उत्तम खजुम
कोरियाको तीन शहर इक्सान, मुगुक र माजनमा जारी चलचित्र भब्य प्रदर्शन
मे ७ आइतवार कोरियाको ३ शहरहरुमा जारी चलचित्रको भब्य प्रदर्शन सम्पन्न भएको छ। दर्शकको अत्याधिक चापका कारण इक्सान र मुगुकमा २ शो गर्नु परेको थियो भने माजनमा हाउसफुलका साथ चलचित्र प्रदर्शन भएको थियो। इक्सान , मुगुक र माजनमा भएको सफल प्रदर्शनलाई क्रमश इक्सान नेपाली समाज, हिमालयन एफ सि र माजन एफ सीले आयोजना गरेका थिए। नेपालमा तेस्रो सातामा चलिरहेको जारीले १६ करोड ग्रस व्यापार गरिसकेको छ। लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाह माया पाइरहेको छ। चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल रेखा फागो आदिकोफुर्सदमा
कोरियाको ओन्याङ ओन्छनमा जारी चलचित्र भब्य प्रदर्शन
धनकुटा सेवा समाजले ब्लकबस्टर चलचित्र जारीको भब्य प्रदर्शन गरेको छ।अपृल ३० आइतबारको दिन कोरियाको ओन्याङ ओन्छनमा सफल प्रदर्शन गरेको हो। दर्शकको चाप अत्याधिक भएपछि दुइ शो प्रदर्शन गर्नुपरेको अध्यक्ष परदेश राईले जानकारी गराएका छन्। विगतमा प्रदर्शन गरिएका चलचित्रहरु भन्दा जारी चलचित्र हेर्न आउने दर्शक बढि भएको र सबैले चलचित्रको कथावस्तु मन पराएको बताएका छन्। लिम्बू सँस्कृतीमा आधारित चलचित्र देश विदेशमा सफलापूर्वक प्रदर्शन भैरहेको छ। चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल रेखा फागो आदिको अभिनय हेर्न सकिने छ। उपेन्द्र सुब्बाद्वारा लेखन तथा निर्देशन रहेको चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेकाफुर्सदमा
कोरियाको किम्हे शहरमा ब्लकबस्टर चलचित्र जारी प्रदर्शन हुने
बैशाख १ देखि प्रदर्शनमा आएको चलचित्र जारी कोरियाको किम्हे शहरमा प्रदर्शन हुने भएको छ। मे १४ तारिख सेवारो इन्टरटेनमेन्टले उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो। चलचित्र दिनको १ बजेदेखि 인제 대학교 को हलमा प्रदर्शन हुने आयोजकले जनाएको छ। लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाह माया पाइरहेको छ। चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल रेखा फागो आदिको अभिनय हेर्न सकिने छ। उपेन्द्र सुब्बाद्वारा लेखन तथा निर्देशन रहेको चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्।
दक्षिण कोरियामा किरात राई यायोक्खाले साकेला पर्व मनाउने
प्रकृति पुजक किरात राईहरुले बिगतका बर्षहरु झैँ यो बर्ष पनि दक्षिण कोरियामा यलेदोङ ५०८३ अर्थात २०८० उभौली साकेला हर्सो उल्लासका साथ धुमधामले मनाउने भएका छन् । बसन्त ऋतुमा बानी नाली राम्रो होस् सबैमा सुख शान्ती सू स्वास्थ्य रहोस् र दैवि प्रकोपहरु नआउन् भनी पूजा गरिन्छ । किरातिहरु प्रकृति पुजक भएकाले हरेक बर्ष बाली लगाउने समय बुद्ध जयन्ती अर्थात् बैशाख पुर्णिमामा उभौली अनि बाली पाकिसकेपछी खुसियाली मनाउदै भित्र्याउने समयमा उधौली मनाउने गर्दछन् । कोरियाको ख्यङ्गि प्रान्तको सुवनमा रहेको ह्वासमुन छाङ्आन पार्क (화서문 장안공원) मा यहि आउदो मे १४ तारिख आइतबार गर्नफुर्सदमा
पूर्वाञ्चल सरोकार समाज कोरियाले नयाँ वर्ष मनायो
पूर्वाञ्चल सरोकार समाजले दोङ्देमून स्थित निक नेपाल ट्राभल्सको हलमा नयाँ वर्ष २०८० मनाएको छ। विगतका वर्षहरुमा पनि नयाँ वर्ष मनाउँदै आएको सरोकार समाजले यस वर्ष श्रम सहचारि चन्द्रकला ओलीको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान एवम भेटघाट कार्यक्रम गरि मनाएको थियो। कार्यक्रममा NRNA अध्यक्ष दिपक पुन, MTU अध्यक्ष उदय राई, NCC अध्यक्ष श्री श्रेष्ठ , सल्लाहकार ध्यान राई, गंगाराज राई, लोचन राई, जीवनकुमार थापा, नवराज सिवाकोटी लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। नयाँ वर्षको सुरुवात सँगै पूर्वाञ्चल सरोकार समाजले धरान उपमहानगरका नगर प्रमूख हर्क साम्पाङको श्रम अभियानलाई पनि सहयोग गर्नेफुर्सदमा
दक्षिण कोरियामा “जारी” प्रदर्शन हुने
नयाँ वर्षमा रिलिज हुन लागेको बहुप्रतिक्षित चलचित्र जारी दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ। इ कोरिया इन्टरटेन्मेन्टले अप्रील २३ आइतबारका दिन सौल दोङ्देमून स्थित 구민회관 मा पहिलो शो प्रदर्शन गर्न लागेको हो। लिम्बू समुदायमा हुने जारी प्रथा एवम लिम्बू साँस्कृतिक कथामा आधारित चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका हुन भने लेखन तथा निर्देशन उपेन्द्र सुब्बाको रहेको छ। प्रदर्शन अगावै टिजरलाई आम दर्शकले रुचाइएको पाइन्छ। चलचित्रमा कलाकार दयाहाङ राई र मिरुना मगरलाई मूख्य भूमिकामा देख्न सकिन्छ भने कलाकार विजय वराल, प्रेम सुब्बा, रेखा फागो आदिको अभिनय पनि हेर्न सकिने छ। सौलफुर्सदमा
सलनालमा सुम्निमा पारुहाङ साहित्य साँझ सम्पन्न
गत शनिवार किरात राई यायोख्खा दक्षिण कोरियाको साहित्य विभागको आयोजनामा दोङदेमुन स्थित निक ट्राभल्सको सभा हलमा सुम्निमा पारुहाङ साहित्य साँझ -१ सम्पन्न भएको छ । कार्यक्रममा झण्डै तीन दर्जन बढी कविता गजल र मुक्तकहरू बाचिएका थिए। सुनिल दिप्त राई, सुष्मा रानाहँमा, विष्णु सन्यास, अजित उत्सव, जीवन खत्री, शकुन आँसु, मातृहाङ नेम्वाङ, विनेश राई ‘मिन्जाई’, बलिन्द्र योङ्हाङ, नरेन्द्र मलिमलाल लगायतले कविता सुनाएका थिए । हेयारी बोण्ड, आर एन अधिकारी, सञ्जय, दिपक स्पन्दन, अर्जुन साम्पाङ ,टिएस राई, बिराज येक्तेन, अर्जुन लिम्बु लगायतले गजल मुक्तकहरू सुनाए । कवि तथा समालोचक तथा याक्थुम चुम्लुङफुर्सदमा
सलनालमा “सुम्निमा पारुहाङ साहित्य साँझ ” हुने
किरात राई यायोक्खा दक्षिण कोरियाको साहित्य विभागद्वारा “सुम्निमा पारुहाङ साहित्य साँझ ” कार्यक्रम हुने भएको छ। कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित साहित्यिक कार्यक्रम जनवरी २१ का दिन दिउँसो ३ बजेदेखि हुने सूचना तथा सञ्चार प्रमुख अर्जुन साम्पाङ राईले जानकारी गराएका छन्। पहिलो पटक गर्न लागिएको उक्त कार्यक्रम दोङ्देमून स्थित निक नेपाल ट्राभल्सको सभा हलमा हुने निश्चित भएको छ। कोरियामा रहेका नेपाली साहित्य प्रेमीहरुले सिर्जना सहित सहभागी जनाउन सक्ने अध्यक्ष पदम राईले जानकारी दिएका छन्। यस कार्यक्रम सम्बन्धि थप जानकारीका लागि साहित्य विभाग प्रमूख कवि सुष्मा रानाहँमा र जनसम्पर्क विभागफुर्सदमा
गायिका सुनिता थेगिमको साथमा चुम्लुङ बुसान कोरियाले चासोक तङनाम मनाउने
किरात याक्थुङ चुम्लुङ बुसान शाखाले गायिका सुनिता थेगिमको साथमा लिम्बु समुदायको चाड चासोक तङनाम शुभकामना आदानप्रदान एवम साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ। यहिँ डिसेम्बर १८ तारिख आइतबार 가야 대학교 किम्हेमा चासोकको लागि सम्पूर्ण तयारी भइसकेको अध्यक्ष सञ्जोग कन्दङ्वाले जानकारी गराएका छन्। चर्चित गायिका सुनिता थेगिमको साथमा गायक अर्जुन सुब्बा, गायक हेमन्त गुरुङ र हाँस्यकलाकार आशिष शाह ठकुरीको पनि प्रस्तुती रहने छ। सांगीतिक मनोरञ्जनका साथ साथै लिम्बू मौलिक परिकारहरु पनि रहने छ भने केलाङ यालाङ जस्ता लिम्बू मौलिक नाचपनी रहने आयोजकले जनाएको छ। हरेक वर्षको मंसिर पूर्णिमाको दिन मनाइने चासोकमाफुर्सदमा
ग्रीन सिटि इलाम एफसीले नयाँ वर्षमा डान्स पार्टी गर्दै
ग्रीन सिटि इलाम एफसिले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा डिसेम्बर ३१ तारिख सनिबार बेलुकी सास्कृतिक साँझ एण्ड डान्स पार्टीको आयोजना गर्ने भएको छ। कार्यक्रम बेलुकी ७ बजेदेखी भोलिपल्ट बिहान ५ बजेसम्म हुने आयोजकले जनाएको छ। इलामेली समाज दक्षिण कोरियाको खेलकुद बिभाग अन्तर्गत रहेको एफसिले आपतकालिन कोष स्थापनार्थ गर्न लागेको कार्यक्रममा कोरियामा रहेका गायक गायिकाको बेजोड प्रस्तुती रहनुका साथै डिजे शुसान्तले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउने छन। उक्त डान्स पार्टी नेपालीहरुको बाक्लो जमघट हुने स्थान सुवनमा हुने भएकोले कार्यक्रममा उपस्थित हुन आयिजकले अनुरोध गरेको छ। कार्यक्रम 수원시 팔달구 갓매산로 91 (매산로फुर्सदमा