गाेकुल थाेकर
फेरि कोर्नुछ नक्सामा गाउ
सन्तलाल तामाङ ‘यामदास’ यार हामीले कोरेको हाम्रो गाउँ उस्तै छ कि कोरिएको छ साथि???? पर देउरालीबाट औँलाले जोडिएको रोड जोडियो कि? हाम्रो गाँउलाई गिज्याई रहेछ? पारी मोक्तान गाँउमा हरेक रात चम्किने बिजुली बति वारी हाम्रो गाँउमा पनि बलेको छ कि? कि सधैँ झैँ हाम्रो गाउँ तारा चम्किने रात कुरिरहेको छ? हामीले पानापाना कोरिरहेको हाम्रो गाँउको नक्सा पूरा बनाउन नपाउदै नक्सा भित्रको गाउँ नक्सामा नै छोडेर कसैको देशको माटो उमार्न पर्देसीनु पर्दाको कथा लेख्नु छ मलाई। हामीले कोरेको नक्सामा अझै रङ्गिनँ रङँहरु थपियो कि? कि नक्सामा भन्दा पनि कमजोरफुर्सदमा
यही आइतबार थेजनमा साहित्यकार प्रगति राईको एकल कविता वाचन साथै एसवि आइ रेमिटको सेवा उपलब्ध हुने
नेपाल कोरिया कल्चर सेन्टरको आयोजनामा यही आइतबार दक्षिण कोरियाको थेजन शहरमा कवि तथा लेखक प्रगति राई एकल कविता वाचनमा प्रस्तुत हुने भएका छन् । उनी आफ्ना केही चर्चित र नयाँ कवितासाथ प्रत्यक्ष प्रस्तुत हुने भएका हुन् । लेखक राई आफ्नो पछिल्लो कृती बिर्सिएको मृत्यु नामक उपन्यास लिएर कोरिया आएका हुन् । जीवनका विभिन्न आयम सहित बैदेशिक पलायनले निम्ताएको दुःख र आतकंलाई प्रस्तुत गरिएको यस उपन्यासलाई धेरैले रुचाएका छन् । प्रदेशी भूमि कोरियामा रहेका नेपालीहरुको लागि पनि सो उपन्यास सान्दर्भिक रहेको छ । विशेष गरी महिला मुद्याका विभिन्न आयममा कलम चलाउदैफुर्सदमा
दक्षिण कोरियामा मनाइयो २४ औ आदिबासी दिवस
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले २४ औं विश्व आदिवासी दिवस अगष्ट ५ तारिख आइतबार कोरियाको राजधानी सउलमा मनाएको छ । उक्त कार्यक्रममा दक्षिण कोरियामा रहेका १२ वटा आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो । प्रत्येक वर्षको ९ अगष्टमा विश्वभरका आदिवासीहरुले विश्व आदिवासी दिवस मनाउँछन् । दक्षिण कोरियामा भने धेरैको आइतबार बिदा हुने भएकोले अगष्ट ५ मै कार्यक्रम गरिएको हो । दक्षिण कोरियामा रहेका नेपाल आदिबासी जनजातिले मनाएको आदिबासी दिवस सम्बन्धी सिमा लामाले तयार पारेको भिडियो रिपोर्ट ।
मरेको मन
जानै मन थिएन । साथीभाइ र घर परिवारको किचकिच खप्नै नसकेर उठ्ने बितिक्कै नयाँ बानेश्वरबाट पुरानो बानेश्वर हुँदै पशुपति तिर लागि । विहान विहानै मान्छेहरु मर्निङ वाकमा दौडिएका छन् । गृहणीहरु कोही तरकारी किन्न दौडिएका छन् कोही किनेर फर्किएका छन् । बानेश्वर चोकको तरकारी पसलमा मान्छेका भिड छन् । सवारी साधनको चाप पनि उस्तै छ तर काफियालाई ती मान्छेका हल्लाले छोएन । मोटर गाडीका हर्नले पनि छोएन । श्रवण महिनाको पशुपति मन्दिर । भीडभाड छ । आज काफियालाई मन्दिर परिसर पनि नौलो लागेकोे छ । मान्छेहरु सबै नयाँ झैफुर्सदमा
गायक बाबु मोक्तान आए सोल्टिनी जिस्क्याउँदै
बैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा रहेका गायक बाबु मोक्तान बिएलले आफ्नो दोस्रो एल्बम बेदनाको घाउमा समाबेश गीत सोल्टिनी साह्रै मन पर्योको म्युजिक भिडियो सार्बजानिक गरेका छन् । धादिङको रुबी भ्याली छेउछाउको रमाइलो दृश्यमा छायाङ्कन गरिएको म्युजिक भिडियोलाई भिमफेदी गाइजले तयार पारेको हो । तामाङ लोकसेलोमा आधिरित गीत युवाहरुले मन पराउने गायक मोक्तानको विस्वास छ । ‘हामीले राम्रो गीत बनाउने प्रयास गरेका छौ । म्युजिक भिडियो पनि राम्रै बनेको छ ।’ उनले भने । ‘सबै दर्शक स्रोताले हेरेर प्रतिक्रिया दिनु होला ।’ उनले थपे । गीतमा अशुसेन लामाको संगीत सुन्नफुर्सदमा
नेपकोरले फेरि नचाउँदै, जुलाई २८ मा ‘समर बास डान्स’ पार्टी हुदै
हरेक बर्ष मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको नेपकोर समूहले जुलाई २८ मा अमेरिकन, कोरियन र नेपाली महिला डिजे सहितको ‘समर बास डान्स पार्टी’ गर्ने भएको छ । सो समयमा दक्षिण कोरियाको धेरै कम्पनीमा गर्मी बिदा हुने भएकोले नेपाली युवाहरुलाई रमाइलो गर्ने उदेश्यले कार्यक्रम गर्न लागेको आयोजक जनाएको छ । दक्षिण कोरियामा नेपालीहरुले बास डान्स पार्टी गरेका छैनन् । यो डान्स पार्टी नेपालीहरुका लागि पहिलो पटक हुनेछ । त्यसैले पनि बास डान्स पार्टी मनोरञ्जनात्मक हुने आयोजकले बताएका छन् । कार्यक्रममा कोरियाका डिजे नोस, डिजे बो रा हुनेछन् । नेपाली डिजेहरु बिट रफुर्सदमा
किम्हे बुसानमा छुसक डान्स पार्टी हुने
KHYANG-BU GUYS ले कोरियन चाड छुसकको पहिलो दिन अर्थात आउदो सेप्टेम्बर २३ तारिखमा डान्स पार्टी आयोजना गर्ने भएको छ । छुसक डान्स पार्टीमा कोरियन तथा नेपाली डिजेले अङ्ग्रेजी, कोरियन, हिन्दी र नेपाली गीत बजाएर मनोरञ्जन दिने भएका छन् । KHYANG-BU GUYS दक्षिण कोरियाको ख्यङ्साङ्नाम्दो र बुसान क्षेत्रका युवाहरूको समूह हो । दक्षिण कोरियामा नेपाली युवाहरू मानसिक तनावका कारण डिप्रेसन हुने समस्या बढिरहेकोले युवाहरु मिलेर मनोरञ्जनात्मक कार्यक्रम गर्दै कम गर्ने उदेश्यले डान्सपार्टी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । डान्स पार्टीबाट भएको आम्दानी तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसान दक्षिण कोरियाले बुसानरकिम्हेमाफुर्सदमा
१०.९ प्रतिशत तलब बढ्यो दक्षिण कोरियामा काम गर्ने कामदारको : जनवरी देखि लागु हुने
दक्षिण कोरियन सरकारले सन् २०१९ को लागि कामदारको तलब बढाएको छ । शुक्रबार अबेर रातिसम्म चलेको ज्याला निर्धारण समितिको बैठकले कामदारको तलब १०.९ प्रतिशत बढाएको हो । आगमी बर्षको जनवरी देखि एक घन्टा काम गरे ८३५० वन कामदारले पाउने छन् । मासिक रुपमा बेसिक तलब १७,४५,१५० हुने भएको छ । अहिलेको दक्षिण कोरियाको सरकारलाई मजदुर मैत्री सरकारका रुपमा हेरिन्छ । गत बर्ष पनि सरकारले १६ प्रतिशत तलब बढाएको थियो । अहिलेका राष्ट्रपनि मुन जेईनले आफ्नो राष्ट्रपतिय चुनाबका समयमा नै सन् २०२० सम्म एक घन्टा कामको मान वन पुर्याउने घोषणा गरेकाफुर्सदमा
प्रवासी मजदुर संगठनका अध्यक्ष उदय राईसँगको फोनिज संबाद ।
प्रवासी मजदुर संगठनका अध्यक्ष उदय राई दक्षिण कोरियामा रहेका विदेशी कामदारका लागि नयाँ नाम होइन । उनले लामो समय देखि दक्षिण कोरियामा रहेका मजुदुरका पक्षमा आवाज उठाउँदै आएका छन् । उनै राईसँग दक्षिण कोरियाको मजदुरको अबस्थाको बारेमा लागि सिमा लामाले गरेको फोनिज संबाद ।
दक्षिण कोरियामा पहिलो पटक तामाङ चलचित्र प्रर्दशन
नेपाल तामाङ संघ दक्षिण कोरियाले कोरिया पहिलो पटक तामाङ भाषाको चलचित्र सेम ताबा म्ही (मन परेको मान्छे ) प्रर्दशन गरेको छ । कोरियामा नेपाली चलचित्र प्रदर्शन हुने भए पनि भाषाभाषीको चलचित्र पहिलो पटक प्रदर्शन भएको हो । चलचित्र बुसान, थेगु र सुवनमा प्रदर्शन गरिएको हो । आइतबार सुवन भएको कार्यक्रममा सोही चलचित्रका निर्देशक राजकुमार मोक्तानको कबिता संग्रह म र मेरो देश कार्यक्रमका प्रमुख अतिथि कोरियाको लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले विमोचन गरे । कार्यक्रममा बोल्दै राजदुत सिंहले नेपाल बहुभाषी, बहुजाति र बिबिध खालको संस्कृति बोकेको देश भएकोले चलचित्रलेफुर्सदमा