Manju Gurung
नेपाल संसार कै धनी देश हुनसक्छ
डा. नबराज पन्त भबिष्यमा नेपाल आर्थिक रुपले उच्च प्रति व्यक्ति आय भएको संसारको सबभन्दा शक्तिशाली राष्ट्र हुन सक्छ । अहिले यसो भन्दा धेरैले मुर्ख बिचार हो भन्लान तर यो धेरै संभावनाको कुरा हो । यसलाई यसरी पुष्टि गर्न सकिन्छ | नेपालका सबै ठूला नदीमा चिनियाँ डिजाइनको हाइ ड्याममा आधारित ठूला जल बिद्युत परियोजना मात्र लागु गर्नु पर्छ । अहिले सम्म भएका सबै ठूला जल बिद्युत परियोजनाको सम्झौताहरु खारेज गरेर पुन सम्झौता गर्नु पर्छ किनभने पहिले भएका कतिपय सम्झौताहरु राष्ट्रहित विपरितका र बिकासका संभावनालाई खुम्च्याउने खालका छन् ।फुर्सदमा
प्रतिभाशाली गायक साम लिम्बू किन प्रियसीलाई भन्दैंछन् ‘मेरो जीवनमा’ ..(भिडियोसहित)
सोल –पछिल्लो समय कोरियामा धेरैं नैं व्यस्त रहेका गायक साम लिम्बू आज भोली गायनमा भन्दा म्युजिक भिडियो निर्देशनमा समय व्यतीत गरीरहेका हुन्छन् ।उनी निर्देशनसंगैं क्यामेरा चलाउनुका साथैं भिडियोसमेत निर्माण निक्कैं राम्रो गर्ने भएकाले धेरैंजसोको भिडियो निर्माणको रोजाइमा पर्छन् साम लिम्बू। आजमात्र उनी आफनैं एल्बमको एउटा म्युकजिक भिडियोको लागि थेगु हिडेका छन् ।आफुलाई निर्देशक भन्दा पनि गायक भन्न रुचाउने साम लिम्बू लगनशील र प्रतिभाशाली व्यक्ति हुन् । हालसालैं नेपाल गएर आएका गायक तथा निर्देशक लिम्बूले आफनो एल्बमको तयारी गरेर आएका छन् । छुट्टीको भरपुर सदुपयोग गरेर कोरिया फर्कनेक्रममा २ वटाफुर्सदमा
कोरियामा रहेका जीवन सुब्बा मोडलिङमा जम्दै ( भिडियो सहित )
सोल – ईपिएस प्रणाली मार्फत कोरियामा आएर सिर्जनशील कार्यमा लाग्नेको जमात दिनानुदिन बढ्दै छ | यसै क्रममा ३ दिन बर्ष कोरिया आएका जीवन सुब्बा पनि मोडलिङमा जम्दै छन् सुबाद्वारा अभिनित ”तिमी बिना” बोलको गीत भर्खर बजारमा आएको छ | मिलन श्रेष्ठको स्वरमा सजिएका गीत कमल खत्रीले लेखेका हुन् भने संगीत पनि कमल खत्रीको नै रहेको छ | गीतको एरेञ्ज बिजेश्वर तण्डुकार रहेको छ | म्युजिक भिडियोको निर्देशन शौखिन राईले गरेका छन् | मोडलिङमा जीवन सुब्बा र कुसुम राईफुर्सदमा
सामाजिक संजालमा होस् गरेर लेख्नुस , जेल पर्नु होला
काठमाडौं – पछिल्लो समय जातजाति र सम्प्रदायबीचको सम्बन्धमा खलल पर्ने सन्देश र फोटोहरु पोस्ट हुन थालेपछि प्रहरीले फेसबुक–ट्विटरलगायत सामाजिक सञ्जालमा निगरानी बढाएको छ । जातजाति र सम्पद्रायबीचको समुधुर सम्बन्धलाई खलल पार्ने किसिमका गतिविधिमा संलग्नलाई पक्राउ गरी कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ । केन्द्रीय अनुसन्धान व्युरो .(सिआइबी)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई शिष्ट हुन आग्रह गरेको छ |
मेरो माइक्रो फाइनान्सको ६ लाख १२ हजार कित्ता साधारण शेयर मंसिरमा आउने
काठमाडाैं – साधारण शेयर निष्काशनको क्रम सुरु भएसंगै विभिन्न वित्तीय सस्था तथा कम्पनीको साधारण शेयर एकै पटक जस्तो गरेर निष्काशन हुन थालेका छन् । यस क्रममा मेरा माइक्रो फाइनान्सले मंसिर तेस्रो सातासम्मा सर्वसाधारणका लागि ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ | कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । क्यापीटलले दिएको जानकारी अनुसार धितोपत्र बोर्डबाट शेयर निश्कासन केही दिनमा हुनेछ । क्यापीटलका वरिष्ठ महाप्रबन्धक पारसमणि ढकालले मेरोलगानीसंग कुरा गर्दै मंसिर तेस्रो सातासम्मा साधारण शेयर निष्काशन भैसक्नेफुर्सदमा
चीनमा एक शिशु नीतिको अन्त्य
सोल – चीनमा सरकारी नीति अवज्ञा गर्नेहरुलाई गर्भपतन गर्न वाध्य पारिन्थ्यो भने श्रम शिविरहरुमा पनि पठाइन्थ्यो चीन सरकारले एक शिशु नीतिको दशकौं पुरानो नीति अन्त्य गरिएको घोषणा गरेको छ। आधिकारिक सिन्हवा समाचारसंस्थाले अब सबै दम्पतिहरुले दुईवटा बच्चा जन्माउन पाउने जनाएको छ । उक्त नीतिले लैङ्गीक असन्तुलन ल्याउनुकासाथै श्रमशक्ति पनि घटाउँदै लगेको भनी त्यसको आलोचना गरिएको थियो। उक्त नीतिप्रति अधिकांश चिनियाँहरु बेखुसी पनि थिए। एक शिशु नीतिले गर्दा चीनमा झण्डै चालिस करोड जनसंख्या घटेको अनुमान गरिएको छ | देशको पन्चवर्षीय योजना बनाउन बसेको सत्तारुढ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुको बैठकपछिफुर्सदमा
दक्षिण कोरियाबाट मगरात प्राप्तिको आन्दोलनलाई आर्थिक सहयोग
सोल – पहिचान सहितको मगरात स्वायत्त प्रदेश प्राप्तिको निम्ति र नयाँ जारि भएको संविधानको संघीय खाकामा मगरात भूमिलाई ४ प्रदेशतिर विभाजन गरेको विरोधमा नेपाल मगर संघ नेपाल र, नेपाल मगरात स्वायत्त संघर्ष समिति नेपालले विभिन्न चरणको आन्दोलन तथा संघर्ष गर्दै आएको छ। उक्त आन्दोलनलाई थप उचाइमा पुर्याउन सकोस् भन्ने हेतुले नेपाल मगरात संघर्ष समिति दक्षिण कोरियाले संचालन गरेको पहिलो चरणको आर्थिक सहयोग संकलन यहि मिति २०७२-०६-१८ गते नेपाल नेपाल मगर संघ केन्द्रिय समिति कलंकी काठमाण्डौलाइ रु.६५०००/- (अक्षय रुपीया पैंसट्ठी हजार मात्र) हस्तान्तरण गरेको छ। नेपाल मगरात संघर्षफुर्सदमा
नेपालमा हाउसफुल चलिरहेको ”परदेशी” कोरियामा पनि प्रदशन हुने ( ट्रेलर सहित )
सुब्बा राना मगर सोल – नेपाल मगर संघ दक्षिण कोरियाले शुभ दिपावलीको अवसर पारेर मौलिक नेपाली कथानक चलचित्र “परदेशी” प्रदर्शन गर्ने भएको छ | वैदेशिक रोजगारीमा गएका नेपालीहरुको दुखको कथा समेटेर निर्माण गरिएको चलचित्र ” परदेशी” नेपालका ६० भन्दा बढि हलहरुमा हाउसफुलका साथ प्रदर्शन भईरहेको छ | मुभिज डटकम फिल्म्स्को व्यानरमा निर्माण भएको चलचित्रकोअधिकांश छांयाकन पाल्पा, रामपुर र कतारमा गरिएको छ | राजेश बंशल र नारायण रायमाझीको संयुक्त लगानीमा निर्माण गरिएको परदेशीलाइ नारायण रायमाझीले निर्देशन गरेका हुन् | चलचित्रमा प्रसान्त तामाङ,फुर्सदमा
राष्ट्र बैंकको गभर्नरसंग अन्तरक्रिया हुने
सोल-सोलस्थित नेपाली राजदूताबासले नेपाल राष्ट्र बैंकका चिरन्जीबी नेपालको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ | नोभेम्वर २२ तारिक दूताबसकै सभाहलमा हुने अन्तरक्रिया यहाँ कार्यरत नेपाली कामदारहरुको कमाइलाई कसरि बैधानिक र सहज रुपमा नेपाल भित्र्याउन सकिन्छ भन्ने बारे केन्द्रित दूताबासले आज जारी गरेको सुचनामा उल्लेख छ | बिस्तृत जानकारीको लागि सूचना हेर्नुहोस:-
अनुहार कसरी चम्किलो राख्ने ?
सोल – मौसम यस्तो छ कि घामबाट छाला जोगाउन निकै मुश्किल परिरहेको छ । यसबाट जोगिनका लागि धेरै भन्दा धेरै आफूलाई घरभित्रै राख्ने कोशिश गर्ने पनि धेरै छन्, किनकि हानिकारक युभि किरणबाट छाला जोगाउनुछ । तर, घरभित्रै बसेर मात्रै काम त चल्दैन । कस्तो सनस्क्रिन सूर्यबाट निस्किने अल्ट्राभायोलेट किरणले स्किनमा हुने मेलेनिन बनाउन सेललाई नोक्सान पु¥याउँछ । स्किन क्यान्सर यसको सबभन्दा ठूलो असर हो । सूर्यबाट दुई प्रकारका अल्ट्राभायोलेट किरण धर्तिसम्म पुग्छन्, युभिए र युभिबि । युभिबिलाई सन प्रोटेक्सन फ्याक्टर (एसपिएफ)ले रोक्न सक्छ । यसको अधिक मात्रालेफुर्सदमा