गाेकुल थाेकर
किरात राई यायोक्खा बुसान शाखाको अधिबेशन डिसेम्बर ३० मा हुने
किरात राई यायोक्खा बुसान शाखाको दोस्रो अधिवेशनं डिसेम्बर ३० तारिक आईतबारका हुने भएको छ । गत आइतबार बसेको संस्थाको बैठकले सो निर्णय गरेको हो । किराँत राई यायोक्खा बुसान शाखाको सन् २०१५ मा अहिले संरक्षक रहेका रबिन राईको अध्यक्षतामा स्थापना भएको थियो । स्थापना कालदेखिनै यस संस्थाले अाफ्नाे विधानभित्र रहेर बिभिन्न सामाजिक कार्यहरुमा समेत सक्रिय रुपमा सामेल हुदैं आईरहेको छ । संस्थाको अध्यक्ष आनन्द राईले जानकारी दिए । विशेष गरि आफ्ना मौलिक चाडपर्वहरुलाई मनाउँदै यस भेगमा रहेका अन्य नेपालीहरुलाई पनि आफ्ना मौलिक चाडपर्वहरु देखाउँदै चिनाउँदै सबै नेपालीहरुबीच भाइचाराको सम्बन्ध स्थापितफुर्सदमा
कोरियामा तनाब व्यवस्थापन र स्वेच्छिक घर फिर्ती सम्बन्धी अन्तरक्रिया सम्पन्न : अबैधानिक रुपमा कोरियामा नबस्न राजदुत सिंहको आग्रह
दक्षिण कोरियामा तनाव व्यवस्थापन, स्वेच्छिक घरफिर्ती एवम् समसामयिक सचेतना विषयमा एकदिने गोष्ठी सम्पन्न भएको छ । नेपाली राजदुतावास दक्षिण कोरिया र छनान बैदेशिक रोजगार सहयोग केन्द्रले संयुक्तरुपमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले इपिएस लगायत अन्य माध्यमबाट दक्षिण कोरिया आएका नेपालीलाई गैरकानुनी वा शरणार्थी भिसा बनाएर कोरिया नबस्न अनुरोध गरे । उनले कोरियामा गैरकानुनी रुपमा बस्ने नेपालीको संख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै एउटा नेपाली गैरकानुनी रुपमा बस्दा अर्को नेपालीको रोजगारी गुम्ने सक्ने बताए । ‘भिसा अवधि सकिएर नेपाल फर्केरफुर्सदमा
टेम्पल स्टेमा एक दिन
नेपालमा होम स्टे भने जस्तै दक्षिण कोरियामा टेम्पल स्टे छ । यो विदेशीलाई बौद्धमार्गी कोरियन कला संस्कृति देखाउने सजिलो उपाय हो । हामी पनि टेम्पल स्टे हेर्न जाने भएका छौ । यसरी टेम्पल स्टे हेर्न जानको लागि सबै मिलाउने काम सउल नेपाल गुम्बाले गरेको छ । ‘बिहानको ठ्याक्कै नौ बजे कोरियन टाइममा गाडी गुड्छ ।’ हिजो फोनमा सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ लामाले भनेका हुन् । एक हुल कोरियन साढे आठ नहुँदै बसमा चढि सके । केही नेपालबाट कोरियामा घुम्न आएका लामा छन् । ती पनि समय भन्दा अगाडीफुर्सदमा
मान्छे र घाम
अंकुसेले तानी झारेर घोर्ले भिर तल लडाइपठाऊँ जस्तो यो घाम ओई घाम, अलिक चाँडो हिँड्! मलाई तेरो रापले भत्भती पोल्यो। बिहान उदायो बेलुका अस्तायो रातभर हरायो तेरो जस्तो सरल जीवन मेरो कहाँ छ र? तँ पो सधैँ एकै दिशा हिँड्छस् र पो सजिलो होला तेरो यात्रा तेरो त राजमार्गको यात्रा छ मान्छेले त आफ्नो बाटो आफै बनाउँदै हिँड्नुपर्छ। मेरो त जति बनाउँदै जान्छु उति मेटिँदै आउँछ बाटो ओई घाम, म थाकेको छु हारेको छु बाटोसँग मैले आशा मारेर मेरो सपनाको चिहान नजिकै गाँडे सत्य हो नपत्याए हेर मेरो नङको चेपचेपमाफुर्सदमा
तीन लधु कथा
(१) व्यापारी एक व्यक्तिले जीवनभर कपडाको व्यापार गर्याे र ऊ सफल पनि भयो । ऊ ७८ वर्षको भइसकेको थियो । उसका दुवै छोराले कारोबार राम्रैगरी सम्हालिरहेका थिए तर ऊ जहिले पनि पसल आएर सबै कुरामा हस्तक्षेप गरिरहन्थ्यो । उसलाई अझै नाफा कमाउने लालसा थियो ।बुवाको व्यवहारबाट आजित भएपछि छोराहरूले पारिवारिक पण्डितलाई बोलाएर आग्रह गरे, “धेरै पैसा कमाउने लोभबाट बुवा बिरामीजस्तो हुनुभयो । उहाँलाई वर्षभरि तीर्थ घुमाउन लैजानुप¥यो तपाईंले । कमसेकम उहाँको ध्यान धनसम्पत्तिबाट हटेर पूजापाठमा त लाग्थ्यो ।” पण्डित सहमत भयो । दुवै तीर्थयात्रामा हिँडे । एक वर्षसम्म उनीहरू बद्रनाथ,फुर्सदमा
दुई कोरियाद्वारा सीमा क्षेत्रीय रेलमार्गको निरीक्षण गर्ने
उत्तर र दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् । उक्त रेलमार्गको निरक्षण आगामी नोभेम्बर ३० बाट गर्ने सहमति भएको दक्षिण कोरियाको एकिकरण मन्त्रालयले जानकारी दिएको छ । आगामी शुक्रबारबाट शुरु हुने यो सीमा क्षेत्र रेलमार्गको निरीक्षण १८ दिनसम्म हुने जनाइएको छ । यी दुई देशको सीमा क्षेत्रमा रहेको यस रेलमार्गको यसरी संयुक्तरुपमा निरीक्षण शुरु भएको सन् १९५३ मा दुई कोरियाको विभाजनपछिकै पहिलो पटक हो । दुई देशबीच गत जुन महिनाको अन्त्यबाट नै संयुक्तरुपमा यो रेलमार्ग निरीक्षण गर्ने विषयमा छलफल भई योजना बनेकोफुर्सदमा
दक्षिण कोरियामा मृत्यू भएका परिवारलाई थारु कल्याणकारिणी सभाले गर्यो आर्थिक सहयोग
केही समय अघि आफ्नै होस्टलमा सुतेको बेलामा मृत्यु भएका कैलालीका २८ वर्षीय प्रमोद चौधरी र सडक दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएका पर्साका पर्सागढी नगर पालिकाका ४५ वर्षीय ओम प्रकाश चौधरीका परिवारलाई थारु कल्याण कारीणी सभा दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । मंगलबार काठमाडौमा एक कार्यक्रम आयोजना गरेर थाकस दक्षिण कोरियाका निबर्तमान अध्यक्ष पुष्प चौधरीले सो सहयोग परिवारलाई दिएका हुन् । ‘हामीले परिवारलाइ केही होस भनेर थोरै सकेको सहयोग गरेका हौ ।’ थाकस दक्षिण कोरियाका अध्यक्ष शिव चौधरीले भने । ‘सहयोग हामीले प्रमोद चौधरीको श्रीमती सरीता चौधरीलाई १ लाखफुर्सदमा
तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसानले महिला सेल्टर सञ्चालन गर्ने
कोरियन सलनालमा तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसानले २८५५ औँ सोनाम बृहत् ल्होछार संस्कृतिक कार्यक्रम सहित महिला सेल्टर “नाना आङा धिम, किम्हे” उद्घघाटन गर्ने भएको छ । ‘हामी बुसान क्षेत्रमा महिला सेन्टर खोल्न गैरहेका छौ । सलनालबाट औपचारिक रुपमा नानाआङा धिम संचालन हुनेछ । यसले यो क्षेत्रका सबै दिदी बहिनीलाई सजिलो हुनेछ ।’ तामाङ समाज ख्यङ्सङ्नाम्दो दक्षिण कोरियाका महासचिव मिलन थिङ तामाङले भने । ‘तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसान, दक्षिण कोरियाका अध्यक्ष विश्वास ब्लोन तामाङले ल्होछार कार्यक्रममा उपस्थित भैदिन आग्रह गरे । ‘यो संस्कृतिक कार्यक्रम सबै नेपालीको हो बुसान क्षेत्रमा बसेका साथीभाइलाई उपस्थितफुर्सदमा
सूर्यलाई मधुरो बनाएर ग्लाेबल वार्मिङ कम गर्ने वैज्ञानिकहरुको उपाय
वैज्ञानिकहरुले अहिलेको बिग्रदो वातावरणीय अवस्थामा सुधार ल्याउन पृथ्वीको वायुमण्डल वरिपरि सूर्यको किरण मधुरो बनाउने केमिकल छर्नेबारे छलफल गरिरहेका छन् । हाभर्ड र येल युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको सो अध्ययनमा ‘स्ट्राटोस्फेरिक आर्सेनोल इन्जेक्सन’ प्रणालीको प्रयोग गर्न सकिने उल्लेख गरिएको छ जसले अहिलेको जलवायु परिवर्तनको प्रभावलाई आधा कम गराउन सक्ने उनीहरुले दाबी गरेको संचार माध्यम सिएनएनले जनाएको छ । यस प्रविधि अन्र्तगत पृथ्वीको तल्लो वायुमण्डल, करिब २० किलोमिटर माथि अधिक मात्रामा सल्फेटका कर्णहरु स्प्रे गर्नुपर्ने हुन्छ । यसका लागि विशेष रुपमा डिजाइन गरिएका धेरै उचाइसम्म पुग्ने बेलुन र नौसेना शैलीका ठूला बन्दुकहरुको प्रयोगफुर्सदमा