Manju Gurung
सुब धन उपचार सहयोग अभियान बन्द,दाताहरुको विवरण
वाक्सा गाविस वार्ड न.४ ओखलढुंगाका दुवै मृगौलामा क्यान्सर पिडित ७ वर्षीय बालक सुब धन राईको उपचार सहयोगार्थ ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले कोरियामा चलाएको सुबधन उपचार सहयोग अभियान बन्द गरिएको अभियानका संयोजक फडिन्द्र अधिकारीले जनाएका छन् | गत अक्टोबर ६ देखि ३१ तारिख सम्म चलाइएको उक्त अभियानमा कुल ११३ सहयोग दाताहरुबाट जम्मा २३,६५,००० वन संकलन भएको छ |संकलित रकम आगामी एक साता भित्र बिरामीलाई हस्तान्तरण गरिनेछ |बिरामी बालक अहिले काठमाडौं स्थित टिचिंग अस्पतालमा उपचाररत छन | अत्यन्तै दयनीय आर्थिक अवस्थाका बिरामी बालक सुब धनको उपचार सहयोग हेतु समाज लेफुर्सदमा
अब देखि कोरियावाट पठाएको पैसा बैधानिक रुपमा एकै दिनमा नेपालमा पाउने
सोल – ग्लोबल आइएमइ बैंक र इन्ड्स्टि्रयल बैंक अफ कोरिया (ईबिके) बीच गत शुक्रबार रेमिट्यान्स कारोवार सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्स एकै दिनमा आफन्तहरुले प्राप्त गर्न सक्ने छन् | सम्झौतापत्रमा – ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावली र आईबिके बैकका जेनेरल म्यानेजर ली डोङ्ग जियोपले हस्ताक्षर गरेका थिए | दुई बैक बीच भएको रेमिट्यान्स सम्झौतावाट कोरियामा रहेको ३३ हजार भन्दा बढी नेपाली लावान्धित हुने अपेक्षा गरिएको छ | कोरियामा कार्यरत ९०% भन्दा बढी नेपालीहरुले अबैध हुण्डी मार्फत पैसा पठाउने गर्छन |फुर्सदमा
ग्लोबल आइएमई बैंक र आईबिके बैंकबीच सम्झौता , रेमिट्यान्स पठाउन सहज हुने
सोल – कोरियामा कार्यरत नेपालीहरुलाई सहजरुपमा रेमिट्यासन्स पठाउन ग्लोबल आइएमइ बैंकले कोरियाको सरकारी बैंक, इन्ड्स्टि्रयल बैंक अफकोरिया ( आईबिके)सँग रेमिट्यान्स कारोवार गर्ने उद्देश्यले सम्झौता सम्पन्न गरेको छ | सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावलीर इन्ड्स्टि्रयल बैंक अफकोरियाका जेनेरल म्यानेजर ली डोङ्ग जियोपले हस्ताक्षर गरे । हाल नेपालीहरुको बाक्लो उपस्थिति रहेको कोरियामा यस रेमिट्यान्स सेवाबाट आफूले आर्जन गरेको रकम पठाउन छिटो र सरल हुने विश्वास गरिएको छ । सम्झौताअनुसार कोरियामा स्थित इन्ड्स्टि्रयल बैंक अफ कोरिया को ६४४ वटा शाखाकार्यालयबाट सीधै ग्लोबल आइएमइ बैंकमा रहेको आफ्नो खातामाफुर्सदमा
वैदेशिक रोजगारीमा जोखिम बढ्यो
काठमाडौं— रोजगारीका लागि मलेसियाको क्वालालाम्पुर पुगेका प्युठान, खुंग्रीका रेशम थापाको सडक दुर्घटनामा परी तीन साताअघि मृत्यु भयो। स्टिल फ्याक्ट्रीको काम सकेर कोठा फर्कंदै गरेका ३७ वर्षीय थापालाई सडक पार गरिरहेको बेला तीव्र गतिको मालवाहक गाडीले ठक्कर दिएको हो। थापासँगै काम गरिरहेका साथीहरूले परिवारलाई दिएको जानकारी अनुसार राजमार्गमा जथाभावी हिँड्न नपाइने नियम छ । ६ महिनाअघि मात्र मलेसिया पुगेका थापालाई राजमार्गमा जथाभावी हिँड्नु हुँदैन भन्ने थाहा नहुँदा त्यस्तो दुर्घटनामा परेको परिवारजनको आशंका छ । त्यस्तै बाँके, उढरापुर–२, शान्तिनगरका नरबहादुर बस्नेतको दुई महिनाअघि साउदी अरबमा मृत्यु भयो । साउदीकोफुर्सदमा
जलविद्युत लगानी तथा विकास कम्पनीले २० अर्बको रेमिट हाइड्रो ल्याउने
काठमाडौं – सर्वसाधारणका लागि अहिले २ अर्ब रुपैंयाको साधारण शेयर निष्काशन गरेको सरकारी कम्पनी जलविद्युत लगानी तथा विकास कम्पनीले २० अर्ब रुपैंयाको रेमिट हाइड्रो सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने नेपालीको लगानी आकर्षित गर्न स्थापित कम्पनीले १ सय २५ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि सरकारसंग आकर्षक जलविद्युत आयोजना दिन माग गरेको छ । स्वदेशी वित्तीय स्रोतका साथै विदेशमा बस्ने नेपालीले पठाउने रेमिट्यान्सको रकम जलविद्युत आयोजनामा लगानी गर्न एचआइडीसीएलले रेमिट हाइड्रो नामको आफ्नै सहायक कम्पनी स्थापना गरिसकेको छ । ६ महिना अघि स्थापीत कम्पनीले २० अर्ब रुपैंयामा १फुर्सदमा
दुई विषयमा डिग्री गरेका राई किबी खेतीमा , लोभलाग्दो आम्दानी गर्दै
खोटाङ – खोटाङको दोर्पाचिउरीडाँडा–८ का शुभचन्द्र राईले किबीको बिरुवा बिक्री गरेर लोभलाग्दो आम्दानी गर्नु भएको छ । तीन वर्षदेखि किबीको व्यवसायिक नर्सरी सुरु गर्नुभएका राईले वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । सदरमुकाम दिक्तेलनजिक पर्ने नेर्पाको तालखर्कमा २० रोपनी जग्गामा किबी खेती लगाउनु भएका राईले किबीको एउटा बिरुवा ६ सय रुपैयाँसम्ममा बिक्री गर्दैआउनु भएको छ । कानुनमा बिएल तथा समाज शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका राईले यस वर्ष गोल्डेन, हेवार्ड र रेड प्रजातिका गरी ६ हजार ७ सय वटा किबीका बिरुवा बिक्री गरेको बताउनभयो । राईको शुभफुर्सदमा
कोरियाली सगरमाथा गुरुङको नेपाली ससुराली अनुभव
सोल – नेपाली नाम सगरमाथा गुरुङ, कोरियामा चाहिँ किम ह्यङह्यो। यी दुवै नामबाट साहित्य लेखन गर्ने उनले नेपालसम्बन्धी कविता, कथा र यात्रा संस्मरण गरी झन्डै आधा दर्जन किताब लेखेका छन | सात वर्षअघि सञ्चारकर्मी मञ्जु गुरुङसित बिहे गरेर नेपाललाई ससुराली बनाएका उनी भूकम्पको बेला राहत लिएर यता आएदेखि गाउँबस्ती सघाउँदैमा व्यस्त भए, नेपाली परिकारको स्वादसहित दसैं पनि मनाए। बुधबार साँझ कोरिया फर्केका किमले दिउँसो सुसराली अनुभव यसरी सुनाए– सन् २००४ देखि नै नेपालमा आउजाउ चलिरहेको छ। बिहे भएपछि वर्षेनीजस्तै नेपाल आइरहेको छु। आउने बेला राष्ट्रकवि माधवफुर्सदमा
‘इजिप्टमा रुसी विमान दुर्घटनाग्रस्त , २२४ यात्रुको मृत्यु
सोल – इजिप्टका अधिकारीहरुले एउटा रुसी यात्रुवाहक विमान साइनाइ प्रायद्वीपमा दुर्घटनाग्रस्त भएको जनाएका छन्। एयरबस ए-३२१ विमान इजिप्टको रेड सी रिसोर्टबाट रुसी शहर सेन्ट पिटर्सवर्गका लागि उड्दै गर्दा दुर्घटनामा परेको बताइएको छ। विमानमा २ सय १७ यात्रु र चालक दलका सात सदस्य रहेको जनाइएको छ। इजिप्टका प्रधानमन्त्री सरिफ इस्मेयलले विमान दुर्घटनाबारे पुष्टि गरेका छन्। अधिकांश यात्रु रुसी पर्यटक भएको बताइएको छ। इजिप्टका सञ्चारमाध्यमहरुले विमानको भग्नावशेष भेटिसकेको र दुर्घटनास्थलमा कम्तीमा २० वटा एम्बुलेन्स पठाइसकिएको जनाएका छन्। पश्चिमी साइबेरियास्थित एउटा सानो विमान कम्पनी कोगलिमाभियाले उक्त विमान सञ्चालन गरिरहेको बताइएको छ। सुरुमा विमानबारेफुर्सदमा
कोरियामा राजनीति गरेको भन्दै एमाओबादी संगठनका अध्यक्ष न्यौपानेलाई पक्राउ गरेर नेपाल फिर्ता पठाईयो
लिलु डुम्रे सोल-राजनीतिमा लागेको कारण देखाई दक्षिण कोरियाको अध्यागमन बिभागले पक्राउ गरि एक नेपालीलाई फिर्ता गरेको छ । एमाओवादीको भगिनी संगठन जनअधिकार मंच दक्षिण कोरियाका अध्यक्ष सागरराज न्यौपानेलाई सुक्रबार नेपाल पठाएको हो । न्यौपानेसंगै उनकी श्रीमतीलाई पनि अध्यागमनले पक्राउ गरेको थियो । चार बर्ष दश महिनाको कार्यावधि सकेर न्यौपाने डीपेन्शी भिषा अन्तर्गत कोरिया रहेका थिए भने उनकी श्रीमती दुर्गा न्यौपाने बिद्यार्थी भिसामा अध्ययनरत थिइन । अक्टोबर १५ मा न्यौपाने दम्पतिको कोठामा अध्यागमन कर्मचारीले खानतलासी गरेका थिए । न्यौपाने दम्पतिलाइ गत २२ माफुर्सदमा
समाजसेवी जुनुलाई कोरियाको सम्मान
बाला राई व्यस्त सहर कोरिया, समयको गतिसँगै पाइला चाल्न खप्पिस यहाँका बासिन्दाहरु । यहि भिडमा हजारौं नेपालीहरु पनि मेशिनको पाटपुर्जासँगै व्यस्त रहन्छन् दिनरात । यिनै व्यस्तताभित्र अलिकति समय निकालेर अनेकौं दुःख कष्ट र समस्यामा अल्झिएका नेपालीहरुको सेवामा लाग्ने सहयोगी मन र समाजसेवी भावनाका धनी नेपालीहरु पनि प्रसस्तै भेटिन्छन् यहाँ । प्रवासी भूमिमा आपतविपतमा परेकालाई सहयोग गर्नु भन्दा पुण्य काम अरु के नै हुन सक्छ र । हो, यस्तै तन मन र निश्वार्थ भावनाले लामो समयदेखि सामाजिक कार्यमा लाग्दै आएकी नेपाली चेलीलाई हालै कोरियन सरकारले मानार्थ नागरिकता प्रदान गरेर उच्चसम्मान गरेकोफुर्सदमा