गाेकुल थाेकर

 

काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)

  नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन दक्षिण कोरियाको सोलमा भब्य कार्यक्रम गरेर सोनाम ल्होछार मनाएको छ । सोही कार्यक्रमको केही झलक ।      


नेपाली समाज दक्षिण कोरियाकाे शुभकामना अादनप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले सलनालमा शुभकामना अादनप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेकाे छ । शनिबार भएकाे कार्यक्रममा विभिन्न पार्टी  त्याग गरि जसपामा प्रवेश गरका छन् । समानता, न्याय तथा बहु-राष्ट्रिय राज्य निर्माणको महान लडाइँमा सहभागी हुन जनता समाजवादी पार्टीमा प्रवेश  गरेकाे नेपाली समाजका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए । आङफुरि शेर्पा, बिस्नु लिम्बू, सुन्दर ठगुन्ना, सागर ठगुन्ना, सागर सुब्बा, गोपाल भुजेल, झमक ढुङ्गाना, मिलन तामाङ, निसा कुलुङ जसपामा प्रवेश भएका हुन् । कार्यक्रममा एनआरएनए दक्षिण कोरियाको पूर्वाध्यक्ष लक्ष्मी गुरूङ, फोनिज कोरियाको अध्यक्षफुर्सदमा


सलनालमा कार्यक्रम नै कार्यक्रम

आउँदो शनिबार देखि सलनाल आर्थत नयाँ बर्षको लाग्दैछ । सलनालमा कोरियामा लामो कम्पनी विदा हुन्छ । यहि मौकामा विभिन्न कार्यक्रम गर्ने नेपाली संघसंस्था बीच चर्को प्रतिस्पर्धा छ । आफ्नो कार्यक्रम प्रचारप्रसार गर्न अहिले दोङदेमुनमा आयोजकहरु बाक्लै भेटिन्छन् । ‘हामीले पनि एउटा सांगीतिक कार्यक्रम गर्दैछौं । अन्य साथीहरुले पनि गर्दै हुनुहुन्छ ।’ चितवन सम्पर्क समितिका अध्यक्ष राजकुमार स्याङतानले भने । ‘हाम्रो संस्थाले पहिले देखि नै जिल्लाको विपन्न केही विद्यार्थीलाई छात्रबृति दिदै आएको छ । त्यसैमा सहयोग भनेर कार्यक्रम गर्न लागेको हो । यो बर्ष हाम्रै पालो थियो ।’ उनले थपे ।फुर्सदमा


पाेखरा जहाज दुर्घटनामा दुइ काेरियाली सहित ६८ जनाकाे मृत्यू

सेती नदीको खोंचमा दुर्घटना भएको यति एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति निकालेर आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको जानकारी दिएको हो । केन्द्रका अनुसार अन्य शव खोजी जारी छ । दुर्घटनामा परि दुइ काेरियाली नागरिककाे पनि मृत्यू भएकाे छ । मृत्यू भएका १४ वर्षका बालक यू स्याङ्याङ र ४५ वर्षका यू योङचोएल आइतबार बिहानमात्रै नेपाल आएका थिए। बिहान ९ बजे एयर इण्डियाको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका कोरियाली  बाबुछोरा लगत्तैफुर्सदमा


ताप्लेजुङ सम्पर्क समितिले गर्ने ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमकामा आउने कलाकारको भिसा लाग्यो

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले सलनालको दोस्रो दिन गर्ने ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमाका २०२३ मा नेपालबाट आउने कलकारहरुको भिसा लागेको छ । जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ गर्न लागेको कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेल, लोकगायक खगेन्द्र याक्सो, गायिका एलिना चौहान, अभिनेत्री डान्सर रियासा दाहाल र चर्चित हाँस्यव्यंग्य कलाकार भरतमणि पौडेल आउँदैछन् । ‘हाम्रो सबै कलाकारको भिसा लाग्यो । अब यताको तयारी पनि लगभग पुरा भैसक्यो । कोरियामा रहने साथीभाइ कार्यक्रममा आएर रमाइलो गर्ने दिनको पर्र्खाइमा छौं हामी त ।’ ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष सागर माङमू लिम्बूलेफुर्सदमा


घेदुङ कोरियाले ल्याउने कलाकारको भिसा लाग्यो : १९ तारिखमा कोरिया आउने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन अर्थात जनवरी २१ तारिखमा गर्ने सोनाम ल्होछार मनाउन नेपालबाट आउने कलाकारको भिजा लागेको छ । गायक आरम्भ तामाङ, प्रकाश तितुङ तामाङ र गायिका पूजा तामाङ नेपालबाट आउने छन् । घेदुङको कलाकार व्यवस्थापन समितिका संयोजक शुभराज भोम्जनले दिएको जानकारी अनुसार कलाकार १९ तारिख नेपालबाट कोरिया आउने छन् । यस बर्ष घेदुङले तामाङ भाषा, धर्म, संस्कृतिको संरक्षण गरौ ! आफ्नो पहिचान र अस्तित्वको लागि एक हौ !! भन्ने मूल नाराका साथ ल्होछार मनाउँदैछ । साथै साहि कार्यक्रमबाट दीर्घकालीन शैक्षिक कल्याणकारी कोष पनि स्थापना गर्नेफुर्सदमा


कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै रहेका काका अमृत तामाङले भने । ‘फिनेल हाउस (खेती गर्न बनाईको प्लास्टिकको घर) भित्र सागपातको खेतीमा काम गर्थिन् । फोनमा कुरा गर्दा काम गह्रो छ नेपाली पनि कोही छैन आगु(काका) भन्थिन् । केही समय काम गर पछि हाम्रै गाउँको बहिनीले काम गरेको कृषि फार्ममा गरे हुन्छ भनेकोथेँ । दसफुर्सदमा


कवि पराजित पोमूको कविता संग्रह म द्धारा मेरो निर्माणको सार्वजानिक जनवरी २२ मा हुने

कोरियामा रहेका कवि पराजित पोमूको कविता संग्रह ‘म द्धारा मेरो निर्माण’ कविता संग्रहको ‘सार्वजानिक तथा परिचर्चा’ कार्यक्रम सलनालको दोस्रो दिन अर्थात जनवरी २२ मा हुने भएको छ । कार्यक्रम दोङदेमुनको 종로구 종로325-5 3 증को हलमा विहान ११ बजेबाट कार्यक्रम हुनेछ । इतर अभियान दक्षिण कोरिया र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघका संयोजक पोमू लामो समय देखि कविता लेखिरहेका छन् । उनको यो दोस्रो कृति हाे । छोटो र सटिक विम्बहरु प्रयोग गर्ने कविका रुपमा चिनिएका पोमू आदिवासि समुदायका मौलिक कुराहरु आफ्नो कविताबाट लेखिरहेका छन् । म द्धारा मेरो निर्माण कविता संग्रहमाफुर्सदमा


कोरियामा रहेका मगर समुदायले माघे सकराती जनवरी २२ मा मनाउने

दक्षिण कोरियामा रहेका मगर समुदायले माघे सकराती सलनालको दास्रो दिन अर्थात जनवरी २२ मा मनाउने भएको छ । नेपालबाट आमन्त्रण गरिएको कलाकारको साथमा मनाउन लागिएको कार्यक्रममा मगर समुदायको सांस्कृतिक झल्को हेर्न सकिनेछ । चाड पर्व कानुङ सम्पटि, जीवाक्के परिस्ले माराकिङ विकृति अर्थात चाडपर्व हाम्रो सम्पति, संरक्षण गरौ मिलेर ल्याउन हुँदैन विकृति भन्ने नारा सहित हुन लागको कार्यक्रमका लागि नेपालबाट चर्चित गायिका सीता थापामगर आउँदैछिन् भने साथमा कोरियामै रहेका कालकारहरुको पनि बेजोड प्रस्तुति रहनेछ । नेपाल मगर संघ, दक्षिण कोरिया र शाखाहरु किम्हे बुसान, थेगु र डिएसएमयी खजेदोले एकै ठाउँमा कार्यक्रमफुर्सदमा


शेर्पा संघले ग्याल्पाे ल्होसार जनवरी २२ मा गर्ने

शेर्पा संघ दक्षिण कोरियाले सालनालको दोस्रो दिन जनवरी २२ तारिखमा ग्याल्पो ल्होसार मनाउने भएको छ । भाषा, लिपि, मौलिक चाडपर्व हाम्रो अभियान, ऐतिहासिक संस्कृति संरक्षण र विकास गर्ने हाम्रो अभियान भन्ने मूल नारा सहित हुने कार्यक्रममा डिजे एपी तेन्जिङ र कोरियामा रहेका शेर्पा कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ । ‘२१५० औं ल्होसार कार्यक्रममा संस्कृतिक कार्यक्रम त हुने नै छ । शेर्पा जातिको सामाजिक पक्ष पनि कार्यक्रममा आएर हेर्न सकिने छ । हामी सबै समुदायका साथीभाइलाई कार्यक्रममा आई दिन आग्रह गर्दछौं ।’ शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष थुतुङ गेल्जी शेर्पाले भने ।फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...