Manju Gurung

 

साथी गुमाउदाको पीडा

बिजय पौडेल दिन भरी डिउटीमा ब्यस्त भइयो | आफ्नो त डिउटी आवोरमा मोबाइल चलाउन पनि पाउने हैन | १२ बजे खाना खाने रेस्ट टाईममा खाना खाए लगत्तै झपक्क निद्रा लाग्यो आधा घन्टा भए पनि निदाएछु ।काम ब्यस्तै थियो दुई घन्टा ओटि गरेर फर्किदा सबा दस ,(सिक्ताङ )रेस्टुरेन्टमा खाना खान छिरेर खाना खादै मोबाइल हेर्दै गर्दा तीन चार जना गाउकै साथीहरुको फोन आएर मिसकल बसेको रैछ खाना खाएर फोन गर्नु पर्ला सोच्दै फेसबुक खोल्या यता बिस्तारै खाना पनि खादै थिया ।   एक्कासी फोनिज कोरियाको समाचार माथी आँखा पुगेछ कोरियामा एकफुर्सदमा


कोरियामा मोडलिङमा जम्दै गरेकी एलिशाको ‘बेदना’ बजारमा ( भिडियो सहित)

    सोल – कोरियाको ब्यस्त कामको बावजुत पनि  मोडलिङमा  ब्यस्त रहेकी एलिशा सिंहको बेदना बोलको गीत हालै बजारमा आएको छ |     अहिलेका चर्चित गायक प्रमोद खरेलको स्वरमा सजिएको गीत प्रकाश बमले लेखेका हुन् भने संगीत सुमन राईले भरेका छन् | एलिशा सिंहको निर्देशनमा बनेको म्युजिक भिडियोमा एलिशा , राजु र प्रकाशले अभिनय गरेका छन् |   छायाँकार सुरेश कौशलले खिचेको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् | भिडियोलाई हाम्रो इशारा म्युजिक प्रालिले बजारमा ल्याएको हो |


कोरियाको दर्जनौ संस्था मध्ये एक अलग संस्था ‘सेवक नेपाल ‘

सोल – कोरियामा नेपालीको संख्या बढेसंगै विभिन्न क्षेत्रीय . दलिय , जातिय , अन्य गरि ६ दर्जन भन्दा बढी संघ संस्था खोलिएका छन् | सबै संस्थाका आ-आफ्नै उदेश्य छन् | यस्तै फरक उदेश्य साथ खोलिएको संस्थाको नाम हो सेवक नेपाल |     अनाथ र सडक बालबालिका लागि खोलिएको यस संस्था २० जून २०१३ मा बुद्ध गौतम , अर्जुन भुसाल , शिव प्रसाद भट्ट , हरिशरण न्यौपाने , कल्पना राई , गंगा पौडेल , धर्म राज जोशी , तोयानाथ चौलागाई , जनार्दन तिमल्सिन , टंकराज खड्का र उपेन्द्र अर्यालले गठनफुर्सदमा


नेपालद्वारा दक्षिण कोरिया ४-२ ले पराजित

होम कार्की दोहा-जारी एसियन समुदायस्तरीय फुटबल लिग प्रतियोगितामा नेपालद्वारा दक्षिण कोरिया ४-२ ले पराजित भएको छ ।     कतारको अलथुमामास्थित क्युएफए टेक्निकल मैदानमा शुक्रबार राति सम्पन्न भएको खेलमा नेपालले सहज जितेको हो । खेलको १२ औं मिनेटमा कोरियाले अग्रता लिएको थियो ।   त्यसको दुई मिनेटमा नेपालको लागि आकास महत्तोले गोल गर्दै बराबरीमा ल्याएको थियो ।     खेलेको १७ मिनेटमा कोरियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पहिलो हाफमा कोरिया २-१ ले अगाडि हुन पुग्यो । दोश्रो हाफको सुरुवातमै अमिर श्रेष्ठले मैदानको बीच भागबाटै प्रहार गरेको बलले जाली चुमेपछि बराबरीफुर्सदमा


नियात्रा : पाँचवर्षपछि कोरियाबाट सोलु हुँदै पोखरासम्म

बाला राई पखेटा पलाएपछि आफ्नो गुँड बिर्सेर कतै उडेको पंक्षीजस्तै सात समुद्र काटेर कोरियाको जीवनशैलीमा भुल्न थालेको पनि आधा दशक हुन लागेछ । विकसित मुलुकको भौतिक सुखसयलमा तन रमे पनि मन भने आफ्नै जन्मभूमिको यादमा तड्पिरहन्थ्यो हरपल । जन्मदिने बाबुआमा, साथीसंगी, आफन्तसँगै संघर्ष गर्दै बितेका आधा जिन्दगीका पाटाहरु हरेकपल मानसपटलमा ताजा भएर आइरहदा हररात सपनीमा ऐठन भए झैं लाग्थ्यो । जन्मभूमि छाडेर कर्मभूमिमा बाध्यताले रम्दै गरेकी म एकमहिना अघि मातृभूमि नेपाल गएकी थिएँ । भूकम्प र नाकाबन्दीको पिंडामा थलिएर भर्खरै तङग्रन लागेको मेरो देशलाई सान्त्वनाका शब्द उदगार गर्न नसकेपनि थोरै सदभाव्फुर्सदमा


अार्यघाट (नोस्टाल्जिया)-कथा साहित्य

एउटा लाश,निर्मम जलिरहेको थियो।छेवैको बेन्च जस्तोमा लाश तीर हेर्दै एउटा २०/२१ बर्ष जस्तो देखिने युवक एकोहोरिरहेको देखें।मलामीको उपस्थिति लगभग शुन्यप्राय थियो। एक जना अधबैंसे लाशलाई बांस जस्तो लामो काठजन्य बस्तुले घोचघांच गरि जलाउदै थियो।रुवाबासी गर्ने कोकोहलो मच्चाउने कोहि आफन्तजन र शुभेच्छुकहरुको भीड पनि देखिएन। म भित्रको मानवीय संवेदनाले चुप बस्न दिएन अनि ती युवकको नजिक ग’ई सोधे”भाई यो जलिरहेको मान्छे तिम्रो को हो?” मेरो बा म तिर हेर्दै नहेरि उसको जवाफ आयो। म अवाक भ’एं। त्यो जलाउने मान्छे चाहिं को हो नि? यसचोटि पुलुक्क म तिर हेर्दै उ बोल्यो”खै थाहफुर्सदमा


उत्तर कोरियाले मिसाइलमा जोड्न मिल्ने परमाणु हतियार बनायो

सोल- उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलमा जोड्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको छ | त्यहाँका सर्वोच्च नेता किम जोङ उनले आफ्ना देशका वैज्ञानिकले ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको दाबी गरेका हुन् ।     उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले यसअघि नै ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार तयार भएको यसअघि नै बताएको थियो । तर यस विषयमा सर्वोच्च नेता उनकै दाबी भने पहिलो पटक आएको हो ।     विश्व समुदायबाट अलग रहँदै आएको उत्तर कोरियाले गएको जनवरीमा हाइड्रोजन बमको सफल परीक्षणफुर्सदमा


कोरियामा थारू कल्याणकारिणीको सम्मान तथा बिदाई सम्पन्न

सोल- थारू कल्याणकारिणी सभा कोरियाले पहिलो सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।   उसले गत मार्च ६ मा सोल दोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टमा चितवनका देव चौधरी, सुनसरीका राजेश चौधरी र मोरङका दिलिपकुमार खवासलाई बिदाइ तथा सम्मान गरेको हो ।     सस्थाले बिदाई तथा सम्मान पाउनेहरु दिलिप एक लाख वन देब एक लाख वन राजेश चौधरीलाई  पचास हजार वन अध्यक्ष चौधरीले सहयोग स्वरूप हस्तान्तरण गरेका थिए |   थारू युवाहरुको उत्साहजनक उपस्थिति रहेका कार्यक्रममा अध्यक्ष  पुष्प चौधरी तथा उपाध्यक्ष शिव चौधरीले संस्थाप्रति उच्च योगदानको मुल्यांकन गर्दै स-धन्यवाद सम्मान पत्र प्रदानफुर्सदमा


नारी दिवश बिशेष -कोरियामा नेपाली महिला आफु बाँचेर अरुलाई बचाउन्छन्

अखण्ड भण्डारी / देवेन्द्र सम्बाहाम्फे एक नेपाली युवती ‘नाटकीय’ विवाह गरेर कोरिया आइन्। कोरियाली पुरुषको कृत्रिम श्रीमती बन्न नेपालको दलाललाई १५ लाख खुवाइन्। कोरिया आएपछि उनको कथित लोग्नेले शरीरमाथि हक दाबी गर्‍यो। उनले चाहिनन्। त्यसका लागि उसले पनि त्यही दलाललाई पैसा खुवाएको रहेछ। उसले थुनेर यौन शोषण गर्न थाल्यो।   अन्तत: उनी भागिन्। साँझको बेला राजमार्गमा पुगिन्। त्यहाँ एउटा ट्रक आइरहेको देखिन्। रोक्न खोजिन्। ड्राइभरले ट्रक रोक्यो। त्यो ड्राइभर होइन, राक्षस रहेछ। जंगलमा लगेर उसले पनि रातभर बलात्कार गर्‍यो। र, उज्यालो हुने बेला त्यही जंगलमा छाडेर टाप कस्यो।   मानसिकफुर्सदमा


अधुरै रह्यो नयाँ घर हेर्ने सपना

सोल-कोरियामा नेपालीको मृत्यु हुने क्रम रोकिएको छैन | गत आइतबार मात्र दुई नेपालीले आत्महत्या गरेको घटना सेलाउन नपाउदै आज फेरी एक नेपालीको  सुतेकै ठाउँमा मृत्यु भएको छ |   ६ महिना अघि ईपीएसबाट कृषि भिसामा आएका गुल्मी स्थायी घर भएर बुटवल बस्दै आएका लोक भट्टराई मंगरबार बिहान सुतेकै अवस्थामा मृत भेटिएका हुन् | छल्लाबुक्दो छाङसुको खुराक माउलमा रहेको टमटर हाउसमा काम गर्दै आएका थिए | त्यहाँ एक नेपाली कामदार कार्यरत छन् |   ती कामदारका अनुसार सधै बिहान ६.३० बजे कफी खान उठ्ने गरेका भट्टराई आज ७ बजेसम्म पनि नउठेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...