गाेकुल थाेकर
देशको पच्चीस सय र विदेशको एक लाख
सिमा लामा एसएलसी पास गरे पछि प्लस टु पढ्न जनकपुर गएँ । कलेज जनकपुरकै पुरानो र चर्चित राम स्वरुप राम सागर बहुमुखी क्याम्पस थियो । कलेजको समय पछि खासै काम थिएन । फुर्सदिलो थिएँ । मनमा केही न केही त गरौ भन्ने लाग्यो । त्यो बेला देशै भरि रेडियोको वोलवाला थियो । त्यस्तैमा जनकपुरमा रेडियो जनकपुर खुल्यो । एफएमको परिक्षण प्रसारणको समय थियो । गीतहरु धेरै बज्ने । तर बिच बिचमा एउटा आवाजमा कार्यक्रम पनि आउँथ्यो । मेरो ध्यान त्यो आवाजले तान्थ्यो । विस्तारै म रेडियोको फ्यान भएँ ।फुर्सदमा
बुद्धमुर्ति स्थापना गर्ने गुम्बाको सिलान्यास
सउल, आइतबार नेपालबाट कोरियामा बुद्धको मुर्ति ल्याएर स्थापना गर्न लागिएको गुम्बाको आइतबार दक्षिण कोरियाका लागि नेपाली राजदुत अर्जुनबहादुर सिंहले सिलाल्यान गरेका छन् । बुद्धमुर्ति स्थापना अभियान नेपाली सम्पर्क समिति दक्षिण कोरियाको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा भैरहको छ । कोरियाको पर्यटकिय तथा धार्मिक महत्व राख्ने योङ्गगिन सहरकोे वाउछङ््सा स्थपना गर्न लागिएको गुम्बामा नेपालबाट ल्याइने बुद्धको प्रतिमा राखिने छ । कार्यक्रममा बोल्दै राजदुत सिंहले नेपाली सबै मिलेर गर्न लागिएको यो कार्यका लागि सबैले सहयोग गर्न हुन अनुरोध गरे । ‘यो अभियानमा देशकै इज्जतको सवाल छ । सबैले सहयोग गरौ ।फुर्सदमा
हिउँ र जीवन
माया पोमु लिम्बु कोरियामा दुई कुराको भर हुन्न । कोरियनको मुड र कोरियाको मौसम । अघिल्लो हप्ता देखि गर्मी सुरु भैसकेको थियो । तर एकाएक आज विहानै देखि हिउँ पर्न थाल्यो । काममा जाने मन नभए पनि पैसा कमाउन आएकी म । जानै पर्यो । बाहिर हिउँ परेको परेकै छ । भित्र म काम गरेको गरेकै छु । कम्पनीको झ्याल सिसाको छ । बाहिर हिउँका कणहरु उडि रहेका छन् । म झ्यालकै छेउमा छु । फुरुरु फुरुरु उडि रहेका छन् हिउँहरु । हिउँसँगै मन उडेर कता कता पुग्छ । जमानाफुर्सदमा
सउलमा होली फेस्टिभल हुने
दक्षिण कोरियामा रहेको विशुद्ध आध्यात्मिक संगठन सनातन साहित्य संगीत साधना समूह र भारतीय समाज मिलेर अप्रिल १ मा होली फेस्टिभलको आयोजना गर्ने भएको छ । नेपाल र भारतमा एक महिना पहिले नै होली मनाइ सकेको भए पनि दक्षिण कोरियामा कार्य व्यस्तता र चिसो मौसमको कारणले मनाउन नसकेको कार्यक्रम संयाजक भवश्वी बोमजनले बताए । ढिला भए पनि दुई देशका नागरिक मिलेर मनाउन लागिएको होली कार्यक्रमले सकारात्मक सन्देश जान्छ । उस्तै संस्कृति भएकाहरुले संयुक्त रुपमा मनाउँदा राम्रो सन्देश जान्छ । उनले भने । होली फेस्टिभलमा नेपाली युवापुस्ताहरू लोकप्रिय गायक यमबुद्ध (अनिल अधिकारी)कोफुर्सदमा
कोरियामा ‘शत्रुगते’ प्रदर्शन हुने
नेपालमा सफलता पुर्बक चलिरहेको चलचित्र शत्रुगते दोलखाली समाज दक्षिण कोरियाको आयोजनामा कोरियामा प्रदर्शन हुने भएको छ । नेपाली नयाँ बर्षको अबसर पारेर अप्रिल २२ तारिखका दिन सउलको जोगेशा गुम्बाको हलमा चलचित्र देखाइने दोलखाली समाज दक्षिण कोरियाले जनाएको छ । नेपालका विपन्न तथा अशहाय बालबालिकाको छात्रबृति दिने उद्देश्यका साथ चलचित्र प्रदर्शन गर्न लागिएको समाजकी उपाध्यक्ष ज्ञानु चौहानले बताइन् । उनले सामाजिक कार्यका लागि दोलखाली समाजले पहिलो पटक कार्यक्रमको आयोजना गरेको बताउदै सबैलाई उपस्थित भइदिन अनुरोध पनि गरिन् । ‘चलचित्र रमाइलो भएकोले कोरियाको कामको थकानलाई मेटाउने छ ।’ समाजका अध्यक्ष सरोज केसीलेफुर्सदमा
दोलखाली समाज दक्षिण कोरियाले बिरामीलाई सहयोग
दोलखाली समाज दक्षिण कोरियाले मृगौला र व्लड क्यान्सर रोगबाट पीडित बिरामीलाई आइतबार उपचार खर्च सहयोग गरेको छ । समाजले दक्षिण कोरियामा संकलन गरिएको रकम सहयोग गरेको हो। सहयोग पाउनेहरुमा व्लड क्यानसरका बिरामी भीमेश्वर नगरपालिका वडा नम्वर ५ का मदन केसी र मृगौला रोगबाट पिडित शैलुङ गाउँपालिका वडा नम्वर ६ का रामकाजी खड्काको उपचारका लागि जनही ५१ हजार ३ सय ५ रुपैयाँ एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । भीमेश्वर नगरपालिकाका मेयर भरत केसी र दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले मदनका बुबा नारायण केसी र रामकाजीका छोरा युवाराज खड्कालाई सोफुर्सदमा
दक्षिण कोरियामा तामाङ पत्रकार संघको शाखा गठन
दक्षिण कोरियामा क्रियासिल तामाङ पत्रकारहरुले तामाङ पत्रकार संघ दक्षिण कोरिया गठन गरेका छन् । आइतबार सउलमा मेघप्रसाद वाईवाको अध्यक्षतामा ११ सदस्सीय समिति गठन भएको हो । यो नै तामाङ पत्रकार संघको पहिलो प्रवास शाखा हो । गठित संघको उपाध्यक्षमा सिमा लामा, सचिवमा अमिर योञ्जन तामाङ, सहसचिवमा राजिब घिसिङ र कोषाध्यक्षमा दुधबहादुर लोप्चन तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा गोकुल थोकर, किशोर ब्लोन, सुरेश थोकर तामाङ, बाबू साइला, बिमल लामा र सन्तलाल घिसिङ रहेका छन् । कार्य ब्यस्तताको बाबजुद पनि प्रवासमा रहेर पत्रकारितालाई अझ शशक्त र ब्यवसायिक बनाउने उदेश्य सहित संघफुर्सदमा
कोरियामा रहेका झापालीहरूको तथ्यांक संकलन सुरु
झापा मिलन समाज दक्षिण कोरियाले झापालीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । कोरियामा बिभिन्न क्षेत्रमा काम गरिरहेका सबैलाई सो कार्यमा सहभागि हुन पनि समाजले आग्रह गरेको छ । समाजको स्थापना देखि नै विभिन्न कार्य गर्दै आएको संस्थाका संरक्षक केपी सिटौलाले बताए । ‘उनले भने सन् १९९१ देखि नै नेपालीहरु कोरिया आउने भए पनि झापालीहरुले सन् २००७ देखि आफ्नै झापा मिलन समाज स्थापना गरेका हौ ।’ आपत विपदमा सहयोग हुने भएकाले तथ्यांक संकलन गर्नु लागिएको अध्यक्ष राजु सन्तोषी थापाले भने । सदस्यताका लागि यो लिंकबाट आबेदन फर्म भर्न सकिन्छ । https://docs.google.com/forms/d/1-MzYxihYO0Am7PeEXZsnrPaHnarh5ul342zdORpx5qw/viewform?edit_requested=true
गाई खान हुन्छ ?
सञ्जिब कुमार गोले विश्व २१औं शताब्दीको चरम आधुनिक बैज्ञानिक युगमा हुँदा हामी भने सामान्य जीवनशैलीको बारेमा तर्कबितर्क गरिरहेका छौ । जुन विषयको कुरा गरिरहेका छौ । त्यसैले हाम्रो सामाजिक अबस्था कस्तो छ भन्ने देखाउँछ । विश्व आधुनिक सभ्य जीवनशैलीमा चलि रहँदा हामी भने अझै खुल्ला दिसामुक्त, छुवाछुत मुक्त, छाउपडी प्रथा मुक्त, बोक्सी धामी झाक्री वा झारफुक मुक्त समाजका कुरा गरिरहेका छौ । यी यस्तै विषयमा सेमिनार गोष्ठी, उत्घाटन गर्न मै सीमित छौ । हामी नेपाली साच्चै मिलाएर कुनै पनि कुरा गर्न जान्दैनौ । दुःख कुरा के हो भने हामी कहिलेफुर्सदमा
नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौं अधिवेशन मे ६ मा हुने
नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौं अधिवेसन आगामी मे ६ तारिख आइतबार हुने भएको छ । संघले एक विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी गराएको हो । कोरियामा रहेका बिभिन्न पेशा र क्षेत्रमा आबद्ध सबै तामाङहरुलाई अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ । उक्त अधिवेशनले दक्षिण कोरियामा रहेका तामाङहरुलाई भावानात्मक रुपमा एकजुट हुने अवसर प्रदान गर्ने विस्वास लिएका छौ । संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै नयाँ नेतृत्व र आगामी दिनमा हुने तामाङ संघ दक्षिण कोरियाको कार्य नीति पनि बन्ने भएकोले सबैलाई सहभागिताको लागि अनुरोध गरिएकोफुर्सदमा