उत्तम खजुम
संगीतकार डि आर “अटुको” मनै साटिन्छ गीतको भिडियो सार्वजनिक
संगीतकार डि आर अटुको पुर्वेली गीत दिक्तेल बजार , एक्ले बर , चौबन्दी चोली ,गुडी जाने रेल ,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत “मनै साटिन्छ “ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा दिलिप सगरको शब्द सिर्जना रहेको छ । मौलिक पनलाई गीतमा समेटेर पुर्वेली भाकाको विकाशका लागी केही योगदान पुग्ने भन्ने विश्वास आफूलाई लागेको दिलिप सगरले बताए । गीतमा श्री राईको स्वर रहेको गीतमा यूवा यूवती विचमा हुने प्रेमलाई निकै आकर्षक रुपमा समेटिएको छ । भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापाँगाईँकोफुर्सदमा
रियल फ्रेन्डस् ग्रुपद्वारा कोरियामा कबड्डी-३ प्रदर्शन गरिने
नेपाली चलचित्र जगतमा पहिलो दिन सबैभन्दा धेरै कमाउने रेकर्ड ब्रेक गरेको चलचित्र कबड्डि ३ कोरियामा पनि प्रदर्शन गरिने भएको छ। उक्त चलचित्रलाई रियल फ्रेन्डस ग्रुपले अक्टोबर ६ तारिख प्रदर्शन गर्ने भएको छ। अनाथ वालवालिकाको सहयोगार्थ चलचित्र प्रदर्शन गर्न लागिएको जानकारी ग्रुपका एडमिन पवित्रा थेवेले जानकारी दिएकी छिन्। दर्शकको इच्छालाई मध्यनजर गर्दै चलचित्र प्रदर्सनमा कुनै औपचारिक कार्यक्रम नहुने भएको छ भने शो तोकिएकै समयमा दिउँसो ठिक १ बजेदेखि हुनेछ। चलचित्र भवन 종로구민회관 सउल दोङ्देमुन गेट नं ३ बाट हिडेर ५ मिनेटमा पुग्न सकिने छ। थप जानकारीको लागि पबित्रा थेबे (०१०-३४०३-६०८२) लाईफुर्सदमा
प्रसंग सातौँ NRNA चुनावको
बाहिर झम झम पानी परिरहेको थियो, कोरियनहरु प्राय घरबाट बाहिर निस्केका थिएनन्। अघिल्लो हप्ता जस्तो सार्बजानिक यातायातहरु खचाखच थिएनन्, प्राय खालि नै थिए तर मलाई राति तिन बजे नै निन्द्रा ले छोड्यो अनि तयारी गर्न थालें सौलको यात्राको लागि । नुहाई धुवाइ गरिसकेर कपडा मात्र लगाउँदै थिएं एक जना मित्रको फोन आयो ” कति खेर आईपुग्नु हुन्छ? ” मैले नि सटिक उत्तर दिँदै भने “छिटै आईपुग्छु” भन्दै केहि बेर गफियौं, अनि मैले फोन राखें । तर साथिको एउटा शब्दले मेरो मानसपटल मा तहल्का नै ल्याईदियो, अनि सोंच्न थालें, ! उसलेफुर्सदमा
म सपनासित यात्रा गर्छु (कविता)
भर्खरै, समय गोजीमा खाँदेर ओलिम्पस के चडिरहेको मात्र थिएँ पुरै आकाश समुद्रको बिचमा खस्यो । माझिहरु डुङ्गा चडेर घाम टिप्न दौडिरहेका थिए समुन्द्रको किनारमा नुहाई रहेका युवतिहरु पेन्टी र ब्रा बोकेर तारा टिप्न हतारमा थिए कुहिरो फुलको आकृती बोकेर मान्छेहरुको भिँडमा मिसिदै थियो। मजदुरहरु लुगा फुकाएर सडकमा जिन्दगी बिच्छ्याएर सुतिरहेका थिए। बच्चाहरु झ्याँउकिरिको गीतमा नाचिरहेका थिए। कविहरु ल्याम्पपोस्टको फेदमा उभेर कविताको लिलामी पत्रमा हस्ताक्षर गर्दै थिए। खस्यो…! खस्यो…..! आकास समुद्रको बिचमा खस्यो ! समयको भालाले मेरो मुटु घोचिरहेको रहेछ। अलराम बज्यो ……! फगत यो, सपना न थियो। घामको पाईला पछ्याउदैफुर्सदमा
हजारौं दर्शकमाझ पाँचथर सांगीतिक सौगात भाग १ भब्य रुपले सम्पन्न
गत सेप्टेम्बर १३ तादिख छुसकको दोस्रो दिन पाँचथर सांगीतिक सौगात भाग १ भब्यताका साथ सम्पन्न भएको छ । सउलको हारिमगाक स्थित ए डब्ल्यु कन्भेसनको हलमा आयोजित उक्त कार्यक्रमको मूख्य आकर्षण सविन राई एन्ड फारोह ब्याण्ड रहेको थियो। हजारौं दर्शकमाझ लोकप्रिय गायक सविन राई एण्ड फारोह ब्याण्डको लाइभ प्रस्तुति दमदार रहेको थियो । गायक राईको गीतमा दर्शकहरु गर्मीको पर्वाह नगरी संगीतमा झुमिरहेका थिए।यसैगरी चर्चित गायिका मेलिना राईले पनि आफ्ना लोकप्रिय गीतहरुबाट दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाएकी थिइन्। डान्सर माला लिम्बूको डान्सले माहोल झनै तताएको थियो भने नेपाल आइडलकी फाइनालिस्ट अस्मिता अधिकारी, गायिकाफुर्सदमा
अमृत राईद्वारा एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी दर्ता
सेप्टेम्बर २१ र २२ मा हुन गइरहेको एनआरएन कोरियाको सातौं महाधिवेशनमा अमृत राईले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सन १९९१ मा कोरिया प्रवेश गरेका राई सामाजिक कार्यमा सक्रिय छन् भने हाल एनआरएन कोरियाको उपाध्यक्षमा रही काम गरिरहेका छन्। यसैगरी पूर्वाञ्चल सरोकार समाजको अध्यक्ष समेत रहेका राईले यसअघि विभिन्न संघसंस्थाहरुको सफल नेतृत्व गरिसकेका छन्। कोरियामा रहेका नेपालीहरुको हरेक समस्यामा अहोरात्र खट्ने राईले आगामी दिनहरुमा पनि यसैगरी सक्रियता पूर्वक लागि नेपाली समुदयमा सेवा र सहयोग निरन्तर रहने बताए। अहिलेको कार्यसमितिले पूरा गर्न नसकेका महत्त्वपूर्ण कामहरु आफू निर्वाचित भएमाफुर्सदमा
किम्पो शहरमा “ग्लोबल इन्टरनेशनल फूड एण्ड कल्चर फेष्टिभल” हुने
कोरियाको किम्पो शहरमा “ग्लोबल इन्टरनेशनल फूड एण्ड कल्चर फेष्टिभल” हुने भएको छ। सेप्टेम्बर २९ आइतबारका दिन हुने उक्त फेस्टिभलमा जापान, नेपाल, थाइल्यान्ड, चीन, काेरिया लगायत १२ देशले सहभागीता जनाउने भएको छ। प्रत्येक बर्ष हुने याे फेस्टिभलमा नेपालको तर्फबाट “क्रीयटिभ एम्बिशन नेपाल् ” (क्यान ) ले सहभागी जनाउने भएको छ। क्यानले नेपालको पहिचान झल्काउने सामग्री प्रस्तुत गरिने अध्यक्ष दिपक गौतमले जानकारी गराएका छन्। किम्पो शहर स्थित सामाजिक कार्यहरुमा अन्य संङ्घ संस्थाहरुसँग हातेमालो गर्दै अाइरहेको यस संस्थाले नेपालकाे पर्यटन प्रबर्द्धन तथा बिकाशकाे लागि सगरमाथा (एभरेष्ट) नेपालमा पर्छ , शान्तिका अग्रदूत गौतम बुद्धफुर्सदमा
सेवा-सेवारो सांगीतिक कार्यक्रमका लागि कलाकारहरू कोरिया आइपुगे
बुसान कोरिया / किरात याक्थुङ चुम्लुङ र किरायत राई यायोक्खा बुसान ख्यंङसांङनाम्दो शाखाको आयोजनामा यही सेप्टेम्बर १२ तारिख किम्हेमा हुन लागेको सेवा सेवारोको मुख्य कलाकार राजेश पायल राई हिजो कोरिया आईपुगेका छन । कोरिया आएका राईलाई आयोजकले स्वागत गरेको छ । साथै अन्य कलाकारहरु आज आईपुगइसकेको आयोजकले बताएको छ । यसको साथै कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । किम्हेमा हुन लागेको सो सांस्कृतिक कार्यक्रमको लागि कोरियाको विभिन्न ठाउँमा यातायातको व्यवस्था समेत रहेको छ ।हाम्रो पहिचान संस्कार निकाश सहितको सामाजिक अभियान, नेपाली कला संस्कृतिलाई गरौं सम्मान” भन्ने मूलफुर्सदमा
गीतकार किरण चेम्जोङको शब्दमा “निष्ठुरी भइ दोबाटोमा” सार्वजनिक
कोरियामा कर्मथलो बनाई नेपाली गीत संगीतमा कलम चलाईरहेका गीतकार किरण चेम्जोङको नयाँ गीत “निष्ठुरी भइ दोबाटोमा ” सार्वजनिक भएको छ। गायिका हिमानी फेवादिनको आवाज रहेको उक्त गीतमा जीवन राईले संगीत भरेका छन भने बलाराम समालको संगीत संयोजन रहेको छ। प्रेम वियोगमा बनेको गीतको भिडियोमा विष्णु पौडेल, अनिता तामाङ र नविना तामाङको अभिनय हेर्न सकिन्छ। भिडियोलाई रत्न लामाले छायांकन र दिपक विष्टले सम्पादन गरेका छन् भने रिकमान थापा मगरको निर्देशन रहेको छ। भिडियो लिङ्क तल छ।
ताप्लेजुङ डान्सपार्टिको सम्पूर्ण तैयारी पूरा
सेप्टेम्बर १२ मा कोरियाको महान चाड छुसकको पहिलो दिन ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजना गरिएको डान्स पार्टीको तयारी पूरा भएको छ। नेपालीहरुको बाक्लो जमघट हुने सुवन सिटिमा हुन लागेको उक्त डान्स पार्टीमा पुर्वाञ्चल आइडल प्रकृति थलङको बेजोड प्रस्तुती रहने छ। कोरियामा रहनुहुने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा जानकारी गराउंदै डान्सपार्टिमा भरपूर मनोरञ्जन लिनको निम्ति आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।