Manju Gurung
किराती मिथकको संगालो ‘थिबिया’
मानव सभ्यतासँगै विकसित हुँदै आएको किरात राई जातिको सभ्यता र इतिहास जति पुरानो छ त्यति नै पुरानो छ मिथकीय परम्परा र विश्वास । यीनै किराती जातिकोे समग्र सभ्यता र संस्कृतिको प्रतिविम्वको रुपमा रहेका मौलिक मिथकहरू पुस्तौं पुस्तादेखि सुन्दै आएको पाइन्छ । ठाउँ, परिवेश र समुदाय अनुसार विविधता बोकेको किराती मिथकको मुख्य सार भने एउटै हो । यीनै किरात राई जातीको मिथकमा मौलिक लय समेटेर गायिका जानुका राईले ‘थिबिया’ नामक सांगीतिक भिडियो संग्रह हालै सार्वजानिक गरेकी छिन् । किरात मिथकमा वियोगान्त संवेदनालाई चित्रण गरिएको मौलिक कथालाई गीतिलयमा ढालिएको उक्त गीतिसंग्रहमा ‘एफुर्सदमा
भारतीय नाकाबन्दी बिरुद्ध कोरियामा प्रर्दशन
सोल-नेपालमा भारतले अघोषितरुपमा लगाईरहेको नाकाबन्दी बिरुद्ध कोरियामा रहेका नेपालीहरुले बिरोध प्रर्दशन गरेका छन् । नाकाबन्दीले नेपालको निर्बाध पारबहान अधिकार कुण्ठित गरेको र भारतले नेपालको सर्वभौमसत्ता तथा मानव अधिकारको अपमान गरेको भन्दै सोमबार सोल स्टेशनमा जम्मा भएका करिब ५ सय नेपालीले बिरोध जनाएका हुन् । नेपाली भेषभूषामा आएका ब्याबसायी, मजदूर, बिद्यार्थी, पत्रकार, समाजसेवीले ‘अन्र्तराष्ट्रिय कानुन र हाम्रो सर्वभौमसत्ताको सम्मान गर’, ‘नेपालमा भारतीय हस्तक्षेपको बिरोध गरौं’ भनेर लेखिएको मुख्य ब्यानर र ‘ब्याक अफ ईण्डीया’, ‘ईण्डीया रेस्पेक्ट इन्टर नेशनल ह्यूमन राईटस एण्ड ल’ ‘ईण्डीया स्टप ब्लकिङ बोडरस’ आदि लेखिएकोफुर्सदमा
तमु धीँ कोरियाको अध्यक्षमा प्रदीप गुरुङ
धन गुरुङ सोल-तमु धीँ कोरियाको सातौं साधारणसभाबाट अध्यक्षमा प्रदिप गुरुङ बिजयी भएका छन । दोङ्देमुन स्थित नेपाल हाउसको सभा हलमा आज सम्पन्न भएको साधारणसभाबाट आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो । अरु पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदमा भने अन्तिम समयसम्म सर्वसम्मत हुन नसकेपछी निर्वाचनबाट अध्यक्षको छिनोफानो गरिएको थियो । अध्यक्षमा प्रदीप गुरुङले अर्को प्रतिद्वन्दी अमृत गुरुङलाई १८ मतान्तरले पछि पर्दै अध्यक्षमा निर्वाचित सफल भए । कुल ६८ मत खसेकोमा प्रदिप गुरुङले ४२ मत र अमृत गुरुङले २४ मत प्राप्त गरेका थिए । तमुफुर्सदमा
कोरिया कांग्रेसमा कुँवर
सोल-नेपाली कांग्रेसको कोरिया प्रबास संगठन नेपाली जन सम्पर्क समितिको सभापति पदमा गीरिराज कुवंर निर्बाचित भएका छन् | पाँचौं कार्यकालको लागि आज भएको अधिबेशनमा सभापति पदमा समझदारी हुन नसकेपछि भएको निर्बाचनमा गिरीले ६९ मत ल्याएर बिजयी भएका हुन् | उनका प्रतिद्वन्दी आस्था मल्लले ६३ मत प्राप्त गरेकी छिन | कोरियालाई ७ क्षेत्रमा बिभाजन गरेको समितिको अधिबेशनमा जम्मा १ सय ४० प्रतिनिधि सहभागी थिए |बिस्तृत बिबरणको लागि फोनिज कोरिया डटकम हेर्दै गर्नु होला |
तपाईको ५ लाखले यसरी कमाउँछ ४५ लाख (हाईव्रिड ईन्भेष्मेन्टको नयाँ अबधारणा) -केशव श्रेष्ठ (अध्यक्ष, म्याक्स भिजन प्रा. लि.)
हाइव्रिड इन्भेष्टमेन्ट केहो र यसमा कसरी काम गर्न सकिन्छ ? हाइव्रिड भन्नाले मिक्स भन्ने बुझिन्छ । फाइनान्सियल मार्केटमा भएका वस्तुहरुलाई मिक्स गरेर त्यसबाट बढी भन्दा बढी प्रतिफल कसरी निकाल्ने भन्ने प्रक्रिया नै हाईव्रिडिङ प्रोसेस हो । बजारमा भएका ईन्स्टुनेन्टहरु जस्तै सेयर बजार, फिक्स डिपोजिट, इन्स्योरेन्स लगायतलाई मिलाएर त्यसमा कार्यक्षमता अभिवृद्धि गराएर कसरी बढी भन्दा बढी प्रतिफल निकाल्न सकिन्छ भन्ने नै हाईव्रिडिङ प्रोसेस हो र यसलाई इन्भेष्टमेन्ट हाईव्रिडिङ भनेर भनिन्छ । हाईव्रिडिङ प्रोडक्टको बजार मेकानिज्म हाईव्रिडिङ प्रोजेक्ट अत्यन्तै सामान्य तरिकाले प्रयोगमा ल्याउन सकिन्छ ।फुर्सदमा
दोस्रो विश्वयुद्धमा जापानी सैनिकको यौनदासी कोरियाली महिलाहरु क्षतिपूर्तिको माग गर्दै
सोल : ली ओक सन अहिले ८८ वर्षकी भइन् । दक्षिणकोरियाको बुसानमा सन् १९२७ मा जन्मिएकी सन कम्फर्ट उमनको (दोस्रो विश्वयुद्धमा जापानी सेनाले विलासिताका लागि प्रयोग गरेकी महिला) रूपमा चिनिन्छिन् । तर उनी स्वयं तथा कोरियन सरकार भने कम्फर्ट वुमनभन्न त्यति रुचाउँदैनन् । दोस्रो विश्वयुद्धका बेला जापानी सेनाबाट चरम यातना पाएका र बलाकृत भएका महिलालाई जापानले कम्फर्ट उमनको संज्ञा दिएको थियो । कम्फर्ट भन्ने बित्तिकै आरामदायीको अर्थ लाग्छ तर अहिले चिनिएका कम्फर्ट वुमन चरम यातना भोगेर आएका हुन् । यौनशोषण, ब्यारेकमा हुने घरेलु कामलगायतमा उनीहरूको शोषण भएको भन्दै अहिलेफुर्सदमा
बिरोधपत्र बुझाउन हजारौं नेपाली भारतीय दूताबास जाने
सोल-नेपालमा भारतले अघोषितरुपमा लगाईरहेको नाकाबन्दी बिरुद्ध कोरियामा रहेका हजारौं नेपालीहरु सोमबार बिरोध पत्र बुझाउन भारतीय दूताबास जाने भएका छन् | एनआरएनको अगुवाईमा आइतबार नेपाल हाउसमा बसेको ६३ वटा संस्थाको बैठकले सोमबार सोलस्थित भारतीय दूतावासमा बिरोध पत्र बुझाउन हजारौं नेपाली सहभागी हुने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार सोमबार २ बजे सोल स्टेशनको प्राङगणमा नाकाबन्दी बिरुद्ध बिरोध प्रर्दशन गरिने छ । त्यसैगरि भारतले नेपालको निर्बाध पारबहान अधिकार कुण्ठित हुने गरि लगाएको नाकाबन्दीबारे विश्वलाई जानकारी गराउन कोरियाली संचारकर्मीहरुसंग पत्रकार सम्मेलन आयोजना गरिने भएको छ । फुर्सदमा
भारतीय नाकाबन्दी बिरुद्धको प्रदर्शनमा सहभागी हुन एनआरएनए कोरियाको अपील
नेपालीको लागि नेपाली For Nepali by Nepali गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाफुर्सदमा
लगानीको अर्को मौका, ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्दे दोर्दीखोला हाईड्रो
काठमाडौं – दोर्दी खोला हाईड्रोपावर प्रोजेक्टले सर्वसाधारण र स्थानीयवासीका लागि करिव ३२ लाख कित्ता साधारणशेयर निष्काशन गर्ने भएको छ ।हिमालयन पावर लिमिटेडले प्रवद्र्धन गरेको कम्पनीले ३२ करोड रुपैयाँ बराबरको साधारण सेयर निश्कासनका लागि ग्लोबल आइएमई क्यापीटललाई बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । तर कम्पनीले सेयर निश्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाउन भने बाँकी छ । कम्पनीले ३१ करोड ९६ लाख २५ हजार एक सय रुपैयाँ बराबरको ३१ लाख ९६ हजार २ सय ५१ कित्ता साधारण शेयर जारी गर्दैछ । उक्त सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागिफुर्सदमा
नेपाली ब्याडमिन्टन टोली कोरियामा
सोल – योनेक्स कोरिया जुनियर खुला ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली दक्षिण कोरियाको ग्वान्जु आईपुगेको छ | नोभेम्बर २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१७ उमेरसमूहको सिंगल्स र डबल्समा भाग लिने छ । यु–१९ मा निरविक्रम देवकोटा र गौतमसिंह कठायत तथा यु–१७ मा चिरण विष्ट र रुकेश महर्जनले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा अनिल लाखे तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सदस्य नवीनविक्रम शाह छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामाफुर्सदमा