उत्तम खजुम
दक्षिण कोरिया को छुङ्नाम आसानमा पुल प्रतियोगिता हुने
दक्षिण कोरिया को छुङछन नाम्दो एरिया को ओन्याङ ओन्छन मा यहि आगामी फ्रेबुवरी 11 2024 का दिन कोरियाको महान पर्व तथा नयाँ बर्स को अवसरमा दोस्रो खुल्ला छुङ्नाम जुनियर पुल प्रतियोगिता आयोजना हुने भएको छ। छुङनाम युथ entertainment ग्रुप द्वारा आयोजना गर्न गैरहेको उक्त पुल प्रतियोगिता मा कोरिया मा रहेका सम्पुर्ण नेपाली पुल प्रेमी खेलाडी हरुले सहभागी हुन सक्नेछन।सलनाल को छुट्टी को अवसरमा आयोजना हुने उक्त प्रतियोगिता पहिलो चरण का खेलहरु best of three र सेमि र फाइनल चरण का खेलहरु best of five को आधारमा सन्चालन हुने आयोजकफुर्सदमा
किरात राई यायोक्खा जेजुदोको प्रथम अधिवेशन सम्पन्न नेतृत्वमा कोपिल राई
किरात राई यायोक्खा दक्षिण कोरियाले जेजु प्रान्तमा प्रथम अधिवेशन सम्पन्न गरेको छ। जनवरी २७ तारिख शनिवार सम्पन्न अधिवेशनले कोपिल राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने संरक्षकमा सरिता राईलाई नियुक्ती गरेको छ। यसैगरी बरिष्ठ उपाध्यक्षमा मोहन राई उपाध्यक्षमा राज कुमार राई सचिवमा निमेष राई र सह सचिवमा विवेक राई चयन हुँदा कोषाध्यक्षमा सन्दिप राई र, सह कोषाध्यक्षमा जितेन राईले जिम्मेवारी पाएका छन्। सदस्यहरुमा सुवास राई , आसिष राई , पुर्ण राई , सुजन राई , सागर राई , पेसल राई , विकास राई र विपन राई गरी १५ सदस्यीय कार्यसमितीफुर्सदमा
गणेश लिम्बूलाई अध्यक्षमा चयन गर्दै चुम्लुङ कोरियाको छल्लादो क्षेत्रमा शाखा विस्तार,
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले छल्लादो प्रान्तमा आफ्नो शाखा विस्तार गरेको छ। आज सम्पन्न चुम्लुङ शाखा गठन कार्यक्रमबाट गणेश लिम्बूलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै ३१ सदस्यीय कार्यसमिती निर्माण गरेको हो। चुम्लुङ कोरियाले बुसान, थेगु र जेजुदोमा यस अघि नै शाखा गठन गरिसकेको छ। किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिर्ज काङ्भा चुम्लुङ तुम्याहाङ संयोजक रहेको तुम्याहाङ प्रणालीबाट समिती गठन गरेको थियो। आजको सभाले वरिष्ठ उपाध्यक्षमा सुनिल फोम्बो उपाध्यक्षमा सुरेश आङ्देम्बे, दिप सेर्मा र दिवश लिम्बू लाई चयन गरेको छ। महिला उपाध्यक्ष – सिर्जना माबो , सचिब – भुपेन्द्र फागो सह- सचिब –फुर्सदमा
पाँचथर सेवा समाज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ११ मा हुने
पाँचथर सेवा समाज दक्षिण कोरियाको चौथो अधिवेशन हुने भएको छ। आगामि फेब्रुअरी ११ तारिख आइतवार दिउँसो १ बजेदेखि दोङ्देमुन स्थित दर्शन नमस्तेको सभाहलमा कार्यक्रम आयोजना हुने अध्यक्ष राजेन्द्र चेम्जोङले जानकारी गराएका छन्। सलनालको दोश्रो दिन हुने अधिवेसनमा प्रवासमा रहेका सम्पूर्ण पाँचथर बासीलाई कार्यक्रम सफल बनाउनको निम्ति अनिवार्य उपस्थित हुन आयोजकले अनुरोध गरेको छ। ” प्रवासमा एकता, पाँचथर बासीहरुको पतिवद्धता” भन्ने मूल नाराका साथ सन २०१४ मा स्थापित यस संस्थाले विभिन्न सामाजिक कामहरु गर्दै आइराहेको छ।
फेब्रुअरी ११ मा ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको महाधिवेशन हुने
ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको चौथो महाधिवेशन हुने भएको छ। आगामि फेब्रुअरी ११ तारिख आइतवार दिउँसो २ बजेदेखि दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा कार्यक्रम आयोजना हुने अध्यक्ष सागर माङ्मुले जानकारी गराएका छन्। सलनालको तेश्रो दिन हुने अधिवेसनमा प्रवासमा रहेका सम्पूर्ण ताप्लेजुङ बासीलाई कार्यक्रम सफल बनाउनको निम्ति अनिवार्य उपस्थित हुन आयोजकले अनुरोध गरेको छ। “हाम्रो ताप्लेजुङ प्यारो ताप्लेजुङ प्रवासी भूमी ताप्लेजुङको एकता , सिंङ्गो ताप्लेजुङ जिल्लाको शिक्षा र विकासमा हाम्रो प्रतिवद्धता ” भन्ने मूल नाराका साथ सन २०१५ मा स्थापित यस संस्थाले विभिन्न सामाजिक कामहरु गर्दै आइराहेको छ।
नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नेतृत्वमा पुन: ब्रो तमू
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ। निक नेपाल ट्राभल्सको सभाहलमा हिजो सम्पन्न अधिवेशनले ब्रो तमुलाई सर्वसम्मत अध्यक्षमा पुन: चयन गरेको छ। कोरियाको भौगोलिक क्षेत्रलाई आधार मानेर एक क्षेत्रबाट दुइजना प्रतिनिधित्व हुनेगरी कार्यसमिति गठन गरिएको छ्। अधिवेशनले उपाध्यक्षमा हेमन्त गुरुङ (ख्याङ्साङ्गनाम्दो क्षेत्र ) उपाध्यक्ष- बिक्रम गुरुङ (छल्लानाम्दो क्षेत्र )महासचिव – राज थापा श्रेष्ठ (छन्छनबुक्दो क्षेत्र ) चयन गरिएको छ। सचिवमा- निरज जंग कार्की (छल्लाबुक्दो क्षेत्र ) कोषाध्यक्षमा मिन आले मगर (ख्याङ्गिदो क्षेत्र) र सह कोषाध्यक्षमा राज कुमार सुनुवार (छन्छननाम्दो क्षेत्र ) रहेका छन्। सदस्यहरुमा मदन दुलालफुर्सदमा
पातालको उत्सव – कविता
पाइलाहरू कति आतुर होलान् फर्किजान आफ्नै घरदेश तर छल्किएर मेटाइदिन्छन् सधैं हेउन्दे किनाराका छालहरूले । जब हेउन्देको उर्लदा बैँसहरू समुन्द्रसँगै परपर पुग्छन् मनोहर चञ्चलता र गति फर्किन्छ छाल बनेर पुन: मेटाइदिन्छन् इच्छाका पदचापहरूलाई । प्रवासमा प्रगाढ सम्बन्धहरू नजानिँदा उत्सव मनाइरहन्छन् जिन्दगीले गीत गाइरहन्छ कहीँ त बिरहको गीत पनि सोजु, मेग्जु र नोरेबाङका रङ्गीन रातहरूमा बिर्सेर आफूलाई खोज्छु आफूभित्रै र जिन्दगी एउटा उत्सव जस्तो लाग्छ । प्रिय प्रवास ! कति सुन्दर छौ हगि ? उसैउसै सेताम्मे हिउँफूल फुलाउँछौ जति नै चिसो भए पनि मनको ताप आशाहरूलाई कठ्याङ्ग्रिन कहिल्यै दिएनौ बरु, पलाउँदैफुर्सदमा
पातालको उत्सव – कविता
पाइलाहरू कति आतुर होलान् फर्किजान आफ्नै घरदेश तर छल्किएर मेटाइदिन्छन् सधैं हेउन्दे किनाराका छालहरूले । जब हेउन्देको उर्लदा बैँसहरू समुन्द्रसँगै परपर पुग्छन् मनोहर चञ्चलता र गति फर्किन्छ छाल बनेर पुन: मेटाइदिन्छन् इच्छाका पदचापहरूलाई । प्रवासमा प्रगाढ सम्बन्धहरू नजानिँदा उत्सव मनाइरहन्छन् जिन्दगीले गीत गाइरहन्छ कहीँ त बिरहको गीत पनि सोजु, मेग्जु र नोरेबाङका रङ्गीन रातहरूमा बिर्सेर आफूलाई खोज्छु आफूभित्रै र जिन्दगी एउटा उत्सव जस्तो लाग्छ । प्रिय प्रवास ! कति सुन्दर छौ हगि ? उसैउसै सेताम्मे हिउँफूल फुलाउँछौ जति नै चिसो भए पनि मनको ताप आशाहरूलाई कठ्याङ्ग्रिन कहिल्यै दिएनौ बरु,फुर्सदमा
चोमोलोङ्मा सांगीतिक सौगातको पत्रकार सम्मेलन एवम अन्तर्कृया कार्यक्रम सम्पन्न
कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित चोमोलोङ्मा सांगीतिक सौगातको पत्रकार सम्मेलन एवम अन्तर्कृया कार्यक्रम गरेको छ। सोलुखुम्बु सेवा समाज कोरियाद्वारा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमको आजसम्मको तयारी विवरण प्रस्तुत गर्दै संस्थाका अध्यक्ष राजु राईले पत्रकार एवम उपस्थितीहरुको प्रश्नको जवाफ दिएका थिए। आगामी फेब्रुअरी १० तारिख हुने उक्त कार्यक्रमको निम्ति सबिन राई एन्ड फारोह ब्याण्ड, गायक ब्रबिम सेर्मा, सुनिता थेगिम, मनिता राई र मोडल अनुशा राईको प्रस्तुती रहने भएको छ। कार्यक्रमको लागि सबैको भिसा स्विकृत भैसकेको हुनाले दर्शकहरुलाई ढुक्क हुन आयोजकले अनुरोध गरेको छ। विगतको कार्यक्रमको बारेमा प्रश्न गर्दा सोलुखुम्बु सेवाफुर्सदमा
याक्थुङ सयङ गजेदोले चासोक तङनाम मनाउने
याक्थुङ सयङ गजेदो कोरियाले चासोक तङनाम मनाउने भएको छ। यहिँ जनवरी १४ तारिख आइतबार विहान ११ बजेदेखि गजे थेहाक्योको हलमा चासोक मनाउने तयारी भएको आयोजकले जनाएको छ। लिम्बू जातिको मौलिक चाड लिम्बू समुदायले अहिले संसारभर मनाइरहेका छन्। याक्थुङ सयङ गजेदोले पनि शुभकामना आदानप्रदान एवम विभिन्न साँस्कृतिक झाँकी र लिम्बू मौलिक परिकारको साथमा मनाउन लागेको अध्यक्ष अल्बर्ट सम्बाहाङ्फेले जानकारी दिएका छन्। गजेदो आसपास रहनुहुने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।