गाेकुल थाेकर
रबीलाइ खुल्ला पत्र
प्राय झटारो त्यही हानिन्छ, जहाँ लटरम्म फलेको फल हुन्छ ! रबी जी, तपाईं माथि हान्न प्रयास गरिएको झटारो प्रती मलाई कत्ती पनि आश्चर्य छैन, किनकी अलिकती उचाइमा रहेको फललाई नै हो झटारो हान्ने । बरु ती मान्छेहरु प्रती दया जागेर आउछ, जस्ले आफ्नो औकात् र बलले भ्याउन नसक्ने उचाइको फललाई झटारो प्रहारको प्रयास गर्दैछ । औकात् बाहिर र निशाना बिहिन झटारो । रबी जि कुनै पनि ढुङ्गालाई पल्टाइयो भने तेस्को मुनी केही न केही किरा हुनसक्छन् । तेस्तै कसैको ब्यक्तिगत जीवन खोतलेर हेर्न थालियो भने प्राय सबैमा केही न केहीफुर्सदमा
चीनविरुद्ध एकजुट हुन ताइवानी राष्ट्रपतिको आग्रह
ताइवानकी राष्ट्रपति छाई इङ-वेनले ताइवानको सार्वभौमसत्ताको रक्षाका लागि सबै प्रजातन्त्रवादीलाई एकजुट हुन आग्रह गरेकी छन्। उनले ताइवानको प्रजातन्त्रलाई अवमूल्यन गरी चीनले ‘नियोजित अभियान’ थालेको आरोप लगाएको छ। ताइवानको राष्ट्रपतिमा छाई सन् २०१६ मा निर्वाचित भएयता चीन र ताइवानबीचको सम्बन्ध कमजोर अवस्थामा पुगेको छ। राष्ट्रपति छाईले ताइवानलाई ‘एक चीन’ नीतिअन्तर्गतको भूभागका रूपमा नस्विकार्ने बताउँदै आएकी छन्। चीनले केही समयदेखि एकपक्षीय रूपमा ताइवानसँगको सञ्चार सम्पर्क विच्छेद गरेको छ भने ताइवानको वरिपरिका क्षेत्रमा सैन्य अभ्यासलाई तीव्रता दिएको छ। अर्कोतर्फ ताइवानसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका राष्ट्रहरूलाई त्यस्तो कूटनीतिक सम्बन्ध तोड्न चीनले दबाब दिइरहेको छ।फुर्सदमा
सउल नेपाल गुम्बामा पूजापाठ र ब्यबस्थापन समितिको दोस्रो अधिबेशन सम्पन्न
सउल नेपाल गुम्बा दक्षिण कोरियाको स्थापना भएकाे दुई बर्ष पुगेको अवसरमा विशेष पूजापाठ र गुम्बा ब्यबस्थापन समितिको दोस्रो अधिबेशन भएको छ । राजधानी सउलको गाङ्नाम गुमा रहेको गुम्बामा आइतबार विशेष पूजासंगै गुम्बा ब्यबस्थापन समितिको दोस्रो अधिबेशनबाट काभ्रेका दुधबहादुर लामा अध्यक्षमा चयन भएका हुन् । गुम्बाका लामा प्रमुख लामा कुन्साङ तामाङको संयोजकमा पूजापाठ र अधिबेशनको प्रमुख अतिथि कोरियाको लागि नेपाली राजदुत अर्जुङजंग बहादुर सिंह उपस्थितिमा सम्पन्न भयो । गुम्बा ब्यबस्थापनको उपाध्यक्षमा जेबी लामा, सचिबमा अमिर योञ्जन चयन भएका छन् । कोषाध्यक्षमा ह्योल्मो परिवारबाट रहने छन् भने अन्य सदस्यहरु दक्षिण कोरियामा रहेकाफुर्सदमा
लिम्बुवान प्रवास सम्पर्क समितिको अधिवेशन सम्पन्न अध्यक्षमा युगल किशोर शेर्मा निर्वाचित
संघिय समाजवादी फोरम नेपालको प्रवास संगठन अन्तरगत नेपाली संघिय समाज कोरियाको जनवर्गिय संगठन लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिती दक्षिण कोरियाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको अधिबेशनबाट युगल किशोर शेर्मा अध्यक्षमा चुनिएका छन् । अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा बिक्रम नेम्वाङ, उपाध्यक्ष नवराज तामाङ, सचीव नुबेन्द्र थाम्सुहाङ्ग निर्वाचित भएका छन् । त्यस्तै सह सचिब सुरेस आङ्देम्बे, कोषाध्यक्ष सुबास आङ्देम्बे सहकोषाध्यक्ष कमल खुदाङ रहेका छन् । सदस्यहरुमा सपना सेलिङ, हर्कराज फागो, हाङराज नेम्वाङ, पुरन चोङबाङ्ग पुस्पा राई र मोहन जबेगु छन् । समितिको सल्लाहकारहरुमा गजेन्द्र शेर्मा, नोगेन नेम्बाङ्ग, राज चेम्जोङ रफुर्सदमा
तमु धीं दक्षिण कोरियाले काजल गुरुङ सँगै मनाउने तमु ल्हाेछारकाे तयारी पूरा
तमु धीं दक्षिण कोरियाले यही जनवरी ६ तारिख आइतबार सउलमा मनाउने तमु ल्होसार तयारी पूरा गरेको छ । गुरुङ जातिको संस्कार अनुसार वर्ग चक्र अन्तर्गत खी(ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो(ल्हो (मृग वर्ग) लाई स्वागत गरि स्यों(कैं (दिवा भोज), शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो । दक्षिण कोरियाको राजधानी सउलको सुविधा सम्पन्न हल AW कन्भेन्शन सेन्टर (हारिमगाग) हलमा ल्होछार मनाउने छ । ‘हामीले सबै तयारी पुरा गरि सकेका छौ । अब आइतबार हाम्रो संस्कार र संस्कृति झल्काउने गरि कार्यक्रम गरिनेछ ।’ तमु धीं दक्षिण कोरियाफुर्सदमा
अमेरिका–चीन व्यापारयुद्ध अन्त्य हुने आशा
अमेरिका सरकारको एक प्रतिनिधि मण्डल आगामी सोमबार र मङ्गलबार चीनको भ्रमणमा जाने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङ दुई देशबीच उत्पन्न व्यापारिक तनाव कम गर्न सहमत भएपछि चीन–अमेरिकाका अधिकारीबीच पहिलोपटक आमनेसामनेको वातावरण बन्न लागको हो । दुई देशका अधिकारीबीच दुई दिने वार्ता हुन लागेको चीनको वाणिज्य मन्त्रालयले जानकारी दिएको हो । वाणिज्य मन्त्रालयका अनुसार अमेरिकी प्रतिनिधिमण्डलेको नेतृत्व त्यहाँको उपव्यापार प्रतिनिधि जेफरी गेरिसले गर्नेछन् । उनले ट्रम्प र सिबीच सम्पन्न वार्ताको महत्वपूर्ण विषयमा भएको सहमति लागू गर्नेबारे चर्चा गर्ने बताइएको छ । गत वर्ष अर्जेन्टिनामाफुर्सदमा
कोरियामा टोपी दिबस : मेरो अनुभब
अग्रेजी नया बर्षको पहिलो दिन । फेसबुक र ट्विटर लगाएतका विभिन्न सामाजीक सन्जालहरुमा नयाबर्षको शुभकामना एकअर्कामा आदानप्रदान गरिएका पोस्टहरु, फोटोहरु भित्ताहरुमा छ्याप छ्याप्ति देखिन्थे । मलाइ पनि राति देखिनै मेरो मोबाइलको मेसेन्जर र भाइबरमा परीवार, सुभचिन्तक देखि फेसबुकमा कहिलेपनि नबोलेका साथिहरुसम्मले Happy New Year 2019 लेखे । शुभकामनाका पोस्टकार्ड र भिडियो हरु पठाइरहेका थिए । यी नै शुभकामनाहरुको भिडमा मलाइ एकजाना साथीले एउटा पोस्टकार्ड मेसेन्जरमा पठायो । लाग्यो यो पनि नयाबर्षकै शुभकामना होला तर होइन रहेछ । त्यो पोस्टकार्डको पृस्टभुमिमा विशाल सगरमाथा, रातै फुलेका लालीगुराँस, कलात्मक शैलीमा सजाएको नेपाली ढाकाफुर्सदमा
सुवनमा सलनालको पहिलो र दोस्रो दिन अन्तराष्ट्रिय स्तरको डान्स पार्टी हुने
दक्षिण कोरियामा सलनालको अबसरमा डान्स पार्टी हुने भएको छ । सुवन स्टार गु्रपले नेपालीहरु धेरै बस्ने सुवनमा उक्त डान्स पार्टी आयोजना गर्ने भएको हो । डान्स पार्टी २ दिन हुनेछ । नेपाली युवाहरुको चाहना अनुसार कोरियाको पर्यटकीय शहर सुवनमा कार्यक्रम गर्न लागेको जनाएको छ । सलनालको लामो बिदामा रमाइलो गर्न फेबु्रअरी तीन र चार तारिखको बेलुकी डान्स पार्टी गरिने छ । कोरियन नयाँ बर्षको चिसो मौसमलाई च्यालेन्ज गर्दै अन्तराष्ट्रिय डिजेहरुको साथमा मनोरञ्जन लिन सकिने आयोजकले जनाएको छ । अन्तराष्ट्रिय स्तरको डान्स पार्टी र प्रस्तुति हुने भएकोले सबै नेपाली समुदायलाई कार्यक्रममाफुर्सदमा
नयाँ वर्षकै दिन उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी
उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षकै दिन अमेरिकालाई चेतावनी दिएका छन् । उनले परमाणु हतियार नष्ट गर्ने विषयमा आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै यदि अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध कायम राखेका खण्डमा आफ्नो प्रतिबद्धतामा फेरबदल आउन सक्ने बताएका हुन् । किमले नयाँ वर्ष २०१९ को उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् । मङ्गलबार बिहान सरकारी च्यानलमार्फत् किमले गरेको सम्बोधनमा भनिएको छ, ‘अमेरिकाले यदि सारा दुनियाँका सामु गरेको बाचा पूरा गर्दैन र हाम्रो गणराज्यमाथि दबाब तथा प्रतिबन्ध लगाइरहन्छ भने हामीले आफ्नो हितका साथै सम्प्रभुता सुरक्षित गर्नकाफुर्सदमा
दक्षिण कोरियामा रहेका नेपाली संघसंस्थाको कस्तो बित्यो २०१८ ?
नेपाली सम्पर्क समिति र नेपाल बौद्ध परिवार मिलेर यसै बर्ष दक्षिण कोरियाको योङगीन शहरको वाउजङ्सा गुम्बामा नेपालबाट बुद्धको मुर्ति ल्याएर प्रतिस्थापन गर्यो । मुर्तीले नेपालको पर्यटन क्षेत्रलाई पनि सहयोग हुने भनेर धेरै नेपालीले बुद्ध मुर्ती ल्याउनमा सहयोग गरे । एनसीसी र नेपाल बौद्ध परिवारले संयुक्त रुपमा काम गरेको भए पनि बौद्ध परिवारलाई जति क्रेडिट जानु पर्ने त्यो नगएर छाँयामा परेको कुरा चल्यो । नकारात्मक कुरालाई छाड्ने हो भने वाउजङ्सामा बनेको नेपाली बुद्धको मुर्ती दक्षिण कोरियामा रहेका नेपालीको लागि गर्बको बिषय बन्यो । बुद्ध प्रतिस्थापनको चर्चा सेलाउन नपाउदै एनसिसि विवादमा घेरियोफुर्सदमा