गाेकुल थाेकर
लोटस् लालटिन फेस्टिवल २०१८
विश्व भरिका बौद्ध धर्मलम्बीहरुले गत शनिबार कोरियाको सउलमा लोटस् लालटिन फेस्टिवल मनाए । यसै अबसरमा नेपालबाट ल्याइएको बुद्धको प्रतिमालाई नगर परिक्रमा गराइएको थियो । कस्तो थियो त नगर परिक्रमा ? हेर्नुहोस् यो भिडियोमा ।
युट्युवर गायक नितेश कोरिया आउने
काेरिया काेरियाकाे राजधानी साैलमा नेप्ज पार्टी रकर्स र्इन काेरियाकाे अायाेजनामा यहि मिति २०१८ मे २६, शनिबार “साैल-माण्डु नार्इट” हुने भएकाे छ। युवा पुस्ताका ढुकढुकी, नेपाली संगीत जगतमा एउटा छुट्टै शैलीका साथ अाफ्नो बेग्लै पहिचान बनाउन सफल युवा गायक नितेश जंग कुवंर कोरियामा प्रस्तुति दिन अाउने भएका छन् । विशेष छुसक सलनालमा मात्र नेपालबाट कलाकार झिकाएर कार्यक्रम गरिने कोरियामा यस पटक भने कुनै पनि अवसर नभए पनि शनिबारको रात पारी यही अाउंदो मे महिनाको २६ तारिख कार्यक्रम अायोजना गर्न लागिएको हो । गेडै जस्ताे जिन्दगी,फिर्ती माया,बैशाख १२,२०७२ लगायत थुप्रै चर्चित गीतहरूफुर्सदमा
नेपाल तामाङ संघ दक्षिण कोरियाको अधिबेशन सम्पन्न, अध्यक्षमा मेघप्रसाद वाईवा
नेपाल तामाङ संघ दक्षिण कोरियाको आइतबार नवौ अधिबेशनले मेघ प्रसाद वाईवाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ । सउलमा भएको उक्त कार्यक्रममा सबै पदाधिकारी सर्बसम्मत रुपमा चयन भएका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष मल्लिका थकालीले जनजातिहरु सबै क्षेत्रमा एक जुट हुन पर्ने बताइन । ‘हामी आफ्नो अधिकारको लागि आफै लड्नु पर्छ । त्यसैले जहाँ जसरी भए पनि आफ्नो पहिचान, भाषा संस्कृतिका सचेत हुने काम धेरै राम्रो हो ।’ उनले भनिन् । त्यस्तै नेपाल तामाङ संघ दक्षिण कोरियाका निर्वतमान अध्यक्षफुर्सदमा
नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौं अधिवेशनको तयारी पूरा
नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौं अधिवेशनको तयारी पूरा भएको छ । मे ६ तारिख आइतबार सउलको नेपाल हाउसमा हुने कार्यक्रममा सहभागी हुन सबै कोरियाबासी तामाङहरुलाई आयोजकले आग्रह गरेको छ । ‘न्याय समानता, जातीय पहिचान सहितको संघीयता : संरक्षण सम्वद्र्धन गर्नु छ, भाषा, धर्म, संस्कार र साँस्कृतिक’ सम्पदा भन्ने मूल नाराका साथमा कार्यक्रम भब्य रुपमा हुने तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष उइना सिंह वाइवाले बताए । ‘हामी कोरियाको पुरानो संस्थाहरु मध्येमा हौ । विगतमा पनि राम्रो कार्यक्रमहरु गरि सकेका छौ । त्यसैले यस पटक पनि सभ्य र भब्य कार्यक्रम हुनेफुर्सदमा
मजदुर
ढुङ्गा जस्तै मन भएको साहु मान्छेलाई होइन मेसिनलाई माया गर्ने हाकिम र पनि ऊ आफ्नो संसारमा मस्त छ । आउँदै सुक्दै गरेको पसिनाका डोबहरु मेसिन सफा गर्दा गर्दा मैलिएका लुगाहरु निरन्तर बितिरहने समयको चिन्ह देखाइ रहन्छ चाउरिएको निधार र फुल्दै गरेको कपाल । न उसले संसार जित्ने ठूला किताबका ‘थ्योरी’हरु पढ्यो न संसारमा भएका भिन्न भिन्न बादहरु न उसले कहिल्यै पढ्यो रंगीन शब्दमा लेखिएका मजदुरका उपन्यासहरु न यी सबै नगरेकोमा गुनासो नै छ । गर्मीले धपक्कै बलेको बेलामा पसिनाले भिज्दा पनि जाडोमा आफ्नै परेलामा हिउँ जमेको बेलामा पनि पसिना पुछ्नेफुर्सदमा
एसबिआई कोषमनीको पुरस्कार बितरण मे ६ मा
कोरियाबाट नेपाल पैसा पठाउने सेवा दिइरहेको एसबिआई कोषमनीले आफ्नो उपभोक्ताहरु बीच गरेको लक्की ड्र बिजेताहरुलाई मे ६ तारिख पुरस्कार बितरण गर्ने भएको छ । पुरस्कार बितरण सउलको जुङ्गु कुमिन ह्वेग्वान दोङ्देमुनमा दिउँसो ठीक १२ बजे हुनेछ । कार्यक्रममा उपस्थित हुने बिजेतालाई तुरुन्तै पुरस्कार बितरण गरिने एसबिआइले जनाएको छ । साथै उपस्थित हुन नसक्ने बिजेतलाई ठेगानामा पुरस्कार पठाइने पनि कम्पनीले जनाएको छ । एसबिआईले कारोबार शुभारम्भको अवसरमा मार्च २० देखि अप्रिल १९ सम्म पैसा पठाउने ग्राहकहरूमध्येबाट विजेता घोषणा गरिसकेको छ । थप जानकारीका लागिः ०१० ४४१८ ५३४४ फेसबुकः https://www=facebook=com/SBICosmoneyNepal/
मदन गनथन
संजय काउछा अस्त्तित्व छैन मेरो यहाँ मुना, तिम्रो यो “मदन” को आधुनिक यो भोट मा स्वाभिमान छैन , अभिमान छैन र छैन कुनै अस्त्तित्ब । एउटा आउँछ, फुटबल बनाउँछ अर्को आउँछ , भलिबल बनाउँछ एउटा आउँछ , टेनिस बनाउँछ अर्को आउँछ , बैेसबल बनाउँछ , म, लाचार, बनिदिन्छु , तिनीहरु जे जे बनाउँछन् किनकी, तिम्रो यो “मदन” को आधुनिक यो भोट मा स्वाभिमान छैन , अभिमान छैन र छैन कुनै अस्त्तित्ब । एउटा आउँछ, कुद भन्छ अर्को आउँछ , बस भन्छ एउटा आउँछ ,उठ भन्छ अर्को आउँछ , सुतफुर्सदमा
तीन नम्बर प्रदेश एकता समाजको गठन
दक्षिण कोरियामा रहेका तीन नम्बर प्रदेशका गठन भएका बिभिन्न संघसंस्थाको एकता समाज गठन भएको छ । संस्थाको आइतबार भएको भेलाबाट अध्यक्षमा किशोर ब्लोन नियोग निर्विरोध चयन भएका छन् । समितिमा वरिष्ठ उपाध्यक्षमा नुवाकोटका यादु कुमार गिरी, उपाध्यक्षमा दोलाखाका सरोज केसी, धादिङका सन्तोष अधिकारी, भक्तपुरका रमेश गिरी चयन भएका छन् । त्यस्तै महासचिवमा काभ्रेका राजेन्द्र दुलाल, सचिवमा चितवनका बिजय अर्याल, रामेछापका रबि प्रताप घिसिङ, सिन्धुपाल्चोकका नवीन श्रेष्ठ र कोषाध्यक्षमा दोलखाकी ज्ञानी चौहान, सहकोषाध्यक्ष रामेछापका बुद्ध लामा चयन भएका छन् । अहिले सञ्जय खत्री मात्र सदस्यका रुपमा रहेका छन् । बाँकी अन्यफुर्सदमा
कोरियन युद्ध अन्त्य गर्न दुबै कोरिया सहमत
उत्तर र दक्षिण कोरिया सन् १९५० मा सुरू भएको दुई देशबीचको युद्ध अन्त्य गर्न सहमत भएका छन् । दुई कोरियाको सीमावर्ती गाउँमा शुक्रबार भएको उत्तर कोरियाली शासक किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच भएको शिखर वार्तामा सन् १९५३ मा भएको युद्धविरामपछि रोकिएको युद्ध अन्त्य भएको सहमति भएको हो । शिखर वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा किम र मुनले यही वर्ष युद्ध सकिएको घोषणा गरिने बताए । पत्रकार सम्मेलनमा बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मुनले शान्तिको नयाँ युग सुरू भएको बताउँदै अब दुबै कोरिया मिलेर जाने बताए ।फुर्सदमा
कोरियन गधा
गोकुल थोकर स्कुलबाट बेलैमा घर नफर्किए आमा गाली गर्दै कथा सुनाउँथिन् । गधा भन्ने जनावर हुन्छ । भारी बोक्छ । अलि कम भारि भयो भने उपद्रो गर्छ । ठीकै भयो भने ठीकै व्यवहार गर्छ । भारि गहु्रङ्गो भयो भने एक नम्वरको सोझो र इमान्दार जनावर हुन्छ । भारि नै भएन भने त दिन भरि रोको रोकै गर्छ । ‘तँपनि गधा हुने भइस । जिन्दगी भरि हामीले गधाको जिन्दगी जस्तै काम गरेर तँलाई मान्छे बनाउन पढाको । घरै आउँदैन समयमा । कता खेलेर बस्छ, बस्छ । यो खेल्ने समय हो रफुर्सदमा