उत्तम खजुम
पराजित पोमूका दुई प्रेमिल कविता
१) युप्पारूङ् संसार जीत्न हिडेको हूँ म आकस्मिक- बिच यात्रामा ठुलो पानी परेको थियो छाता बोक्न बिर्सिएको दिन हो तिमीले पहिलो भेट भएको थियो हाम्रो, आकाशमा विजुली चम्किनु, मेघ गडाङगुडुङ ठूलोसित गर्जनु रातोपीरो भएर लजाऊदै तिमीले मेरो शरिरबाट हात हटाऊनु ठिक, त्यसैबेला तिम्रा आँखाहरू निहुरीका थिए जमिन तिर छुपीछुपी निथुक्र भिजेको तिम्रो शरिर मैले हेर्नु एऊटा मिठो संयोग थियो, मौनताको बीचबाट चिया खाने प्रस्ताव गर्नु तिमीले स्विकारमा मैले टाऊको मात्र हलाऊनु सुरूप सुरूप चियाको एकोहोरो आवाज बीचबाट हराई रहेको थिए हामी बिचका अन्जान मनहरू -थाहै नपाइ चियाको पैसा तिर्न तिमीफुर्सदमा
सिमापारीको कर्कस आवाज
ख्याँउ ख्याँउ टर्रो कर्कस आवाज ! अशान्ति -अशान्ति कानलाई अशान्ति ! कुकुरहरु भुकिरहेको छन् सिमापारीबाट सिमापारी पालेको कुकुरको बफादारी देखेर अचम्म लाग्छ ! मालिकको नुनको सोझो जनावरले गर्नु कुकुर पालेर छिमेकीले बाघको शिकार गर्नु यसपाली रमिता उदेक लाग्दो बनेको छ। यो सब देखेर अचम्म लाग्छ ! एउटा मोहीको अहमताले ! मालिकको गुलाम बसेको ईतिहास भुलेको छ मालिककै राखन धारनमा स्वयम् मालिक सम्झ्यौ सर्ब शक्तिमान् दाबी गर्न छोडेको छैन आफुलाई मालिकले छोडेर गएको बिशाल घरको बुई चढेर मालिककै गुलेली मट्याङ्ग्राको त्रास देखाउछ स्वाभिमान छिमेकीहरुलाई ! यस पाली रमिता उदेक लाग्दो छफुर्सदमा
धनकुटा सेवा समाज दक्षिण कोरियाद्वारा कोभिड -१९ को स्वास्थ्य सामाग्री सहयोग
धनकुटा सेवा समाज दक्षिण कोरियाले कोभिड-१९ का लागि चाहिने स्वास्थ्य सामाग्रीहरू आफ्नो जिल्लामा सहयोग गरेको छ। पाँच लाख मूल्य बराबरको आवश्यक स्वास्थ सामग्रीहरु जेठ ३ गते जिल्ला पुगेसकेको छ। जिल्ला पठाइएका स्वास्थ सामाग्रीहरुमा पिपिइ १५० सेट के.एन-९५ माक्स २०० थान, सर्जिकल माक्स- ४४०० पिस यसैगरी सर्जिकल पन्जा- ९०० जोर ,आई. आर. थर्मोमिटर-९ थान, ह्नयाण्ड स्यानिटाईजर ४५० मिलिको ८३ बोतल, सेफ्टी चश्मा-५० पिस र फेस सिल्ड-११० पिस रहेको छ। गत छुसकमा धनकुटा सेवा समाजद्वारा आयोजित धनकुटा सांस्कृतिक सौगातको मुनाफाको केही अंशबाट सहयोग गरिएको अध्यक्ष परदेश राइले जानकारी गराएका छन्। धनकुटा जिल्लाकोफुर्सदमा
बुख्याँचा बादशाह
एकाएक दृष्टि घुमाउदै सत्य कुटिल मुस्कानमा मुश्किलले छोप्दै, केही थान प्रश्नका विरुद्ध दुई थान प्रश्न निगाह हुन्छ , ‘नक्शा चाहिएको कि भूमि ?’ ‘जीवन चाहिएको कि स्वतन्त्रता ?’ मानौं, जे जति यहाँ सबै छ उनै दाताको गोजीबाट बकस भएको छ मैले सोधेँ भने – महाराज , सास र शरीर मध्ये कुनचाहिँ टक्रयाँउ हजुरलाई?, माटो र मुटु मध्ये कुनथोक बक्सिउँ हजुरलाई?, जवाफ छ? होइन भने , प्रश्न होइन जवाफ नै चाहिन्छ , यतिबेला, आदेश होइन देश नै चाहिन्छ अन्ततः त्यही भयो ,जस्तो कि – टुक्के महाराजको जय-जयगानले देशलाई यहीँ पुर्याउँछ, अक्कलफुर्सदमा
सकुनि छिमेकी
मुखमा राम राम बगलीमा छुरा नियति बोकेर बसेको छिमेकी अप्ठ्यारोमा खुट्टा तान्छ पीडामा नून चूक छर्कन्छ उ नै नजिकको छिमेकी भन्नु परेको छ उसैको असल छिमेकी बन्नु परको छ सँधै छिमेकीको नाता राख्नु परेको छ उस्को नियत सबै सहिदियो भने उ खुशी हुने छ गुनगान गाउने छ तर म मेरो स्वाभिमान माथी टेक्नेलाई वीरताको गाथा बोकेको बहादुरी देखाउने छु संसारले फेरी भन्ने छ वीर गोर्खाली ! आत्मारक्षाको लागी म संग आणविक नहोला छ प्रसस्त विश्व विख्यात युद्वको दक्ष लडाकुहरु तिम्रो हर भट्टीहरु तहस नहस गर्ने क्षमता राखेको छ सिमाहरुबाट तिम्रोफुर्सदमा
क्याकटस फूल
हरियालीमा फुल्ने फूल हूँ म फरक यति मरुभूमिको बालुवामा सरेको छु डाली डाली सम्झनाहरुमा ऊनिएर सजाएकी छु मनको क्यानभाषमा , कहिलेकाहीँ हावाको एक झोकाले झस्काई दिन्छ सुषुप्त हुन्छु रोकिन्छ पादचाप … अपसोच! कतै ढलिगए मनको धरहरा एउटा सिंड्गो जीवनचक्र ढल्नेछ मसँग रहेका सम्झनाहरु छुट्नेछन् क्यानभाषमा सजिएका सुन्दर आकृती टुट्नेछ अनि म हुनेछु शून्य, उजाड रेगिस्तानमा हराई रहेको लामबद्ध पैतालाका छाप जस्तै. एऊटा धमिलो सम्झना भोकको लय,जीवनको शिली हाय! कति पट्यारलाग्दो कठोर निर्वासन ? जीन्दगी कठोर छ-र त आहा! जीन्दगी कति रमाइलो पनि छ,,, कहिले-काहि जीन्दगी नोष्टालिज बन्छ बाल्यकालका सम्झनाहरू साथीफुर्सदमा
मृत्यु,मृत्यु नै हो सरकार !
म मजदुर ! माहामारीको प्रतिबन्धमा परेको छ बिहान कमाएर बेलुकी खानु पर्ने पेट प्रकोपबाट छलिन प्रतिबन्ध भएको छु रित्तो कोठा भित्र दु:खको आँशु उमालेर ! माहामारीले छुनु अगाडी भोकमारीले लगेन भने त माहामारीबाट भागुँला तर … भोकमारी बलवान भएर आयो भने पहिला भोकमारीसंगको लडाइँ हुने छ मृत्यु माहामारीमा होस या भोकमारीमा मृत्यु मृत्यु नै हो सरकार ! माहामारीको प्रतिबन्धमा परेको छ राजधानीमा मेरो दैनिक मजदुरी! रोग र भोक प्रतिस्पर्धी भएर आएका छन् रोग र भोकको संयुक्त प्रतियोगितामा भोक पहिलो भएको छ मेरो निम्ति ! माहामारीको प्रतिबन्धमा परेको छ बिहान बेलुकीफुर्सदमा
ताप्लेजुङ सम्पर्क समिति कोरियाद्वारा आगलागी पीडितलाई राहत वितरण
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले ताप्लेजुङका अग्नी पीडितलाई आर्थिक सहयोग गरेको छ। जिल्ला प्रशासन कार्यालय र नगरपालिकाकाे रहोवरमा २७ घरधूरी साथै जिल्ला फुटबल संघलाई ६ लाख ९२ हजार १ सय ६१ रुपैयाँ राहात वितरण गरिएको थियो। नगरप्रमूख छत्रपति प्याकुरेल र नगर उप-प्रमूख बम बहादुर भट्टराईद्धारा राहात रकम वितरण गरिएको थियो । पुर्ण क्षति भएको ७ घर परिवारलाई जनही रु.३६,६६६।– रुपैयाँका दरले वितरण गरिएको थियो। बाँकी २४ परिवार मध्ये टीका गुरुङ,मंगल मेन्याङबो र बालमणि बरालले प्राप्त गर्ने रकम आफुभन्दा पीडितहरुलाई नै बितरण गरिदिन अनुरोध गरेका थिए। उक्त रकम प्रशासनको तथ्यांकमा छुटफुर्सदमा
समयको खेल (कविता)
खै म लासको चाङ्गमाथि उभिएर कसरी शीर ठाडो पारी आकाशतिर हेरुँ ती चम्कीरहेका ताराहरु अनी धपक्क बलिरहेको चन्द्रमा परिवर्तन समयको दासी मानव भोग्नुपर्छ उतारचढाव नियतिको झेल नेल जेल सबै सबै संसार छाड्नेहरु छाडीरहेछन् थाहा छैन, उनिहरु स्वर्ग मा पुगे या नर्क बाँच्नेहरु पनि सबै सबै बन्धकमा छन् डरमा छन् त्रासमा छन् आशुँ र पीडै पीडामा छन् कोही भोकले छ्टपटाई रहेछ कोही रोगले छटपटाई रहेछ कोही परदेशमा रोई रहेछ अझ सारादुनिया नियतिको पिटाई खाईरहेछ लाठी मुङ्ग्रा बम बारुद हतियार खुकुरी बल घमण्ड रिस राग तिरस्कार जम्मै समयको बल सँग बेकार होफुर्सदमा
ओखलढुंगा सेवा समाज कोरियाद्वारा बिरामी श्यमिका राईलाई आर्थिक सहयोग
मानेभञ्ज्याङ् गाउपालिका-६ हिलेपानी,ओखलढुंगाकि श्यमिका राईलाई ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ। निज विरामीकै डेरामा मार्च २३ सोमबारका दिन संकलित रकम ४,९३,६०० रुपैयाँ हस्तान्तरण गरिएको थियो। SLE नामक विविध जटिल रोगहरुबाट ग्रसित उनी कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाइ भोगिरहेकि हुनाले उक्त रकम सहयोग गरिएको समाजका अध्यक्ष श्रीराम तमुले जानकारी गराएका छन्। ओसेस सल्लाहकार श्री पचु राम राईको संयोजकत्वमा कार्यसमिति सदस्य रमेश राईलाई सहयोग सङकलक तोकि “श्यमिका राई बचाउ १ महिने अभियान” सन्चालन गरि सहयोग संकलन गरिएको थियो। सङ्कलित रकम ओसेसका पूर्व अध्यक्ष मान सिंह गुरुङ,पूर्व कोषाध्यक्ष सुमनफुर्सदमा