Manju Gurung

 

अनलाईन वेभ टि.भीले कोरियामा म्युजिकल इभ गर्ने

फोनिज कोरिया संवाददाता सउल अनलाईन वेभ टेलिभिजनले आफ्नो दोस्रो वार्षिकीत्सवको अवसरमा आगामी जनवरी १४ तारिक शनिबारको दोइ०देमुन स्थित लक्ष्मी रेष्टुरेन्टमा “अनलाईन वेभ टिभि म्युजिकल इभ २०१७ गर्ने भएको छ। “श्रष्टा र कलाकार हाम्रो शान, प्रवासमा पनि कला र प्रतिभाको गरौँ सम्मान” भन्ने मूल नाराको साथ कार्यत्रक्र गर्न लागिएको हो । कोरियामा रहेका नवप्रतिभा कलाकार र सर्जकहरुको कला र प्रतिभालाई उजागर गर्ने उदेश्यले गर्न लागिएको उक्त कार्यक्रममा गीत, संगीत, नृत्य, गजल तथा कविताको प्रस्तुति रहने छ। कोरियामा बढ्दो नेपालीहरुको संख्या संगै विभिन्न कला र प्रतिभावान व्यक्तिहरु पनि बढ्नेक्रममा छन् । बिशेषफुर्सदमा


अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीया,क्षेत्र न. १ ले अधिवेशन गर्दै

बुसान, विकास र निकास दिने मुल नारा लिएर पछिल्लो समयमा उदाएको एक उदयमान पार्टी हो नयाँशक्ती नेपाल पार्टी । कोरीयामा रहेको यही पार्टीको भातृसंगठन अर्थात भगीनी संस्था “अन्तरास्ट्रिय नेपाली समाज दक्षिण कोरिया” अन्तर्गत – क्षेत्र न. १, बुसानले आफ्नो प्रथम अधिवेशन गर्ने भएको छ । यो क्षेत्रिय अधिवेशन २०१७-०१-१५ तारीक आइतबारको दिन किम्हे शहरमा हुने भएको छ । नेपाली दुर्गा रेष्टुरेन्टको ठिक अगाडी रहेको किम्हे सिजांको दोङ कफी सप (Dong Coffee Shop) भवनको चौथो तलामा दिनको १२ बजे गरिने जानकारी दिइएको छ । गत मिति २०१६-१२-२७ का दिन बसेको अन्तरिमफुर्सदमा


परदेशी

‘घर छाडेर हिडेपछि सबै परदेशी ।’ बाजे केही कुरा गर्न पर्यो कि यसै भन्थे । ‘म पनि नेपाल गएँ । सात दिन हिडेर । लामुसाँगुबाट तीन दिन लाएर नुन बोकेँ । के के गरिन ? तेरो आनी(फुपू) बलिङमा थिइ । त्यहाँ पनि म गएँ । कम्ता दुःख भएन । पाकेटमारले रेलमा झन्डै नमारेको । मान्छे भए पछि कता कता पुग्नु पर्छ । तर जता पुगे पनि फर्र्केर आफै जन्मेको ठाउँमा आउनु पर्छ । गाउँघर सम्झेर आउनु पर्छ ।’ बाजेले भनेको बलिङ भारतको उत्तराप्रदेशको कुनै ठाउँ हुनु पर्छ । र उनलेफुर्सदमा


धौलागिरी सांगीतिक सौगात भाग ३ को आय व्यय सार्बजनिक करिब १ करोड २७ लाख वोन बचत

बाग्लुंग सम्पर्क समिति गणतन्त्र कोरियाले २०१६ सेप्टेम्बर १५ तारिख आयोजना गरेको धौलागिरी सांगीतिक सौगात भाग ३ को आय व्यय सार्बजनिक गरेको छ| कार्यक्रमबाट कुल आम्दानी ४ करोड २६ लाख २० हजार ५५५ वोन र कुल खर्च २ करोड ९८ लाख ३५ हजार ५०० वोन खर्च गरि कुल बचत १ करोड २७ लाख८५ हजार०५५ वोन गर्न सफल भएको छ| बाग्लुंग जिल्लाको दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्य लिएर गरेको कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण बाग्लुंगबासीहरु,सामाजिक संघ संस्था, ब्यापारी बुद्धिजिबी पत्रकार कलाकार र दर्शक शुभचिन्तक सबैलाई समितिको तर्फ बाट अध्यक्षफुर्सदमा


कोरियामा नविन राईको श्रद्धाञ्जलीसभा गरिने

फोनिज कोरिया संवाददाता सउल किरात राई यायोक्खा र झापा मिलन समाजले संयुक्तरुपमा दुई हप्ता अघि गत कोरियामा निधन भएका नविन राईको श्रद्धाञ्जलीसभा यही आइतबार जनवरी ८ तारिख सउलको नेपाल हाउसमा गर्ने भएका छन् । इपिएस कामदारको रुपमा कोरिया आएका राईको डिसेम्बर २३ तारिख शुक्रबार सडकमा काम गर्नेक्रममा दुर्घनमा परी अचानक निधन भएको थियो । मृतक राई झापा जिल्ला शान्तिनगर २ का बासिन्दा हुन् । २३ वर्षिय राई ३० महिना अघि कोरिया आएका थिए । श्रद्धाञ्जलीसभामा मृतक राईका आफन्त, साथी , शुभचिन्तक साथै विभिन्न संघ संस्थाका प्रतिनिधी लगायत इच्छुकलाई उपस्थित भइदिनुहुनफुर्सदमा


दक्षिण कोरियामा २०१६ मा २१ नेपालीले ज्यान गुमाए

सिउल, दक्षिण कोरियामा विभिन्न शिलशिलामा रहेका नेपालीहरुमध्ये सन २०१६ मा विभिन्न कारणाले २१ जनाको मृत्यु भएको छ । जसमध्ये सबैभन्दा बढी ७ जनाले आत्माहत्या गरेको सउल स्थित राजदूताबासको तथ्यकंमा उल्लेख छ । त्यस्तै औधोगिक दुर्घटनामा परी ज्यान गुुमाउनेको संख्या ५ रहेको छ । दूताबासद्धारा प्राप्त तथ्यकं अुनसार अज्ञात (सुुतेकै अवस्थामा) मृत्यु हुनेको संख्या ४ जना रहेको छ भने सडक दुर्घटना ( कार एक्सीडैन्ट )मा परी २ जनाको ज्यान गएको छ । त्यस्तै बैवाहीक भिषामा आएका दुई महिलाको रोगका कारण मृत्यु भएका छन भने एक जना इपिएस कामदारको हृदयघातका कारण मृत्युफुर्सदमा


कोरियामा बढ्दो आत्माहत्याको रोकथामको लागि दूताबासले अन्तरकृया गर्ने

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा नेपाली कामदारहरुको मृत्युका कारणहरुमध्ये आत्माहत्या गर्नेको तथ्यकं उचो रहेको छ । त्यसैले बढ्दो आत्माहत्याको रोकथामको लागि सउल स्थित नेपाली राजदूताबासले नेपाली सम्पर्क समिति कोरियासंग मिलेर बुसान र सउलमा दुई दिन अन्तरकृया कार्यक्रम गर्ने भएको छ । कोरियनहरुको नजिकिदो ठूलो पर्व सलनालको अवसरमा जनवरी २८ तारिख शनिबार बुसानको किम्हे माइग्रेन्ड हाउसमा एक दिने अन्तरकृया कार्यक्रम गर्ने भएका छन् । त्यस्तै भोलिपल्ट जनवरी ३० तारिख सउल स्थित नेपाल हाउसमा गर्ने भएका हुन् । कार्यक्रममा आत्माहत्या रोकथाम, निराशा तथा तनाब व्यवस्थापन सम्बन्धमा विषय विज्ञ डा. विजय ज्ञावालीकोफुर्सदमा


एमटियुले जनवरी १५ मा नया सदस्यलाई स्वागत साथै गर्ने

फोनिज कोरिया संवाददाता सउल कोरियामा कार्यरत प्रवासी मजदुरहरुको अधिकारको संघर्ष गर्दै आएका प्रवासी मजदुर संगठन (एमटियु) ले आगामी जनवारी १५ तारिख नयाँ सदस्य तथा नव आगन्तुक प्रवासी मजदुरहरुलाई स्वागत गर्दै शुभकामना आदन प्रदान कार्यक्रम गर्ने भएका छन् । सबै प्रवासी मजदुरहरुलाई स्वागत साथै गतिबिधिको बारेमा जानकारी गराउने तथा नया बर्ष २०१७ शुभकामना आदन प्रदान गरिने छ। कार्यक्रम आईतबार ख्यङगीदो सुवन स्थित कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (केसिटियु)को क्षेत्रिय कार्यालायमा दिनको २ बजे आयोजना गर्न गई्रहेको छ । सदस्य ,नव आगन्तक प्रवासी मजदुर साथै अन्य सम्पुर्ण प्रवासी मजदुरहरु उपस्थित भई दिनुहुन एमटियुलेफुर्सदमा


कोरियामा एक नेपालीको उपचारक्रममा मृत्यु

सोल अवैधानिक रुपमा दक्षिण कोरिया रहेका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । घोराही नगरपालिका १० पुरानो बसपार्क दांगका ५२ बर्षिय दिल बहादुर घर्तिमगरको बिहिबार अपरान्ह मृत्यु भएको हो । २४ बर्ष देखि कोरियामा रहेका घर्तिमगर बिना भिषा कोरियामा कार्यरत थिए । गत महिना नेपाल फर्कन लागेका घर्तिमगरलाई कागजात नपुगेको जनाउदै अध्यगमनले फिर्ता गरेको थियो । त्यस लगत्तै बिरामी परेका उनको सौल नेशनल अस्पतालमा उपचार भइरहेको थियो । चिकित्सकहरुले उपचारको क्रममा हेपाटाइटिस बि को लक्षण रहेको जानकारी गराएका थिए । दुइ साता देखि उपचाररत घर्तिमगरलाई मृत्यु पुर्व निमोनिया पनिफुर्सदमा


दक्षिण कोरियामा एक्लै बस्न रुचाउनेको संख्या बढ्दो

सोङ साङ–हो दक्षिण कोरियाको राजधानी सहर सिओलमा कार्यरत एकजना ४० वर्षीया जो चो दुई दशकदेखि एक्लो जीवन बाँचिरहेकी छिन् । उनी पारिवारिक जिम्मेवारीको बोझबाट मुक्त रहेको र पेशागत करिअरलाई निरन्तर अघि बढाएको बताउँछिन् । कहिलेकाँहि, विदेश यात्रामा निस्कँदा साथीसँगीको साथ नपाउँदा दुखित हुन्छिन्, तर उनी बन्धनमुक्त जीवनशैलीबाट सन्तुष्ट छिन् । उनको विचारमा विवाहपछि यो सन्तुष्टी हराउँछ – किनभने उनका धेरै साथीहरु काममा र शिशुस्याहारमा अल्झिएका छन् । “साँचो कुरा के भने मेरा धेरै साथीहरु बालबच्चा हुर्काउनेजस्तो चुनौतीपूर्ण कामले थिचिएका छन्, र केहीले त घरायासी कामले जागिरबाटै राजीनामा दिएका छन्,” चोलेफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...