गाेकुल थाेकर
कास्की समाज कोरियाले तीज सांस्कृतिक कार्यक्रम र अधिबेशन गर्ने
हरितालिका तीजको अबसर पारेर कास्की परिवार दक्षिण कोरियाले कोरियामा रहेका कास्केली चेलीबेटीलाई सामुहिक दर खुवाउने कार्यक्रम राखेको छ । सेप्टेम्बर १६ आइतबार सउल तोङदेमुनको अन्नपुर्ण सान रेष्टुरेन्टमा दिउँसो १२ वजेबाट कार्यक्रम हुनेछ । आयोजकले कोरियामा रहेका काँस्केली चेलीबेटी तथा दाजुभाइहरुलाई उपस्थित हुन आग्रह गरेको छ । तीज कार्यक्रममा सामुहिक भोजन तथा सांगीतिक रमाइलो भएको कास्की समाजका अध्यक्ष दिलजलरी पासाले जानकारी दिएका छन् । ‘दक्षिण कोरियामा लोकगीत सङ्गीतको क्षेत्रमा बिस्तारै आफ्नो उचाई चुम्दै गर्नु भएकी गयिका रमिला गौतम, केही समयको लागि कोरिया आउनु भएकी लोक गायिका मन्जु बिक, लोक गायक पुरनफुर्सदमा
राप्ती बृहत सांगीतिक सौगत भाग तीनको सम्पूर्ण तयारी पुरा
छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर २३ मा हुने राप्ती बृहत सांगीतिक सौगतको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । सउलको दोङ्देमुन नजिक रहेको जुङ्गुग खुमिन हेग्वान सेन्टरमा हुने कार्यक्रममा नेपालबाट आएका कलाकारसँगै कोरियामै रहेका कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । ‘सामाजिक कामका लागि हामीले यो प्रयास गरेका हौ । यसबाट उठेको रकमबाट एउटा अक्षयकोष खडा गर्ने हाम्रो प्रयास छ ।’ राप्ती समाज दक्षिण कोरियाका सचिब ओमलाल वलीले भने । ‘यसरी जम्मा भएको अक्षय कोषबाट समस्यामा परेकाहरुलाई सहयोग गर्ने लक्ष्य छ । हाम्रो लक्ष्यमा सफल हुन्छौ भन्नेमा ढुक्क छौ ।’ उनलेफुर्सदमा
कोरियामा सवारि दुर्घटनामा परि एक नेपालीको मृत्यू
बिद्यानन्द चौधरी इपिएस मार्फत कोरिया आएका एक नेपालीको शनिबार सवारि दुर्घट्नामा परि मृत्यू भएको छ । नेपालमा पर्सा जिल्ला गढि नगरपालिकाका ४६ बर्षिय ओमप्रकास चौधरी हुन । दक्षिण कोरियाको गिम्पो कार्यरत चौधरी शनिवारको आफ्नो काम सकेर साइकलमा नजिकैको मार्ट जाने क्रममा दुर्घटनामा परेका थिए । उनलाई पछाडीबाट गाडीले ठक्कर दिएको सोही कम्पनिमा कार्यरत राज मल्लले वताएका छन् । ‘मार्टमा जानु भएको थियो । पछाडीबाट गाडिले ठक्कर दिएछ ।’ उनले भने । घट्नालगतै स्थानिय प्रहरीले घइते चौधरीलाई स्थानीय अस्पतलमा पुर्याएका थिए । त्याहाँ उपचार हुन नसकेपछि तत्काल यएरएम्बुलरनसबाट उनलार्ई आजु मेडिकलफुर्सदमा
पत्रकार रवि लामिछाने दक्षिण कोरिया आउने
सिउल । पछिल्लो समयको चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का प्रस्तोता तथा लोकप्रिय पत्रकार रबि लामिछाने दक्षिण कोरिया आउने पक्का भएको छ । कोरियाको ठूलो चाड छुसकको अवसर पारेर यहि सेप्टेम्बर २४ तारीखमा बृहत अन्तरक्रिया कार्यक्रमको लागि ३ दिने भ्रमणमा दक्षिण कोरिया आउने जानकारी सामाजिक अभियन्ता तथा कार्यक्रम संयोजक यम श्रेष्ठले दिएका छन् । कोरिया आउनु अघि जापान समेत आउने पत्रकार लामिछानेले यस कुरालाई पुष्टि गर्दै जापान र कोरियाको भ्रमण बारे आफ्नो फेसबुक मार्फत भिडियो समेत सार्वजनिक गरेको छ । लामिछानेले फेसबुकमा लेखेका छन् “जापान र कोरियामा रहनुहुने दाजुभाई दिदीफुर्सदमा
फोनिज कोरिया र तामाङ पत्रकार संघ कोरियाले दियो एकदिने आधारभुत पत्रकारिता तालिम
टंकेश लिम्बू दक्षिण कोरियामा रहेका पत्रकारिता गर्न चाहाने युवाहरुलाई लक्षित गरेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ((फोनिज) कोरिया र तामाङ पत्रकार संघ दक्षिण कोरियाले आइतबार एकदिने आधारभुत समाचार लेखन तालिम गरेको छ । सउलमा भएको कार्यक्रममा चार दर्जन युवाहरुको सहभागिता रहेको थियो । ‘समाचार लेखन तालिमले पत्रकारिता गर्न चाहने युवाहरुलाई पत्रकारिताका बारे थोरै कुरा भए पनि सिकाउँछ । यसले मेहनत गर्ने युवालाई राम्रो मौका दिए जस्तो लाग्छ ।’ फोनिज कोरियाका अध्यक्ष तथा प्रशिक्षक गोकुल थोकरले भने । ‘अहिले कोरियाको समग्र पत्रकारिताको कुरा गर्दा त्यति राम्रो छैन । यस्ता तालिमले केहीफुर्सदमा
बा को टोपी
भीम एस.तामाङ्ग (बाबु साईला) सानै थिंए टाउको पनि सानै थियो रहरै त हो एकदिन टाउको भन्दा साविक ठुलो बाको टोपी लगाएं आंखा र कान छोपिएर नाकको डिलछेऊ टोपी आईपुग्दा ह्वास्स गन्हायो अनि कतै मिल्काईदिंए किन किन मलाई त्यो गन्ध फिटिक्कै मन परेको थिएन आज धेरै पछाडि यो उखरमाउलो गर्मीसंगै कतै बिरानो देशमा श्रम खेप्दै पसिना बगाईरहंदा आफ्नै टोपीले पसिना पुछें उहि गन्ध महशुस भो अनि सम्झिंए बा को टोपी अहो,त्यो टोपी भित्र कति कथाहरु थिए होलान् सन्तान हुर्काउनका लागि शायद बा ले त्यो टोपीमै रगत र पसिना बगाएर कतिफुर्सदमा
रामेछाप सम्पर्क समितिको दोस्रो अधिबेशन छुसकमा
कोरियामा रहेका संस्था रामेछाप सम्पर्क समितिको दोस्रो अधिबेशन छुसकमा गर्ने भएको छ । कोरियनहरुको ठूलो चाड छुसकको अवसरमा हुने बिदाको पहिलो दिन सेप्टेम्बर २३ तारिक अधिबेशन गर्ने भएको हो । `प्रबासमा रहेका रामेछापबासी एक हौ, जिल्लाको बिकासमा टेवा पुर्याऔ´ भन्ने मुल नाराको साथ दक्षिण कोरियामा सन् २०१६ मा स्थापना भएको समितिको यतिबेला ऐतिहासिक दोस्रो अधिबेशनको तयारी भइरहेको समितिका सदस्य बुद्ध लामाले जानकारी दिए । समितिको पदाधिकारीको प्रारम्भिक बैठकले अधिबेशन सूचना जारी गर्दै विशेष रुपमा जिल्लाबासीहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् । अधिबेशन स्थान सउल मेट्रो लाईन लाइन ६ को आनामफुर्सदमा
कोरियामा सुतेकै अबस्थामा एक नेपालीको मृत्यू
दक्षिण कोरियामा सुतेकै अवस्थामा कैलालीका प्रमोद चौधरीको निधन भएको छ । छुन्छङनाम्दो उन्संगुनको बंगुर फार्ममा कार्यरत उनी तीन बर्ष अघि कोरिया आएका थिए । दुई जना नेपाली मात्र काम गर्ने बंगुर फार्म धेरै ठूलो नभएको संगै काम गर्ने पोखराका खगराज ढुङ्गनाले बताएका छन् । बेलुकीसँगै खाना खाएर सुतेको भए पनि विहान काममा जान समयमा नउठे पछि उठाउन खोज्दा मृत फेला परेका थिए । चौधरीको शब स्थानीय अस्पतालमा लगिएको र प्रारम्भिक रिपोर्टमा हर्टअट्याक भएको हुन सक्ने देखिएको थारुकल्याणकारी सभाका शिभशंकर महतो थारुले बताएका छन् । ‘हामीलाई पनि धेरै कुरा थाहा भैसकेकोफुर्सदमा
दक्षिण कोरियामा कमाइ उत्पादमुलक क्षेत्रमा लागानी गर्नुस : कांग्रेस नेता प्रदीप पौडेल
नेपाली काग्रेसका युवा नेता प्रदीप पौडेलले कोरियामा रहेका नेपालीहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आव्हान गरेका छन । दक्षिण कोरियाको राजधानी सउलमा आइतबार भएको नेपाली जनसम्पर्क समितिको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । पौडेलले जनतालाई सरकारले नागरिकता मात्र दिएर राज्यको दायित्व पुरा नहुने बताए । ‘ जनतालाई गुणस्तरीय शिक्षा, राम्रो उपचारको व्यवस्था पनि हुनु पर्छ । दक्षिण कोरियाको कामदारको जीवनशैली खाडीको भन्दा राम्रो भएको साथै नेपाली यहाँ आउँदा जिटुजी सम्झौता मार्फत आएकोले सजिलो छ । अब अरु देशमा पनि कोरियाकै शैलीमा विदेश पठाउनु पर्छ । यसरी आफ्नो कमाइ देशमा पठाउनेफुर्सदमा
छुसकमा खोटाङ सेवा समाजले हलेसी सांगीतिक सौगत गर्ने
छुसकमा खोटाङ सेवा समाजले खोटाङ हलेसी सांगीतिक सौगात भाग ४ गर्ने भएको छ । सेवा समाजले आइतबार सउलमा अन्तरक्रिया कार्यक्रम गरेर पोस्टर सार्वजनिक गरेको हो । सो कार्यक्रममा पुर्वाञ्चल क्षेत्रका १६ वटा संस्थाका प्रतिनिधिहरू उपस्थित थिए । खोटाङ सेवा समाजले आपतकालीन राहत कोष स्थापनार्थ कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक अमृत राईले बताए । ‘हाम्रो क्षेत्रमा शिक्षामा पहुँच नहुने धेरै विपन्न बालबालिका छन् । हाम्रो सानो सहयोगले जीवन परिवर्तन हुन सक्छ । हामी त्यही प्रयासका लागि यो कार्यक्रम गर्दैछो । सबैको साथ सहयोग हुनेमा विस्वस्त छौ ।’ उनले थपे । ‘पुर्वाञ्चलकाफुर्सदमा