गाेकुल थाेकर
किराँत याक्थुङ चुम्लुङले चासोक तङ्नाम डिसेम्बर १६ मा मनाउने
किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले लिम्बूहरुको मौलिक पर्व चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम सहित डिसेम्बर १६ तारिख आइतबार सउलको साङबोक खुछङमा गर्ने भएको छ । नयाँ बाली भित्राउँदा प्रकृतिलाई पुजा गर्दै मनाइने यो चाड लिम्बुहरुको मुख्य चाड हो । ‘लिम्बु भाषामा चा भन्नले अन्न बाली र सोक चढाउनु वा खानु भन्ने हुन्छ । तङ्नाम भन्नाले पर्व वा उत्सव भन्ने बुझाउँछ । त्यसैले यो चाड अन्नबाली भित्राउँदा मनाइने चाड हो ।’ किराँत याक्थुङ चुम्लुङका बरिष्ठ उपाध्यक्ष मिरक लिम्बुले भने । ‘हामी बिदेशमा भए पनि हाम्रो कला संस्कृति बुझाउने प्रयास स्वरुप चाड मनाउँदैफुर्सदमा
नेपाल तामाङ संघ दक्षिण काेरियाले फेब्रुअरी ४ मा सोनाम ल्होछार मनाउने
नेपाल तामाङ संघ दक्षिण कोरियाले सोनाम ल्होछार साँस्कृतिक तथा सांगीतिक कार्यक्रम फेब्रुअरी ४ तारिखमा मनाउँने भएको छ । तामाङ समुदायको नयाँ बर्ष एवं २८५५ औं सोनाम ल्होछार (सुँगुर बर्ग)को अवसरमा कोरियामा राजधानी सउलमा बृहत साँस्कृतिक तथा सांगीतिक कार्यक्रम गरि मनाउँने भएको हो । कोरियनको नयाँ बर्ष सलनालको पहिलो दिन फेब्रुअरी ४ तारिखमा तामाङ संघ सदा झै साँस्कृतिक र सांगीतिक माहोलमा सबै तामाङहरु एकै स्थानमा जम्मा भइ मनोरञ्जनात्मक रुपमा मनाउँने संघका अध्यक्ष मेघप्रसाद तामाङ बताए । उनले भने -`यहाँ नेपाल तामाङ संघले हरेक बर्ष यही सालनालको पहिलो दिन मनाउँदै आएको होफुर्सदमा
नेपाली सम्पर्क समितिले गर्यो सलनालको कार्यक्रम बाँडफाँड
नेपाली सम्पर्क समिति (एनसिसि) दक्षिण कोरियाले सलनालको लागि साँस्कृतिक कार्यक्रमको बाँडफाँड गरेको छ । आइतबार सउलमा भएको कार्यक्रममा दक्षिण कोरियामा रहेका सक्रिय तीनवटा संस्थाले सलनालमा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । फेब्रुअरी ३ तारिख आइतबार नेवा पुचःले कार्यक्रम गर्ने एनसिसीले बताएको छ । सलनालको पहिलो दिन फेब्रुअरी ४ तारिख उदयपुर सेवा समाज दक्षिण कोरियाले आफ्नो प्रस्तुति दिने बताइएको छ । सलनालको दोस्रो दिन अर्थात फेब्रुअरी ५ तारिखमा नुवाकोट समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने भएको छ । सलनालको अन्तिम दिन भने कुनै पनि संघसस्थाले कार्यक्रम आयोजना नगरेको एनसिसीले जनाएको छ ।फुर्सदमा
आजको मौसम
आजको मौसम संयोग होला म यो अपरिचित भुगोलमा सिङ्गो देशको बिम्बहरु प्रतिबिम्बित भएको देखिरहेछु जस्तो पुर्व राजाको झै पश्चात्तापले डसेको यो दिनको अनुहार कलिलो नानिहरुको जीवन चुँड्ने बलात्कारि झै कुमारी बादलको हाईमेन भंग गरेर बिजयको उत्सव मनाई हिडने ब्याभिचारी बतास अन्तिम बिदाईमा झरेको प्रेमिकाको आँसु झै आकाशको एकोहोरो वर्षात नेताहरुको समृद्धि नारा जस्तै धमिलो र फोहोर बगिरहेको खहरे खोल्साको भेल घाइते योद्धाको अतीत जस्तै चट्याङको संगीन यो आवाज वृद्ध बा- आमा जस्तो कुनै बेला विलाई हाल्ने जिवनको त्रास बोकेर बाचिरहेको डाडाको सेताम्मे हिमपातहरु आफ्नै यौवन जस्तो बसन्त पर्खेर कोमामा बसेकोफुर्सदमा
नयाँ बर्षमा नाचन ठूली ४ हुने
आउँदै गरेको नयाँ बर्ष २०१९ को अवसरमा नाचन ठूली डान्स पार्टी हुने भएको छ । डिसेम्बर २९ तारिख शनिबार हुने डान्स पार्टी नेपाली समुदाय बीच कोरियामा नै पहिलो पटक डान्स पार्टी शुरुवात गरेको नेप्लिज पार्टी रकर्स इन कोरिया (एनप्रिक)ले गर्न लागेको हो । कोरियामा नै पहिलो पटक डान्स पार्टी शुरुवात गरेका नेप्लिज पार्टी रकर्स इन कोरिया (एनप्रिक) समुहले २८ औं कार्यक्रम स्वरुप पस्किन लागेको नाचन ठुली टाईटल विगतमा ३ पटक भव्यताका साथ सम्पन्न भईसकेको हुनाले यसपटक नाचन ठुली ४ आयोजना गर्न लागिएको हो । ठुली नामक यस पार्टीमा हरेक वर्षफुर्सदमा
एक हजार तामाङ काटिएको इतिहास
नुवाकोटमा भैरवी जात्राको स्थान महत्वपूर्ण छ । यो जात्रा चैत्र शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुन्छ । जात्राका क्रममा चैत्र शुक्ल पूर्णिमाको दिन भैरवी देवीलाई खटमा राखी शहर परिक्रमा गराइन्छ । साततले दरबारमा धमिनीको सिन्दुर जात्रा गरिन्छ । यस्तै देवीको खटलाई धामी धमिनीसहित देवीघाट लगिन्छ । प्रतिपदाको दिन भोगबली गरिन्छ । भोलीपल्ट चैत्रकृष्ण द्वित्तीयाको दिन देवीको खट र धामी धमिनीलाई देवीथानमा ल्याई सिन्दुर जात्रा गरी तलेजुमा लगिन्छ । अष्टमीको दिन लिंगो ढालेपछि जात्रा सकिन्छ । यस जात्राको राजकीय महत्वलाई स्पष्ट पार्ने केही ऐतिहासिक पत्रहरु शंकरमान राजवंशीले पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’फुर्सदमा
फेरि जन्मेलान् नारायण गोपाल ?
काठमाडौं/ रासस ‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’ नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु’, ‘यो मुटुलाई कसरी सम्झाइबुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायणफुर्सदमा
लिच्छबी अभिलेखमा किराँत
“लिच्छविकालिन अभिलेखहरुमा गैरसंस्कृत शब्दहरुबाट उल्लेख गरिएका कैयौ नामहरु छन, यस्ता गैरसंस्कृत शव्दहरु भनेका किरात भाषाका शब्दहरु हुन” । ( शाह ऋषिकेश, एन्सीएन्ट एण्ड मेडिभियल नेपाल, न्यु देल्लि, अजय कुमार जैन, ई.१९९२ पृ.८) शाहका मतमा सहमती राख्ने अधिकांश विद्धानहरुका अलवा केही विमति राख्ने विद्धानहरु पनि पाइन्छन् । केही विद्धानहरुले लिच्छविकाल भन्दा पहिलेका नेपालको इतिहासलाई पुराणहरुमा आधारित कपोलकल्पित दन्तेकथाका रुपमा लिएको पनि पाइन्छ । यस लेखमा शाहकै मतलाई थप पुष्टि गरिने प्रयास गरिएको छ । काठमाण्डौ स्थित नक्सालको प्राचिन नाम जोन्जोन्दिङ रहेको तथ्य पुष्टि हुन आएको छ । अंशुवर्माको नक्साल गहिरीधारामा रहेकोफुर्सदमा
“मान वन न्यानो बाडौं अभियान” सुरु, सहयोग गर्न कोरियाबासी नेपालीहरुलाई अपिल
सउल । दक्षिण कोरियामा रहेका नेपालीहरुले बिगत करिब ४ बर्ष देखि चलाउँदै आएको “मान वन न्यानो बाडौं” अभियान यसपालि पनि सुरु भएको छ । विकट र विपन्न बस्तीहरुमा वृद्ध र बालबालिकाहरुलाई जाडोबाट जोगाउने उदेश्यले यहाँ रहेका नेपाललीहरुले हरेक बर्ष उक्त अभियान संचालन गर्दै आएको छ । अभियानबाट संकलित रकमबाट नेपालमा अत्यन्तै न्युन आर्थिक अबस्थाका कारण जाडो याम कटाउन एउटा तातो कपडा किन्न पनि निकै नै धौधौ पर्ने अति विपन्न पिछडिएका परिवारको एकल महिला, वृद्धवृद्धा तथा बालबालिकाहरुलाई न्यानो हुने कम्बल तथा ब्लाङ्केट बितरण गर्दै आएको जानकारी अभियान मध्येका एक सरोज केसीलेफुर्सदमा
गायिका मिलन नेवारको ‘मन रेशम’ गीतको म्युजिक भिडियो छायांकन सकियाे
गायिका मिलन नेवारको ‘मन रेशम’ गीतको म्युजिक भिडियो छायांकन सकिएको छ । उनले यो गीत आफ्नो चाथौ एल्बम मन रेशममा समावेश गरेकी छिन् । सुमधुर स्वरकी धनी मिलनको मन रेशम आफ्नै शब्द रचना रहेको छ भने कमल खत्रीको संगीत दिएका छन् । गीतमा स्वर मिलन नेवार र कमल खत्रीले दिएका छन । यो गीतको म्युजिक भिडियोमा गायक गायिका दुबैको अभिनय रहेको छ । संगीत संयोजन राजेश्वर तन्डुकार, मिक्सिङ बिजेश्वर तन्डुकारको छ भने गीत तास स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियो निर्देशन राजेश पुमा राईले गरेका छन । क्यामरा हरि हुमागाईं,फुर्सदमा