Manju Gurung

 

कोरियामा सबैभन्दा बढी राशी पुरस्कार रहेको गुनसान नेपाली कपको टाइसिट सार्वजनिक

फोनिज कोरिया संवाददाता पछिल्लो समय कोरियामा खेलकुद गतिविधी बढ्दो छ । लाखौ पुरस्कार राशीको फूटबल र भलिबल प्रतियोगताहरुको आयोजना गरीन थालेका छन् । यसैक्रममा हालसम्मको सबैभन्दा बढी राशी प्रथम पुरस्कार ३० लाख वन राखिएको गुनसान नेपाली कपले कोरियाका नेपाली समुदायमाझ निकै कौतुहलता निम्ताएको छ । आगामी सेम्टेम्बर १४ तारिख छुसकमा आयोजना गरिने गुनसान नेपाली कम फूटबल टुर्नामेन्टको खेल तालिका आइतबार सार्वजनिक गरिएको छ । गुनसान नेपाली समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको सो फूटबल खेल प्रतियोगितामा छिमेकी देश जापानबाट पनि खेलाडी सहभागी हुन आउने आयोजकले जनाएको छ । कोरियामा रहेकोफुर्सदमा


प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज पर्व मनाएका छन्  । कोरियाको राजधानी सोल देखि करिब एक सय किलोमिटर टाढा सुवन सहर स्थित नारायणी प्यालेस नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको उक्त तीज बिसेष कार्यक्रममा कोरियामा रहेका उल्लेखनीय नेपाली हरुको सहभागिता रहेको थियो । दिउसो १ बजे देखि सुरु भएको उक्त तीज बिसेष कार्यक्रममा चरित्र बिष्ट ,रमिला गौतम ,तारा तिर्सना लगाएतका कलाकारहरुले आफ्नै मौलिक शैलीमा तीज गीत गाएर उपस्थित सबैलाई भरपुर मनोरंजन प्रदान गरेका थिए । कार्यक्रममा महिलाभन्दा बढी पुरुषको उपस्थित रहेता पनि रमितेफुर्सदमा


कोरियामा विभिन्न कार्यक्रमका साथ तीज सम्पन्न

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, नेपाली दिदीबहिनीहरुले हरेक वर्ष मनाउदै आएको हरितालिका तीज यसपाली पनि विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । विशेषगरी हिन्दू नारीहरुहरुको महान पर्व तीज कोरियामा रहेका नेपाली दिदीबहिनीहरुले एकहप्तादेखि दर खाने कार्यक्रमको आयोजना गर्दै मनाएका हुन् । यसपालीको तीज भदौ १९ गते अर्थात सेक्टेम्बर ४ तारिख आइतबारका दिन परेकोले विदेशमा हुने नेपालीहरुले तीजकै दिन विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । कोरियामा तीज मनाउने कार्यक्रम अन्तर्गत थेगु शहरमा लोकगायिका सुनिता दुलालले आफ्ना तीज गीतहरु गाएर उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । थेगुबासी नेपालीहरुको सामाजिक संस्था अन्नपूर्णफुर्सदमा


कोरियाको अस्पतालमा एक नेपाली अर्धचेत ,सहयोगको लागि सबैलाई अपिल

इपिएस मार्फत २ बर्ष अगाडी दक्षिण कोरियामा काम गर्न आएका रुपन्देहीका घनश्याम पल झन्डै एक हप्ता देखि अर्धचेत अबस्थामा अस्पतालको शैय्यामा रहेका छन् । आन्सान स्थित एक इलेक्ट्रिकल कम्पनीमा काम गर्ने पल नियमित काम गर्ने क्रममा गत हप्ता एक्कासि ढलेपछि कम्पनी ले नजिकै को छुङ्गु अस्पतालमा लगेर भर्ना गरिदिएको थियो । एम आर आइ सहित विभिन्न परिक्षण पश्चात चिकित्सकले “ब्रेन शेरेबल इन्फ्राक्सन” भएको र ब्रेनमा रगत जमेको कारण केहि दिन औषधि सेवन गरेर पुन: परिक्षण पश्चात शल्यक्रिया समेत गर्नु पर्ने अस्पताल श्रोत ले जनाएको रुपन्देही सम्पर्क समितिका अध्यक्ष्य हरि गौतमफुर्सदमा


गजल

फेरी पनि तीज आयो, मेरी चेली कहा होलिन चारै तिर खुशी छायो, मेरी चेली कहा होलिन पराईघर रुदैछिन की, दोको बोक्दै भिरपाखा दाया आखा फर्फरायो, मेरी चेली कहा होलिन बाचा थियो पोहोर साल, यो तीजमा संगै रम्ने चाहाना सबै बिलायो, मेरी चेली कहा होलिन रुदैछिन की एकान्तमा, परदेशी दाजु सम्झी सम्झनाले मुटू खायो, मेरी चेली कहा होलिन   नगेन्द्र थापा मगर राड़्गखानी छ, बाग्लुड़्ग हाल, दक्षिण कोरिया


कोरियाको छुसकमा नेपथ्य नै किन हेर्न ?

जीबी लामा सोल दक्षिण कोरियाकको महान चाड चुसक नजिकिदै गर्दा कोरियामा रहेको संघ संस्थाले गर्ने बिभिन्न साँस्कृतिक कार्यक्रमको प्रचारप्रसारले एकाएक कोरियाको माहोल तातिएको छ । सामाजिक परोपकार र सहयोगको उदेश्य लिएर बिभिन्न हास्यकलाकार लोक दोहोरि गायक गायिका , पप गायक गायिका , डान्सर , नायिका लगायत नेपथ्य ब्याण्डको लाईभ कन्सर्ट गरि करिब २ दर्जन कलाकार हरुले चुसकमा भरपुर मनोरन्जन दिन तम्तयार भएर आउन लागिरहेका छन् । यता आयोजक भने आफ्नो कार्यक्रमले उत्कृष्ट र भरपुर मनोरन्जन दिने प्रतिबद्धता व्यक्त गर्दै प्रचारप्रसारमा व्यापक जोड दिईरहेका छन् भने , दर्शकरु पनि कुन सांस्कृतिकफुर्सदमा


बाग्लुङ् सम्पर्क समिति गणतन्त्र कोरियाको गतिविधि

एक थुकी सुकी सय थुकी नदी भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै प्रवासमा रहेर पनि आफ्नो देश र समाजको लागि केही गर्ने सपना लिएर स्थापना भएका सामाजिक संघसंस्थाहरु कोरियामा प्रसस्तै छन् । जसमध्ये सामाजिक कार्यमा सक्रिय बाग्लुङ् सम्पर्क समिति पनि एक हो । आपत विपतमा परेका बालुङ्बासी तथा नेपालीहरुलाई सहयोग गर्ने उदेश्यले सन् २००१ मा स्थापित बाग्लुङ् सम्पर्क समिति गणतन्त्र कोरियाले हालसम्म थुपैं सामाजिक कार्यहरु गरिसकेको छ । कोरियामा कार्यरत लक्ष्मण पुन र श्याम छन्त्यालको पहलमा इन्छनमा ४० जना बाग्लुङ्बासीहरुको भेलाबाट स्थापित संस्थाले प्रवासी भूमिमा प्रवाशी नेपाली बिच सुमधुर सम्बन्ध स्थापनाफुर्सदमा


दिदी

मैया दिदी । घरकी जेठी छोरी । ज्यान परेकी । खाइलाग्दी । ज्यान मात्र होइन पढाई पनि खुब राम्राथ्यो । अक्षर पढाउने मास्टरका भन्दा पनि राम्रा । कक्षाका पाठ सबै जान्ने । विद्यार्थीका बीचमा दिदी जहिले पनि फस्ट । जान्ने भएरै दिदीलाई स्कुलले बर्षको पैसा दिन्थ्यो पाँच सय । छात्राबृत्ति । छोरी हुनु त मैया जस्ती । कुरा हुन्थ्यो गाउँमा । मलाई चाही घरमा पनि स्कुलमा पनि दिदीले खुब माया गर्ने । पढाई लेखाईमा पनि सहयोग हुने । ••• स्कुल घर देखि आधा घन्टा ओरालो झरे पछि पुगिन्थ्यो । स्कुलमाफुर्सदमा


नेपाली कामदारहरुको कोटा वृद्धिका लागि नेपालले एचआरडी कोरियालाई पुनः आग्रह

 सोल,  नेपाली कामदारहरुको कोटा वृद्धिका लागि नेपालले एचआरडी कोरियालाई पुनः आग्रह गरेको छ । एचआरडी कोरियाले बार्षिक रुपमा गर्दै आएको समिक्षा छलफलका लागि यहाँ आएका बैदेशिक रोजगार बिभागका महानिर्देशक शत्रुघ्न प्रसाद पुडासैनी र इपीएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाले कोटा वृद्धिको अनुरोध गरेका हुन् । एचआरडी कोरियाका बैदेशिक कामदार ब्युरोका निर्देशक यु बोम युसंगको भेटमा अनलाइन भाषा परिक्षाका लागि प्रबिधिगत तयारी , कृषि कामदारहरुका समस्या , स्वास्थ्यमा खराबी देखिएर फर्कनुपरेका कामदारहरुको बारेमा साथै अवैधानिक नेपाली कामदारहरुको बिषयमा पनि वार्ता भएको बैदेशिक रोजगार बिभागका महानिर्देशक शत्रुघ्न प्रसाद पुडासैनीले जानकारी गराए । नेपालीफुर्सदमा


गायक राकेश किरातिको नयाँ गीत ‘जुन डुब्यो’ सार्वजनिक

कमल बुढाथोकी, सोल-आधुनिक तथा लोक पप गाएक राकेश किरातिले  ‘जुन डुब्यो’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । हाङ् चेम्जोङले निर्देशन गरेको गीतको भिडियोमा पुर्ण ,तेकेन्द्रको साथमा नयाँ प्रस्तुतिको रुपमा अनिताको मुख्य भुमिका रहेको छ। गीतमा हेमन राईको शब्द रहेको छ। देव लिम्बूले खिचेको गीतको भिडियो सम्पादन सनम पोखरेलले गरेका छन् ।गीत दक्षिण कोरियाको प्रमुख शहर सुवन सिटि र ह्वाश पार्कमा छायांकन गरिएको छ।  


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...