गाेकुल थाेकर
सउल नेपाल गुम्वा दक्षिण कोरियाले ग्याल्पो ल्होसार मनाउने
दक्षिण कोरिया । सउल नेपाल गुम्वा दक्षिण कोरियाले गत वर्ष झै यसपाली पनि ग्याल्पो ल्होसार मनाउने भएको छ । फेबुअरी १० मा विविध पूजापाठ र सांस्कृतिक कार्यक्रम गरेर ल्होसार मनाउन लागेको गुम्वाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिए । कोरियनहरु पनि उल्लेख्य सहभागी हुने र उनिहरुले मनाउने तरिका अनुसार पनि ल्होसारको कार्यक्रम हुने जानकारी दिदै सउल नेपाल गुम्वा व्यवस्थापन समितिका अध्यक्ष दुध बहादुर लामाले भने “यसबाट नेपाली र कोरियन संस्कृतिको आदान प्रदान हुने छ । त्यसैले यस्तो महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गर्न चाहन्छु ।” कार्यक्रमको तयारी सबैफुर्सदमा
नार्गाजुन गुम्बाले मनायो ग्याल्बो ल्होछार
दक्षिण कोरियामा रहेको नेपाली गुम्बा नार्गाजुन गुम्बाले मंगलबार ग्याल्बो ल्होछार २१४६ मनाएको छ । गुम्बाले प्रत्येक बर्षको कोरियन नयाँ बर्ष सलनालको दोस्रो दिन ल्होछार मनाउँदै आएको छ । बिहान १० बजे लामा गुरुहरुले पुजा गरेर सुरु भएको ल्होछार कार्यक्रम दिउँसो २ बजे सम्म चलेको थियो । लामा गुरुहरुको पुजा सकिए पछि नेपालबाट आएका ताम्बा गायक दावा बाङ्गेल मोक्तान, फूलकुमार बोम्जन र जीवन बोम्जनले डम्फुरे गीत र सेलो गाएका थिए । कार्यक्रममा बोल्दै नार्गाजुन गुम्बाका अध्यक्ष तथा लामा प्रमुख उर्गेन लामाले जसले ल्होछार मनाए पनि रमाइलो गरि मनाउनु पर्ने बताए ।फुर्सदमा
दक्षिण कोरियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न
शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित २१४६ औं ग्याल्बो लोसार साँझ कार्यक्रम सफल पुर्वक सम्पन्न भएको छ । साेमबार भएकाे कार्यक्रम सउल दोङ्देमुन दंग्सिब्री याक स्थित ८८ खुल्ला थेक हलमा भएकाे थियाे । ‘भाषा लिपि,मौलिक चाडबाड हाम्रो पहिचान : ऐतिहासिक सांस्कृति र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय मौलिक पर्व स.मो .फाग ल्हो २१४६ औं ग्याल्बो लोसार सांस्कृतिक साँझ कार्यक्रम भएकाे हाे । कार्यक्रममा शेर्पा समुदाय माझ निकै चर्चित रहेका गायक सोनाम शेर्पाले आफ्नो गीत गाएर दर्शकहरु लाई भरपुर मनोरंजन दिएका थिए भने डिजेफुर्सदमा
सउलमा लिम्बु भाषाकाे चलचित्र के: साङ्ला प्रर्दशन सम्पन्न
सिरिजङ्गा इन्टरटेन्टमेन्ट द.कोरियाको आयोजनामा फेब्रूअरि ५ तारिखका दिन लिम्बू फिल्म के:साङ्ला कोरियाको सउलमा प्रर्दशन भएको छ । लिम्बु जनजीवनकाे कथामा आधारित चलचित्रमा लिम्बुहरूको मौलिक परम्परा देखाइएकाे छ । चलचित्र हेरेपछि अधिकाँस दर्शकले चलचित्र राम्राे लागेकाे बताए । चलचित्र प्रदशनिमा लिम्बु समुदाय तथा गैर लिम्बुहरूको पनि उपस्थिति रहेको थियो । चलचित्र पर्दशनि पछि सिरिजङ्गा इन्टरटेन्टमेन्टका संयोजक हाङ चेम्जोङले भने `कोरियामा धेरै पछि लिम्बु चलचित्र प्रदर्शन भएको छ,यसमा हामी एकदमै खुसि भएको छौ । सोचेको जस्तै भयो लिम्बु समुदायले आफ्नो मौलिकता भुल्न लागेको समयमा यसरि लिम्बु सँस्कृति लाइ जगेर्ना गर्न पाउदा एकदमैफुर्सदमा
नेपाली संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन सम्पन्न अध्यक्षमा दर्पण गुरूङ
नेपाली संघिय समाजवादी फोरम, नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन सम्पन्न भएको छ । मंगलबार सउलमा भएको कार्यक्रमबाट दर्पण गुरुङ्ग निर्वाचित भएका छन् । संघिय समाजवादी फोरम, नेपालको केन्द्रिय उपमहासचिव प्रकाश अधिकारी प्रमुख अतिथी र ससफो नेपाल पर्सा जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सांसद प्रदिप यादव बिशिस्ट आतिथ्यतामा संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन सम्पन्न गरीएको हो । अधिवेशनबाट विभिन्न सामाजिक संघसंस्थाका नेतृत्व ब्यक्ती,कोरियामै अध्यनरत बिद्यार्थी, समाजसेवी संगै विभिन्न पार्टीमा आवद्द ब्यक्तिहरु पार्टी परित्याग गर्दै ससफो पार्टी प्रवेश गरेका छन् । नयाँ पार्टी प्रवेश कार्यकर्ता लाईफुर्सदमा
कोरियामा सोनाम ल्होछार मनाइयो , डम्फूरे, सेलो र म्हेन्दोमायामा झुमे सयौं दर्शक
तामाङ गाउँ बेसीमा गाइने सेलो जुहारी । अनि तामाङ समुदायमा मर्दा पर्दा मुख्य भुमिकामा देखिने ताम्बागान्बा । तामाङ बाजा टुङ्ना र डम्फु । घोइलोमा चटक्क परेका छारी ब्योन र मैच्याङहरु । सोमबार दक्षिण कोरियाको सउलको एडब्लु कन्भेन्सन सेन्टर लाग्थ्यो कुनै तामाङ गाउँ हो । अनि लाग्थ्यो कतै तामाङको बस्तिमा ठूलो चाड भैरहेको छ । गाउनेहरु गाउँदै थिए । नाच्नेहरु नाच्दै । कन्भेन्सन सेन्टरको गेटैमा तामाङ तागी चटक्क राखिएको थियो भने तामाङ पहिचानको किताब ताम्बा काइरन पनि । यो सबै अबसर थियो नेपाल तामाङ संघ दक्षिण कारियाको आयोजनामा २८५५ औं बृहतफुर्सदमा
भोजपुर परिवार दक्षिण कोरियाको ८औॅ अधिबेशन सम्पन्न अध्यक्षमा उमेश राई
दक्षिण कोरियामा सन २००५ मा स्थापना भएको सम्पूर्ण कोरियावासी भोजपुरेहरुको साझा संस्था भोजपुर परिवार दक्षिण कोरियाको आठौ अधिवेशन फेब्रुअरी ४ मा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट उमेश राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएका छन । उक्त अधिवेशन को सभापतीत्व निबर्तमान अध्यक्ष गणेश आले मगरले गरेका थिए भने प्रमुख अतिथि MTU अध्यक्ष उदय राई, बिशेष अतिथि पुर्बान्चल सरोकार समाजका कार्यवाहक अध्यक्ष प्रकाश राईको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि उदय राई भोजपुर परिवार दक्षिण कोरियाले बिगतमा गरेको कार्यहरूको प्रशंसा गर्दै निबर्तमान समितिलाई धन्यवाद दिदै नया चयनफुर्सदमा
जातिय छुवाछुत तथा बिभेद विरुद्धको अभियानका लागि “सशक्त दलित एकता समाज दक्षिण कोरिया”को स्थापना
दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका दलित समुदायद्वारा “जातिय छुवाछुत तथा बिभेद विरुद्धको सशक्त अभियान” संचालन गर्ने भएको छ । त्यसको लागि “सशक्त दलित एकता समाज दक्षिण कोरिया” नामक संस्थाको स्थापना भएको छ । कोरियामा स्थापित विश्वकर्मा समाज र परियार समाजको पहलमा रोजगारीको शिलशिलामा कोरियामा रहेका दलित समुदायका युवा, ब्यवसायि, बिद्यार्थी तथा बुद्धिजीवी लगायतको उपस्थितिमा भएको भेलाले घनश्याम विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो । फेब्रुअरी ५, मंगलबार सउलको दोङ्देमुनमा भएको उक्त भेलाबाट बरिस्ठ उपाध्यक्षमा प्रेम परियार, उपाध्यक्षमा आशिष मान्बु(नेपाली) र महासचिवमा अर्जुन परियारको चयन भएको छ ।फुर्सदमा
दक्षिण कोरियाको किम्हेमा सोनाम ल्होछार सम्पन्न
नेपाली राष्ट्रिय चाड एवंम् तामाङ समुदायको महान चाड मन्जुश्री सम्बत २८५५ औं सोनाम ल्होछार(फाग्/ड्वा ल्हो) विविध कार्यक्रमका साथ दक्षिण कोरियाको किम्हे शहरमा रहेका तामाङहरुले आइतबार भब्य रुपमा सम्पन्न गरेको छ । तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान दक्षिण कोरियाले लामा गुरुबाट विशेष पूजा र विविध सांस्कृतिक कार्यक्रम सहित सोनाम ल्होछार मनाएको छ । कुकुर वर्ग (नागी ल्हो) लाई बिदाई र बदेल वर्ग (फाग्/ड्वा ल्हो) को स्वागत गर्दै शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघ प्रसाद वाइबाले कार्यक्रममा तामाङ समाज ख्यङ्सङ्नाम्दो/बुसान दक्षिण कोरियाद्वारा सञ्चालित नि:शुल्क महिलाफुर्सदमा
काभ्रे सम्पर्क समितिको अध्यक्षमा सानु लामा निवार्चित
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैठौं अधिबेशनबाट अध्यक्षमा सानु लामा निर्वाचित भएको छ । कोरियाको राजधानी सउलमा फेब्रुअरी ३ आइतबार भएको छैठौं अधिबेशनले लामाको अध्यक्षमा पन्ध्र सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अबिधेशनले बरिष्ठ उपाध्यक्षमा प्रकाश योञ्जन, उपाध्यक्षमा चन्द्र तामाङ, सञ्जय खत्री, सचिवमा चिरञ्जीवी तिमल्सिना, सहसचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा सुमान चौलागाई, सहकोषाध्यक्ष शुष्मा थापा चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा मनोज थापा, प्रेम श्रेष्ठ, सञ्जय श्रेष्ठ, सबिता तिमल्सिना, आशिष घिसिङ तामाङ, रोजी लामा र सन्जु थापा चयन भएका छन् । समितिको अधिबेशनकाे अाैपचारीक कार्यक्रममा साँगीतिक कार्यक्रमका लागि कोरिया आइपुगेका लोक गायिकाफुर्सदमा