गाेकुल थाेकर
कोरियाको सबै भन्दा ठूलो नेसनल म्युजियम अफ कोरिया कस्तो छ ?
तँपाई दक्षिण कोरियामा हुनुहुन्छ ? भने कतिको घुम्नु हुन्छ ? अनि कोरियाको सबै भन्दा ठूलो नेसनल म्युजियम अफ कोरियाकाे बारेमा थाहा छ ? थाहा छैन भने याे भिडियाे हर्नुहाेस् । काेरियाका बिभिन्न ठाउँमा घुम्ने दुई जना पत्रकार छन् । यस पटक गोकुल थोकर र सिमा लामाले कोरियाको ठूलो मानिने नसनल म्युजियम घुमेका छन् । दुबै जनाले त्यहाँका कलाकृति र रमाइला पक्षहरु देखाउने प्रयास गरेका छन् । फुर्सदमा हुनुहुन्छ भने घुम्नुहोस् । कोरियामा हुनुहुन्न भने भिडियो हेनुहोस् । भिडियो रमाइलो छ । भिडियोको लागि
डायस्पोरा ,भ्रम र यथार्थ
केहि दशक एता नेपाली साहित्यमा डायस्पोराको बहस,चर्चा हुँदै आएको छ। विशेष गरि कुनै काम विशेषले आफ्नो देश छोडेर अन्य मुलुकमा बसेकालाई डायस्पोरा भनिदै आएको छ। कुनै विषयमा बहस ,चर्चा हुनु बहुत राम्रो कुरा हो। बहसले मात्र निचोडमा पुग्न सकिन्छ। तर बहस विषय को वास्तविकता भन्दा फरक र तेस्को स्वरुपलाई नै बिगारेर गर्न थालियो भने पकै त्यो सान्दर्भिक हुदैन। आफ्नो देशलाई छोडेर रोजगारी ,पढाई वा अन्य विषेश कामले निस्चित समयवधिको लागि राहदानी र भिषा हातमा बोकेर बिदेश गएकालाई समेत डायस्पोरिक भनिदै आएको छ। खासमा डायस्पोरा के हो त? यसको ऐतिहासिकता केफुर्सदमा
ल्होछार एक सम्वत अनेक
मानिस एउटा चेनशिल प्राणी हो । यी चेनशिल प्राणि भित्र पनि विभिन्न समूह र समुदाय रहेछन । ती समुह र सामुदायमा म चाही तामाङ सामुदायको रहेछु । यसलाइ अङ्ग्रेजिमा group , society, भन्दो रहेछ । यी सामुदायहरुको बसोबस वा आवातजावतको हिसावले आदिबासी, मुलबासी, जनजाती र आप्रबासी हुदोरहेछ । यसलाइ अङ्ग्रेजिमा, indigenous, ethics, indigenous peoples, Migrate भनिनेरहेछ ।अनुहारको बनावट पनि तीन भागमा छुट्टाएको रहेछ । लाम्चो अनुहार, गोलो अनुहार अनि कालो ठूलो अनुहार अङ्ग्रेजिमा यसलाइ Aryan face, Mangol face, black face भन्दोरहेछ । म चाही आदिबासी जनजाती भित्रको मङोल फेसको परेछुफुर्सदमा
कविता
ल्होछार च्याङबा थाहा छ कि छैन तिमिलाई गाउँ गाउँमा टोल टोलमा बस्ती बस्तीमा हरेक घर घरमा हर्ष, समृद्धि र एकताको कोसेली बोकेर तिम्रो आगनमा उभिएर हावाको बेगसंगै समयलाइ दौडाउदै फर्फराइरहेको पुरानो “लुङ्दार” को बाटो हुदै सुनौलो मिर्मिरेको किरण सँगै लुकामारी गर्दै आईपुगेको छ हाम्रो सोनाम ल्होछार । तिमिलाई थाहै छ च्याङबा पोहोर सालको ल्होछारले हामीलाई सम्झिएन या त हामीले सम्झेनौं समय आफ्नो नियममा चलेकै थियो कि त कुनै जालसाँझ हुनुपर्छ कि त कुनै परिबन्धमा थियौं र त अधुरै रहेको थियो सयौँ बर्ष अघि देखिको ढाक्रे म्हेमेको ईतिहास बोकेको ताम्बा आख्खेकोफुर्सदमा
रारा ग्रुप्स डान्स पार्टीको सम्पूर्ण तयारी पुरा
कर्णाली प्रदेशका विकट जिल्लामा शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहयोगार्थ दक्षिण कोरियामा आयोजना हुन लागेको रारा ग्रुप्स डान्स पार्टीको सम्पूर्ण तयारी पुरा भएकोछ। दक्षिण कोरियाको नयाँ वर्ष (सलनाल) को अवसर पारी सुर्खेत समाज दक्षिण कोरियाले फेब्रुअरी ३ तारिख, आइतबार साँझ ‘रारा ग्रुप्स डान्स पार्टी’को आयोजना गर्ने भएको छ। “हामी स्वदेश हौं वा विदेश, प्राण भन्दा प्यारो हाम्रो कर्णाली प्रदेश” भन्ने मुल नाराका साथ आयोजना हुने कार्यक्रमबाट संकलित रकम कर्णालीका विकट जिल्लामा देखिएको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा सहयोग गरिने आयोजकले जनाएको छ । द. कोरियाको राजधानी सउलको दोङ्देमुन नजिक छाछा नाइट क्लब,फुर्सदमा
उदयपुर म्युजिकल कन्सर्टमा नयाँ पुराना सबै गायक गायिका समाबेश : सबैलाइ मन पर्ने अायाेजककाे दाबी
अन्तराष्ट्रिय गायन रियालिटी सो द भ्वाईस अफ नेपालको सेमीफाईनल पुग्न सफल प्रतिस्पर्धी श्रेया राई साङ्गितिक प्रस्तुती दिन दक्षिण कोरिया आउने निश्चित भएको छ । उनले उदयपुर सेवा समाजद्वारा आयोजित “उदयपुर म्युजिकल कन्सर्ट २०१९“ मा आफ्नो सङ्गितीक परस्तुती दिने आयोजक उदयपुर सेवा समाजका सचीब तथा उदयपुर म्युजिकल कन्सर्टका कलाकार छनौट संयोजक बिबिन्द्र राईले बताए । भिसा, टिकट जस्ता प्राबिधिक सम्पुर्ण कुराहरु मिलि सकेकोले उनी आउने निश्चित छ । द भ्बाईस अफ नेपालका सबै भन्दा कम उमेर, स्टेजमा प्रस्तुती पनि अब्बल र द.कोरिया मा उनको समर्थक धेरै भएकोले उनलाई बोलाईएको राईले बताएफुर्सदमा
फेब्रुअरी ४ मा एनपिएल डान्स पार्टीमा निलिमा र अल्मोडाको लाइभ प्रस्तुति हुने
फेब्रुअरी ४ तारिख कोरियन नया वर्ष सलनालको अवसरमा मिया सागरी विक्टोरिया होटेल (सउल) डान्स पार्टी हुने भएको छ । एनपीयल गोर्खे गयजले गर्न लागेको यो लाइभ म्युजिक डान्स पार्टीमा गायक अल्मोडा र नेपाल आइडल सिजन २ कि गायिका निलिमा थापामगरको प्रस्तुति रहेनेछ । दक्षिण कोरियामा भएका सबै नेपाली म्युजिक लभरलाई लाइभ म्युजिक संगै डान्स पार्टीमा रमाइलाेका लागि कार्यक्रममा अाउन आयोजकले आग्रह गरेको छ । कोरियामा रहनु हुने साथीहरुलाई मनोरन्जन लिएर कम्पनीको दुखलाई भुल्न सकिने एनपिएल गोर्खे गाइजले जनाएको छ । कार्यक्रममा नेपाल आइडल सिजन २ कि एकदमै मिठो स्वरको धनिफुर्सदमा
लिम्बु भाषाको चलचित्र के साङ्ला लिएर नायिका लक्ष्मी कोरिया आउँदै
लिम्बु भाषाको चलचित्र के साङ्ला लिएर नायिका लक्ष्मी योङहाङ कोरिया आउँदै छिन् । उनी फेब्रुअरी ५ मा हुने चलचित्र प्रर्दशनीका लागि यहाँ आउने भएकी हुन् । ‘मिस लिम्बू–२०१५’ मा ‘युमा कल्चरल अवार्ड’ जितेकी र मोडलिङमा स्थापित नाम हो लक्ष्मी योङहाङ । गायक स्वरुपराज आचार्यको “सधै आशु“ बोलको गितबाट म्युजिक भिडियोमा डेब्यु गेरेकी उनले हालसम्म दर्जनभन्दा बढि म्युजिक भिडियोमा मोडलिङ गरि सकेकी छिन् । अहिले गीतहरुको अफर आउँदै गरेकोले नेपाली मोडलिङको मूलधारमा स्थापित हुदै गएको उनको अनुभव छ । मोडलिङसँगै उनको गायनमा पनि रुचि छ । लक्ष्मीको आफ्नै भोकलमा ४ वटा लिम्बूफुर्सदमा
मकवानपुर कोरिया मंचको अधिवेसन फेब्रुअरी ३ मा हुने
मकवानपुर कोरिया मंचको सातौं अधिवेसन फेब्रुअरी ३ मा हुने भएको छ । “मकवानपुरे प्रवासी जुटौं, प्रदेश राजधानी समृद्ध बनाऔं “ भन्ने मुल नाराका साथ हुने अधिवेशन तोडदेमुनमा हुनेछ । लामो समय देखि दक्षिण कोरियामा सक्रिय संस्थाले स्वदेश तथा विदेशमा सामाजिक सेवा र परोककारी कार्यहरु गरेको कार्यवाहक अध्यक्ष किशोर ब्लोन नियोगले बताए । मंचले स्वास्थ्य, शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । ‘हामीसंग भएको आधारमा सके सम्म धेरै सहयोग गर्ने गरेको छ ।’ उनले भने । ‘प्रदेश ३ अन्तर्गत पर्ने मकवानपुर जिल्ला प्रदेश कै अस्थायी राजधानी हो । यो जिल्लामा औध्योगिकफुर्सदमा
सनातन साहित्य सङगीत साधना समूह “पाँच-स” को साधारण सभा सम्पन्न, अध्यक्षमा भबस्बी बोम्जन निर्वाचित
सनातन साहित्य सङ्गीत साधना समूह “पाँच-स” दक्षिण कोरियाले तेश्रो साधारण सभा सम्पन्न गरेको छ। अाइतबार सउलमा भएकाे अधिबेशनबाट अध्यक्षमा भवस्बी बम्जन निर्वाचित भएका छन् । यम सापकोटाको सभापतित्वमा सम्पन्न उक्त अधिबेशनमा प्रमुख अतिथि एनआरएनए अध्यक्ष लक्ष्मी लामा गुरुङ, बिशेष अतिथि एनसिसि कोरियाका अध्यक्ष अन्जु के सी, जन सम्पर्क समितीका निबर्तमान सभापति गिरिराज कुँवर, नेपाल पर्यटन दुत तथा एनआर एनए संरक्षक केपी सिटौला, एनआरएनए उपाध्यक्ष साजन शर्मा, पाँच ‘स’ संस्थापक अध्यक्ष तथा एनआरएनए सल्लाहकार राजु क्षेत्री थिए । साथै बिभिन्न संघ संस्थाका प्रतिनिधीले कार्यक्रम सफलताकाे शुभकामना दिएका थिए । अधिवेशनबाट बरिष्ठफुर्सदमा