गाेकुल थाेकर
घर
‘भकारी कुहिएर घरमा पानी चुहिएर बिजोग छ यो बर्षामा ।’ आमाले फोन उठाउने बितिक्कै गुनासो गरिन् । ‘यो घर बनाउने सम्झौता हुन्छ हुन्छ भनेको पनि धेरै भो । हामी आफै बनाउँछौ भन्दा पनि हुदैन रे । ती आउँदैनन् । शैलुङको मान्छेलाई हेपेको हो कि के हो ?’ मैले केही भनिन । आमाले नै थपिन् । ‘रेडियो तिर घर बनाको पैसा दिएको समाचार आउँछ । हाम्रो तिरका ‘सरकार’ कता मेरेछन् ?’ आमाले तामाङ रिस देखाइन । फेरी पनि मैले केही भनिन । आमाले भनेको घर भकारीको गोठ हो । दुई बर्षदेखिफुर्सदमा
दस बर्षमा कोरियनसँग विवाह गरेर आउने पन्ध्र विदेशी महिलाको हत्या
सन् २००७ यता दक्षिण कोरियामा १५ जना कोरियनसँग विवाह गरेर आएका विदेशी महिलाले घरेलु हिंसाका कारण ज्यान गुमाउन परेको छ । साथै धेरै महिलाले बिभिन्न प्रकार घरेलु हिंसा भोगिरहेको कोरियन महिला मानव अधिकार सेन्टरले जनाएको छ । घरेलु हिंसाको रोकथामका लागि कोरियन सरकारले भने खासै काम गर्न नसकेको र पीडित पक्षले पाउनु पर्ने कानुनी र अन्य सहयोग समेत एकदमै कम पाएको देखिएको छ । कोरियामा विहे गरेर आउने विदेशी महिलाले डरधम्की र भाषिक समस्याका कारण आफुले भोगिरहेको समस्या भन्न नसकेको अध्ययनले देखाएको सेन्टरले जनाएको छ । कोरियामा अझै घरयासी झगडालाईफुर्सदमा
दक्षिण कोरियाको लागी नवनियुक्त्त राजदूतको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
गत आइतबार दक्षिण कोरियाका लागि नवनियुक्त राजदुत अर्जुन जंगबहादुर सिंहलाई कोरियाको बिभिन्न संघ संस्थाले स्वागत तथा सम्मान गरेको छ । सउलको नेपाल गुम्वा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सुरुवात गुम्वाका प्रमुख लामा कुन्साङ दोर्जेले भगवान बुद्धको वचन प्रज्ञा पारमिता शुत्रहरू (ग्यातोंपा र दोमङ ) पाठगर्दै छोग् पूजा गरि १०८ मार्मेमा दिप प्रजल्वन गरेका थिए । सो कार्यक्रममा कोरियामा विभिन्न सामाजिक कार्य गर्ने संघसंस्थाहरु नेपाल बौद्ध परिवार, ह्योल्मो सम्पर्क समिति, मनाङ परिवार, मुस्ताङ परिवार, नेपाल तामाङ संघ, तमु धिं, नेवाः पुच, शेर्पा संघ, नागर्जुन गुम्वा, तामाङ बौद्ध महांसघ लगाएतकाफुर्सदमा
गजल
राम कुमार राई कोही मसँग धेरै रिसाएको छन् थाहा छ मनहरु चिसाएको छन् भीड भित्र पनि दुरुस्तै चिनिन्छ हाँस्ने बाहानामा खिसाएको छन् हो अमृत भन्दै पिलाउन खोज्दा पेय पदार्थमा विष मिसाएको छन् कहा लाग्छ र जाती आफ्नो सेवक घायलै हुनेगरी दिल पिसाएका छन् खोटाङ हाल दक्षिण कोरीया
युनिभर्सल सपना
कम्पनीमा नेपालमा घर कोठा बनाउनलाई प्रयोग हुने ‘प्लाई’ झै यता कोरियामा प्रयोग हुने ‘फर्म’को सामान बन्छ । आयातकार दुई तीन मिटर लामो । मोटाइ धेरै हुदैन । एक सय पचासवटाको एउटै ‘पालेट’मा चाङ लाउँदा झन्डै छ फिट अग्लो हुन्छ । यस्ता सामान तयार भएर अर्डर आएको ठाउँमा नलगेसम्मका लागि कम्पनीमा स्टोर गर्ने ठाउँ छन् । बनेको ठाउँबाट स्टोर गर्ने ठाउँमासम्म लैजान फोर्कलिफ्ट अर्थात कोरियन भाषामा चिकेछा भन्ने दुई सिंग भएको डोजर छ । दुईटा सिंगमा पालेटको सामान बोकेर जान्छ । लाईन पारेर राख्छ । एउटा साइजको एउटा लाइन । यसरीफुर्सदमा
आणबिक परिक्षणले तताएको विश्व : समाचार विश्लेषण
उत्तर कोरियाले मंगलबार लामो दुरीको आणबिक क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ । जसले लामो दुरीसम्म मार हान्न सक्नेछ । अब प्योङयाङले अमेरिकी भुभागमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने जनाएको छ । मंगलबार गरिएको परिक्षण कति शक्तिशाली भनेर स्वतन्त्र पुष्टि नभए पनि अहिलेसम्मकै सबै भन्दा बिकसित रुप हो भन्नेमा अमेरिका पनि बिस्वस्त छ । अहिले प्योङयाङसँग भएको क्षेप्यास्त्रको विकास गर्न अझै धेरै बाँकी भएको बीबीसीले लेखेको छ । क्षेप्यास्त्रको अघिल्लो भागमा अटाउने गरी आणविक विस्फोटक वस्तुलाई सानो आकारमा ढाल्नुपर्नेछ । साथै पृथ्वीको वायुमण्डलीय तहमा पुनः प्रवेश गर्दा सामना गर्नुपर्ने अवरोधबाट त्यसलाई जोगाउनुपर्नेफुर्सदमा
अक्टोबरमा दस दिन बिदा हुने निश्चित
दक्षिण कोरियामा अक्टोबर महिनामा दस दिन बिदा हुने भएको छ । दक्षिण कोरियाली सरकारको सल्लाहाकार समितिका अध्यक्ष किम जिनप्योले सो कुराको पुष्टि गरेका हुन् । पहिले नै तयार भएको क्यालेन्डरमा अक्टोबर २ सोमबार बिदा थिएन । ‘अक्टोबर २ सप्ताह अन्त र छुसकको बिदाको बीचमा परेकोले हामीले कामदारलाई पुरा रेष्ट दिनका लागि बिदा दिने भएका छौ ।’ किमले सउलको स्थानीय रेडियोलाई दिएको अन्तरबार्तामा भनेका छन् । यो बर्ष छुसक अक्टोबर ३ तारिख देखि ५ तारिखसम्म पर्छ । अक्टोबर ६ तारिख शुक्रबार यस अघि नै बिदा तोकिएको छ । अक्टोबर ९ तारिखफुर्सदमा
गजल
दिलिप केसी लेख्ने थिए भाग्य आफै लेख्ने मसी भेटिएन पाए सधै चोट पिडा कहिले खुशी भेटीएन। मन भित्र पिडा लुकाइ रुदै बसे सम्झनामा खोली बग्यो आशु झर्दा बग्ने नदी भेटिएन।। चालिरहे पाइला ,यो यात्रा सफल पार्छु भन्दै धोका दियो भाग्य ले नै बाटो सहि भेटिएन।। भेटे कैयौं साथ मैले यो जिन्दगी को सफर मा जिबन भरि प्यार गर्ने एउटै सखी भेटिएन ।। के के भयो जिन्दगीमा सारा कुरा भन्छ कस्ले उत्तर दिने समय थियो तर तेहि घडी भेटिएन ।।।
दक्षिण कोरियामा चित्रकार एलविक्रम राईको एकल चित्रकला प्रदर्शनी शुरु
आइतबारदेखि बर्ड एण्ड नेचर चित्रकला प्रदर्शनीको शुरु भएको छ । दोङ्देमुनको लुम्बिनी रेष्टुरेन्टमा भैरहेको यो प्रदर्शनी आगामी जुलाई १५ सम्म जारी रहनेछ । चित्रकार एलविक्रम राईद्धारा तयार पारिएको चरा र प्रकृतिसंग सम्बन्धित ३१ वटा र अन्य ९ वटा चित्रहरु प्रदर्शनीमा राखिएका छन् । ललितकला मञ्च कोरियाको आयोजना रहेको प्रदर्शनीमा कोरियामा रहेका कलाप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । ललितकला मञ्च कोरियाको अध्यक्ष उमेश लिम्बुको सभापतित्व र किराँत राई यायोख्खा कोरियाको अध्यक्ष बालकृष्ण राई प्रमुख अतिथी रहेका थिए । साथै कार्यक्रममा उदयपुर सैवा समाजका एम.के. चाम्लिङ, एनआरएन कोरियाका संस्थापक अध्यक्ष केफुर्सदमा