Manju Gurung

 

कोरियाली माझ लोकप्रिय सुजन

दक्षिण कोरिया, सुजन अर्थात् नेपाल, यी दुई पर्यावाची जस्तै लाग्छ कोरियनको नजरमा । कतिपय कोरियनहरु नेपाल भन्नसाथ सुजनको नाम लिन्छन् । अनि, सुजनले चिनाएको नेपालको बर्णन गर्न थाल्छन् ।  चकलेटी अनुहार, आकर्षक शरीर प्रायः कोरियन टेलिभिजन च्यानल र एफएमहरुमा छाइरहने नेपाली युवा हुन् सुजन शाक्य । कोरियामा ‘टिभिपर्सानालिटि’का रुपमा समेत चिनिएका सुजनले विभिन्न मुलुकका विदेशी युवाहरुलाई राखेर चलाइएका बहस कार्यक्रमहरुमा नेपालको कलासंस्कृतिलाई उजागर गर्दै आएका छन् । उनी नेपाललाई चिनाउनुकासाथै नेपालको खराब पक्षलाई कसरी परिवर्तन गर्ने र यसमा युवाहरुको भूमिका कस्तो रहन्छ भन्ने विषयमा समेत खुलेर बहस गर्छन् । सुजनले विभिन्नफुर्सदमा


नेपाल हाउस व्यवस्थापन समितिको लापरवाहीप्रति अन्तराष्ट्रिय नेपाली समाजको चासो

फोनिजकोरिया सम्वाददाता सौल, प्रवासी नेपालीहरुको आश्रयस्थलको रुपमा निर्मित सौलस्थित दोङदेमुदमा रहेको नेपाल हाउस व्यवस्थापन समितिले गरेको हेलचेक्राइ र लापर्बाहिका विरुद्ध ध्यानाकर्षण गर्दै अन्तर्राष्ट्रिय नेपाली समाज नया शक्ति दक्षिण कोरियाले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । नेपाल हाउस व्यवस्थापन समितिले विभिन्न संघसंस्थालाई तोकिएको शुल्क बुझाएपछि कार्यक्रम गर्ने हल प्रयोगमा ल्याउन सकिने नियम बमोजिम अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले १५ दिन अघि नै सम्वन्धित पक्षसँग अनुमति लिएको भएतापनि कार्यक्रम तथा बैठकको दिन चाबी सहित आबश्यक सामग्री उपलब्ध नगराउनुको साथै एकले अर्कोतर्फ देखाउदै अवरोध गरेकोले व्यवस्थापन समितिप्रति गम्भीर आशंका उब्जाएकोले अन्तराष्ट्रिय नेपालीफुर्सदमा


कोरियामा किराती बंशी लिम्बु समुदायको महान पर्व चासोक तइ०नाम मनाउदै

गत आइतबार कोरियामा किरात बंशीहरुले राजधानी सउलमा भेला भएर आफ्नो सांस्र्कती पर्व चासोक तइ०नाम धुमधाम साथ मनाए । नेपालबाट गायक र गायिका झिकाई परम्परागत धान नाच सहित मनाइएको कार्यक्रममा कोरियामा रहेका नेपालीहरुको बाक्लो उपस्थिीती रहेको थियो ।


समाबेशी समाज ?

  मानवशास्त्रीहरु भन्छन् ‘मानिसलाई मार्न परे गोली हान्नु पर्दैन । संस्कार र संस्कृति मारे पुग्छ ।’ अहिले नेपालमा भएका विभिन्न आन्दोलनहरुमा पहिचान सहितको भौगोलिक क्षेत्रका बारेमा पनि चर्चा भैरहेको छ । धेरैलाई लागेको पनि छ पहिलेको समाज शान्त थियो । तर यर्थाथ धेरैले ठाने जस्तो शान्त पनि थिएन । ….. दुईटा प्रसँग । कक्षा ९ मा पढ्दै थिएँ । हामी पढाई नभएको समयमा कक्षामै हाजरीजवाफ प्रतियोगिता गथ्र्यौ ।  प्रश्नहरु कक्षा कोठाकै किताबबाटै सोधिन्थ्यो । प्रायः प्रश्न सोध्नेमा म हुन्थे । एक दिन मैले प्रश्न सोध्न पर्ने भो पेलेको न्वारानको नामफुर्सदमा


इपिएसले सन २०१७ को लागि विदेशी कामदारको कोटा ५६ हजार निर्धारण गरयो

सउल, आगामी वर्ष सन २०१७ कोलागि कोरिया ल्याने इपिएस मजदुर (विदेशी कामदार)को कोटा निर्धारण गरेको छ । गत वर्षभन्दा २ हजार घटाइ यसपाली नयाँ र पुन प्रवेश गरी ५६ हजार तोकेको छ । कोरियन सरकारको प्रवासी मजदुर नीति निर्धारण (कोटा ) समितिको शुक्रबार बसेको बैठकले २०१७ मा बिभिन्न १६ देशबाट इपिएस अन्तर्गत कोरिया ल्याउने प्रवासी मजदुरको कोटा ५६ हजार निर्धारण गरेको हो । कोरियाको उत्पादन, कृषी तथा पशुपालन , मत्स्यपालन, निमार्ण र सेवा क्षेत्रको लागि विदेशी कामदारको कोटा तोकिएको हो । तोकिएका कोटा मध्ये ४३ हजार नयाँ र बाँकी १३फुर्सदमा


दोङ्देमुनको बजारैमा

कोरियाको दोङ्देमुन बजार (सिजाङ)मा धेरै नेपालीहरु भेटिए । झट्टै हेर्दा काठमाडौ जस्तै लाग्ने आ आफ्नो धुनमा मस्त, कोहि फोटो खिच्ने ध्यानमा कोहि गफ गाफको सुरमा । कोहि आफन्त खोज्ने सुरमा कोहि के कोहि के गर्ने सुरमा । नेपालीहरुको भिड देख्दा नेपालको आधा भन्दा युवा बिदेशमै रहेछन् भन्ने बास्तबिकता मेरो दृश्यमा कैद भएरहेको थियो । अग्लाअगला मानव निर्मित भवनहरु खडा थियो त्यो भिडहरुको सामु । म पनि त्यो भिड्मा हराई रहेको थिएँ । साथी भाईलाई भेट्घाट हुने औडा खुशिमा यो मन निकै प्रफुल्लित अवस्थामा तरंगित भैरहेको थियो । मानौ, असार महिनाकोफुर्सदमा


कोरियाको जिन्जुमा पहिलो पटक जात्रा लाग्ने

फोनिज कोरिया संवादादता सउल कोरियाको जिन्जु शहरमा आगामी आइतबार डिसेम्बर १८ तारिखका दिन नेपालमा सफलता पूर्वक प्रदर्शन भईरहेको फिल्म जात्रा प्रर्दशन हुने भएको छ । जिन्जुमा पहिलो पटक पर्दशन गरी आगरम्भ गरिएको सो नेपाली कथानक चलचित्र जात्रालाई विभिन्न शहरमा भिन्म मितीमा प्रदर्शन गरिने छ । नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले “आपतकालिन परोपकार कोष” स्थापना गर्ने उदेश्य सहित जिन्जुमा जिुन्जु कोरिया नेपाल समाजको सहयोगमा चलचित्र जात्रा प्रदर्शन गर्न लागेको हो । जिन्जु संगै २०१७ जनवरी १ मा बुसान र जनवरी ८ मा थेगुमा प्रदर्शन गर्ने हल र स्थान तय भईसकेको महासंघकाफुर्सदमा


सल्नालमा गरिने सुम्निमा सांगीतिक सौगातको कलाकारको नाम सार्वजनिक

सौल, किराँत राई यायोक्खा दक्षिण कोरियाले सलनालको दोस्रो दिन जनवरी २८ तारिक गरिने सुम्निमा सांगीतिक सौगात भाग(३ सांस्कृतिक कार्यक्रमको पोष्टर गत आईतबार तुङ्गदेमुनमा आयोजित पत्रकार भेटघाटमा सार्बजनिक गरेको छ। किराँत राई यायोक्खा दक्षिण कोरियाले “दीर्घकालीन तथा ब्यवस्थित सुम्निमा घर (सेल्टर) निर्माण सहयोगार्थ” कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा नेपालबाट चर्चित कलाकारहरु झिकाई सलनालको दोस्रो दिन अर्थात जनवरी २८ मा बृहत् सुम्निमा सांगीतिक सौगात भाग(३ कार्यक्रम गर्ने भएको हो। कोरियामा नेपाली कामदारको संख्या दिनानुदिन बढ्दो सँगै बिभिन्न समस्याहरु पनि बढिरहको छ बिशेष त कम्पनी परिबर्तनको बेला बसको अशुबिधालाई मध्य नजर गर्दै बिरामीफुर्सदमा


मिल्तिको जगेड़ा शेयर बिक्रीका लागि आवेदन खुला, सुवन र थेगुबाट आवेदन दिन सकिने

सौल,सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले जगेड़ा शेयर बिक्रीका लागि शेयर आवेदन खुला गरेको छ । लिमिटेडले आगामी १८ र २५ मा सुवन र थेगुमा आवेदन भर्न सकिने जनाएको छ । सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माणकार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्य सकिएको ऱ लगानी गर्न इच्छुकहरुलाई आवेदन खुला गरेको संचालक सदस्य कपिल न्यौपानेले जानकारी दिए । जगेड़ा शेयरका लागि नागरिकताको फोटोकपि र एक प्रति फोटो सहित उपस्थित हुन आयोजनाले लागनीकर्ताहरुलाई आग्रह गरेको छ। दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा आयोजनाको निर्माण कार्य भईरहेकोफुर्सदमा


कोरियामा बृहत कविता वाचनको तयारी

फोनिज कोरिया सम्वाददाता सौल, अनेसास कोरियाले नयाँ वर्षको उपलक्ष्यमा बृहत कविता वाचन कार्यक्रम गर्ने भएको छ । ‘काव्य-सुधा’ मा अनेसास कोरियाले उत्कृष्ट कविहरुको कविता वाचन गरिने कार्यक्रमको तयारी गरेको छ । पहिलो सेसनमा उत्कृष्ट कविहरुको कविता वाचन र दोस्रो सेसनमा उपस्थित कविहरुको रचना वाचन राखिने अनेसास कोरियाले जनाएको छ । सो अवसरमा चर्चित कविहरु बोनम प्रताप, प्रमोद सारंग, जीवन खत्री र सरोज सर्वहाराले आफ्ना उत्कृष्ट कविताहरु वाचन गर्नुहुनेछ । कविताबाट शुरु हुने यो कार्यक्रम अनेसास कोरियाको “काव्य-सुधा” अन्तर्गत पहिलो श्रङ्खला हुनेछ । र, आउने समयमा गजल, मुक्तक, हाईकु आदि पनिफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...