उत्तम खजुम
यादन सेर्मा र डिल्ली फोम्बोको साथमा चुम्लुङ कोरियाले चासोक तङ्नाम मनायो।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आज सौल सङ्बोक खुछङको हलमा चासोक तङनाम भब्यताका साथ मनाएको छ। तङनाम बिशेष कार्यक्रममा नेपालबाट आएका कलाकारद्वय यादन सेर्मा र डिल्ली फोम्बोको साँस्कृतिक एवम सांगीतिक प्रस्तुतिमा दर्शकहरुले आनन्दले झुमेका थिए। गायक द्वयले आफ्ना आधा दर्जन बढी लिम्बू तथा नेपाली गीतहरुमा दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए। गीत संगीतका साथमा लिम्बू मौलिक परिकारहरु समेत ग्रहण गर्दै दर्शकहरु नाच्नमा ब्यस्त देखिन्थे। सेवा साबा प्रवेश फियाकले चासोक/न्वागी पूजा गरेपछी सुरु भएको कार्यक्रममा ताप्लेजुङ र पाँचथरे टोलिको केलाङ प्रस्तुत भएको थियो। यसैगरी बुसान शाखाले पनि आकर्षक केलाङ पस्केका थिए। कोरियामै रहेकाफुर्सदमा
चुम्लुङ कोरियाद्वारा चासोक तङनाम मनाउने तैयारी पूरा
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले लिम्बू जातिको महान चाड चासोक तङनाम मौलिक परम्परा अनुसार भब्य रुपले मनाउने भएको छ। उक्त तङनाम विषेश कार्यक्रम यहिँ डिसेम्बर १५ तारिखको दिन दोङ्देमुन स्थित सङ्बोक खुछङमा मनाउने तैयारी भइसकेको आयोजकले जनाएको छ। कार्यक्रममा लिम्बू जातिको मौलिक केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) सँगै नेपालबाट आमन्त्रण गरिएका कलाकारहरुको हाक्पारे, ख्याली पालाम सहितको बेजोड सांगीतिक प्रस्तुति हुनेछ। तङनाममा लिम्बू गायक डिल्ली फोम्बो र यादन सेर्मालाई आमन्त्रण गरिएको छ। यसैगरी कोरियामै रहेका कलाकार जोन तुम्बापो, अप्सन लिम्बू, सुदिप सेर्मा र युगल किशोर शेर्माले समेत आफ्ना प्रस्तुति राख्नेछन्।फुर्सदमा
खोम गुरुङको शब्दमा मेलिना राई र निशान भट्टराईको गुन्द्रुक साँधेको सार्वजनिक
परदेशी भुमी दक्षिण कोरियामा रहेर नेपाली मौलिक साहित्यमा कलम चलाईरहेका कवी तथा गीतकार खोम गुरुङले अनन्त एल्बमको पहिलो गीत गुन्द्रुक साँधेको सार्वजनिक गरेका छन् । गुन्द्रुक साँधेको गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राई तथा गायन रियालिटी शो नेपाल आईडल सिजन–१ बाट चर्चामा आएका निशान भट्टराईले स्वर दिएका छन् । गीतमा संगितकार डि. आर. अटुले संगितर भरेका छने भने राजु कार्कीले संगित संयोजन गरेका हुन् । गीतको भिडियोमा चर्चित हाँस्य कलाकार उमेश राई उर्फ फुलन्देकी आमा र सन्ध्या बुढा उर्फ काउली बुढीले अभिनय गरेका छन् । यसैगरि कलेज नेपालबाट चर्चितफुर्सदमा
मेचु धिमाल र अञ्जु राना मगर सलनालमा कोरिया आउँदै
अहिलेको लोकप्रिय रियालिटी शो द भोइस अफ नेपाल सिजन २ का गायिकाद्वय मेचु धिमाल र अञ्जु राना मगर सलनालमा कोरिया आउने भएका छन्। ओखलढुंगा सेवा समाजद्वारा आयोजना हुने 1974 AD को लाइभ कन्सर्टमा दुई गायिकाको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। उक्त लाइभ कन्सर्ट सलनालको दोश्रो दिन जनवरी २५ मा हुँदैछ। सन् २०१५ मा स्थापित ओखलढुंगा सेवा समाजले कोरिया तथा नेपालमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। कोरियामा रहेका नेपाली संघ संस्थाहरु, नेपाली गीतसंगीत प्रेमीहरुलाई कार्यक्रममा उपस्थित भइ सफल बनाइदिन आयोजकले अनुरोध गरेको छ।
गीतकार खोम गुरुङको “गुन्द्रुक साँधेकोको” टिजर सार्वजनिक
कोरियामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका कवि तथा गीतकार खोम गुरुङको नयाँ गीत “गुन्द्रुक साँधेकोको” टिजर रिलिज भएको छ। गीतमा चर्चित गायिका मेलिना राई र नेपाल आइडल सिजन वानका रनर अप निशान भट्टराईको आवाज रहेको छ। चर्चित संगीतकार डिआर “अटु”ले संगीत गरेका छन् भने राजु कार्कीको संगीत संयोजन रहेको छ। निर्देशक शिशिर श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा मुन्द्रेको कमेडी क्लबका हाँस्यकलाकार उमेश राई र सन्ध्या बुढा साथै कलेज नेपालको रियासा दाहाल, विनोद परियार र रोवर्ट सिंहले अभिनय गरेका छन्। भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाइले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका छन्। गीतकारफुर्सदमा
कोरियन नयाँ वर्ष सलनालमा 1974 AD लाइभ कन्सर्ट हुने
कोरियन नयाँ वर्ष सलनालको अवसरमा 1974 AD लाइभ कन्सर्ट हुने भएको छ। २५ वर्षे लामो सांगीतिक यात्रा गरेको ब्याण्डको रि-युनियन पछि कोरियामा यो पहिलो कन्सर्ट हो। ब्याण्डमा फिरोज स्याङ्देन, एड्रीन प्रधान, निराकर याक्थुङ्बा, सञ्जय श्रेष्ठ र मनोज केसि आबद्ध छन्। आगामी जनवरी २५ तारिखका दिन ओखलढुंगा सेवा समाजले 1974 AD लाई स्टेजमा उतार्ने भएको छ। कार्यक्रमका लागि ब्याण्डसँग सम्झौता भइसकेको सेवा समाजका अध्यक्ष श्रीराम तमुले जानकारी गराएका छन्। गतहप्ता पूर्वाञ्चल सरोकार समाज र नेपाली सम्पर्क समितिको तर्फबाट कार्यक्रम गर्ने अनुमती पाएको यस संस्थाले ओखलढुंगा जिल्लामा स्वास्थ र शिक्षामा पहुच नभएकाहरुकोफुर्सदमा
चुम्लुङ कोरियालाई संरक्षक र काङ्भा वंश समाज कोरियाद्वारा च्याब्रुङ प्रदान
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरीयालाई आइतबार संस्थाका संरक्षक समसेर पंधाक र काङ्भा वंश समाज दक्षिण कोरियाबाट च्याम्ब्रुङ प्रदान गरिएको छ। संरक्षक पंधाकबाट एउटा यसैगरी काङ्भा दाजुभाइबाट दुई ओटा च्याब्रुङ प्रदान गरिएको थियो। चासोक तङनामको तैयारी बैठकमा च्याब्रुङहरु संस्थाका अध्यक्ष अग्नि पंधाकलाई हस्तान्तरण गरिएको थियो। काङ्भा वंश समाजको तर्फबाट मन्तव्य राख्दै सूर्य काङ्भाले आफुहरु कार्यसमितिमा पहिलोपटक आएको र संस्थालाई केही दिऊ भन्ने पहिलेदेखी नै लागेको हुनाले लिम्बू जातिको संस्कृति संरक्षण गर्ने च्याब्रुङ दिएको बताए। यसैगरी च्याब्रुङ नेपालबाट झिकाउन निकै कठिन भएपनी चुम्लुङलाई च्याब्रुङ उपहार स्वरुप दिनपाएकोमा खुशी व्यक्त गरे। काङ्भा वंशफुर्सदमा
चुम्लुङ कोरियाले गायक डिल्ली फोम्बो र यादन सेर्माको साथमा चासोक तङनाम मनाउने
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आउँदो डिसेम्बर १५ मा चासोक तङनाम मनाउने भएको छ। चासोक तङनाममा प्रत्येक वर्ष खेति गरि पाकेको नयाँ अन्नवाली मानिसले ग्रहण गर्नु अघि सर्वशक्तिमान तागेरा निङ्वाभुमाङलाई चढाउने लिम्बू संस्कार रहेको छ। यो वर्ष चुम्लुङ कोरियाले नेपालबाट आमन्त्रण गरिएको लिम्बू कलाकार डिल्ली फोम्बो र यादन सेर्माको साथमा मनाउने भएको छ। मंसिर पूर्णिमाको दिन मनाइने यो चाड लिम्बूहरुको आदिम भूमी अरुण पूर्व लगायत काठमाडौ,ललितपुर,भक्तपुर र प्रवासमा विभिन्न देशहरुमा हर्षोउल्लासका साथ मनाउने गरिएको छ। चुम्लुङ कोरियाले यो बर्षपनि सदाका बर्षहरू झै बिभिन्न याक्थुङ खानाका परिकार,याक्थुङ सामाग्री प्रदर्शनी सहित साँस्कृतिकफुर्सदमा
गायक जीवन शर्माकाे छाेराकाे उपचारमा काेरियाबाट ९ लाख ५० हजार सहयाेग
जीवनभर जनताका दु:खका गीत गाएर अमुल्य सम्पत्ती स्वरुप जनताको अपार माया पाइराखेका जनगायक जीवन शर्मालाई यतिबेला ठूलो बिपत्ति आई परेको छ । माइला छोरा अमृत अाचार्यकाे खाना खादा हड्डि अड्किएकाेले स्वास्थ्यमा आकस्मिक समस्या आएकोले एकपछी अर्को जटिल शल्यकृया गर्नुपरेकाे छ। सोको लागी ठूलो धनराशि खर्च भैसकेकोछ। अझै धेरै खर्च लाग्ने अस्पतालले बताएको छ। उक्त आर्थिक समस्यालाई बहन गर्नु सिङ्गो परिवारको सामर्थ्य बाहिरको कुरा भएकोले यो दुखमा देश बिदेशबाट समेत स्वत स्फुर्त रूपमा साथ दिइ सहयोग गरेका छन्। यसै क्रममा काेरिया बाट मात्र ९ लाख ५० हजार रूपैया सहयाेग भएकाे छ।फुर्सदमा
हाङ चेम्जोङद्वारा अर्को म्युजिक भिडियोको छायांकन सम्पन्न
कोरियाको अटोमन सिजनमा म्युजिक भिडियो छायांकन गर्ने रहर निर्देशक हाङ चेम्जोङले पूरा गरेका छन् । दीपा लामाको स्वरमा रहेको ‘तिमी मसँग किन रिसाउँछौ…’ बोलको गीतमा छायांकन सम्पन्न गरेका हुन् । बसन्त नाछिरिङ् राईको शब्द र संगीत, टेकेन्द्र यक्सोको एरेन्जमा तयार भएको गीतमा मिस राईकि, मिस फोटोजेनिक र मिस भिवर्स च्वाइस अवार्ड हासिल गरेँकी रजनी राई, दिनेश नाछिरिङ राई , मोहन नाछिरिङ राईले अभिनय गरेका छन् । विपि याम्फूको छायांकन र ड्रोन, निसाम्म कुलुङ राईको श्रृङ्गार रहेको म्युजिक भिडियो चाडै नै युट्युवमार्फत सार्वजानिक हुने निर्देशक चेम्जोङले जानकारी दिएका छन्