Manju Gurung

 

कोरियामा लुम्बिनी एफ सीको तसर्थ समितिलाई पूर्णता दिन आगामी आइतबार बृहत भेला गरिने

फोनिज कोरिया संवाददाता सोल , दक्षिण कोरियामा फुटबल खेलप्रति बढ्दो आकर्षण संगै फुटबल क्लब (एफ.सी) गठन हुने क्रम पनि तिब्र बनेको छ । यसैक्रममा गत शनिबार सउलमा लुम्बिनी एफ.सीको ओम थापाको सँयोजकत्वमा तीन सदस्यीय तदर्थ समिति गठन गरिएको छ। प्रवासी भुमि दक्षिण कोरियाको बिभिन्न क्षेत्रमा छरिएर रहेका लुम्बिनी क्षेत्र अन्तर्गत पर्ने जिल्लाहरु रुपन्देही ,नवलपरासी ,पाल्पा ,कपिलवस्तु ,गुल्मी र अर्घाखाँची भित्रका फुटबल खेलाडी तथा फुटबल प्रेमीहरुले खेल प्रति राखेको चासोलाई मध्ये नजर गर्दै समिती गठन गरिएको हो । समितीमा सदस्यहरु कमल थापा , बिजय राना र कुमार लामा रहेका छन् ।फुर्सदमा


 सागर आलेलाई कोरियामा लाखौ नगद , पियानो र सुन उपहार

फोनिज कोरिया संवाददाता सोल नेपाल आइडलका टप फोर गयक सागर आलेलाई कोरिया बासी नेपालीहरुले लाखौ नगददेखि पियानो र सुनको औठी समेत उपहार प्रदान गरेका छन् । मगर संघ कोरियाबाट आयोजित कार्यक्रममा रु. ७ लाख १२ हजार र पियानो उपहार प्रदान गरिएको थियो । त्यस्तै गजेदोका मगर कमिटी र लुम्बिनी रेष्टुरेन्ट लगायत विभिन्न संघ संस्था र व्यक्तिबाट नगद प्रदान गरिएको थियो । त्यस्तै फयानहरुबाट सागरले सुनको औठी समेत जिन्सी उपहार पाएका थिए । कोरियन पर्व छुसकको अवसरमा आदिवासी जनजाति महासंघ द.कोरिया बुसान शाखाको निमन्त्रणामा सांगीतिक कार्यक्रम “दिवापली साँझ ” को लागिफुर्सदमा


ओएनएफ कोरियाको अध्यक्षमा पर्शुराम सापकोटा , को हुन नब निर्बाचित अध्यक्ष ?

सिओल नेकपा एमालेको प्रबास कमिटी प्रबासी नेपाली मन्च ( ओएनएफ ) कोरियाको आज ( अक्टोबर ८) मा सम्पन्न छैठौ अधिबेसनले सर्बसम्मत रुपमा  पर्शुराम सापकोटाको नेतृत्वमा २६ सदस्यिय कमिटी चयन गरेको छ । नब निर्बाचित कमिटिलाइ अधिबेसनको प्रमुख अतिथी नेकपा एमाले पोलिट ब्युरो सदस्य एबम नेत्री बिन्दा पान्डेले पद तथा गोपनियताको सपथ खुवाएकि थिइन । उक्त कमिटिमा क्रमस उपाध्यक्षहरु लाल बहादुर साउद , टेक पुन र टिकाराम उपाध्याय रहेका छन भने महासचिब मा श्रमदिप चौलागाइ चयन भएका छन । सचिबमा क्रमस दिपेन्द्र अधिकारी र हरि सन्कर भन्डारी छन भने कोषाध्यक्षमा नेत्रफुर्सदमा


नेपाल कप डेउ एफसीले चुम्दै २५ लाख वन हात पारे

फोनिज कोरिया संवाददाता सोल नेपाल फुटबल महासंघ दक्षिण कोरियाले छुसकमा आयोजना गरेको नेपाल कप २०१७ को उपाधी डेउ एफसीले चुमेका छन् । महासंघले पहिलो पटक आयोजना गरेको नेपाल कप नामक एक दिने फुटबल टुर्नामेन्टमा विजयी बनेका डेउ एफसीले २५ लाख वन पुरस्कार राशी सहित शिल्ड हात पारेका थिए । ट्राईब्रेकर हुदै फाइनलमा पुगेका मोक्फो एफसीलाई शुन्यको विरुद्ध एक गोलले डेउ एफसीले विजयी हासिल गरेका थिए । उपविजेता बनेका मोक्फो एफसीले पनि शिल्ड सहित १५ लाख वन पुरस्कार थापेका थिए । त्यस्तै डेउ एफसीका कृष्ण थापा उत्कृष्ठ खेलाडी , कुनाल देउजाफुर्सदमा


गुनसान नेपाली कप लम्जुइ० एफसीको पोल्टामा

फोनिज कोरिया संवाददाता गुनसान दक्षिण कोरियाको गुनसान नेपाली समाजद्धारा आयोजित ‘गुनसान नेपाल कप’ दोस्रोको उपाधी लम्जुइ० एफसीले चुमेका छन् । मंगलबार झल्ला नाम्दो प्रान्तको गुनसान शहरमा सम्पन्न एक दिने फुटबल टुर्नामेन्टको फाइनलमा पुगेका मेची महाकाली युनाइटेड एफसीलाई शुन्यको विरुद्ध ३ गोलले लम्जुइ० विजयी बनेका हुन् । विजयी टिमले ३० लाख वन राशीको पुरस्कार सहित शिल्ड र मेडल थापे भने उपविजेताले १५ लाख वन पुरस्कार र मेडल थापेका थिए । १३ टिमको सहभागिता रहेको टुर्नामेन्टमा लम्जुइ० एफसीकै विमल मल्ल उत्कृष्ठ खेलाडी र दिपक कौशल सर्वाधिक गोलकर्ता बनेका थिए भने मेची महाकालीफुर्सदमा


चर्चित लोक एण्ड रक व्यण्ड नेपथ्य कोरिया आइपुग्यो

फोनिज कोरिया संवाददाता सोल नेपालका चर्चित लोक एण्ड रक व्यण्ड नेपथ्य मंगलर दक्षिण कोरिया आइपुगेको छ । कास्की परिवार कोरियाले अक्टोबर ४ बुधबार आयोजना गर्ने कन्सर्टको लागि नेपथ्य व्यण्ड कोरिया आएका हुन् । एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुइ० र आयोजक कास्की परिवारका पदाधिकारीहरु विहानै इन्छन विमान स्थलमा व्यण्डका सदस्यहरुलाई स्वागत गर्न पुगेका थिए । व्यण्डका कलाकार , प्राविधिक र व्यवस्थापक गरी १० जनाको टोली कोरिया आइपुगेको आयोजकले जनाएको छ । नेपथ्य कन्सर्टको बिशेष आकर्षण अन्तर्गत सौलको रमणीय ओलम्पिक पार्कमा अवस्थित अत्याधुनिक साउण्ड सिस्टम र अधिक सिट क्षमता रहेको अन्तर्राष्ट्रियफुर्सदमा


छुसकमा तामाङ संघ कोरियाले चियापान तथा वृहत् भेला गर्ने

फोनिज कोरिया संवाददाता सोल नेपाल तामाङ संघ दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरलाई मध्यनजर गर्दै अक्टोबर ०५ का दिन चियापान तथा बृहत् भेला गर्ने भएको छ । भेलामा संघको वर्तमान अवस्था र आगामी कार्ययोजनाहरुलाई समयसापेक्ष के कसरी प्रभावकारी रुपमा अघि बढाउन सकिन्छ भन्ने बारेमा वृहत् छलफल हुने जनाएको छ । प्रवासीभुमि कोरियामा आफ्नो स्थापना कालदेखि नै विशुद्ध सामाजिक क्षेत्रमा समर्पित रहि संघले यहाँ रहेका दर्जनौं संघसंस्थाहरु संग हातेमालो गर्दै सांगीतिक कार्यक्रमहरुको आयोजना गर्ने लगायत विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आईरहेको छ । भेलामा कोरियावासी सम्पुर्ण तामाङ दाजुभाइ तथाफुर्सदमा


कोरियामा पत्रकारलाई धम्कीप्रति पत्रकार महासंघ र फोनिजको आपत्ति

फोनिज कोरिया संवाददाता सोल पत्रकार महासंघ शाखा दक्षिण कोरियाका संस्थापक अध्यक्ष नेपालीकोरिया डटकमका प्रधान सम्पादक र एमडब्लु (माइग्रेन्ड वर्लड) टिभीका नेपाली विभाग प्रमुख डम्बर सुब्बालाई द. कोरियाका राजदूत अजुर्नजंग बहादुर सिंहका सहयोगी बताउने इश्वर धामीले दिएको धम्की बारे महासंघ र फोनिजकोरियाले छुट्छुटै विज्ञप्ती निकाली आपत्ति जनाएका छन् । अनलाईन मिडिया नेपालीकोरिया डक कममा प्रकाशित “कान राम्रो नसुन्ने राजदूत सिहलाई हियरिङएड अनुदान प्रदान” शिर्षकको समाचारप्रति धामीले मध्यरातमा फोन मार्फत धम्की दिएका थिए ।    


गुनसान नेपाली कपको खेल तालिका सार्वजनिक

फोनिज कोरिया संवाददाता गुनसान दक्षिण कोरियाको गुनसान शहरमा बसोबास गर्ने नेपालीहरुको संघ गुनसान नेपाली समाजले अक्टोबर ३ तारिख आयोजना गर्न लागेको दोस्रो गुनसान नेपाल कप २०१७ को खेलतालिका सार्वजनिक गरिएको छ । तालिका अनुसार १३ टिम भिड्ने भएका छन् । खेल पोल ए र पोल वि गरी दुईवटा ग्राउनमा खेलिने छ । नेपाल फुटबल महासंघ द.कोरियाको खेल नियम अनुसार खेलिने छ । तोकिएकै समयमा खेल शुरु हुने भएकाले खेलाडीहरु समयमै आइदिन हुन आयोजकले आग्रह गरेको छ । गत वर्ष खेल व्यवस्थापन राम्रो भएको प्रशंसा बटुलेका गुनसान नेपाली समजले यसपाली पनिफुर्सदमा


फोनिजका अध्यक्ष गुरुइ०ले पुरस्कारबाट प्राप्त रकम पीडितलाई प्रदान

काठमाण्डौ प्रेस काउन्सील समावेसी पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार डण्ड गुरुङले आफूले पुरस्कारबाट प्राप्त गरेको रकम अनाथालय र अग्नीपीडितलाई दिएका छन् । उनले पुरस्कारबाट पाएको रकम काठमाडौंको मनमैजुस्थित एकीकृत सिर्जनशील समाज नेपालले सञ्चालन गरेको अनाथालयलाई ५ हजार र सिन्धुली गोलञ्जोर गाउँपालिका(४ तीनकन्याका अग्नीपीडित सनमान थिङलाई पाँच हजार रुपैयाँ दिएका हुन् । प्रेस काउन्सील नेपालको ४८औं वार्षिकोत्सवको अवसरमा पत्रकार गुरुङले शुक्रबार पुरस्कारबापत १० हजार रुपैयाँ प्राप्त गरेका थिए । पत्रकार गुरुङले समाजसेवी उज्वलविक्रम थापाका साथमा एकीकृत सिर्जनशील समाजकै कार्यालयमा पुगेर समाजकी आमा जुनु पुनलाई रकम हस्तान्तरण गरेको कान्तिपुरले लेखेका छन् ।


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...