उत्तम खजुम
किरात राई यायोक्खा कोरियाको महाधिवेशन जुलाई २ मा
किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा दक्षिण कोरियाको १२ औँ महाधिवेशन हुने निश्चित भएको छ। आगामि जुलाई २ तारिख आइतवारका दिन सौल दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभा हलमा कार्यक्रम आयोजना हुने संस्थाका अध्यक्ष पदम राईले जानकारी गराएका छ। कोरोना महामारीका कारण यस संस्थाको अधिवेशन पनि पछाडि धकेलिएको हो। प्राविधिक कारणले पत्र प्राप्त गर्न नसकेका संस्थाका प्रतिनिधी लगायत कोरियामा विभिन्न पेसामा आवद्ध रहेका नेपालीहरुलाई यसै समाचारलाई आधार मानेर अधिवेशन भव्यताका साथ सफल बनाइदिन आयोजकले अनुरोध गरेको छ।
एनसीसी कोरियाद्वारा कार्यक्रम बाँडफाँड, छुसकमा चार सस्थाले सांगीतिक कार्यक्रम गर्ने
नेपाली सम्पर्क समिति (एनसीसी) द्वारा सांगीतिक कार्यक्रमको बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतवार दोङ्देमुन स्थित निक ट्राभलको हलमा भएको कार्यक्रममा आगामी छुसकमा ४ संस्थाहरुलाई सांस्कृतिक कार्यक्रम गर्न दिइने भएको हो । यस अनुसार छुसकको पहिलो दिन २८ तारिखमा सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने भएको छ । त्यस्तै दोश्रो दिन २९ तारिख सेल्टर स्थापना गर्ने उद्देश्यका साथ मकवानपुर कोरिया मन्च र स्याङ्जा परिवारले सांगीतिक कार्यक्रम गर्ने छ । छुसकको अन्तिम दिन ३० तारिकमा पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने भएको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरियाकोफुर्सदमा
लोकसेवा तैयारी गरिरहेका लिम्बूहरुलाई चुम्लुङ बुसान शाखाले एक लाख रुपैँया प्रदान गर्ने
लिम्बुहरूको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ बुसान कोरिया शाखाले लोकसेवा तयारी गरिरहेका लिम्बुहरूलाई प्रोत्साहन रकम प्रदान गर्ने भएको छ । ५० लाख वनको अक्षय कोष निर्माण गरी लोकसेवा तयारी गरिरहेका ५ जना लिम्बुहरू लाई जनही २० हजार रुपैयाँको दरले प्रदान गरिने कियाचु बुसान शाखाका अध्यक्ष सन्जोग कन्दङवाले बताए । सरकारी सेवामा समुदायगत चासो अभिवृद्धि गराउने उद्देश्यले प्रोत्साहन रकम प्रदान गर्न लागिएको हो । लोकसेवा तयारी कक्षाको प्रोत्साहन रकम प्राप्त गर्नको लागि लोकसेवा परीक्षाको आवेदन दिएको र हाल सम्म कुनै सेवा तथा जागीरमा नभएको हुनु पर्ने र लिम्बू समुदायकै हुनु पर्नेफुर्सदमा
छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
नेपाली सम्पर्क समिति (NCC) ले कोरियाको महान चॅाड छुसकको अवसरमा बिभिन्न संघसॅस्थाहरुले आयोजना गर्ने सास्कृतिक कार्यक्रम बॅाडफाड गर्ने मिति तय गरेको छ ।लामो समय कोभिड लगायत बिभिन्न कारणबस झन्डै निष्कृय अबस्थामा पुगेको संस्था लाई भर्खरै सौलमा भएको १८ औ महाधिबेशन पस्चात नयॅा कार्यसमितिले ब्युताएका छन । लामो ईतिहास बोकेको स.न.१९९३ मा स्थापना भई गौरबमय ईतिहास बोकेको सम्पुर्ण संघसंथा हरुको छाता संस्थाका रुपमा मानिदै आएको छ ।कार्यक्रमलाई भब्यताका साथ सफल बनाउनका लागि कोरियामा रहेका बिभिन्न प्रदेश ,जातिय ,क्षेत्र ,जिल्ला ,पत्रकार धार्मिक ,सास्कृतिक संघ संस्था साथै बुद्धिजीवी ,ब्यापारी ,बिधार्थी साथै कोरियामा रहेकाफुर्सदमा
धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
धनकुटा सहिदभूमि वडा न. ५ निवासी रामकुमार राई २०७९/०९/२१ का दिन ट्रयाक्टर दुर्घटनामा परि उपचारत बिरामीलाई धनकुटा सेवा समाज द. कोरियाले आर्थिक सहयोग रकम प्रदान गरेका छन। दक्षिण कोरियालाई आफ्नो कर्मभूमी बनाई रोजगारीमा रहनु भएका प्रवासी धनकुटेली तथा गैर धनकुटेली दाजुभाई दिदीबहिनीहरुबाट धनकुटा सेवा समाज द. कोरिया मार्फत संकलन गरी रु ३७८८००/- (तीन लाख अठहत्तर हजार आठ सय) रुपैयाँ प्रदान गरेका छन। सो रकम बिरामीलाई प्रत्यक्ष भेटेरै उपध्यक्ष श्री धीरेन दर्नल ज्यूबाट हस्तान्तरण गरिएको हो। धनकुटा सेवा समाजले आर्थिक विपन्न विरामीहरुलाई मात्र नभै अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ।फुर्सदमा
कोरियाको सुवन र मोक्पोमा जारी चलचित्र हाउसफूल,
मे २१ आइतवार कोरियाको २ शहरहरुमा जारी चलचित्रको भब्य प्रदर्शन सम्पन्न भएको छ। दर्शकको अत्याधिक चापका कारण सुवनमा २ शो गर्नु परेको थियो भने मोक्पो शो हाउसफूलका साथ सम्पन्न भएको छ। कतिपय दर्शक टिकट नपाएर फर्किएका थिए। नेपालमा छैठौँ हप्तामा चलिरहेको ब्लकबस्टर चलचित्र जारीलाई सुवनमा वन्जु मुन्माक मैत्री समाजले आयोजना गरेको थियो भने मोक्पो शो परदेशि इन्टरटेन्मेन्टले आयोजना गरेका थिए। लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाह माया पाइरहेको छ। चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल रेखा फागो आदिको अभिनय हेर्न सकिने छ। उपेन्द्र सुब्बाद्वाराफुर्सदमा
प्रदेश एकको नामाकरणलाई लिएर “नो कोशी” आन्दोलनमा दक्षिण कोरियाको पहिचानवादि यूवाको ऐक्यवद्धता
दक्षिण कोरियाको किम्हे शहरमा नो कोशिको पम्प्लेट सहित पहिचानवादि यूवाहरुले प्रदेश १ को नामाकरणको विरोध गरेका छन्। कोरियाबाटै नेपालमा चलिरहेको पहिचानको आन्दोलनलाई समर्थन गर्दै ऐक्यवद्धता जनाएका हुन्। उपस्थित यूवाहरुले भौगोलिक दूरीको हिसाबले टाढा रहेपनि आफ्नो पहिचान र अस्तित्वको निम्ति सदैव नैतिक समर्थन रहनेमा जोड दिएका थिए। एकल जातिय नश्लिय नाम झल्किने कोशि प्रदेश किमार्थ स्विकार्य नहुने भन्दै यथासिघ्र वार्ता गरेर ऐतिहासिकताको आधारमा पहिचान सहितको नामाङ्कन गर्न सुझाव दिएका थिए। बुसान किम्हे क्षेत्रका पहिचानवादिहरुको भेलालाई किरण कन्दङ्वा, गणेश हाङ्सेम, संजोग कन्दङ्वा, डम्बर सुब्बा लगायतले सम्बोधन गरेका थिए। नेपालमा कोशि प्रदेश नामाकरणकोफुर्सदमा
कोरियाको बुसान किम्हे, जेजुदो र नोन्सानमा जारी चलचित्र हाउसफुल
मे १४ आइतवार कोरियाको ३ शहरहरुमा जारी चलचित्रको भब्य प्रदर्शन सम्पन्न भएको छ। दर्शकको अत्याधिक चापका कारण बुसान, नोन्सान र जेजुदोमा ३ ओटै शहरमा २ शो गर्नु परेको थियो। कतिपय दर्शक टिकट नपाएर फर्किएका थिए। ब्लकबस्टर चलचित्र जारीलाई बुसान किम्हेमा सेवारो इन्टरटेनमेन्टले आयोजना गरेको थियो भने जेजुदोमा किरात याक्थुङ चुम्लुङ जेजु शाखा र नोन्सानमा नोन्सान नेपाली समाजले आयोजना गरेका थिए। लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाह माया पाइरहेको छ। चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल रेखा फागो आदिको अभिनय हेर्न सकिने छ। उपेन्द्र सुब्बाद्वाराफुर्सदमा
पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको अधिवेशन जुन ११ मा हुने
पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन यहिँ जुन ११ मा हुने भएको छ। दोङ्देमुन स्थित नेपाली थाइको सभाहलमा अधिवेशन हुने कार्यवाहक अध्यक्ष गजेन्द्र सेर्माले जानकारी गराएका छन्। समाजका अध्यक्ष व्यक्तिगत काम विशेषले नेपालमा रहेपनि अधिवेशन अगावै कोरिया आउने पनि जानकारी दिएका छन्। यस संस्थाको पनि कोरोना महामारिका कारण समयमा अधिवेशन हुन सकेको थिएन। नेपालमा सामुहिक लगानी गर्ने अवधारणा अनुरुप स्थापना भएको सरोकार समाजमा १४ जिल्ला र २ जातिय संस्थाहरु आवद्ध छन्। यस संस्थाले अहिले “हर्क साम्पाङ – श्रमदान सहयोगार्थ” आर्थिक संकलन अभियान संचालन गरिरहेको छ। कोरियामा रहेका सम्पूर्ण पूर्वेलीफुर्सदमा
चुम्लुङ कोरियाले ३ महिने नि:शुल्क सिरिजङ्गा लिपी प्रशिक्षण सञ्चालन गर्ने
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले ३ महिने सिरिजङ्गा लिपि (याक्थुङ पान हु~सिङ) भाषा सम्बन्धि नि:शुल्क प्रशिक्षण गराउने भएको छ। चुम्लुङ कोरियाले आज एक सूचना जारी गर्दै उक्त कार्यक्रमको बारेमा जानकारी गराएको हो। यहिँ मे महिनाको २१ तारिखदेखि सञ्चालन हुने प्रशिक्षण कार्यक्रम अगस्ट २० तारिखसम्म हुनेछ। अल्पाईन विश्वविद्यालयका सिक्किमका प्रोफेसर कर्णहाङ ताम्लिङ्द्वारा प्रशिक्षण गराइने सूचनामा उल्लेख गरिएको छ। जुम अनलाईनबाट प्रशिक्षण लिन सकिने उक्त कक्षा कोरियाको स्थानिय समय अनुसार हरेक आइतवार बेलुकी ८ बजेदेखि १० बजेसम्म (नेपाली समय ४:४५ देखि ६:४५ सम्म) हुनेछ। संसारको जुनसुकै ठाउँबाट पनि सहभागि हुन सकिने भएकोलेफुर्सदमा