गाेकुल थाेकर

 

दक्षिण कोरियामा कार्यरत पूर्व विद्यार्थीले विद्यालयलाई सहयोग

  दोलखा वैतेश्वर गाँउपालिका पुतलीकाठको जनज्योती माध्यमिक विद्यालयका पाँच जना पूर्व विद्यार्थीहरुले विद्यालयलाई कम्प्युटर, स्टेशनरी र खेल सामाग्री दिएका छन् । बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेका सरोज के.सी, रामकाजी श्रेष्ठ, चन्द्र कुमार घिसिङ, दिपकराज गिरी र सुमन तामाङले १ लाख ४३ हजार ५ सय २६ रुपैया बराबरको ३ थान कम्प्यूटर र ३५६ जना विद्यार्थीको लागी स्टेशनरी तथा खेलकूद सामाग्री वितरण गरेका हुन् । आइतबार विद्यालयमा एक साँस्कृतिक कार्यक्रम गरि सो सामाग्रीहरु वितरण गरिएको थियो । कार्यक्रममा वैतेश्वर गाँउपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले यसरी विद्यालयलाई सहयोग गरेकोमा खुशी ब्यक्त गरे ।फुर्सदमा


कोरिया आइपुगे नायक दयाहाङ राई

भोली सौलमा हुन गैरहेको कान्छी चलचित्र प्रर्दसनी तथा रेड कार्पेट स्वागत कार्यक्रमका लागि नायक दयाहाङ राई कोरिया आइपुगेका छन् । उनलाई आयोजक संस्था किरात राईयायोक्खा दक्षिण कोरियाका पदाधिकारीहरुले इन्छन एरपोर्टमा स्वागत गरेका छन् । पहिलो कोरिया भ्रमण भएकोले आफु उत्साहित भएको र भोलीको कार्यक्रममा कोरिया बासी नेपालीलाई आइदिन नायक दयाहाङ राईले आग्रह गरे । ‘कोरियाले धेरै नेपाली फिल्मलाई बजार दिएको छ । धेरै माया गर्नु भको छ । यो धेरै राम्रो कुरा हो । हामी फिल्मकर्मी खुशी छौ ।’ उनले थपे । किरातराई यायोक्खा दक्षिण कोरियाले अपतकालीन राहात कोषको लागिफुर्सदमा


कोरिया : कम्पनी

सिमा लामा कोेरियाको बसाई तीन वर्ष पुग्यो । यो समयमा तीन कम्पनीमा काम गरेँ । ती काम गराईका अनुभव तीन जिन्दगीका अनुभव थिए । तीन जुगको अनुभव । तीन बर्ष अघिका मेरा सोचाइ तीन बर्ष अछि धेरै फेरिए । देश दुनियालाई हेर्ने नजरिया फेरियो । नातासम्वन्ध पनि फेरिए होलान् । कति गासिए पनि । आजकाल मैले त्यस्ता कुराको हिसाव राख्नै छाडेँ । हो, समयले मलाई फेर्यो । म फेरिएँ । कसैको लागि राम्रो भएँ हुँला कसैको लागि नराम्रो । सबै राम्रो त कथामा सुनिने देबीदेबता त हुदैनन् । म नाथेफुर्सदमा


कोरिया प्रभाबशाली नेतालाई बलात्कारको आरोप : गर्भनर पद र पार्टीबाट निस्कासन

दक्षिण कोरियाको सत्ताधारी डेमोक्र्याटिक पार्टीका प्रभाबशाली नेता तथा भुतपुर्ब दक्षिण छुङछेङ प्रान्तका गर्भनर हेजुङ अनलाई यौन दुब्र्यवहारको अभियोग लागेको छ । उनले आफ्नो स्वकिय सचिवलाई बलात्कार गरेको आरोप लागेको हो । सोमबार भएको एक टेलिभिजन अन्तरर्वातामा उनका स्वकीय सचिव रहि सकेकी जीउन किमले बलात्कारको आरोप लगाएकी हुन् । आठ महिनाको अबधीमा चार पटक बलात्कार गरेको र साथै धेरै पटक यौन दुब्र्यवहार गरेको आरोप अन्र्तवार्तामा भनेकी छिन् । जीउनले हेजुङसँग सन् २०१७ को जुन देखि यो बर्षको फेबु्रअरीसम्म काम गरेकी थिइन् । यही समयमा बिभिन्न ठाउँमा बलात्कार गरेको भए पनि सामाजिकफुर्सदमा


बुसानमा प्रथम बुद्ध जयन्ती फूटसल प्रतियोगिता आयोजना हुने

तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसान, दक्षिण कोरियाले बुद्ध जयन्ती तथा नेपाली नयाँ बर्षको अबसर पारेर २०१८ अप्रिल २२ तारिखमा प्रथम बुद्ध जयन्ती खुला फूटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । संस्थागत पहिचान र आपसी सामाजिक विकासकोलागी प्रतियोगिता आयोजना गर्न लागिएकोे तामाङ समाज ख्यङ्साङ्नाम्दो खेलकुद विभाग संयोजक धनराज तामाङले बताए । प्रतियोगिता संचालनकालागि उनको नेतृत्वमा १३ सदस्यीय आयोजक कमिटी समेत गठन गरेको छ । प्रतियोगितामा प्रथम हुनेलाई १५ लाख वन र दोस्रो हुनेलाई १० लाख वन नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । नेपालीहरु वीच फूटसल खेल मार्फतफुर्सदमा


मन

गोकुल थोकर यो दुनियाँ हो साथी दुनियाँ तिखा काँडा भन्दा बढि तिखा बचनहरु छन बेलाबेलामा घोचिरहन्छन् घोचाईका घाउले पाक्छ यो मन समाल्न गाह्रो छ । मसँग भएको मनलाई थोरै कुराले पोल्छ धेरै सम्झनाले सताउँछ केही नभएको जस्तो देखिए पनि अनेक भैरहन्छ अनेक । छरपस्ट छरिएका चाङ छन् यादहरुका मिलाएर सम्माल्ने पनि फर्मुला छैन पुराना यादहरुलाई नयाँ नयाँले छोप्दै जान्छ । कहिले कहिले पुराना यादहरुले च्वास्स च्वास्स बिझाइन्छ दुखि रहन्छ यस्तो मन बोकेर कति हिड्नु साथी ? जमना किनबेचको छ पैसा हुनेहरुले किन्न अनेक सक्छन् म पनि कमाउँदै छु अलि धनिफुर्सदमा


बुद्ध, बुद्धत्व र बुद्धमुर्ती प्रतिस्थापन अभियान

चित्र बहादुर मोक्तान बुद्ध , बुद्धत्व र बोद्धिसत्व यी तीन शब्द्धले बनेको दर्शन नै बुद्ध दर्शन हो । बुद्ध दर्शन समुन्द्र हो जसमा लाखौ लाख खोला बगेर समुन्द्रमा पानी मिसे झै लाखौ लाख बिचारहरुको ज्ञानले भरिपुर्ण दर्शन छन् । जुन दर्शनमा उल्लेख भएका कुराहरु तपाईं हाम्रो जीवनको हरेक पाइलामा लागू हुन्छ । इशापूर्व छैटौँ शताब्दीमा लुम्बिनीमा जन्मेका बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेपछि विकास भएको बौद्ध शिक्षा तथा उपदेशले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएको छ । तत्कालीन समयमा कपिलवस्तु गणराज्यका राजा शुद्धोदनका सुपुत्रका रुपमा जन्म लिएका सिद्धार्थले गहनतम्फुर्सदमा


सिसिटिभी, सिटिइभिटी र सिसिभीआइ

राजु गाल्थेन तामाङ अहिले सामाजिक संजाल CCTV र CTEVTको कुराले चर्चा पाएको छ । कोरियामा पुग्ने हामीलाई भने CCVIको जति महत्व छ अरुको छैन । प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद CTEVT नेपालको एक मात्र प्राबिधिक शिक्षा दिने सरकारी संस्था हो । मैलै पहिलो पटक २०६१ सालमा सुनेको थिएँ । त्यो समय मैले प्रमाण पत्र तहको अध्ययन सकेको थिएँ । काठमााडौमा रोजगारीका अबसर खोज्दै थिएँ । कतैबाट सुने औपचारिक शिक्षा भन्दा प्राविधिक शिक्षाको अध्ययन गरे रोजगारीको अवसर सजिलै पाइन्छ । त्यसैले बालाजुमा भएको सबभन्दा ठूलो सरकारी प्राविधिक शिक्षालय CTEVT गएँफुर्सदमा


गायक बाबु मोक्तानको बिधाता बिमोचन

दक्षिण कोरियामा रहेर आफ्नो गायनलाई अघि बढाइ रहेका गायक बाबु मोक्तानको पहिलो एल्बम बिधाता बिहीबार बिमोचन भएको छ । नेपाल तामाङ संघ दक्षिण कोरियाले आयोजना गरेको ल्होछार कार्यक्रममा सो एल्बम बिमोचन भएको हो । एल्बमलाई नेपाली राजदुतावास दक्षिण कोरियाका श्रम सहचारी डिल्ली राम बास्तोला, बिशेष अतिथिमा नागार्जुन गुम्बा कोरियाका प्रमुख उर्गेन लामा, नेपाल गुम्बा सउलका कुन्साङ दोर्जे लामाका साथमा अन्य अतिथीहरुले एल्बम बिमोचन गरेका थिए । कार्यक्रममा बोल्दै गायक मोक्तानले एल्बममा स्रोताहरुलाई मन पर्ने खालका गीतहरु समाबेश भएको जनकारी गराए । ‘गीत सुन्नु भयो भने सबैलाई मन पर्ने खालका छन्फुर्सदमा


इतरले सलनालमा कविता कन्सर्ट गर्ने

सलनालको तेस्रो दिन अर्थात यहि १७ तारिखमा इतर आवाज साहिल्य समाजले कबिता कन्सर्ट गर्ने भएको छ । कार्यक्रममा नेपालबाट कबि उप्रेन्द्र सुब्बा र स्वप्निल स्मृति आउने भएका छन् । ‘दक्षिण कोरियामा नेपाली साहित्यिक उभार उम्दो छ । बीज ढुङ्गामाथि छरेपनि उम्रिन सक्छ त्यस्तै हो सृजनाको बीज पनि । प्रबासको कडा मेहनत, पीडा, फुर्सदको सानो समय आत्म सन्तुष्टिको मनोरङ्गहरु, माटोको प्रेम भावहरुले जहाँ रहे पनि उन्माद बनाई रहदो रहेछ । यस्तै आकांक्षाले ओतप्रोत भएर नेपाली साहित्यमा मौलिकता माथि इतर जिकिर हामीले यो कार्य थालेका छौ ।’ इतरका अध्यक्ष तथा कार्यक्रमका संयोजकफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...