Manju Gurung

 

तमु धिँ कोरियाको विभिन्न विभागिय समिती गठन गर्दै आठौ कार्यसमितीको पहिलो बैठक सम्पन्न

सोल तमु धिँ दक्षिण कोरियाको हालै पुर्णता पाएको आठौ कार्यसमितीको पहिलो बैठक गत आइतबार सउलमा सम्पन्न भएको छ । बैठकले संस्थालाई थप व्यवस्थीत र मर्यादित बनाउने उद्देश्यले चार विभाग गठन गरी विभागिय पदाधिकारी चयन गरेका छन् । जसमा ईन्द्रराज गुरुङको संयोजकत्जमा गठित खेलकुद विभागमा देवेन्द्र गुरुङ र टेक गुरुङ सह संयोजक रहेका छन् । त्यस्तै सचिव लेसन गुरुङको संयोजकत्वमा गठित संचार विभागमा रेखे गुरुङ र बम्जन गुरुङ सह संयोजक रहेका छन् । साँस्कृतिक विभागमा संयोजक सबिन गुरुङ रहेका छन भने सह संयोजकमा दल गुरुङ र पुरन गुरुङ चयन भएका छन्फुर्सदमा


नेपाली परोपकार समाज थेगुको चौथो अधिबेसन सम्पन्न

कोरियाको एक ठूला शहर थेगु वरी परी बसोबास गर्ने नेपालीहरुद्धारा गठित नेपाली परोपकार समाज थेगुको चौथो अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले सहमतीमै दिनेश कडेलको अध्यक्षतामा नयाँ कार्यसमिती समेत चयन गरेको छ । निबर्तमान अध्यक्ष राजन ढकालको कोरिया बसाईको बैधानिक कार्य अबधी सकिएर नेपाल फर्कने भएकाले संथाले नयाँ कार्यसमिती चैन गरेको हो। प्रवासी भुमिमा नेपाली बिच एक आपसमा हातेमालो गर्दै दुर्घटना तथा अन्य समस्या परेका बेला सहयोग गर्ने मुल उदेश्यको साथ यो समाज सन् २०१४ मा स्थापना भएको हो । समाजले स्थापनाकालदेखि आपतकालिन समयमा संथाको हैसियत अनुसार आर्थिक, भौतिकफुर्सदमा


कोरियामा नेपाली दूताबासले अधिकारीक ट्विटर संचालनमा ल्याए

दक्षिण कोरियामा मजदुरमैत्री बन्न नसकेको आलोचना खेपी रहेका नेपाली राजदूताबासले हालै आधिकारीक ट्विटर संचालनमा ल्याएको जनाएको छ ।  सउलमा सम्पन्न नेपाल पत्रकार महासंघ कोरिया शाखाको वार्षिक साधरणसभामा राजदूता अर्जुनजंग बहादुर सिंहले यसबारे जानकारी दिएका थिए । दूताबासको गविविधीलाई सार्वजनिक गर्न ट्विटर संचालनमा ल्याएको राजदूत सिंहले जनाएका छन् । दूताबासको वेभसाईड नेपाल परराष्ट्र मन्त्रालयले संचालन गर्ने भएकाले दूताबासले ट्विटर संचालनमा ल्याएको उनले स्पष्ट पारे । दूताबासको ट्विटर आइडि  NepalEmbSeoul   रहेको  छ । सउल स्थित नेपाली राजदूताबासमा राजदूत सिंहले पदभार ग्रहन गरेपछि कोरियामा आइतबार पनि दूताबास खोल्नुपर्ने मजदुरको पुरानो मागलाई पुरा गरीफुर्सदमा


कोरियामा सर्वाधिक राशीको “दोस्रो डेउ कप फुटबल प्रतियोगिता” मे-६ मा आयोजना गर्ने

सुरेश सिंह सम्बाहाङ्फे / गजे डेउ नेपाली एकता समाज दक्षिण कोरियाले मे-६ मा “दोस्रो डेउ कप फुटबल प्रतियोगिता”आयोजना गर्ने भएको छ।दक्षिण कोरियाको गजेदो क्षेत्रमा अबस्थित लुम्बिनी रेष्टुरा एण्ड बारको मुख्य प्रायोजनमा प्रतियोगिता गर्न लागिएको हो। कोरियामा भैरहने फुटबल प्रतियोगिताहरु मध्ये सर्वाधिक धनराशी रहेको यश दोस्रो डेउ कप फुटबल प्रतियोगिताको बिजेताले ३५ लाख वन र उपबिजेताले २०लाख वन प्राप्त गर्नेछन । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट मेनेजर र सर्वाधिक गोलकर्तालाई आकर्षक पुरस्कारको साथमा कप, मेडल र प्रामाण-पत्र प्रदान गरिनेछ। यश प्रतियोगितामा सहभागी जनाउन इच्क्षुक फुटबल टिमहरुले अप्रील-१ बाट अप्रील -२२ सम्ममा टिमफुर्सदमा


थेगुमा अप्रिल ८ मा चलचित्र कन्छी प्रदर्शन गरिने

लोकप्रिय अभिनेता दयाहाइ० राई र अभिनेत्री श्वेता खडका अभिनित नेपाली कथानक चलचित्र कान्छी आगामी अप्रिल ८ तारिख कोरियाको एक मुख्य शहर थेगुमा प्रदर्शन गरिने भएको छ । सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले ओखलढुंगा सेवा समाजले थेगुमा कान्छी प्रदर्शन गर्न लागेका हुन् । चलचित्र प्रदशनबाट प्राप्त रकमलाई ओखालढुंगाको रुम्जाटारमा निमार्णधिन बौद्ध गुम्बा तथा ओखालढुंगाका दुई जना मृगौला रोगी गुरु प्रसाद दाहाल र सकुन्धरा गुरुइ०लाई सहयोग गरिने समाजले जनाएको छ । चलचित्र कान्छीलाई नेपालबाट कोरिया भित्राएका किराँत राई यायोक्खाको सहकार्यमा थेगुमा समाजले देखाउन लागेका हुन् । अघिल्लो हप्ता सउलमा नायक दयाहाइ०लाई रेडफुर्सदमा


कोरियामा सुतेकै अवस्थामा मृत्यु हुने आतंकले फेरी शिर उठायो

सोल विदेशमा काम गर्न गएका नेपालीहरु सुतेकै आवस्थामा अचानक मृत्यु हुने आतंकले हरेकलाई त्रसित पारेको छ । यो अज्ञात डरले कोरिया बासी नेपालीलाई पनि छाडेको छैन् । कोरियामा पनि सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या बढ्दो छ । यसैक्रममा शनिबार विहान फेनतेक स्थित एक कृषी फार्ममा काम गर्ने दिल बहादुर थापाको सुतेकै अवस्थामा निधन भएको खबरले कोरियाबासी सबैलाई दुखी बनाएको छ । स्याइ०जा कृष्ण गण्डकी गाउँपालीका निवासी ३६ वर्षिय थापा सात महिना अघि मात्र इपिएस मार्फत कोरिया आएका थिए । विहान करिब ११ बजेतिर पनि नउठेपछि खाना खान संगै बस्ने साथीलेफुर्सदमा


जन्मजात सबै सदस्य अपांग भएका परिवारलाई कोरियामा सहयोग अभियान

सोल गोर्खा जिल्लाको याइ०दी गाउँ निवासी जन्मजात सबै सदस्य अपांग रहेका एक गरिब परिवारलाई सहयोग गर्न कोरियामा गुनराज न्यौपानेले आर्थिक सहयोग संकलन शुरु गरेका छन् । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ३ याङदी गाउँ निवासी हुन ती परिवार । ९० बर्षिय दल बहादुर भुजेलको परिवार दैनिक कष्ठपूर्ण जिवन यापन गर्दै आइरहेका छन् । परिवारमा भएका २ छोरा र १ छोरी समेत जन्मजात अपांग भएपछि भुजेल परिवारमा झनै दुःख थपिएको छ । जेठा छोरा राम बहादुर भुजेल र छोरी देवीमाया भुजेल हिडडुल गर्न सक्दैन घिस्रेरै घर भित्र बाहिर गर्छन् ।फुर्सदमा


पत्रकार महासंघ कोरियाले नयाँ सदस्याताको आवहान सहित मार्च २५ मा साधरणसभा गर्ने 

सोल दक्षिण कोरियामा सक्रिय नेपाली पत्रकारहरुलाई गोलबद्ध गर्दै पत्रकारिता बारे छलफल गर्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघ (एफएनजे) दक्षिण कोरियाले यहि मार्च २५ तारिख साधारण सभा गर्ने भएको छ । सउलमा गरिने सो कार्यक्रममा नेपालबाट राष्ट्रिय मिडिया सेतोपाटीका सम्पादक ज्योति देबकोटा को उपस्थिती रहने छन् । अमेरिकामा लामो समय रही पत्रकारिता गरेका पत्रकार ज्योति देवकोटासंग प्रवासको पत्रकारिताको बारेमा अन्तरक्रिया गरिने अध्यक्ष खेम कार्कीले बताए । एफएनजे कोरिया शाखाले आगामी बर्षको लागि नया सदस्यता आबेदन समेत खुल्ला गरेको छ । कोरियामा रही बिभिन्न मिडियामा अबद्व पत्रकारहरुले यहि मार्च 24  तारिख सम्मफुर्सदमा


अन्तत बचाउन सकेन सुकमानलाई

सोल कोरियामा अस्पतालको सघन कक्षामा लामो समयदेखि मृत्युसंग जुधिरहेका सुकमान लुइ०वालाई अथक प्रयासका बाबजुद पनि अन्तत बचाउन सकिएन् । कृतिम स्वाश प्रस्वासबाट चलिरहेको मुटुको ढुकढुकी बन्द भएको छ । सोमबार विदउसो उनको निधन भएको चिकित्सकले जानकारी दिएपछि झिनो आशा पनि विलिन भएको छ । शुरुमै ब्रेन डेथ भइसकेका सुकमान क्षय रोग र अन्य विभिन्न समस्यासंग अचेत अवस्थामा १५ महिनादेखि सउलको अस्पतालमा उपचार्थ थिए । दुई नर्सका साथ विषेश सेवामा उनको उपचार भइरहेको थियो । तैपनि उनले विदेशमै अन्तिम स्वास फेरे । नेपालमा उनको परिवारको नाममा दिदी र दाई सम्पर्कमा आएकाफुर्सदमा


कोरियामा महिला दिवस मनाए

सोल कोरियामा महिलाको लागि महिलाको आयोजनामा आइतबार सउलमा १०८ औ अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । कोरियाका लागि नेपाली राजदूत अर्जुन जंग बहादुर शिंहको प्रमुख आतिथ्य रहेको थियो । एनआरएनए एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुइ०, एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी गुरुइ० र एनसीसीकी अध्यक्ष अञ्जु केसीलगायत विभिन्न संस्थाका प्रतिनिधीहरुको आतिथ्यमा शुभकामना व्यक्त गर्दै सास्कृतीक कार्यक्रम सहित नारी दिवस मनाएका थिए । कोरियन महिला नेत्रीहरुको समेत सहभागितामा मनाएका कार्यक्रममा नेपाली परिकारको स्वाद पनि चखाएका थिए ।  


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...