Manju Gurung

 

एमटियु कोरियाको वार्षिक साधरणसभा सम्पन्न, सचिवमा ओझाको नियुक्ती

दक्षिण कोरियामा रहेको प्रवासी मजदुरहरुको हक अधिकार सुनिस्चित गर्न प्रवासी मजदुरद्वारा गठित प्रवासी मजदुर संगठन (एमटियु) को बार्षिक साधारणसभा  बिधान संशोधन र कार्ययोजनाहरु पारित गर्दै सम्पन्न भएको छ । साधारण सभामा विधान संशोधन गरी एमटियुको पुरा नाम “सउल ख्यंगी इन्छन प्रवासी मजदुर संगठन” लाई छोटकरीमा प्रवासी मजदुर संगठन (एमटियु) कायम गरिएको छ । साथै रिक्त रहेको केन्द्रिय सचिव पदमा प्रचारप्रसार हेर्दै आएका मधुसुधन ओझालाई नियुक्त गरिएको छ । एमटियुको आर्थिक अवस्था नाजुक भएको भन्दै सदस्य शुल्क ५ हजार वोनबाट १० हजार वोन लिने निर्णय गरिएको छ । सउलमा आइतबार सम्पन्नफुर्सदमा


कोरियाको थेजनमा आइतबार चलचित्र प्रेम गीत प्रशर्न गरिने

सोल नेपाली कथानक चलचित्र प्रेम गीत २ यही आइतबार नोभेम्बर २६ तारिख दक्षिण कोरियाको थेजन शहरमा प्रदर्शन गरिने भएको छ । थेजन नेपाली समाजले सो चलचित्र प्रदर्शन गर्न लागेको हो । समाजद्धारा संचालित नेपाली सेल्टरको सहयोगार्थ चलचित्र प्रेम गीत प्रदर्शन गर्न लागेको अध्यक्ष गोविन्द बास्तोलाले बताए । बहु संस्कृतीक पक्षलाई उतारिएको सो चलचित्रमा नेपाल र वर्मावीच प्रेम कथालाई प्रस्तुत गरिएको छ । वास्तविक प्रेम कथामा आधारित सो चलचित्रले प्रेम र मायामा कसरी समर्पित गरिने भन्ने विषयलाई प्रस्तुत गरिएको निर्माताले बताएका छन् । सो चलचित्र नेपालको मुगु र लुम्बिनी देखि बर्माको म्यानमारफुर्सदमा


शेर्पा संघ कोरियाले सलनालमा ल्होसार मनाउने

सोल, दक्षिण कोरियामा लामो समय देखि विभिन्न सामाजिक र परोपकारी कार्य गर्दै नेपाली समुदाय माझा आफ्नो पहिचान स्थापित गर्न सफल शेर्पा संघ कोरियाले यसपाली पनि ग्याल्बो ल्होसार मनाउने भएका छन् । गत आइतबार फेनतेकमा सम्पन्न बैठकले आगामी कोरियन पर्व सलनालको अवसरमा फेब्रवरी १६ तारिख ग्याल्बो ल्होसार मनाउने निर्णय गरेको हो । प्रवास मै रहेर आफ्नो भाषा, धर्म, सांस्कृतिकको संरक्षण तथा प्रवर्दन गर्न सांस्कृतिक पर्व ल्होसार मनाउन लागेको संघको अध्यक्ष सेर साङबो शेर्पाले बताए । साथै कोरियामा स्थापना भएको नेपाली भाषी संघ संस्था र नेपालीहरुवीच एकता, समन्वय, सदभाव बढाउनुको साथै कार्यफुर्सदमा


कोरियामा रेमिटेन्स खोल्न चाहनेलाई नेपाल सरकारको स्वागत

सोल दक्षिण कोरियामा नीजि क्षेत्रबाट रेमिट्यान्स कम्पनी खोल्न चाहने इच्छुकलाई सरकारको स्वागत रहेको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले बताए । कोरियाको सेन्ट्रल बैंकसंग कुरा गरेपछि यसैबर्षबाट कोरियन सरकारले नीजि रेमिट्यान्स कम्पनीहरुलाई लाइसेन्स दिन थालेकाले टेमिट्यान्स खोल्न चाहनेलाई नेपाल सरकारको सहयोग हुने उनले स्पष्ट पारेका हुन् । सोमबार सउल स्थित नेपाली राजदूताबासमा आयोजित अन्तरकृया कार्यक्रममा सो भनाइ राख्दै उनले कोरियामा रहेका नेपालीहरुलाई बैधानिक रुपमा रकम नेपाल पठाउन आग्रह पनि गरे । कोरियामा नेपालसंग कारोबार गर्ने आठवटा रेमिट्यान्स कम्पनीले लाइसेन्स लिइसकेका छन् । जसमध्ये ग्लोबल मणि एक्सप्रेस (जि.एम.ई)ले भने गतफुर्सदमा


कोरियाबाट रेमिट्यान्स बढाउन थप सहुलियत र कडाई गरिने नेपाल सरकारको तयारी

सोल, दक्षिण कोरियाबाट रेमिट्यान्स भित्राउन थप सहुलियतका साथै कडा व्यवस्था गर्न लागेको नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरन्जीवी नेपालले बताए । सोमबार सउलमा नेपाल राजदूताबासले आयोजना गरेको अन्तरकृया कार्यक्रममा गर्भनर नेपालले सो भनाई राखेका हुन् । दक्षिण कोरियामा फस्टाउदो हुन्डीका कारण नेपाल भित्रिने रेमिट्यान्स न्यून भएपछि नेपाल सरकार गम्भीर भएको उनले स्पष्ट पारे । कोरिया र नेपाल सरकारवीच सम्झौता भई कामदार पठाए पनि सित्तैमा पठाएको जस्तै भएको उनले गुनासो पोखे । कोरियामा लाखौ कमाई हुदा पनि रेमिट्न्यास न्यून देखिएपछि सरकार बाध्य भएर कडाइ गरिन लागेको स्पष्ट पारे । कोरियाबाट वार्षिकरुपमा कतिफुर्सदमा


 विश्वब्यापी कविता प्रतियोगितामा  उत्तम लिम्बु प्रथम  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरियाद्धारा आयोजित विश्वब्यापी कविता प्रतियोगिताको नतिजा मंगलबार सार्वजनिक गरिएको छ । उत्तम लिम्बुको कविता युगका स्वरहरु प्रथम भएका छन भने निरज दाहालका गरिबका आँशु शिर्षकका कविता दितिय र ज्ञानेन्द्र बहादुर सिंहको नेपाल मेरो भन शिर्षकको कविता तृतीय बनेका छन् । प्रतियोगिताको लागि विश्वबाट एक सय ८६ कविता सामेल रहेको थियो । निर्णयक मण्डलमा बरिष्ठ समालोचक डा. खगेन्द्र प्रशाद लुइटेल, मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ, समालोचक डा. देवि नेपाल र अनेसास केन्दका प्रतिनिधी कवि गोर्वधन पुजा रहेका थिए । पुरस्कृत कविताहरु प्रथम , दितिय र तृतीयलाईफुर्सदमा


अकस्मात मृत्यु भएका केपीको परिवारको सहयोगार्थ कोरियामा आर्थिक संकलन

दक्षिण कोरियाको कार्य अवधी सकेर नेपाल फर्केका केपी भूषालको अकस्मात मृत्यु भएपछि उनको परिवारको सहयोगार्थ कोरियामा आर्थिक सहयोग जुटाउन लागिएको छ । चार वर्ष १० महिना कोरियाको कार्यअवधि सकेर गत जनवरीमा नेपाल फर्केका विहादी गाउँ पालिका –४ अर्चलपाटाका ३१ वर्षिय केपी (खेम प्रसाद) भुषालको गत आइतवार मृत्य भएको थियो । दशैं मानेर राजधानी फर्केका भुषालको ज्वरोको साथै पेट दुखेपछि किर्तीपुर अस्पताल उपचार गरिएको थियो । किर्तीपुर अस्पतालले रोग पहिचान गर्न नसकेपछि उनलाई वनस्थलीस्थित मृगौला उपचार केन्द्रमा भर्ना गरिएको थियो । भुषालको मुटु र मृगौलामा एक साथ समस्या देखिएपछि अकस्मात मृत्युफुर्सदमा


कोरियामा आइतबार सामूहिक भाइटिका गरिने

फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियामा महिलाहरुको संस्था महिलाका लागि महिलाले आइतबार सउलमा सामूहिक भाइटिका र देउसी भैलो कार्यक्रम गरी तिहार मनाउने भएका छन् । दोइ०देमुन व्यापार संघ र कोरियन संस्था खुशी खुशीको विषेश सहयोगमा सो कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।   नेपालीहरुको अर्को ठूलो चाड तिहार विषेश गरी चेली र माइतीको सम्बन्ध प्रगाड बनाउने पर्व भएकाले महिलाहरुको संस्था भएका नाताले पनि सामूहिक भाइटिका गर्न लागेको अध्यक्ष पदमा श्रेष्ठले बताइन । प्रदेशमा एक्लै भएका माइतीहरुलाई कार्यक्रममा उपस्तिथ भई परिवार र चेलीको तिष्र्णा मेटाउदै स्नेह र सदभावका साथ सबैफुर्सदमा


इपिएस कामदारको बाँकी रहेको ह्युमन विमा रु. डेड करोड, लिन आउनहुन एचआरडी कोरियाको आग्रह

फोनिज कोरिया संवाददाता सोल अएचारडी कोरिया नेपाल सेन्टरले प्रेस विज्ञप्ती जारी गर्दै दक्षिण कोरियामा काम गरेका इपिएस नेपाली कामदारहरुको लिन बाँकी विमा रकम रु एक करोड ५० लाख रहेको तथ्यकं सार्वजनिक गर्दै सम्बन्धीतलाई चाडो लिन आउन हुन आग्रह गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार रोजगार अनुमति प्रणाली (इ। पि। एस) अन्तर्गत दक्षिण कोरिया गएर आफ्नो बसाई अवधि सकेका नेपाली कामदारहरु मध्ये लगभग ३०० भुक्तानि नलिएको बीमा रकम (जम्मा १६ करोड ८९ लाख ८१ हजार ४४३ वन) मानव संसाधन विकास केन्द« (एच। आर। डि कोरिया)को अधिनमा रहेका छ । नेपाली कामदारहरुलेफुर्सदमा


एनआरएनमा कोरियाबाट चार जनाको उम्मेदारी घोषणा

फोनिज कोरिया संवाददाता सोल गैर आवसीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन काठमाण्डौमा शनिबारबाट शुरु भएको छ । विश्वको ७७ देशबाट भेला भएका नेपालीहरुको महामेलामा विभिन्न पदको लागि उम्मेदारी घोषणा गर्नेक्रम बढी रहेका छन् । यसैक्रममा दक्षिण कोरियाबाट पनि थप दुई जनाले आज शनिबार उम्मेदारी घोषणा गरेपछि चार जना पुगेको छ । एनआरएन आइसीसी पूर्व सदस्यहरु डा. देव बस्नेतले केन्द्रिय सचिवमा उम्मेदारी घोषणा गरेका छन् भने केपी सिटौलाले एसिया उप संयोजकमा उम्मेदारी घोषणा गरेका छन् । यसभन्दा अघि नै एनआरएन कोरियाका अध्यक्ष समेत रहेका विनोद कुवरले पनि एसिया सहसंयोजकमा उम्मेदारीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...