गाेकुल थाेकर
कोरियामा नेपाली चलचित्र दिदी बहिनीकाे च्यारिटी शाे हुने
नेपाल आदिवासी जनजाती महासंघ कोरिया शाखाको आयोजना र तमुधिं, कास्की परिवार दक्षिण कोरियाको सहआयोजनामा आइतबार मार्च १७ मा नेपाली चलचित्र दिदी बहिनीकाे च्यारिटी शो गर्ने भएको हो । चलचित्रबाट संकलित रकम महासंघ कोरियाको छात्रवृत्तिमा आवासीय सुविधा सहित पोखरामा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गर्ने आयोजकले बताएको छ । कुशबहादुर गुरुङको निर्देशनमा बनेको चलचित्रमा अनिता गुरुङ, भिम गुरुङ र मनिषा गुरुङ मुख्य भुमिकामा छन् । पारिवारिक बिषयबस्तुमा आधारित चलचित्रमा प्रेम, समाज र समुदायको कथावस्तु रहेको निर्माता एवं अभिनेत्री अनिता गुरुङले बताइन् । उनले भनिन् – दिदिबहिनीको माया, प्रेमीप्रेमिका माया, समाज र समुदायको परिवेशलाईफुर्सदमा
१३ बुँदे घोषणापत्र जारी गर्दै फोनिजको राष्ट्रिय भेला सम्पन्न
कास्की माछापुच्छ्रे गाउँपालिका–१ घाचोक (टुसे) मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) राष्ट्रिय भेलाले १३ बुँदे “माछापुच्छ्रे घोषणापत्र २०७५” जारी गर्दै सकिएकाे छ । फागुन ८ गते सामुदायिक अर्गानिक होमस्टेमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा घोषणा गरेका हुन् । घोषणापत्र मुख्य बुँदाहरू यस्ता छन् । नेपाल पत्रकार महासंघलाई पूर्ण समावेशी बनाउन जोड्दार माग गर्दै विधानसभामा प्रस्तुत हुने प्रत्यक्ष निर्वाचन प्रणालीलाई भेलाले सैद्धान्तिक रुपमा स्वागत गरेको छ । श्रमजीवी पत्रकार ऐन एवं राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिक सबै सञ्चारमाध्यममा अनिवार्य कार्यान्वयन गर्न माग गरेको छ । सर्वोच्च अदालतले कार्यान्वयन विषयमा दिएको अन्तरिमफुर्सदमा
विराेधकाे तरिका
कोरियन मजदुर महा संघ (केसिटियु) अध्यक्ष खिम्यङ ह्वान (김명환 ) ले मजदुर हक अधिकारकाे लागी दबाब दिन केश मुण्डन गर्दै ।
ठाकुर तामाङको सम्झनामा फेब्रुअरी २४ आइतबार श्रद्धान्जली सभा हुने
गत फेब्रुअरी १२ मंगलबारका दिन सुतेकै अबस्थामा मृत्यू भएका ठाकुर तामाङको यहीे आइतबार श्रद्धान्जली सभा कार्यक्रम गर्ने भएको छ । नेपाल तामाङ संघ, धादिङ समाज, एनप्रिक र नेपाली एकता समूह फाजु दक्षिण कोरियाले गर्ने सो सभा सउलको नेपाल हाउसमा विहान ठीक ११ बजे हुने छ । विगत ८ वर्षदेखी फाजुको फर्निचर कम्पनीमा काम गर्दै आएका जीवन भनिने ठाकुर तामाङको पार्थिब शरीर नेपाल पठाइ सकिएको तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईबाले जानकारी गराए । ‘उहाँको परिवारको आग्रहमा पार्थिव शरीर नेपाल पढाए पनि हामीले यो आइतबार श्रद्धान्जली सभा गर्ने निर्णय गरेकाफुर्सदमा
दक्षिण कोरियामा बर्ष भरि हुने फुटबल प्रतियोगिताको कार्यक्रम बाँडफाँड सम्पन्न
फुटबल महासंघ दक्षिण कोरियाले यो बर्ष भरि आयोजना गरिने फुटबल प्रतियोगिताको बाँडफाँड गरेको छ । आइतबार बसेको महासंघको बैठकले सो बाँडफाँड गरेको हो । सन् २०१९ को पहिलो खेल मे महिनाको ५ तारिखमा लमजुङ एससिले सउलमा फुटबल प्रतियोगिताको आयोजना गर्नेछ । सोही महिना बुद्ध जयन्ति बुसानमा फुटसल कप हुनेछ । जुन ९ तारिखमा मोना एफसीले सउलमा फुटबल प्रतियोगिताको आयोजना गर्नेछ । जुलाईमा बुसान क्षेत्रमा eफुटबल हुनेछ भने छुसक बिदामा दुईवटा सउलमा दुईवटा फुटबल प्रतियोगिता हुनेछन् । सेप्टेम्बर १२ मा गुनसान एफसी कप हुनेछ भने १४ मा मनाङ एफसीले फुटबल प्रतियोगिताफुर्सदमा
तामाङको डम्फु र टुङ्नामा तालमा नाच्दै छन् तामाङहरु
तामाङ प्रचिन बाचा टुङ्ना र डम्फु । आधुनिकताको माझमा हराउँदै छ । बिलाउँदै छ । संस्कृति र संस्कार बचाउने हो भने आफ्नो कला संस्कृतिको संरक्षण बेलैमा गर्नु पर्छ । यस पटक गोकुल थोकर र सिमा लामाको ‘cool gafgaaf’ ब्गलमा डम्फु र टुङ्नाको धुन सुन्न सकिनेछ । बिदेशमा बस्ने नेपाली अरु दिन कामले थिचिए पनि फुर्सतका समयमा रमाइलो गर्छन् । साथीभाइ जमघट भयो । नाच्यो, गायो रमाइलो गर्यो । दक्षिण कोरियाको नेपालीको जीवनबशैली पनि फरक छैन । बिदाको बेलाको रमाइलो । भिडियाे हेर्नका लागि
तमू धीं दक्षिण कोरियाकाे फेब्रुअरी २४ मा बार्षिक साधारण हुने
तमू धीं दक्षिण कोरियाद्वारा सौल दोङ्देमुनमा फेब्रुअरी २४ मा संस्थाको बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। संस्थाकाे नयाँ कार्यसमिति गठन एक बर्ष पुरा गरे संगै उक्त अवधिमा संस्थाद्वारा गरिएका विविध गतिविधि एवं कार्यक्रमहरुको मुल्यांकन र आगामी कार्ययोजनाको बिषयमा छलफल गर्न कार्यक्रम गर्न लागिएकाे हाे । बार्षिक साधारण सभामा आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान, अग्रज व्यक्तित्व एवं कलाकारकाे सम्मान तथा विदाइ कार्यक्रम लगायत अन्य विविध उद्देश्यहरू सहित कार्यक्रम आयोजना गर्न लागेको संस्थाका केन्द्रिय अध्यक्ष जित गुरुङले जानकारी दिए। भाेलीका दिनमा तमु धीले गर्ने कामहरूका बारेमा पनि छलफल हुन्छ । त्यसैले काेरियामा रहनुफुर्सदमा
स्पष्टीकरण
हो राधा ! एउटा सिंगो युगको हिँडाइपछि म यस्तो ठाउँमा आइपुगेर उभिएको छु, जहाँबाट अब एक पाइलो अघि बढ्ने जाँगर मभित्र छैन । अनायास मेरा खुट्टामा अनन्त थकाइ आएर थुप्रिएको छ र यहाँ म जडवत् उभिएको छु । बितेको त्यो युगभरि मलाई लाग्थ्यो— म एक्लै एउटा किरमिर गोरेटो छोड्दै हिँड्न लागेको छु र अनन्त–अनन्तसम्म त्यसरी नै हिँडिरहनेछु । तर, आज मेरो मन भन्छ— अब अघि बढ्ने कुरो बिर्सेर फेरि पछि फर्कूं । आफैंले छोड्दै आएको त्यही गोरेटो मेट्दै–मेट्दै बिसाइदिऊँ जिन्दगीको गह्रुँगो यात्रा । उफ् राधा ! आज ज्यादै थकाइ लागेकोफुर्सदमा
हिउँ
कालिञ्चोकको डाँडोमा सेताम्मे हिउँ झरे पछि तिमी त्यता फर्किएर भन्थेउ हिउँ कपास जस्तै हुन्छ । म सम्झन्थे फुपुले आसामबाट ल्याएकी आसामे पुरानो सिरकको मक्किएको खोल छेउ छेउबाट निस्किएको मैलिएको कपास म यसो छाम्थे हिउँ नरम हुने रहेछ । ….. तिमी सम्झदै भन्थेउ हिउँ फुर फुर झर्छ तातो हत्केलामा पर्ने बितिक्कै पग्लेर पानी बन्छ । ….. हिउँमा हिउँ मान्छेका पाइताला हुन्छन् छपक छपक बसेको ती कता जान्छन् कता घुम्छन् सबै देखिन्छन् म अचम्मै पर्थे म पनि आफ्नो पाइतालाको छाप छपक छपक राखेर हेर्न चाहन्थे हिउँ मान्छे झै । …….. धेरै पछिफुर्सदमा