गाेकुल थाेकर
KHYANG-BU GUYS द्वारा आयोजित डान्स पार्टी सफलता पुर्वक सम्पन्न
तामाङ समाज ख्यङ्साङ्नम्दो, बुसानले संचालन गर्न लागेकाे सेल्टर (आवास गृह) को आर्थिक सहयोगार्थ KHYANG -BU GUYS ले सेप्टेमबर २३ मा गरेकाे डान्स पार्टी सफलता पुबर्क सम्पन्न भएकाे छ । कार्यक्रममा कोरियाको विभिन्न ठाउबाट अाएका नेपालीहरुले उत्साहजनक सहभागिता जनाएको थिए। बेलुकी नाै बजेबाट सुरू भएकाे कार्यक्रममा विभिन्न प्रकारका डान्सिङ गीतहरूमा सहभागी नाचेका थिए। डान्स पार्टी बिहान ४ बजे सम्म संचालन भएको थियो। कार्यक्रममा सहभागी भएका सबैलाई अायाेजक तामाङ समाज ख्यङ्साङ्नाम्दो, बुसानले हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेको छ।
उदयपुर सेवा समाजले नयाँ सदस्यलाई स्वागत तथा सम्मान
उदयपुर सेवा समाज दक्षिण कोरियाले बुधवार सउलमा नयाँ सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको छ । उदयपुर जिल्लाबाट दक्षिण कोरियामा आएर काम गरिरहेका युवाहरुको संस्था हो । कार्यक्रमा सम्मानित हुनेमा बिष्णु पुरी, रमेश कार्की, संजय लामा, नबराज गिरी, कमल राई, लरेन्ज राई, सन्तोष बुढाथोकी, रोशन राई, सुमी राई र जस्मिन राई रहेका छन् । सम्मानित नयाँ सदस्यहरुलाई सबैलाई समाजका अध्यक्ष मधुकर राई तथा उपाध्यक्षहरु बिद्यानन्द चौधरी र प्रदिप किसानीले सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष राईले दुई बर्षमै संस्था दक्षिण कोरियामा स्थापित भएको बताएका थिए ।फुर्सदमा
ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाको महाधिवेशन सम्पन्न अध्यक्षमा कान्छाबाबु ह्योल्मो निर्वाचित
ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिबेशनबाट अध्यक्षमा कान्छाबाबु ह्योल्मो निर्वाचित भएका छन् । सोमबार भएको अधिबेशनसँगै ह्योल्मो समाजले बार्षिक वनभोज कार्यक्रम पनि गरेको थियो । कोरियाको मनोरम पर्यटकीय स्थल नमयांग्जूको नामु सारंग केम्पमा वनभोज कार्यक्रम भएको थियो । आइतबार भएको वनभोजमा कोरियामा रहेका ह्याल्मोहरुको सहभागिता रहेको थियो भने नेपालबाट ह्योल्मो समुदायका अगुवा रेन्जेंन ग्युर्मी ह्योल्मो प्रमुख अतिथी थिए । कार्यक्रममा बोल्दै उनले विदेशमा आफ्नो समुदायको आफन्तहरु भेटघाट गर्दै आफ्नै बिषयमा छलफल गर्न पाउनु ठूला उपल्ब्धी भएको बताएका थिए । कार्यसमितिका निवर्तमान अध्यक्ष पेम्बा दोङ्वा ह्योल्मोले आफुले गरेका कामहरु पछिल्लोफुर्सदमा
पत्रकार सहासंघ दक्षिण कोरियाको अधिवशेनमा राजदुतको अपमान गरेको आरोप
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको छैटौ अधिबेशनबाट रञ्जन कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको अधिबेशनमा कोरियाका लागि नेपाली राजदुत अर्जुन जंगबहादुर सिंहले प्रमुख अतिथी नबानएको भन्दै आफ्नो छोटो भनाई राखेर बाहिरिएका थिए । उनले आफ्नो र राजदुत पदकै अपमान भएकोले पत्रकार सहासंघको आगमी कार्यक्रमहरुमा आफु नआउने भन्दै हिडेका थिए । ढिलो गरि पुगेका राजदुत सिंहले कोरियामा भएका पत्रकारको संस्थालाई सामान्य शिष्टचार पनि थाहा नभएको बताए । ‘पत्रकार कि पत्रुकार ? कस्तो खालको पीत पत्रकारिता हो यो ? यस्तो अपमान पनि हुन्छ ? प्रमुख अतिथी भनेर बलाउने यहाँ चाहिफुर्सदमा
थारु कलयाण कारिणि सभाद्वारा मृतक चौधरी द्वयको श्रद्धाञ्जली सभा सम्पन्न
सउल । थारु कलयाण कारिणि सभा दक्षिण कोरियाले रोजगारिको सिलसिलामा यहाँ मृत्युभएका थाकस द. कोरियाको सल्लाहकार अोम प्रकाश चाैधरि(पर्सा) र प्रमोद चाैधरि (कैलालि)को श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। थाकस दक्षिण कोरियले छुसकको अवसरमा गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको क्रममा सेप्टेम्बर २३ तारिखको दिन सउलको एक रेस्टुरेन्टमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । कार्यक्रम लाई सम्बोधन गर्दै थाकस दक्षिण कोरयाका अध्यक्ष शिब चाैधरीले मृतक प्रती संवेदना व्यक्त गर्दै यहाँ मृत्युु भएका दुई ब्यक्तिको परिवारलाई सकेको आर्थिक सहयोग गर्ने बताए । उनले भने कोरियामा रहेका सामाजिक, जातिय तथा क्षेत्रीय संघसंगठनका सहभागीहरुलाई पनिफुर्सदमा
रिदम लाइभ कन्सर्टको सम्पुर्ण कलाकार कोरियामा, उपस्थितका लागी सबै नेपालीलाई आव्हान
काभ्रे र धादिङ जिल्लाको विकट गाउँमा एम्बुलेन्स संचालन गर्ने मुख्य उद्देश्यले दक्षिण कोरियामा गर्न लागेको “रिदम लाईभ कन्सर्ट तथा साँस्कृतिक धमाका”मा सहभागी हुन सम्पुर्ण कलाकार कोरिया आइपुगेको छ । मुख्य कलाकार दिपक बज्राचार्यको टिम भने ३ दिन अगाडि नै आइसकेको काभ्रे सम्पर्क मंच दक्षिण कारिएको उपाध्यक्ष सानू लामाले जानकारी दिएको छ । आज पुर्णिमा लामा, राजा राजेन्द्र पोखरेल, अञ्जली अधिकारी, रक्षा श्रेष्ठ, बबिता बानियाँ (जेरि) लगायत सबै कलाकारहरू कोरिया आइपुगेको जानकारी धादिङ समाज कारिएको अध्यक्ष सन्तोष अधिकारीले दिएको छ । कोरियाको ठूलो चाड तथा लामो विदा समेत हुने छुसकको अवसरमा गर्नफुर्सदमा
छुसकमा राजन गुरुङ र प्रिति आलेको लाईभ दोहोरी हुने
यहि आउंदो छुसकको पहिलो साॅझ ङोलो ङोल्स्यो ग्रुप दक्षिण कोरियाको आयोजनामा पहिलोपटक ङोलो ङोल्स्यो(सोल्टी सोल्टिनी)लाईभ दोहोरी साँझ साथमा डान्स धमाका २०१८ कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ। कोरियामा रहेका लोक तथा दोहोरी गीत-संगीतका पारखीहरुलाई विशेष लक्षित गरी हुन लागेको उक्त कार्यक्रम २३ सेप्टेम्बरको बेलुका ७ बजे देखि शुरु भएर २४ को बिहान ५ बजेसम्म सञ्चालन हुने आयोजकले बताएका छन । नेपालबाट आमन्त्रित अहिलेको चर्चित राष्ट्रिय कलाकारहरुको साथमा कोरिया मै रहेका कलाकारहरुको प्रस्तुतीमा उक्त कार्यक्रम हुने भएको हो । नेपाली लोकदोहोरी फांटमा दुई बर्ष यताकै चर्चित मौलिक लोकदोहोरी गीत उहि खोलीमाफुर्सदमा
राष्ट्रपति मुन स्वदेश फिर्ता, किमले चाँडै सउल भ्रमण गर्ने
सउल । उत्तर कोरियाको ३ दिने भ्रमण गरेर दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन बिहीवार स्वदेश फर्केका छन् । कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने, अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने लगायत विषयमा शिखर वार्ताका लागि राष्ट्रपति मुन प्योङयाङ पुगेका हुन् । शिखर वार्ताको क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले आणविक निःशस्त्रीकरणका लागि क्षेप्यास्त्र परीक्षण केन्द्र बन्द गर्ने, दुवै नेताबीच उत्तर र दक्षिण कोरियाले आपसी सहयोगका क्षेत्रहरूलाई फराकिलो बनाउने लगायत किमले चाँडै दक्षिण कारिएको भ्रमण समेत गर्ने सहमति भएका छन् । संचार माध्यमहरुका अनुसार बुधबार दुई कोरियालीफुर्सदमा
मजदुर युनियनको आयोजनामा सउलमा विशाल र्याली तथा विरोध सभा हुने
आप्रावासी मजदुर युनियन (MTU)र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (KCTU) ले अक्टोबर १४ आइतबार दक्षिण कोरियाको राजधानी सउलमा विशाल विरोध र्याली तथा सभाको आयोजना गर्ने भएको छ । स्वइच्छाले कम्पनी परिवर्तन गर्नु पाउनुपने, कम्पनीले खानबस्न सुबिधा दिएबापत तलबको बीस प्रतिशत सम्म काट्न पाउने जारि गरेको निर्देशिका खारेज गर्नुपर्ने, हालै सरकारले आगमी बर्ष देखि लागु हुने तलब बृद्धि कम्पनी व्यावसायीले घटाउनु पर्ने भनि राखेको माग फिर्ता गर्नु पर्ने, रोजगार अनुमति प्रणाली (इपिएस) खारेज गरि कार्य भिसा प्रणाली (WPS) लागू गर्नुपर्ने लगाएतको माग राख्दै र्यालीको आयोजना गर्न लागिएको एमटुयूका अध्यक्ष उदय राईले बताएफुर्सदमा
प्योङयाङ पुगेका राष्ट्रपति मुनलाई किमको भब्य स्वागत(फोटो फिचर)
सउल । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन औपचारिक भ्रमणका लागि मंगलबार प्योङयाङ पुगेका छन् । कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने, अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने मुख्य उदेश्यका साथ राष्ट्रपति मुन प्योङयाङ पुगेको यहाँका संचार माध्यमले जनएको छ । प्योङयाङ अन्तराष्ट्रिय विमानस्थलमा मुनको स्वागतका लागि किम र पत्नी रि सोल्जुका साथै हजारौँ उत्तर कोरियाली वासिन्दा पनि फूलसहित उपस्थित भएका थिए । उनीहरुले ठूलो स्वरमा एकिकृत कोरियाको गीत गाइरहेका थिए । यसै अवसरमा उत्तरले उनको सम्मानमा भव्य परेडको पनि आयोजना गरेको थियो । कोरियाली नेता किमफुर्सदमा