Manju Gurung
दक्षिण कोरियाको सामुद्रिक पानीको तह ४० बर्ष यता उच्च
सोल-कोरियाको सामुद्रिक पानीको तह ४० बर्ष यता उच्च वृद्धि भएको छ ।बुधकार कोरियाका हाईड्रोग्राफिक प्रशासनले बताए अनुसार पानीको तह १० सेन्टीमिटर बढेको छ । वातावरणमा ग्लोवल वार्मिंगको असरले गर्दा धु्रवीय क्षेत्रका हिँउ पग्लिएर सामुद्रिक पानीको तह हालसम्मकैं उच्च भएको विज्ञहरुले दाबी गरेका छन् । कोरिया हाईड्रोग्राफिक र ओसियानोग्राफिक अध्ययन शाखाले पानीको तापक्रम उच्च भएकोले धु्रवीय हिँउ पग्लिएको बताएका छन् । उनीहरुले सामुद्रिक छाल बढेर प्राकृतिक प्रकोप तथा सामुद्रिक आँधी चल्न सक्ने चेतावनी पनि दिएका छन् ।यल्लो समुद्रले भेटने पोहांगमा सबैंभन्दा बढी पानीको तह बढेको योन्हापले जनाएको छ ।
२५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस सम्पन्न
सोल- २५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस दक्षिण कोरियाको राजधानी सोलको महानगरपालिका भवनमा आइतबार भब्यताको साथ सम्पन्न भएको छ | सो दिवस प्रवासी मजदुर संघ (एमटियु) ले आयोजना गरेको हो | कोरियामा १५ राष्ट्रको लाखौ मजदुरहरु कार्यरत रहेका छन् तर तिनीहरु कुनै न कुनै कारणले कम्पनि मालिकहरुबाट स्वयंम शोषण र उत्पीडनमा परेका छन् | यहाँ इपिएसबाट भित्रिएका प्रवासी मजदुरहरुले मजदुर अधिकारको खासै अनुभूति गर्न सकेका छैनन् तर कोरियामा एमटियुले मजदुर अधिकारको लागि स्थापनाकाल सन् २००५ देखि नै मजदुर अधिकारको लागि वकालत गर्दै आएको छ | एमटियुलेफुर्सदमा
आर्सनल पुन: अभागी
बलराम पाठक सोल-बिगत २ सिजन जस्तै यस सिजन पनि आर्सनल अभागी बनेको छ | गत २ सिजनमा जर्मन पावर हाउस ब्रायन मुनिखको हातबाट लगातार पराजित भएको आर्सनल यस पटक चाम्पियन्स लिगमा फेरी बार्सिलोना संग भिड्ने भएको छ | आउदो फेब्रुवरी १६ तारिक इमिरेट्स रंगशालामा यी दुई भिड्ने छन् | चाम्पियन्स लिग सुपर १६ ड्र पछि यी दुबै टिम आमुन्ने सामुन्ने हुने भएका हुन् | सन् २००६ मा पेरिसमा भएको फाइनलको हारको बदला आर्सनल लिने दाउमा छ भने आफ्नो दबदबा कायम रहिरहन स्पेनिश महारथी बार्सिलोना जीतको पर्खाईमा रहेको छ |फुर्सदमा
धोनी पुनेको कप्तान
सोल-इन्डियन एकदिवसीय कप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रेमियम लिगको नया क्लब पुनेको कप्तान हुने भएका छन् | चेन्नई सुपर किंग्स र राजस्थान रोयल खेल मेलिमतोको कारण निलम्बनमा परेपछि यी दुई क्लबका खेलाडी आगामी IPL मा खेल्ने वा नखेल्ने अन्योलमा थिए | यी दुई क्लबमा खेल्ने खेलाडीहरु पुने र राजकोटमा अनुबन्धित भएका छन् | धोनीसंगै पुनेमा अजिंके राहाने ,रविचन्द्र अस्विन ,स्टिभ स्मिथ ,फाप दुब्लिसी खेल्ने भएका छन् भने राजकोटमा सुरेश रैना रबि जडेजा ,ब्रेनडम म्यकलम ,जिमी फोक्नर ,ड्रायन ब्राभो अनुबन्धित भएका छन् | IPL २०१६ आगामी अप्रिलमा सुरु हुने छ
‘टर्निंग पोईन्ट’
कोरियामा पछिल्लो समय आत्माहत्या बढदैं गएको छ यस्तो तितो यथार्थलाई थोरैं भएपनि कम गर्न सकिन्छ कि भन्ने हेतुले कोरियामा रहेका युवाहरुले निर्माण गरेको ‘टर्निंग पोईन्ट ‘।एक पटक तपाई पनि हेर्नुहोस ।
चेल्सीको खराब प्रदर्शन जारी
बलराम पाठक-इंग्लिश प्रिमियम लिगमा चेल्सीको खराब प्रदर्शन जारी रहेको छ / सोमबार राति भएको खेलमा लिसेस्टर सिटी को हात बाट २-१ पराजित भएको हो / यस सिजनमा लगातार खराब खेल्दै आएको चेल्सी रेलिगेशन जोन भन्दा ३ अंकले माथि रहेको छ / लिसेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा जिमी भर्डीले खेलको ३४ औ मिनेटमा लिसेस्टर सिटी लाई अग्रता दिलाएका थिए / यस सिजनमा भर्डीको १५ औ गोल पनि हो / त्यसै गरि खेलको ४८ औ मिनेटमा मेहरेज़ले गोल गर्दै सिटी लाई २ गोलको अग्रता दिलाए , चेल्सीले भने खेलकोफुर्सदमा
प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले पाचौं अधिबेशन जनवरी ३ मा गर्ने
राजु थापा दक्षिण, सोल -नेकपा एमालेको प्रबास सङगठन प्रबासी नेपाली मन्च (ONF ) दक्षिण कोरियाको पाचौ अधिबेशन सम्पन्न गर्ने भएको छ । यहि आउदो जनवरी ३ तारिख सउलस्थित बुल्ग्वाङ स्टेसन नजिकै रहेको एमटियु (MTU) हलमा गर्न लागिएको हो । प्रबासी नेपाली मन्च कोरियाका सचिब दिपेन्द्र अधिकरिका अनुसार अधिबेशनका लागी एक महिना अगाडी देखी नै आन्तरिक गृह कार्यमा जुटेर अधिबेशनलाइ सम्पन्न गर्न बिभिन्न उपसमितीहरु बनेको र सबै उपसमिती हरुले आफ्नो कामलाइ तदारुकताका साथ अघि बढार्इ आफ्नो तयारि अन्तिम चरणमा पुगेको जनाउनु भएको छ। सन १९९६ मा स्थापित प्रबासी नेपाली मन्च कोरियाका सबैफुर्सदमा
कोरियामा फेरी अर्को आत्महत्या
जीबी लामा/यमश्रीस मगर सोल – कोरियाको पुचन-सी मा मन्जिल पहरी नाम गरेका एक नेपालीले आत्महत्या गरेका छन । गत आईतबार बाट सम्पर्कबिहीन भएका उनी साथीहरुले सम्पर्क गर्दा पनि सम्पर्क नआएपछी आज बिहान मोबाइल सम्पर्क गर्दा कोरियनले प्रहरीले उठाएपछी उक्त घटानाको पुष्ठी भएको स्रोतले बतायो । उनको शबलाई पोस्टमार्टमका लागी संगुरी स्थित उरी फ्योंगगोन हस्पिटलमा राखिएको छ । घटनाको बृस्तित विवरण भने आउन बाँकि रहेको छ । घटानाको बारेमा कोरिया स्थित नेपाली दुताबासमा सम्पर्क गर्दा औपचारिक जानकारी नआएको दुताबासले जनायो । नेपालमा सानोठिमी भक्तपुर घर भै २२ महिनाफुर्सदमा
हेटाैडा-काठमाडाैं सुरुङमार्गमा फस्याे कोरियाका नेपालीकाे पैसा
नविन अर्याल सोल/कोरिया । दक्षिण कोरियामा कार्यरत लक्ष्मण गिरीले साढे दुई वर्षअघि हौसिँदै काठमाडौं-हेटौंडा सुरुङ मार्गमा शेयर लगानी गरे । नगरुन् पनि किन ? उद्योगी कुशकुमार जोशीको नेतृत्वमा रहेको कम्पनीले कोरियामै पुगेर सुनको अण्डा पार्ने आयोजनाबारे व्यापक विज्ञापन गरेको थियो । गुल्मी निवासी गिरीले सुरुङमार्गमा दुई लाख रुपैयाँ संस्थापक लगानी गरेका हुन् । उनीजस्तै कोरियामा कार्यरत नेपालीले एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म लगानी गरेका छन् । कुशकुमार जोशी आफैं कोरिया पुगेर लगानी गर्न हौस्याएपछि धेरैले शेयर खरिद गरेको गिरी बताउँछन् । तीन वर्षमा लगानीको ‘रिटर्न’ पाउन सुरुफुर्सदमा
नेपाली कथानक चलचित्र “परदेशी” किम्हे शहरमा पनि भब्यताका साथ सम्पन्न
सौल – सुब्बा राना मगर नेपाल मगर संघ कोरियाको पहलमा नेपालका अनाथ तथा असाहय बालबालिकालाई सहयोग गर्ने प्रतिबद्धता सहित चलचित्र परदेशी सउल को अपार सफलता पछि दक्षिण कोरियाको किम्हे शहरमा पनि गत आइतबार १३ डिसेम्बर २०१५ मा भब्यताका साथ सम्पन भएको छ। नेपाल मगर संघ कोरिया किम्हे/बुसान/थेगु शाखाका अध्यक्ष श्री राज कुमार आले मगरको सभापतित्वमा नेपाल मगर संघ कोरिया अध्यक्ष खड्क थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम नेपाल मगर संघ कोरिया थेगु/किमे/बुसान शाखाका सचिब छबिन रानाले सन्चालन गरेका हुन् । नेपाल मगर संघ थेगु/किमे/बुसान उपाध्यक्ष भिषण पुर्जा मगरकोफुर्सदमा