Manju Gurung
स्याङ्जा परिवारको बार्षिक भेला, सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न
सोल कोरिया नेपाली चाड दिपावालीको अवसर पारेर स्याङ्जा परिवार दक्षिण कोरियाकाे वार्षिक भेला, सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । सोलको दोङ्देमुन स्थित सेमाउल बैंकको सभाहलमा आईतबार कार्यक्रम सम्पन्न भएको हो । कोरियाका लागि नेपाली राजदुताबास कोरियाका सहचार्य रमेश गैह«ेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा संस्थालाई नैतिक, भौतिक र आर्थिक सहयोग गर्दै आएका भुमिजङ्ग राना, सपना शर्मा, हिमानी गुरुङ्, कल्पना गुरुङ् लगायत आधा दर्जनलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यस्तै स्याङ्जालीको तर्फबाट कोरियामै स्थापित संघसंस्थाहरुमा प्रतिनिधित्व गर्न सफल भावना गुरुङ्, नोमराज गुरुङ् लगायतलाई खादा लगाई बधाई तथा शुभकामना प्रदानफुर्सदमा
संयुक्त राष्ट्रसंघका महासचिवन वान कि मुनले उत्तर कोरिया भ्रमण गर्ने
सोल-संयुक्त राष्ट्रसंघका महासचिवन वान कि मुनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् | महासचिव वानले यो हप्ताभित्रै उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरेको दक्षिण कोरियाली संचार माध्यमहरुले जनाका छन । राष्ट्रसंघका उच्च अधिकारीलाई उद्धृद गर्दै महासचिव वानले उत्तर कोरियाको भ्रमणको तयारी गरेको समाचारमा जनाइएको हो । राष्ट्रसंघले भने यो विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । राष्ट्रसंघका महासचिवले गएको २० वर्षदेखि उत्तर कोरियाको भ्रमण गरेका छैनन् । वानले भ्रमण गरेमा यो राष्ट्रसंघका महासचिवको २० वर्षमा पहिलो भ्रमण हुनेछ । यसअघि गएको मेमा पनि महासचिवफुर्सदमा
सुवनमा नेपाली बिद्यार्थीले मनाए तिहार
सुवन -सुवनस्थित आजु विश्व बिधालयका बिधार्थीहरुले त्यस क्षेत्रका नेपाली रेस्टुरेन्टहरुमा देउसी भैलो कार्यक्रम सम्पन गरेका छन् | देउसी भैंलो खेल्दैं दिपावली मनाउने साथै प्रवासमा नेपाली कला संस्कृतिलाई देउसी भैंलो को माध्यमबाट झल्काऊने उदेश्यका साथ खेलिएको देउसी भैलो कार्यक्रममा बिश्वबिधालयमा अध्यनरत बिधार्थी, भूपू बिधार्थीहरुको उपस्थिति रहेको थियो | देउसी भैलोले नेपालीपनलाई समेट्नुको साथै बर्षौपछि परदेशमा नेपालीपनको अनुभब गर्न पाएकोले पनि खुसि प्राप्त भएको बताउन्छन आजुमा स्नातकोतर गरिरहेका भोजेन्द्र तुलाचन | उनको अनुभबमा पहिलो पटक यसरि देउसी भैलो कार्यक्रम भएको हो | यसैगरी नेपाली कला संस्कृतीले निरन्तरता पाउनुफुर्सदमा
कोरियन भाषा परीक्षा नेपाली बिद्यार्थीले नेपालमै दिन पाउने
सोल-दक्षिण कोरियामा पढ्न आउने नेपाली विद्यार्थीका लागि खुशी खबर छ | यहाँ पढ्न आउनका लागि बिद्यार्थीले दिनुपर्ने टेष्ट अफ प्रफिसियन्सी इन कोरियन (टोपिक)को परीक्षा नेपालमै दिन पाउने व्यवस्था भएको छ । त्रिवि र कोरियन दूतावासबीत भएको सहमति अनुसार स्वदशमै टोपिकको परीक्षा भएको हो । यसअघि टोपिकको परीक्षा दिन भारत जानु पर्दथ्यो । त्रिवि अन्तर्गत विश्व भाषा क्याम्पसले टोपिकको परीक्षा लिने भएको हो । यो परीक्षा विश्वका ७३ मुलुकमा एक साथ सम्पन्न हुने गर्छ | यो अंग्रेजी भाषाको ‘टोफल ‘जस्तै प्राज्ञिक मान्यताका लागि लिने गरिन्छ | टोपीक हरेक बर्षफुर्सदमा
शुभकामना आदानप्रदान गर्दैं अनलाईन वेभ टिभिको तिहार कार्यक्रममा रमाए नेपाली
सोल-दक्षिण कोरियाको राजधानी सोल नजिकैं होङ्दे स्टेसनस्थित रहेको शान्ती-१ रेष्टुरेन्टमा भेला भएका शनिबार दिदीबहिनीहरुबाट उपस्थित दाजुभाइले टिका लाउनुका साथैं शुभकामना आदानप्रदान गर्दैं दिपावली मनाएका छन् ।अनलाइन वेभ टिभिले आयोजना गरेको रमाईलो देउसी भैंलो तथा दिपावली साँझ २०७२ मा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । देउसी भैंलो खेल्दैं दिपावली मनाऊ,प्रवासमा नेपाली संस्कृति झल्काऊ भन्ने नाराकोसाथ आयोजन गरिएको सो कार्यक्रममा प्रमुख अतिथि एसिया प्यासिफिक पुर्व संयोजक गंगाराज राई सो कार्यक्रममा बोल्दैं भने प्रवासमा आएर नेपाली संस्कृतिलाई चिनाउनुको साथैं यसलाई जगेर्ना गर्नुपर्ने बताए । एन आर एन दक्षिण कोरियाकाफुर्सदमा
कोरियामा सरकारविरोधी प्रदर्शन
सोल-दक्षिण कोरियाको राजधानी सोलमा अहिलेसम्म कै ठूलो मानिएको सरकार विरोधी प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले राष्ट्रपति पार्क गुन हेको राजीनामा मागेका छन् । दशौं हजार प्रदर्शनकारी सरकार विरोधी मार्चमा सहभागी भएको प्रहरीले जनाएको छ । प्रदर्शनमा विभिन्न समूह सहभागी भएका छन् । श्रम संगठनहरुले राष्ट्रपतिको व्यापारिक नीतिविरुद्ध प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनकरी र सुरक्षाकर्मीबीच ठाउँठाउँमा झडप हुँदा केही घाईते भएका छन् । कोरियामा राष्ट्रपति पार्क गुन हेको श्रम बजार सम्बन्धी नीति विवादित मानिन्छ । दुई वर्ष अगाडी निर्वाचित पार्क कोरियाको पहिलो महिला राष्ट्रपतिफुर्सदमा
पायल्स रोग के हो ? यसबाट बच्ने उपाय र घरेलु उपचार
सोल – मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएकोफुर्सदमा
संगीत भनेको सुख दु:खमा साथ् दिने साथी हो – गायिका कला राई
कला राईको पछिल्लो एल्वम ‘लुक्स’ अहिले चर्चामा छ । उक्त एल्वममा समाबेश गरिएको ‘संगिनीलाई सुनाऊ कि हाल यो मनको, आफैं हेरी बसूँ कि बेहाल यो मनको’ बोलको गीत अहिले एफ.एम , टि.भी र युटुवमा चर्चा बटुलिरहेको छ । यस अघि नै ‘पान्धारे चौकी, माया पो नलाई मरिन्छ कि’ बोलको गीतले कलालाई नेपाली संगीत क्षेत्रमा परिचान दिईसकेको छ । रेडियो नेपालले २०५७ सालमा आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम हुँदै गायन यात्रा थालेकी कलाको यस अघि नै ‘अफर’ र ‘कला ‘ नामक एल्वम बजारमा आईसकेको छ । कलाको तेस्रो एल्वमफुर्सदमा
तमु धीँ दक्षिण कोरियाको अधिवेशन तयारी तिब्र हुँदै
सोल कोरिया तमु धीँ दक्षिण कोरियाले आफ्नो ७औं अधिवेशनको तयारी तिब्र बनाएको छ । अगामी नोभेम्बर २२ तारिकका दिन सोलको सिलसङ्दोङ् स्थित नेपाल हाउसमा अधिवेशन कार्यक्रम हुने उसले जनाएको छ । तयारीकै सिलसिलामा गएको छुसकमा सम्पन्न ‘रोधी सांगीतिक सौगात भाग–३, कर्म ब्याण्ड लाईभ कन्सर्ट’ समिक्षा एवं ७औं अधिवेशनको तयारी कार्यक्रम धीँले नोभम्बर ८ मा सम्पन्न गरिसकेको छ । सो अवसरमा अधिवेशनका तयारी बारे कोरियाको विभिन्न शहरहरुमा छरिएर रहेका तमुहरुलाई जानकारी गराएकाे संस्थाका अध्यक्ष सुरज गुरुङ्ले जानकारी दिए । अधिवेशनको उद्घाटनसत्रका प्रमुख अतिथि कोरियाका लागि नेपाली श्रम सहचारी अनिल गुरुङ्, बिशेषफुर्सदमा
सर्जक क्रिश गुल्मेली बाबुको ” प्रियसीकै यादमा” ( भिडियो सहित )
सोल – ईपिएस मार्फत कोरिया आएर कोरियाको व्यस्तताको बावजुट पनि संगीत सृजनामा लागि परेका सर्जक क्रिश गुल्मेली बाबुको ” प्रियसीकै यादमा” बोलको गीत भर्खरै बजारमा आएको छ | खुमन अधिकारीले गाएको गीतलाई क्रिश गुल्मेली बाबुले लेखेका हुन | बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा शालू गौतम र क्रिश गुल्मेली बाबुले मोडलिङ गरेका छन् | भिडियोमा मुकेश हुमागाँईले क्यामेरा चलाएका छन् भने शक्ति प्रज्वल घिमिरे भिडियोको एडिट गरेका हुन् | उक्त म्युजिक भिडियोको अक्शिजन मिडिया प्रा लिले बजार ब्वास्थापन गरेको छ |