Manju Gurung
कोरिया कांग्रेसमा कुँवरको पल्ला भारी
चीराग शर्मा नेपाली कांग्रेसको कोरिया प्रबास संगठन नेपाली जन सम्पर्क समिति यतिबेला चौथो अधिबेशनमा जुटी रहेको छ | उसले कोरियालाई ७ क्षेत्र निर्धारण गरेको छ भने सातै क्षेत्रको अधिबेशन सम्पन्न गरिसकेको छ |नोभेम्बर २२ मा हुने अधिबेशन प्रत्येक क्षेत्रबाट ११ जना भाग लिन पाउने विधानमा व्यवस्था गरिएको छ | अधिबेशनलाई सभ्य भब्य बनाउन समितिका सभापति नवराज सिवाकोटीले बिभिन्न समितिहरु गठन गरेर तयारी तीब्र पारेका छन | नोभेम्बर २२ मा हुने अधिबेशनमा जम्मा १ सय ४० प्रतिनिधिले पाँचौ कार्यकालका लागि नयाँ टिम छान्ने छ | अधिबेशन नजिकी रहेकै बेला यहाँकोफुर्सदमा
लिलामी हाम्राे राष्ट्रवाद र मधेस अान्दाेलन
सज्जन कुमार सिंह कलम हाम्राे तर लेख्छ अरुले आँखा हाम्राे तर देख्छ अरुले एक जना दार्जीलिङका नेपाली कविले लेखेकाे याे पंङ्ति साच्चै नै हाम्राे अहिलेकाे यथार्थमा सत्य सावित हुन्छ । याे दुई लाईनका हरफ नाै अक्षरहरुमा अाउने भावले देशकाे यथार्थ तस्बिर काेरेकाे छ । हामी हामी छैनाै ,हाम्राे देश हाम्राे छैन हामी श्वास पनि अरुकाे इशारामा फेर्न पर्छ । हामी हाम्रा लागि भन्दा पनि बढि अरुका लागि रहेछाै कि ? यस्तै यथार्थ हामी बीचमा छ । त्यतिबेला हामी नेपाली हामी गाेर्खालीले विश्व मनचित्रकाे इतिहासका बहादुरकाे स्वर्ण अक्षरले नाम लेख्याे ।फुर्सदमा
कुन फलफुल बढी रुचाउँछन् ? कोरियनहरुले
सोल -तपाईलाई झट्ट फलफुल भन्नासाथ मनमा के आउँछ ?अंगुर,स्याउ,नास्पाती,केरा,लिची,आँप,भुईकटर या अन्य अरु कुनैं? मानिसको आ आफना रुचि हुन्छ । कसैंलाई लिचि मन पर्ला कसैंलाई आँप,अंगुर आदि तर कोरियनहरुले भने फलफुल मध्येमा विषेश गरी स्याउ रहेको एक अध्ययनले देखाएको छ । ग्रामीण विकास प्रशासनले गरेका अध्ययन सो तथ्य देखाएको हो ।अध्ययनकर्ताहरुले सन २००९को डिसेम्बरदेखि सन २०१३ सम्म ७ सय ३२ घरले किन्ने गरेको फलफुलको अध्ययन गरेको थियो ।उक्त अध्ययनले प्रतिबर्ष औंसत८५ हजार ४ सय ७३ वनको सबैं भन्दा बढी स्याउ किन्ने गरेको तथ्य देखा परयो । विषेश गरी विभिन्नफुर्सदमा
किकबक्सिङ च्याम्पियन टुर्नामेन्टमा भाग लिन कोरिया आउदै नेपाली खेलाडी
जापानमा बसेर खेलक्षेत्रलाई अगाडि बढाउदै आएका किकबक्सिङका खेलाडी मोहन महर्जन दक्षिण कोरियामा हुनलागेको अन्तर्राष्ट्रिय स्तरको किकबक्सिङ च्याम्पियन टुर्नामेन्टमा सहभागि हुने भएका छन् । यहि १४ तारिख शनिबार साँझ कोरियाको इन्छनस्थित नाम्दोङ्ग जिम्नासियममा हुन गइरहेको ६८ केजी अन्तर्गतको उक्त खेलमा महर्जन कोरियाका K-1 वल्र्ड म्याक्स टुर्नामेन्ट खेलाडी लि सङह्योङसँग भिडने भएका छन् । सन् २००९ मा जापानमा आयोजित मार्शल आर्ट किकबक्सिङमा उत्कृष्ट भएका मोहन महर्जनले जापानमा भएको प्रोफेसनल २७ खेलमा भाग लिइसकेका छन् । जसमा अहिलेसम्म १२ वटा खेलमा जित हासिल गरिसकेका उनले कोरियामा हुन लागेको खेलमा पनि पूर्ण तयारीकासाथ सहभागिता जनाउनेफुर्सदमा
ट्रिनिटीले शनिबार दिपावली साँझको आयोजना गर्ने
सोल-दक्षिण कोरियामा विभिन्न उत्सव र अवसरहरुमा स्टेज तताउन माहिर रहेको पुरानो स्थानीय सांगीतिक व्याण्ड ट्रिनिटीले यही आउँदो शनिबार बेलुका सुवनमा ट्रिनिटीसंग दिपावली साँझ गर्ने भएको छ । सुवनमा रहेका स्वयम्भू रेष्टुरेण्टमा आयोजना गर्न लागिएको दिपावली साँंझ कार्यक्रममा अन्य स्थानीय व्याण्डहरुको पनि सहभागिता रहनेछ । दक्षिण कोरियामा रहेका युवायुवतीलाई मनोरञ्जन दिलाउन विशुद्ध सांगीतिक कार्यक्रम गर्न लागेको ट्रिनिटीले जनाएको छ । देउसी भैंलो,नाँचगानका साथमा भाइटिका लगाउन कार्यक्रम पनि रहेको छ । सो कार्यक्रममा उपस्थित भैं सोभा बढाइदिन सम्पुर्ण कोरियाबासी नेपालीहरुलाई ट्रिनिटीले आग्रह समेत गरेको छ ।
एनआरएनले औषधि र अति आवश्यक सामग्री उपलब्ध गराउने
सोल/कोरिया – गैर आवासीय नेपाली संघ (एनआरएन) ले भारतले गरेको अघोषित नाकाबन्दीको कारण उत्पन्न विषम परिस्थितिमा औषधि र अन्य अति आवश्यक सामग्री उपलब्ध गराउने भएको छ । एनआरएनका अध्यक्ष शेष घलेले नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई पत्र लेखी कस्तो किसिम र कुन बस्तु कति परिणाममा चाहिने हो, सो को विवरण एनआरएन लाई उपलब्ध गराउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ । साथै पत्रमा भनिएको छ, “मातृभूमिले भोगेको यो विषम परिस्थितिमा सहयोग गरी आम नेपाली जनताले पाएको दु:खमा मलम लगाउने उदेश्यले , गैर आवासीय नेपाली संघले जिबनफुर्सदमा
कठ्पुतली मेचमा राख्दैमा आधा आकासको उत्थान होला ?
बन्दना छाङ्छा नेपाली माटोको अगाध माया र सम्मान हुँदाहुँदै पनि बिदेशिनु बाध्य भएर संसारभर छरिएका हामी नेपाली कति हौँला, यहाँ यकिनका साथ भन्न नसकुँला । तर, तिनीहरुमध्येका एक म पनि हूँ । झण्डै आधा दशक हुन लागेछ- म कोरिया आएको पनि ! यहि दौडाहमैं रहँदा केही सुनौला इभेन्टहरु हेर्ने/सुन्ने मौका पनि पाएँ । आज यहाँ त्यही एउटा एतिहासिक प्रसंगको कुरा राख्न मन लाग्यो, त्यसैले यो लेख लेख्दैछु ! आजभन्दा लगभग तीन वर्षअघि सन् १९ डिसेम्बर २०१२ को कुरा हो । दक्षिण कोरियामा कार्यकारी राष्ट्रपतिको चुनाव हुँदैथियो । यहाँका जनताहरुमाफुर्सदमा
नेपाल सम्बतको अबसरमा हेटौँडामा बिबिध कार्यक्रम
अशोक सुजन श्रेष्ठ हेटौँडा-नेपाल सम्बत नयाँ बर्ष ११३६ को अबसरमा हेटौँडामा बिबिध कार्यक्रम गरिएका छन् । आज(सोमबार) बिहान हेटौंडामा प्रबचन कार्यक्रम र झाँकी सहितको साईकल र मोटरसाइकल ¥याली निकालिएको हो । उद्घाटन कार्यक्रम साँसद लक्षण राजबंशीको प्रमुख आतिथ्य तथा नेपाल सम्बत् ११३६ नयाँ बर्ष आयोजक मूल समारोह समितिका संयोजक बिष्णुगोपाल महर्जनको अध्यक्षतामा कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रमपछि पल्पसा सभागृहबाट नेवारी धिमे बाजा, बैण्ड बाजासहित निकालिएको साईकल र मोटरसाईकलसहितको ¥याली हेटौँडा बजारको परिक्रमापछि पल्पसा सभा गृहमै पुगेर बिबिध साँस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममै उत्कृष्टहरु र्यालीतर्फ प्रज्ञा महाबिहार हेटौँडा,फुर्सदमा
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने
सोल/कोरिया ,प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको मंगलबार एक महिना पुग्न लागेको अवसरमा देशबासीलाई सम्बोधन गर्न लागेका हुन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले केही कार्यक्रमहरु घोषणा गर्ने बताईएको छ । एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहितका दलको समर्थनमा ओली असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले २५ गते सपथ लिएर पदभार ग्रहण गरेका थिए । सोमबार राप्रपा नेपालका दुई राज्यमन्त्री र दुई सहायकमन्त्रीलाई नियुक्त गरेपछि संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधनको तयारी भइरहेको जानकारी दिएका हुन् । फुर्सदमा
कोरियाको सहयोगमा डाटा सेन्टरको निर्माण कार्य सुरु
– प्रताप विष्ट, हेटौँडा- सरकारी तथा निजी क्षेत्रका सूचना र व्यावसायिक विवरण सुरक्षित राख्न करिब ४० लाख डलरको लागतमा हेटौँडामा डाटा सेन्टरको निर्माण कार्य बिहीबारदेखि सुरु भएको छ । सिंहदरबारस्थित डाटा सेन्टरको ब्याकअपको रुपमा हेटौँडामा डाटा सेन्टर निर्माण गर्न लागिएको हो । डाटा सेन्टरको भवन निर्माणको ठेक्का पाएको नेपाल आर्दश कम्पनीले भवन निर्माण गर्न जमिनहरु सम्याउन थालेको छ । हेटौँडा नगरपालिका–४ स्थित लोकतान्त्रिक चौर नजिक रहेको नगर विकास समितीको जग्गामा सो निर्माण हुन लागेको हो । नगर विकास समितीले उपलब्ध गराएको ८ कठठ ८ धुर जमिनमा कोरिया अन्तराष्ट्रिय सहयोगफुर्सदमा