गाेकुल थाेकर
कोरियामा तामाङ चलचित्र सेम ताबा म्हि प्रदर्शन हुने
नेपाल तामाङ संघ दक्षिण कोरियाले जुलाई ८ तारिख आइतबार तामाङ भाषाको चलचित्र ‘सेम ताबा म्ही’ प्रदर्शन गर्ने भएको छ । रामेछापको शेरपलिङ महायान बौद्ध धर्म अध्ययन केन्द्रमा अध्ययनरत अनाथ, गरीब तथा बिपन्न बालबालिकाहरुको सहयोगार्थ चलचित्र प्रदर्शन गर्न लागेको संघले जनाएको छ । ‘कोरियामा रहनु भएका सबै तामाङ दाजुभाइ दिदीबहिनीहरुलाई फिल्म हेर्न आउन आग्रह गर्छु । यो फिल्म तामाङ समुदायको संस्कार देखाउने प्रयास भएको छ ।’ तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइवाले भने । ‘साथै यो नेपालको कलासंस्कृति देखाउने चलचित्र भएकोले कलाप्रेमी सबैलाई चलचित्र हेर्न आउन अनुरोध छ ।’ उक्तफुर्सदमा
चर्चा कमाउन कोरियामा कमाएको पैसा खर्च
खल्ति रितो हुँदा मनमा भएको शोख भए पनि मनमै रहन्छ । अलि कति खल्ति गरम भए पछिका कुरा अर्कै भैहाल्यो । दक्षिण कोरियामा काम गरेर अलि अलि खल्ति गरम भएका मान्छेका कुरा हुन् । कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ भनेर भन्दिन । यो तिम्रै कथा हो । मलाई पनि वालमतलब । गायक भएका छन् । मेरो नयाँ गीत लाईक गर्दिनु रे । बिहान बिहानै आर्लराम बज्नु पहिले म्यासेन्जरको टिङटिङ घन्टि बज्छ । साथीको गीत सुन्दिनु पर्यो । यसो बजायो । गीत सुनेर आफैलाई लाज लागेर पानी पानी हुन्छु ।फुर्सदमा
अन्तिम बिद्रोह
समिर बमजन हो महोदय मैले बिद्रोह गरेकै हो । बिद्रोह त त्यो बेला पनि गरेको हुँ जुटको बोराभित्र आधा शरीर पोको पारेर पुर्णिमा रातको साँची बस्दै गर्दा चुपचाप चुपचाप हेरिमात्रै रहने जुनले बिहानीपख असरल्ल आँसु मात्रै छोडेर मेरो जिन्दगीबाट गएको दिन । दुई छाक पेटभरी खाने र शरिर छोप्ने गरि एकसरो लाउने आशाको बीउ रोपेर मुखियाको टारिखेतमा रातदिन नभनी असारे गोरु झैं जोतिएकै हुँ । हातमा कलम खेलाउने हजारौ रहरहरुलाइ बलि चढाएर साहु साइलाको बुकमा बारिमा यी हातमा कोदालो खनेकै हुँ । तर, गरिबीको चर्को राप र तिम्रो शोषणको छाँयामाफुर्सदमा
दोङदेमुनको माया मार्टले गर्यो लमजुङ एफसीको जर्सी प्रायोजन
दक्षिण कोरियामा रहेको लमजुङ जिल्लाको फुटबल क्लब लमजुङ एफसीको जर्सी माया मार्टले प्रायोजन गरेको छ । शनिबार माया मार्टमै एक कार्यक्रम आयोजना गरि लमजुङ एफसीले सो कुराको जानकारी गराएको हो । हवाई टिकेट, खाद्य सामाग्री र लत्ताकपडाहरुको ब्यबसाय गर्दै आएको मार्टले दक्षिण कोरियाको ब्यस्त समयबाट खेल क्षेत्रमा प्रतिबद्ध लमजुङ एफसीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएको छ । ‘पछिल्लो समय नेपालीहरु रोजगारीको लागि कोरिया आउने क्रमसँगै खेलकुद क्षेत्रमा नेपालीहरुको स्वतस्फूर्त र उल्लासमय सहभागिता भएको देख्दा खुशी लागेको छ । हामी पनि यो शुभकार्यमा सहभागी बनेका छौ । यो एकफुर्सदमा
सिंगापुर पुगे अमेरिकी राष्ट्रिपति ट्रम्प र उत्तर कोरियाली नेता किम
उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । विमानस्थलमा उनको स्वागतका लागि सिंगापुरका विदेशमन्त्री भिभियन बालक्रिस्नन उपस्थित रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरु एकअर्कासँग हात मिलाइरहेको तस्बिर भिभियन आफैँले ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् । किमको आगमनको तयारीमा सिंगापुरका सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने विमानस्थल वरपरको क्षेत्रमा पनि बिहानैदेखि कडा सुरक्षा व्यवस्था रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उता, उत्तर कोरियाबाट आएका सञ्चारकर्मीहरु पनि किमले यात्रा गर्ने सडकमा उनको तस्बिर लिन लामो समय अगाडिदेखि नै तयारी अवस्थामा बसिरहेको बताइएको छ । अन्तराष्ट्रिय सञ्चारकर्मीहरुलाई भने निश्चित सीमाभन्दाफुर्सदमा
नार्गजुन गुम्बाको १० औ बार्षिकोत्सब विश्व शान्तिको कामना गर्दै पुजापाठ
सउलको नागार्जुन गुम्बाले बुद्धजयन्ती तथा गुम्बाको १० औँ बार्षिकोत्सब आइतबार मनाएको छ । कार्यक्रममा दक्षिण कोरियामा रहेका दर्जन बढि लामागुरुहरुले पुजापाठ गरेका थिए । ‘यो पुजापाठ विश्व शान्तिको लागि हो । २५६२ औँ बुद्ध जयन्ती र हाम्रो गुम्बाको स्थापना भएको पनि १० बर्ष पुरा भयो । त्यसैले पनि यो कार्यक्रम विशेष भएको छ ।’ नार्गजुन गुम्बाका संस्थापक तथा प्रमुख लामा उर्गेन लामाले भने । ‘हामीले गर्ने पुजापाठ विश्वका सबै जीवित प्राणीका कल्याणको लागि हो ।’ उनले थपे । कार्यक्रममा कोरियन प्राचिन बौद्ध परम्परामा आधारित थेफ्यङ मु र सोगो नृत्यफुर्सदमा
भद्रगोल टेलिसिरियले तामाङ समुदायको अपमान गरेकोमा तामाङ संघ दक्षिण कोरियाको बिरोध
नेपाल तामाङ संघ दक्षिण कोरियाले नेपाली टेलिसिरियल भद्रगोल( १७१) अंकमा सुन तस्करीमा तामाङ समुदायलाई जोडेर देखाएको प्रति विरोध जनाएकोछ । संघले बिज्ञप्ति जारी गर्दै उक्त शृङ्खला तुरुन्त युट्युबबाट हटाई अब प्रसारण हुने शृङ्खलामा माफी माग्न माग गरेका छन् । बिज्ञप्तिमा भनिएको छ, ‘सुन तस्करको पात्र किन तामाङ ? र उनलाई जबर्जस्ती तामाङ भाषा किन बोल्न लगाइयो ? यसमा हाम्रो आपत्ति छ ।’ संघको अध्यक्ष मेघप्रसाद वाइबा र महासचिव गोकुल थोकरको संयुक्त हस्ताक्षरमा जारि गरिएकोे उक्त बिज्ञप्तिमा सो टेलीसिरियलले तामाङ भाषा र समुदायको मुल्य मान्यतालाई अपमान गरिएको उल्लेख छ ।फुर्सदमा
दक्षिण कोरियामा दुई दिनमा तीन नेपालीको ज्यान गयो
दक्षिण कोरियामा दुई दिनमा तीन नेपालीको ज्यान गएको छ । आज दिउँसो औद्योगीक दुर्घटनामा परेर एक जनाले ज्यान गुमाएका छन् भने हिजो सउलको मोटेलमा सुतेकै ठाउँमा एक जनाको मृत्यु भएको छ । त्यस्तै अर्का एक जनाले भने आत्महत्या गरेको छ । हिजो लमजुङ दुराडाँडा सिम्ले जमुनाका होम गुरुङको मोटेलमा सुतेकै अवस्थामा ज्यान गएको थियो । आइतबार बेलुकी मोटेलमा सुतेका गुरुङ सोमबार दिउँसोसम्म पनि कोठाबाट ननिस्किए पछि होटेल साहुले नै ढोका खोलेर हेर्दा मृत्यु भएको पाएका थिए । ‘मोटेल साहुले नै प्रहरीलाई खबर गरेको रहेछ ।’ श्रमसहचारी डिल्लिराम बास्तोलाले भनेफुर्सदमा
नेपालीले नै बनाए बौद्ध गुम्बा : नौ फिट अग्लो बुद्ध प्रतिमा प्रतिस्थापन
सधै बुद्ध वचन मात्रै गुञ्जने गुम्बामा नेपाली पञ्चे बाजा पनि घन्किएको छ । गुम्बा घुम्न आउने पर्यटकका लागि रमाइलो भएको छ पञ्चे बाजा र बाजाका धुन । पञ्चेबाजा टोलीको फोटो खिचेका खिचेकै छन् । केही नेपाली युवाहरु बुद्ध नेपालमै जन्मेका हुन भन्ने दसी प्रमाणका रुपमा ‘बुद्ध वाज वर्न इन नेपाल’ लेखिएको टिसर्ट लगाएर हिड्दै छन् । कोही दौरा सुरुवालमा चिटिक्क सजिएका छन् कोही आफ्नै जातिय भेषभुषामा । साना साना पगौडा शैलीका गुम्बाहरुका बीचमा स्वयम्भु कै झल्को दिने सानो गुम्बा टल्किएको छ । गुम्बा भित्र नौ फिट अग्लो भर्खरै बुद्धत्वफुर्सदमा
बुद्ध प्रतिमा आइतबार अनावरण हुने : कार्यक्रम सहभागी हुन आयोजकको आग्रह
तँपाई दक्षिण कोरियामा हुनुहुन्छ भने धेरै रमाइलो ठाउँ घुम्नु भयो होला । धेरै बौद्ध गुम्बा पनि डुल्नु भयो होला । तर तँपाईले नेपाली कला झल्किने गुम्बा र गौतम बुद्धको अनुहार देख्नु भएको छ ? शायद छैन । अब चिन्ता नगर्नुस् । यही मे २० तारिख आइतबार देखि भने दक्षिण कोरियाको रमाइलो ठाउँ योङगीन सहरको वाउछाङ्सामा नेपाली अनुहारको बुद्ध र सानो चिटिक्क परेको गुम्बा देख्नु हुनेछ । नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरिया र नेपाल बौद्ध परिवार दक्षिण कोरियाको लामो प्रयास पछि नेपालबाट बुद्धको मुर्ति कोरिया ल्याइएको छ । वाउछाङ्सामा आइतबारफुर्सदमा