उत्तम खजुम

 

उदयपुर सेवा समाज दक्षिण कोरियाको साधारण सभा सम्पन्न

फेब्रुअरि ९ तारिख आईतबार उदयपुर सेवा समाज दक्षिण कोरियाले साधारण सभा सम्पन्न गरेको छ। कोरियाको आन्सान स्थित होटल सोल्टिमा आयोजित सभामा संस्थाका अध्यक्ष मधुकर राई Mk को अध्यक्षता र संस्थाका संरक्षक तथा ब्यबसायि श्याम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो। सभामा संस्थाका अहिले सम्मका बिभिन्न सामाजिक, आर्थिक गतिबिधिहरुको समिक्षा गरिएको महासचिब बिबिन्द्र राईले जानकारी दिए। कोरियामा रहेका उदयपुरेहरुको साझा घरको रुपमा यस संस्थालाई बिकास गर्नुपर्ने आवश्यकता रहेको भन्ने बिषयमा उपस्थित सम्पुर्ण सद्स्य तथा पदाधिकारी हरुले जोड दिएका थिए। यसै अनुरुप संस्था लाई सुदृढीकरण गर्नुपर्ने तथा संस्थालाई चलाएमान बनाउनको लागिफुर्सदमा


चुम्लुङ कोरिया बुसान शाखाको अध्यक्षमा दिवा वरुम्हाङ लिम्बू चयन

किरात याक्थुङ चुम्लुङ बुसान शाखा दक्षिण कोरियाले तेश्रो अधिबेसनबाट दिवा वरुम्हाङ् लिम्बुको नयाँ नेतृत्व पाएको छ । नेतृत्व पाएसँगै चुम्लुङ कोरियाले पहिलोपटक महिला नेतृत्व पाएको इतिहास पनि रचेको छ। फेब्रुअरी ९ तारीख आइतबारको दिन सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । चुम्लुङ शाखा बुसानको नयाँ समितिको उपाध्यक्षमा नफिसा लिम्बु र याम लिम्बु चयन भएका छन् भने सचिबमा सञ्जोग कन्दङ्वा र सह सचिबमा टीका राज पंधाक चयन भएका छन्। कोषाध्यक्षमा भने पुनः बिरबल केरुङ नै चयन गरिएको छ यसैगरी सदस्यहरुमा सुक्रराज कन्द्ङ्वा, सानु कन्दङ्वा, भुपाल योङ्हाङ, मेन्सन लिम्बु, बिरेन्द्रफुर्सदमा


मास्टर मिराक र सुपरसोनिक समाजवाद (कविता)

बिस्तारामा डंग्रङग ढलेको छ, यौटा निर्धो शरीर घरी आन्द्राभूँडी निक्लेला गरी खोक्छ, घरी दम फूलेर खलाँति जस्तो फूक्छ असरल्ल छरिएका छन् सामर्थ्यहीन दबाईका खाली शिशिहरु, छेवैमा बसेर थालमा जोरविजोर अक्षता लडाउदै जोखाना हेर्दैछ फेदाङबा आयुको नापतौलमा! र शीरमा पानी छर्किन्दै मन्त्र फलाँकिरहेछ मानौ सिलाम-साक्मा मुन्धुमले हार्नेछ- मृत्यु कुथेर शीरमा अस्तित्व को पगरी कसेर कम्मरमा स्वाभिमानको पटुकी भीरेर काँधमा समाजबादको इन्द्रधनुष उमारेर मष्तिष्कमा ज्ञानको पुन्जहरु जीवनभर हिँडेको हो मास्टर फक्तांलुङ उकालो ओरालो, अचेल मास्टरको बैँश ढल्क्यो मास्टरको कपाल फुल्यो, शरीर जीर्ण बन्यो फक्ताङलुङभरि फुल्ने जीवनको घाम अब काँध काँधतिर पुगेको छफुर्सदमा


समकालीन नेपाली कविताको टाइम क्याप्सुल : इतर कविता (पुस्तक समिक्षा)

नेपाली साहित्यमा एकैपटक सबैभन्दा धेरै कविहरूको कविता संलग्न कृति कुन हो? यी र यस्तै प्रश्नहरू लोकसेवा आयोगको परीक्षामा समसामयीक विषय अन्तर्गत कुनै पनि बेला सोधिन सक्ने एउटा योग्यताको प्रमाण बोकेर भर्खरै हाजिर भएको छ – इतर कविता । म आफै सहभागी(सफल हुन नसकेको) लोकसेवाको परीक्षामा सोधिएको एउटा प्रश्नले यो प्रश्नको पनि योग्यता पुगेको छ कि, भन्ने मेरो मुर्ख अनुमान हो । सोधिएको थियो – नेपाली साहित्यमा एकैपटक दशजना लेखकहरु द्वारा लेखिएको उपन्यास कुन हो? यो जवाफलाई छोडेर माथिल्लो प्रश्नको जवाफ दिनु पर्दा तपाईलाई कुनै पनि बेला चाहिन सक्ने जवाफ होफुर्सदमा


विनोद बुढाथोकीको अध्यक्षतामा डाइनामिक मोरङ कमिटिको नयाँ कार्यसमिति

डाईनामिक मोरङ कमिटी दक्षिण कोरियाको पाचौं अधिवेशनबाट सर्वसम्मतिले अध्यक्षमा बिनोद बुढाथोकीलाई चयन गरेको छ। जनवरी २४ शुक्रबारको अधिवेशनले डाइनामिक मोरङ कमिटिको १५ सदस्यीय कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष तिम्सिना र उपाध्यक्षमा सुरेन तामाङलाई चयन गरेको छ। यसैगरी महासचिवमा युवराज फुयाल सचिवमा मनोज बिष्ट छन् भने कोषाअध्यक्ष हेमन्त खतिवडा र सह कोषाध्यक्षमा उमेश पोख्रेल चयन भएका छन्। सदस्यहरुमा बिक्रम राई, बिश्वास रायमाझी, तारानाथ निरौला, खेमराज भट्टराई, संजय बिष्ट, लक्ष्मी तामाङ, अन्जना भट्टराई शिवाकोटी र आयुष उप्रेती रहेका छन्। नव गठित कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष डा. देवि बहादुरफुर्सदमा


खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा दोङ्देमुनमा सेल्टर सञ्चालन

“सुनेको झै सुनकै सरी, कहाँ हुन्छ प्रवासमा दु:ख पर्दा आउनुहोस् हजुर, खोटाङकै आवासमा” नारा सहित जनवरी २४ शुक्रवारका दिनदेखी खोटाङ सेवा समाजले आवास गृह (सेल्टर) सञ्चालनमा ल्याएको छ। सेल्टर उद्घाटनका क्रममा बोल्दै अध्यक्ष चित्र घलेले काम छोडेर बसेका नेपाली दाजुभाइ दिदी बहिनीहरुले सेल्टरमा सेवा लिनसक्ने बताए। दोङ्देमुन स्टेसनको गेट नं. १ बाट आगमन रेस्टुरेन्ट नपुग्दै बिचको गल्ली बाट २ मिनेट हिडेर सेल्टर पुग्न सकिनेछ। आवश गृह बारे थप जानकारीका लागि अध्यक्ष चित्र घले ०१०४२३९७३०५ र महासचिव नव नवीन राई ०१०२१४५९५८० लाई सम्पर्क गर्न सकिनेछ। पुर्वान्चल सरोकार समाजका अध्यक्ष श्री अमृतफुर्सदमा


वसन्त नाछिरिङको शब्द संगीतमा आज भोलि कसैले गीतको भिडियो रिलिज

दक्षिण कोरियामा रहेर नेपाली गीत संगीतमा निरन्तरता दिई रहेका वसन्त नाछिरिङको नयाँ गीत रिलिज भएको छ। नाछिरिङको “आज भोली कसैले” बोलको गीतको भिडियो युट्युव च्यानल अभिमा क्रियशन मार्फत सार्वजनिक गरिएको छ। समिक्षा अधिकारीको आवाज रहेको गीतमा बसन्त नाछिरिङ राईको शब्द र संगीत रहेको छ भने टेकेन्द्र यक्सोले एरेन्ज गरेका छन्। निकै नै आकर्षक भिडियोलाई प्रमिस नाछिरिङ राईले निर्देशन गरेका छन् । मिुनु लामा, प्रमिस नाछिरिङ राई र डोल्मा योञ्जन तामाङको अभिनय रहेको भिडियोमा शम्भु धिमालले छायाँकन र सम्पादन गरेका छन्। भिडियो हेर्न लिंकमा जानुहोस्


1974 AD लाइभ कन्सर्टको पत्रकार भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

ओखलढुंगा सेवा समाज कोरियाद्वारा आयोजित 1974 AD लाइभ कन्सर्टको तैयारीको बारेमा पत्रकार भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। जनवरी ११शनिबार भएको सो कार्यक्रममा कन्सर्टको बारेमा पत्रकार लगायत उपस्थितहरुले प्रश्नहरु राखेका थिए। सेवा समाजका अध्यक्ष श्रीराम तमुले प्रशनहरुको जवाफ दिएका थिए। सलनालको दोश्रो दिन हुने लाइभ कन्सर्टको सम्पूर्ण तैयारी र टिकट वितरण कार्यक्रमपनि अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए। कार्यक्रममा नेपाली सम्पर्क समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राई, प्रवासी मजदुर संघका अध्यक्ष उदय राई, नेपाल पत्रकार महासंघका अध्यक्ष रञ्जन कुवँर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेकोफुर्सदमा


इलामेली समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा केदार निरौला

इलामेली समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ। हिजो दोङ्देमुन स्थित दर्शन नमस्तेको हलमा सम्पन्न अधिवेशनले केदार निराैलालाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरिएको थियो । नयाँ कार्यसमिति १५ सदस्यीय रहेको छ जसमा बरिष्ठ उपाध्यक्षमा पवित्रा थेबे चयन भएकि छिन् भने उपाध्यक्षमा महेश थापा, भवानी घिमिरे र लिला खतिवडा रहेका छन्। यसैगरी महासचिवमा बाल कुमार राई सचिवमा उपेन्द्र निराैला, काेषाध्यक्षमा सुदिप फागो र सह-कोषाध्यक्षमा रमा कार्की चयन भएका छन्। सदस्यहरुमा चन्द्रकान्त दुलाल,भिम विराज शङ्खर, राज कुमार गुरुङ, विशाल जबेगु, अर्जुन श्रेष्ठ र सुजन राई रहेका छन्। नयाँ कार्यसमितिलाई सल्लाहकार एवमफुर्सदमा


कोरियामा मृत्यु भएका अमिन राईको परिवारलाई यायोक्खा, भोजपुर र खोटाङको आर्थिक सहयोग

दक्षिण कोरियामा आक्स्मिक मृत्युु भएका स्व. अमिन राईको परिवारलाई कोरियाबाट ९ लाख ९१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ। मृतक राईको परिवारका निम्ती किरात राई यायोक्खा, भोजपुर परिवार, खोटाङ सेवा समाज दक्षिण कोरियाको संयोजकत्वमा आर्थिक संकलन गरिएको थियो। भोजपुर टेम्के मैयु निवासी निज राईको नोभेम्बर २५ मा उपचारको क्रममा मृत्यु भएको थियो।


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...