Manju Gurung
झापा मिलनको १ तोला सुन ज्ञवालीको पोल्टामा
समिर पैाडेल सुवन-यही २०१५ नोबेम्बर ८ तारिक झापा मिलन समाजले आयोजना गरेको चिठा कार्यक्रमको पहिलो पुरस्कार गुल्मीका प्रेम ज्ञवालीलाई परेको छ चिठा नं ( ००४२१८) रहेको छ । ज्ञवालीले पहिलो पुरस्कार स्वरूप १ तोला सुन प्राप्त गरेका हुन् | झापा मिलन समाज दक्षिण कोरियाले परोपकार-कोष स्थापनार्थ दसैँ तिहारको अबसर पारेर उक्त चिठा कार्यक्रमको आयोजना गरेको हो । भाग्यशाली उपहार योजना २०१५ को नतिजा आज सार्बजनिक आज भएको छ । पुर्बाअञ्चल सरोकार समाजले आयोजना गरेको शुभकामना तथा भेटघाट कार्यक्रममा बिजेताहरुको गोलाप्रथाबाट घोषणा गरियो जसअनुसार बिजेताहरुको नामावली तथा चिट्ठा नम्बर यसफुर्सदमा
कोरियामा छायांकन भएको देउसी भैलो गीतको भिडियो सार्वजनिक
सोल –दक्षिण कोरियामा छायांकन भएको राष्ट्रिय लोकदोहोरी गायक खुमन अधिकारीको देउसी भैंलो गीत म्युजिक भिडियोनेपालका सम्पुर्ण टिभि तथा युटुब च्यानलबाट सार्वजनिक भएको छ । सन्दिप पाण्डेले निर्देशन गरेको यो गीतमा कोरियाका विभिन्न संघसंस्थामा आवद्ध विशिष्ट व्यक्तिहरुले अभिनय गरेका छन् ।नरेन श्रेण्ठले छायांकन गरेको यो म्युजिक भिडियोमा एन आरएन आईसिसि सदस्य द्धय के पी सिटौंला र विनोद कुवँर,एनआरएन दक्षिण कोरियाका अध्यक्ष राजु क्षेत्री,उपाध्यक्ष जुनु गुरुंग निर्देशक सन्दिप पाण्डे लगायतले अभिनय गरेका छन् । सम्पादन नविन घिमिरेले गरेका छन् भने कृष्ण फिल्मस्को विषेश प्रस्तुति रहनुका साथैं एनआरएन कोरियाले यो भिडियोफुर्सदमा
अनलाईन वेभ टिभिले देउसी भैंलो कार्यक्रम गर्ने,सबैंसंघसंस्थाहरुलाई उपस्थित हुन आग्रह
सोल -अनलाईन वेभ टिभिले आगामी शनिबार बेलुका देउसी भैंलो तथा दिपावली मनाउने भएको छ ।देउसी भैंलो खेल्दैं दिपावली मनाऊ,प्रवासमा नेपाली संस्कृति झल्काऊ भन्ने नाराको साथ मनाउन लागेको हो । शनिबार सोलस्थित होंदेमा रहेको शान्ति १ रेष्ट्रोरेण्ट मा गर्न लागिएको सो कार्यक्रमका संयोजक उमेश राईले बताए ।प्रवासमा आफनो संस्कृति,कलालाई विदेशीसामु पुराउन पर्ने आवश्यकता रहेको संयोजक राईले बताए ।सो दिन विभिन्न परिकारको साथ देउसी,भैंलो खेल्नका साथैं सांस्कुतिक कार्यक्रम समेत हुने भएको छ ।स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेनछ । गीतसंगीत तथा नृत्यहरुको साथमा नेपालीहरुले झुम्नका साथैं भाइटिका लगाएरफुर्सदमा
कोरियामा भीम कार्कीको मृत्यु रहस्यमय
सोल-झुण्डिएको अवस्थामा आइतबार भेटिएका भोजपुर देउराली ९ का भीम कार्कीको मृत्यु रहस्यमय रहेको स्थलगत भ्रमण गरेर फर्केका उनका भाइ अमरबहादुर कार्की र साथीहरुले दाबी गरेका छन् | घटनाको जानकारी पाएपछि आइतबार नै त्यहाँ पुगेका अमर र भीमका साथी नुवाकोटका शिबप्रसाद भट्टले घटनास्थलको प्रकृति हेर्दा भीमको मृत्यु रहस्यमय देखिएको दाबी गरेका हुन् | अमरबहादुरलाई प्रहरीले देखाएको फोटो अनुसार भीमको टोपी, गमबुट , माक्स र पन्जा लगाएकै अवस्थामा जस्ताको तस्तै रहेको थियो भने एउटा खुट्टा खुम्चिएको थियो | झुण्डिएर आत्महत्या गर्नेहरुको खुट्टा प्राय समान अवस्थामा रहने गर्छ | घटनास्थलमा झुण्डीनलाईफुर्सदमा
कोरियामा एक नेपाली झुन्डिएको अवस्थामा भेटीए
सोल-कोरियामा रोजगारी गर्न आएका एक नेपालीले झुण्डिएको अवस्थामा फेला परेका छन् | ईपिएस मार्फत ३० महिना अघि आएका भोजपुर जिल्ला देउराली ९ का भीम कार्कीले कम्पनि नजिकै झुन्डिएको अवस्थामा आइतबार फेला परेका हुन् | कार्की छल्लाबुक्दो,छङगुपमा रहेको उरी खोङजाङ (हाँस मासुहरु तयार गर्ने सम्बन्धि कम्पनि ) मा कार्यरत थिए | गर्ने उनी शुक्रबार विहान ११ बजेसम्म काम गरेर सम्पर्क विहिन रहेको सोही क्षेत्रमा कार्यरत एक नेपालीले बताए | मृतकको शब हाल नजिकको स्थानीय अस्पतालमा राखिएको छ |घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ | मृतकका भाइ अमरबहादुर पनि फुर्सदमा
कोरियामा नेपाली सहकर्मी द्वारा मारिएका राउतको नाममा अक्षयकोष स्थापना
अशोक मैनाली/ काभ्रे । कोरियामा आफ्नै नेपाली सहकर्मी द्वारा मारिएका सुदीप राउतको नाममा अक्षयकोष स्थापना गरिएको छ । कोरिया प्रवेश गरेको १५ दिनमै आफ्नै कम्पनीमा काम गर्ने भोजपुरका परशुराम राई द्वारा राति सुतेको अवस्थामा चिर्पटले हानी हत्या गरिएका काभ्रेका स्व रावतको परिवारको राहतको निम्ति काभ्रे सम्पर्क समिति कोरियाको पहलमा संकलित १०५६२५५ /- ( दश लाख छपन्न हजार दुइसय पचपन्न रुपैंया ) रकम स्व.राउतको नाममा अक्षय कोष स्थापना गरि उनको परिवारलाई हातान्तरण गरिएको छ । काभ्रेको शंखुपाटीचौर स्थित श्री शंखेश्वरफुर्सदमा
विश्वमा गाईको मासु निर्यात गर्ने मोदिलाई नेपाल हिन्दू राज्य किन चाहियो ?
किरण बि.सी. सन १६०० मा बेलायतले पुर्वमा ब्यापार गर्न स्थापित इस्ट ईन्डिया कम्पनिले १८ औ र १९ औ शताब्दीमा सम्पूर्ण भारतलाई ऊपनिबेशमा पार्यो । भारतले १८५७ मा सैनिक बिद्रोह गर्ने कोशिश गर्यो तर त्यो तत्कालीन सरकारले सहजै पचाईदियो र भारत स्वतंत्रता बाट मुक्त भयो । तैपनि स्वतंत्रताको आकांक्षि भारतिय जनताले गरेको अथक प्रयास पछि सन १९४७ अगस्ट १५ मा स्वतंत्र भारतको रुपमा आफ्नो नामावलि दर्ता गरायो । भारत स्वतन्त्र भएको केहि समय अगाडि र केहि समय पछि गरिएका षड्यन्त्रको कारण स्वरुप गान्धिफुर्सदमा
सरकारले दीर्घकालीन रुपमा जलविद्युत् क्षेत्रको विकास गर्ने
काठमाडौं-भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि सरकारले दीर्घकालीन रुपमा जलविद्युत् क्षेत्रको विकास गर्ने रणनीति अख्तियार गर्ने भएको छ । मुलुकलाई इन्धनका आत्मनिर्भर बनाउन र वैदेशिक व्यापार घाटा कम गर्न जलविद्युत्भन्दा अर्को कुनै उपाय नभएको भन्दै सरकारले ठूला र महत्वपूर्ण आयोजना अगाडि बढाउन लागेको हो । जलाशययुक्त र ठूला आयोजना भएको भए खाना पकाउने एलपी ग्यासको विकल्पसमेत हुने र ठूलो परिमाणको रकम विदेशिनबाट जोगिने भन्दै सरकारले महत्वपूर्ण आयोजनामा जोड दिन लागेको हो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जस्ता जलाशययुक्त आयोजना अगाडि बढाउने योजनामा सरकार रहेको उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्रीफुर्सदमा
एमटियु र कोरियन मजदुर महासङ्घले अन्तरक्रिया र चियापान कार्यक्रम गर्ने
सोल – प्रवासी मजदुर संघ एमटियु ( माइग्रान्ट ट्रेड युनियन ) र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ केसिटियु ले नोभेम्बर १५ तारिक आइतबारका दिन अन्तरकृया तथा चियापान कार्यक्रम गर्ने भएको छ । प्रवासी मजदुरहरुको हक अधिकार सुनिश्चित गर्न एक दशक अघी सन २००५ मा स्थापना गरिएको प्रवासी मजदुर संघ एमटियु र कोरियन मजदुर महासंघ केसिटियुले कोरियामा रहेको सम्पूर्ण प्रवासी मजदुरहरुलाई मजदुर नीति-नियम र कानुन बारे जानकारी दिने कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ । रोजगार अनुमति प्रणाली (ईपिएस )अन्तर्गतको नियम , मजदुर कानुन ,सरकारले परिबर्तन गर्न गईरहेको नयाँ मजदुरफुर्सदमा
धन साम्पाङको ‘सानुमाया’ आईतबार विमोचन हुदैं
सोल-युवा गीतकार, संगीतकार तथा Cinematographer साम लिम्बुको शब्द/संगीतमा धन साम्पाङ राईको गीति एल्बम ” सानुमाया ” (Sanu Maya) यहीँ नोभेम्बर 8 तारिकको दिन ” पुर्वाअञ्चल सरोकार सामाज” दक्षिण कोरियाले आयोजना गर्ने सास्कृतिक कार्यक्रममा बिमोचन हुने भएको छ । पाँच वटा गीतहरु समावेस भएको सो एल्बममा साम लिम्बुले संगीत भरेका छन भने D.P Khanal तथा साम लिम्बुकै शब्द रहेको छ ।यो एल्बम Harvest Media ले बजारमा ल्याएको हो। ” हाम्रो भाषा धर्म र संस्कृतिमा विविधता, प्रवासमा रहेको नेपालीहरुमा एकता ” भन्ने नाराका साथ आयोजना गर्न लागिएको सो कार्यक्रममा नेपालीफुर्सदमा