा परिनत भएको देखेर भावविह्वल हुन पुगे । जन्मे पछि मृत्यु अवश्यंभावी छ । यो प्रकृतीको नियम नै हो अथवा मृत्यु शाश्वत सत्य हो । तर अल्पायुमै दुर्घटना बाट हुने मृत्युफुर्सदमा
फेसबुकको पासवर्डले बिगारेको सम्बन्ध
अाफ्नाे फेसबुककाे पासवर्ड यदि कसैलाई दिएमा वा ह्याक गरि अरुले चलाएमा क्षण भरमै चरित्र हत्या भई ब्यक्तित्वमा नकारात्मक असर पर्न जान्छ । यसमा गरेको पोस्टको एक सब्दले जिन्दगीभरि आघात पुग्न सक्छ। खासगरि पछिल्लो समयमा नाैजवान प्रेमिप्रेमिकाले मायामा बिस्वास दिलाउनको लागि आफ्नो सामाजीक सञ्जालका अाफ्नाे पासवर्ड नै बन्दकि राख्ने गर्छन। यसरी बिस्वासको लागि राखिएको पासवर्ड बन्दकि दुरुपयोग भएर जघन्य अपराधिक घट्ना घटेका तथा धेरैको सम्बन्ध बिग्रिएको उदाहरण प्रशस्तै छन् । पासवर्ड दुरुपयोग भएका केही घट्नाका उदाहरण हरु तल समेट्ने कोसिस गरेको छु। घट्ना -१ निता र बिबेक (नाम परिबर्तन) मिल्ने साथीफुर्सदमा
भाउ खाने केटी
शकुन जी कोरियामा केटीहरु किन भाउ खान्छन् ? नजिकको अनि एकदमै प्रिय लाग्ने कविले प्रसङगबस् भन्नुभयो । त्यसो त हामी रेला गफ गर्नुमा पछि पर्दैनौँ । ११ र १२ बर्षबाट लेखनको बाटोमा छौँ । त्यो बेला उहाँ कवितामा पुरस्कार थाप्नुहुन्थ्यो म गजल लेख्न सिक्दैथेँ । संयोगबस् कोरियामा अहिले सङगै छौँ र कहिले कहि हुने कार्यक्रमतिर भेट हुन्छौँ र बिगतलाई कोट्याउँछौँ । लौ तपाई जस्तो मान्छेले यसो भन्न मिल्छ ? रेलामै अलिक गम्भीर हुँदै प्रतिप्रश्न गरेँ । हुन त “भाउ खाने केटि“ वाक्य नौलो थिएन सुन्नलाई । फेसबुकमा आईरहने शब्द हुन्फुर्सदमा
उत्तर कोरियाले भन्यो– अमेरिकासँग फेरि वार्ता भए पनि हाम्रो अडान कायमै छ
उत्तर कोरियाले अमेरिकासँग अर्को चरणको वार्ता भएपनि आफ्नो अडान अब नफेरिने बताएको छ । बिहीबार दुई देशबीचको वार्ता विना निष्कर्ष टुंगिएपछि उत्तर कोरियाका विदेशमन्त्री री योंगले राति पत्रकारहरुसँगको कुराकानीमा सो कुरा बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले सबै प्रतिबन्ध हटाउन माग गरेकोले सहमति हुन नसकेको जनाएकोमा त्यसलाई खण्डन गर्दै उत्तर कोरियाका विदेशमन्त्रीले आफूहरुले पुरै प्रतिबन्ध हटाउन भन्दा पनि राहत मागेको बताएका छन् । उनले उत्तर कोरियाका तर्फबाट वास्तविक प्रस्ताव राखिएको जनाउँदै यसमा यंगबियंग परमाणु अनुसन्धान केन्द्रलाई अमेरिकी पर्यवेक्षकको निगरानीमा पूर्ण रुपमा बन्द गर्ने प्रस्ताव पनि रहेको जनाएकाफुर्सदमा
सहमतिबिनै सकियो ट्रम्प-किम वार्ता, पत्रकार सम्मेलन रद्द
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोइमा भएको दोस्रो शिखर सम्मेलनले अपेक्षा गरिए अनुसारको नतिजा ल्याउन नसकेको बताइएको छ । अघिल्लो वर्षको ऐतिहासिक बैठकमा दुवैले उत्तर कोरियाको निशस्त्रीकरण प्रक्रियाबारे सहमतिमा आउँदै सम्झौतामा हस्ताक्षर गरेका थिए । तर एक वर्ष बित्न लाग्दा समेत सो विषयमा कुनै प्रगति नभएपछि दुवै प्रमुखहरुबीच विस्तृत छलफलका लागि दोस्रो भेटवार्ता आयोजना गरिएको थियो । तर बिहिबारको वार्ता बिना सहमति टुङ्गिएपछि भने दुवैको संयुक्त पत्रकार सम्मेलन रद्द भएको छ भने बैठक पनि सकिएको छ । बैठक सकिएलगत्तै ट्रम्प र किम दुवैफुर्सदमा
छोटो उडान छाडेर किमले किन रोज्छन् सधैँ रेल ?
भियतनामको राजधानी हनोइसम्मको छोटो उडान नलिएर उत्तर कोरियाली नेता किमले किन दुई दिन भन्दा लामो रेल यात्रा गरे भन्नेबारे अहिले निकै चर्चा भइरहेको छ । यसरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनमा सहभागी हुन किमले प्योङयोङबाट चार हजार किलोमिटरको रेल यात्रा तय गरेका हुन् । उनले यात्रा गरेको सो रेल कुनै तिव्र गतिको रेल होइन जसकारण पनि उनको भ्रमण लामो हुन पुगेको बताइएको छ । यसरी ६० घण्टाको यात्रापछि मंगलबार मात्र किम भियतनामको दोङहाङ स्टेसन पुगेका हुन् । जसपछि उनलाई कडा सुरक्षाका बीच लिमोमा होटलसम्म लगिएको हो । यसरीफुर्सदमा
सुवन देखि बुसानसम्मको रेल यात्रा भिडियोमा
यस हप्ता गोकुल थोकर र सिमा लामाले आफ्नो ब्लग cool gafgaaf मा सुवन देखि बुसानको छेउमै रहेको गुपो स्टेशनसम्मको रेल यात्रा देखाएका छन् । बस्नका लागि सिट नपाए पनि उनीहरुले गरेको रेलयात्रा रमाइलो छ । ठूला ठूला खेतका फाँट र साना साना पहाड रेलको झ्यालबाट देखिदा नेपालको अन्न भन्डार भनिने तराई क्षेत्रको याद दिलाउँछ । झन्डै तीन सय किलो मिटर लामो रेल यात्रा भरि नै नेपालको जस्तै भुभाग देखिन्छन् । तै पनि बिकासित देश कोरिया र बिकासान्मुख नेपालको जनजीवन फरक हुने नै भयो । के कस्ता कुरा फरक छन्फुर्सदमा
पत्रकार महासंघ दक्षिण कोरियाले निर्वतमान अध्यक्ष खेम कार्कीलाइ सम्मान तथा बिदाई गर्याे
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको निर्वतमान अध्यक्ष खेम कार्कीलाइ नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले एक कार्यक्रमका बीच सम्मान तथा बिदाई गरेको छ । अाइतबार सउलमा भएकाे कार्यक्रममा दक्षिण काेरियामा रहेका पत्रकारहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा बोल्दै कोरियामा बिदाई कार्यक्रम भब्य सभ्य बनाउनु भएको र अबका दिनहरुमा बिदाई कार्यक्रमहरुलाई पनि एकरुपता गर्नुपर्ने कुरामा जोड दिए । त्यस्तै नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्षले एकैसाथ काम गरेर धेरै कुराहरु सिकेको र अब आउने दिनहरुमा पनि उत्तिकै साथ सहयोग प्राप्त गर्ने कुरामा आफू बिस्वस्त रहेकाे बताए । साथै नेपाल बसाईफुर्सदमा
हल्लै हल्लाको देश
यो हल्लै हल्लाको देश हो कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन् र जहाँ प्लाष्टर गरिएका हातहरुमा सुरक्षाको सङ्गीन थमाइन्छ, जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि डोकोका डोको, र खर्पनका खर्पन, ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ, स्टक एक्सचेन्जका शेयरजस्तै आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु जहाँ नेता हुन्छन् र जहाँ निधारभरि कर्कटपाताजस्तै चाउरी परिसकेकाहरु तन्नेरीहरुका अगुवा हुन्छन् जहाँ जतिसुकै व्यभिचारीको पनि इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न, जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि अनुहारको टेरेलिनको छालाफुर्सदमा