गाेकुल थाेकर
चासोक तङ्नामकाे फोटो फिचर
लिम्बू समुदायको मुख्य चाड चासोक तङ्नाम नेपाल लगाएत विश्व भरि मनाइदै छ । दक्षिण कोरियामा रहेका लिम्बु समुदायले सउलमा आइतबार चासोक तङनामलाई भब्य रुपमा मनाए ।
गत हप्ता निधन भएका धनसिं तामाङको श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न
नेपाल तामाङ संघ दक्षिण कोरिया र चितवन सम्पर्क समितिले गत बुधबार निधन भएका धनसिं तामाङ (बोम्जन) को श्रद्धान्जली सभा गरेको छ । गत बुधबार तामाङको हृदयघातका कारण मृत्यू भएको थियो । श्रद्धान्जली सभामा नार्गाजुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले बौद्ध पराम्परा अनुसार पुजापाठ गरेका थिए । कार्यक्रममा मृतक तामाङको श्रीमती र छोरीज्वाइ उपस्थित थिए । ‘विदेशमा अप्ठ्यारो पर्दा यसरी सबै एकै ठाउमा जम्मा भएर सहयोग सान्त्वना दिन सक्नु राम्रो पक्ष हो ।’ नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईवाले भने । ‘अप्ठ्यारो अबस्थामा सबैलाई साथ सहयोग गर्न हामी सधैफुर्सदमा
मिस मंगोल नेपालको बिजेता जाङ्ग्मु शेर्पालाई कोरियामा सम्मान
दक्षिण कोरियाको भ्रमणमा रहेकी मिस मंगोल २०१८ को ताज बिजेता जान्ग्मु शेर्पालाई अाइतबार सउलको दोङदेमुन स्थित थाई नेपाली रेस्टुरेन्टमा शेर्पा भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरि शेर्पा संघ दक्षिण कोरियाले सम्मान गरेको छ। मिस मंगोल नेपाल बिजेता जान्ग्मु शेर्पाले आफुले ताज जितेपछि विदेशमा भूमिमा समेत पहिलो पटक यसरि सम्मान पाउदा खुसी र उत्साहित भएको बताइन् । जाङ्मुले आफु लाई स्वदेश तथा विदेशमा गरेको अनगिन्ती सम्मानले समाज प्रति अझ बढि सामाजिक दायित्व थपेको अनुभूति गरेकी बताईन । नेपाल फर्के पछि पिछडिएको समुदायकाे वालबालिकाको शिक्षा क्षेत्रमा काम गर्ने योजना रहेको बताइन्। सम्मानफुर्सदमा
ईपीएस प्रणाली खारेजीको माग गर्दै राष्ट्रपति भवन अघि धर्ना
दक्षिण कोरियामा रहेका विदेशी कामदारहरुले सउलको ख्वांगह्वामुनमा रहेको राष्ट्रपति निवाश अगाडी धर्ना दिदै संयुक्त राष्ट्रसंघबाट मनाउने १८ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस आइतबार मनाएको छ । प्रवासी मजदुर युनियन (एमटियु)ले आयोजना गरेको कार्यक्रममा सउल आसपासका विदेशी कामदारको समभागिता थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै एमटियुका अध्यक्ष उदय राईले कोरियामा रहेका विदेशी कामदारहरुले ईपीएस प्रणाली मार्फत कामदार बनेर आउँदा धरै दुःख भोग्न परेको बताए । ‘न कामदारले चाहेको अनुसार कम्पनी फेर्न सकिन्छ न चाहे अनुसारको कम गर्न । त्यसैले यो इपिएस सिस्टमलाई परिमार्जन गर्दै नयाँ र बैज्ञानिक शैली अपनाउनु पर्छ ।’फुर्सदमा
दक्षिण कोरियामा अर्को नेपालीको सुतेकै ठाउँमा मृत्यू
दक्षिण कोरियामा गत बुधबार चितवनका धनसिं तामाङको मृत्यू भएको एक हप्ता नहुदै काभ्रे बुडाखानी घर भएका सुजन थापाको शनिवार विहान मृत्यू भएको छ । चार बर्ष पहिले इपिएस मार्फत कोरिया आएका थापाको कम्पनीको बस्ने ठाउँमा सुतेकै अबस्थामा ज्यान गएको हो । बिहान कम्पनी जाने बेलासम्म नउठेपछि के भएको हो भनि हेर्न जादा सुतेकै अवस्थामा मृत फेला परेको उनका सहकर्मीको भनाई छ । प्रहरीले पोस्टमार्टम र नेपाल लैजाने प्रक्रिया सोमबार मात्रै हुने जानकारी गराएको काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमल्सिनाले बताए । ‘आज पुलिस आएर घटना स्थलको चेकजाँच गरेर लास लिएरफुर्सदमा
लाहुरेको यात्रासंस्मरण
एक त आफ्नो जातै वीर, दोस्रो वीरबहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे । अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि ! कत्राकत्रा युद्ध, महायुद्धमा वीरता देखाउन सक्नेको सन्तान, एक बटुको खोले पियोस् वा हाफ प्लेट छोलेको भरमा जिओस्, यतिफुर्सदमा
सुर्खेत समाज दक्षिण कोरियाद्वारा ‘गजेन्द्र सर’लाई सम्मान
सुर्खेत समाज दक्षिण कोरियाले गजेन्द्र राना मगर (गजेन्द्र सर) लाई ग्रमीण शिक्षा क्षेत्रको गुणस्तर सुधारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । समाजले बिहिबार सुर्खेतमा गजेन्द्रलाई सम्मान गरेको हो । तपाई हाम्रो सुख दुस्खको साथी भन्ने नारा सहित सन् २०१३ मा स्थपना भएको सुर्खेत समाज दक्षिण कोरियाले स्थपना कालदेखि नै कोरिया र नेपालको विभिन्न क्षेत्रमा सामाजिक कार्य गरिरहेको छ । सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका १४ गुमीको जन संयुक्त प्राथमिक विद्यालयमा विगत ४ बर्षदेखि निशुल्क पढाउँदै आएका मगरले उक्त ठाँउको शिक्षा क्षेत्रको गुणस्तर सुधार र सरकारी विद्यालयको विकास र सम्वर्द्वनफुर्सदमा
नवगायक कृष्ण पाण्डे क्षेत्रीकाे लाेकगीत रैछाै रुनलाईको भिडियो सार्बजनिक
गुल्मीका नवगायक कृष्ण पाण्डे क्षेत्रीको लोकगीत रैछाै रुनलाई सार्वजनिक भएको छ । दक्षिण कोरियाको बिभिन्न ठाउँमा छायाङ्कन गरिएको गीतमा प्रेम पीडाका भावना सुन्न पाइन्छ । बाल्यकाल देखि गीत संगीतमा रुची राख्ने क्षेत्रीले दक्षिण कोरियामा बिभिन्न सांस्कृतिक कार्यक्रममा गीत गाउने गरेका थिए भने दक्षिण कोरियामा संचालित अनलाइन वेभ टिभीमा परदेशीका स्वरहरु नामक लोक सांगितिक कार्यक्रम संचालन गर्थे । उनले आफ्नो गीत धेरै स्रोता दर्शकले मन पराउनेमा विस्वास ब्यक्त गरे । ‘मैले राम्रो गाउने प्रयास गरेको छु । आशा छ सबैले सुनेर मन पराउनु हुन्छ ।’ उनले भने । उक्त भिडियोमा बिष्णुफुर्सदमा
तमु धीं दक्षिण कोरियाद्वारा तमु ल्होसारकाे तयारी तिब्र, काजल गुरुङ दक्षिण काेरिया अाउने
दक्षिण कोरियामा रहेका गुरुङ जातिको आफ्नो मौलिक पहिचान, भाषा, सँस्कृति तथा परम्परालाइ जगेर्ना गर्न तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यो पटक पनि तमु ल्होसार मनाउने तयारी तीव्र पारेको छ । खी-ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो-ल्हो (मृग वर्ग) लाई स्वागत गरि स्यों-कैं (दिवा भोज), शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी ल्हाेसार मनाउने भएको हो । यसपटकको फो-ल्होसार/ल्होछारका लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल काजल गुरुङ नेपालबाट आउने भएकी छिन् । कलाकार गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाईफुर्सदमा
चासोक तङ्नाम मनाउन वरिष्ठ गायीका झुमा लिम्बू र दिपा सुहाङ कोरिया आउने
नेपालको राष्ट्रिय पर्व अर्थात लिम्बूहरुको मौलिक पर्व चासोक तङ्नाम (उधौली पर्व) मनाउन वरिष्ठ गायीका झुमा लिम्बू र दिपा सुहाङ कोरिया आउने भएका छन् । किराँत याक्थुङ चुम्लुङ्ग बुसान शाखाले डिसेम्बर २३ मा आयोजना गरेकाे कार्यक्रममा सहभागी हुन काेरिया अाउने भएका हुन् । कार्यक्रममा गीतसंगीतसँगै नेपाली कला संस्कृति झल्किने विभिन्न सामुदायका मौलिक नाचहरु प्रस्तुत गरिने अायाेजकले जनाएका छन् । # को हुन झुमा लिम्बू? नेपाली शास्त्रीय संगीत र सुगम संगीत मा आफ्नो अलग स्थान बनाउन सफल वरिष्ठ गायिका झुमा लिम्बू पछिल्लो समय संगीतको फरक आयामबाट उदाइरहेकी छिन। पछिल्लो समय उनको मुन्धुमीफुर्सदमा